Model: हालको खण्ड
पाठ जनाजहको सलाह र दफन
जनाजहको सलाह (नमाज) भनेको उपस्थित मुस्लिम समुदायहरूका लागि अनिवार्य छ, प्रत्येक व्यक्तिमाथि होइन । यसलाई 'फर्ज केफायह' भनिन्छ, अर्थात उपस्थित मुस्लिमहरूमध्ये केहिले पढ्छन् भने बाँकी नपढेका लाई पाप (गुनाह) हुँदैन । जनाजहको सलाह (नमाज) पढ्नेहरूलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले ठूलो पहाड बराबरको सवाब (पुण्य) को शुभ सूचना दिंदै भन्नु भएको छ: “जसले जनाजहको सलाह (नमाज) पढ्छ, उसको लागि एक किरात पुण्य हो र जो जनाजह (अन्त्येष्टि) मा उपस्थित हुन्छ र दफन गर्दासम्म रहन्छ त उसको लागि दुई किरात पुण्य हो । भनियो: दुई किरात के हो? उहाँले भन्नुभयो: " किरात भनेको दुई ठूला पहाडहरू जस्तै छन् ।" (बुखारी: १३२५, मुस्लिम: ९४५)
जनाजहमा सहभागी हुनुको श्रेष्ठता
१. जनाजहको सलाह जमातका साथ पढ्नु मुस्तहब हो । यसमा पनि इमाम मुक्तदीको अगाडी उभिएर सलाह पढाउँछ ।
2. मृतकलाई इमाम र किब्लाको बीचमा राख्नुपर्छ अनि मृतक पुरुष छ भने उसको टाउकाको बराबरीमा र महिला छ भने उसको बीच शरीरको बराबरीमा इमामले उभिनु पर्ने हुन्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लम बाट यस्तै प्रमाणित हो (अबू दाउद: ३१९४)
-
पहिलो तकबीर
दोस्रो तकबीर
तेस्रो तकबीर
चौथो तकबीर
जनाजहको सलाह (नमाज) मस्जिदभित्र वा मस्जिद बाहिर जनाजहको लागि तयार गरिएको विशेष ठाउँ वा कब्रिस्तानमा पढ्न सकिन्छ । यी सबै ठाउँहरूमा जनाजहको सलाह पढेको रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट प्रमाणित छ ।
जनाजह (अन्त्येष्टि) लाई अनावश्यक ढिलो नगरी छिटो तयार गर्नु र सलाह पढेर कब्रिस्तानमा लैजानु र छिटो दफन गर्नु सुन्नत हो । अबू-हुरैरह रजियल्लाहु अन्हुको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: “जनाजह (अन्त्येष्टि) मा हतार गर, यदि मृतक राम्रो (नेक) छ भने उसलाई छिटो दफन गर्नु राम्रो हो र यदि ऊ नराम्रो छ भने ऊ बाट छिटो मुक्ति प्राप्त गर्नु ।" (बुखारी: १३१५, मुस्लिम: ९४४)
मृतकलाई दफन गर्दा ध्यान दिनुपर्ने कुराहरू
कब्रमा माटो हालेपछि त्यहाँ उपस्थित सबैले मृतकको क्षमायाचना र कब्रमा गरिने सवाल जवाफमा अडिग रहनको लागि दुआ गर्नु मुस्तहब हो । रसूल सल्लल्लाहु अलैहि वसल्लम मृतकलाई दफन गरिसकेपछि, त्यहाँ उभिएर भन्नुभयो: "तिमीहरू आफ्नो भाई (मृतक) को लागि दुआ गर, अल्लाहले उनलाई अडिग राखुन भनेर दुआ गर किनकि उनीसँग अहिले सोधपुछ गरिने छ ।" (अबू दाउद: ३२२१)