सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ जनाजहको सलाह र दफन

मृतकलाई नुहाउनु, कफन दफन गर्नु, उनको लागि दुआ गर्नु र जनाजहको सलाह पढ्नु भनेको मुस्लिमले एकार्काप्रति गर्नु पर्ने कर्तव्य र ठूलो अधिकार हो । इस्लाममा मुस्लिमलाई गरिने सम्मानको यो प्रतिक पनि हो । यस पाठमा, तपाईंले जनाजहको सलाह (अन्त्येष्टिको नमाज) र दफनका केही प्रावधानहरू सिक्नु हुनेछ ।

•  जनाजहको सलाह (अन्त्येष्टिको नमाज) पढ्ने तरिका ।• कफन दफनका केही प्रावधानहरू ।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

जनाजह सलाहको हुकुम

जनाजहको सलाह (नमाज) भनेको उपस्थित मुस्लिम समुदायहरूका लागि अनिवार्य छ, प्रत्येक व्यक्तिमाथि होइन । यसलाई 'फर्ज केफायह' भनिन्छ, अर्थात उपस्थित मुस्लिमहरूमध्ये केहिले पढ्छन् भने बाँकी नपढेका लाई पाप (गुनाह) हुँदैन । जनाजहको सलाह (नमाज) पढ्नेहरूलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले ठूलो पहाड बराबरको सवाब (पुण्य) को शुभ सूचना दिंदै भन्नु भएको छ: “जसले जनाजहको सलाह (नमाज) पढ्छ, उसको लागि एक किरात पुण्य हो र जो जनाजह (अन्त्येष्टि) मा उपस्थित हुन्छ र दफन गर्दासम्म रहन्छ त उसको लागि दुई किरात पुण्य हो । भनियो: दुई किरात के हो? उहाँले भन्नुभयो: " किरात भनेको दुई ठूला पहाडहरू जस्तै छन् ।" (बुखारी: १३२५, मुस्लिम: ९४५)

जनाजहमा सहभागी हुनुको श्रेष्ठता

जनाजह (अन्त्येष्टि) को पछि पछि कब्रिस्तान जानुका धेरै फाइदाहरू छन्, त्यसका केही मुख्य फाइदाहरू यस प्रकार रहेका छन्: जनाजहको सलाह (नमाज) पढेर मृतकको हक पूरा गर्नु, उसको लागि सिफारिस गर्नु, दुआ गर्नु, उसको परिवारको अधिकार पूरा गर्नु, मृतकका परिवारलाई विपत्तिमा सान्त्वना र हौसला दिनु, ठूला पहाडहरू जति पुण्य कमाउनु र अन्त्येष्टि र चिहान हेरेर नसीहत हासिल गर्नु इत्यादि ।

जनाजहको सलाह (नमाज) पढ्ने तरिकाः

१. जनाजहको सलाह जमातका साथ पढ्नु मुस्तहब हो । यसमा पनि इमाम मुक्तदीको अगाडी उभिएर सलाह पढाउँछ ।

2. मृतकलाई इमाम र किब्लाको बीचमा राख्नुपर्छ अनि मृतक पुरुष छ भने उसको टाउकाको बराबरीमा र महिला छ भने उसको बीच शरीरको बराबरीमा इमामले उभिनु पर्ने हुन्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लम बाट यस्तै प्रमाणित हो (अबू दाउद: ३१९४)

3. जनाजहको सलाहमा ४ तकबीरहरू भन्नु पर्दछ; जो निम्न प्रकारका छन्:

-

पहिलो तकबीर

सलाह पढ्नेले अल्लाहु अकबर भन्दै आफ्ना दुबै हात काँध वा कानका लोतीसम्म उठाउनु पर्दछ । त्यसपछि दायाँ हात बायाँ हत्केलामा राखेर छातीमाथि राख्नु पर्दछ अनि अऊजु बिल्लाहि, बिस्मिल्ला पछि सूरत अल-फातिहा मसिनो स्वरमा पढ्नु पर्दछ ।

दोस्रो तकबीर

त्यसपछि दोस्रो तकबीर भन्नुहोस् र त्यसपछि अन्तिम तशह्हुदमा पढे झैं रसूल सल्लल्लाहु अलैहि वसल्लम माथि दरुद पढ्नुहोस्; ‏"‏ اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ كَمَا صَلَّيْتَ عَلَى إِبْرَاهِيمَ إِنَّكَ حَمِيدٌ مَجِيدٌ اللَّهُمَّ بَارِكْ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ كَمَا بَارَكْتَ عَلَى آلِ إِبْرَاهِيمَ إِنَّكَ حَمِيدٌ مَجِيدٌ ‏" ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अला इब्राहीम्, व अला आलि इब्राहीम इन्नक हमीदुम्मजीद । अल्लाहुम्म बारिक अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, व अला आलि इब्राहीम, इन्नक हमीदुम्मजीद’ । यो बाहेक अन्य शब्दहरू पनि छन् ।

तेस्रो तकबीर

त्यसपछि तेस्रो तकबीर भन्नुहोस् र मृतकहरूका लागि दया, क्षमायाचना, स्वर्ग र स्वर्गको उच्च स्थानको लागि दुआ गर्नुहोस् । यदि रसूल सल्लल्लाहु अलैहि वसल्लम बाट प्रमाणित केही कण्ठ गरिएका दुआहरू पढ्नु हुन्छ भने झनै राम्रो ।

रसूल सल्लल्लाहु अलैहि वसल्लम बाट प्रमाणित दुआः "‏ اللَّهُمَّ اغْفِرْ لَهُ وَارْحَمْهُ وَعَافِهِ وَاعْفُ عَنْهُ وَأَكْرِمْ نُزُلَهُ وَوَسِّعْ مُدْخَلَهُ وَاغْسِلْهُ بِالْمَاءِ وَالثَّلْجِ وَالْبَرَدِ وَنَقِّهِ مِنَ الْخَطَايَا كَمَا نَقَّيْتَ الثَّوْبَ الأَبْيَضَ مِنَ الدَّنَسِ وَأَبْدِلْهُ دَارًا خَيْرًا مِنْ دَارِهِ وَأَهْلاً خَيْرًا مِنْ أَهْلِهِ وَزَوْجًا خَيْرًا مِنْ زَوْجِهِ وَأَدْخِلْهُ الْجَنَّةَ وَأَعِذْهُ مِنْ عَذَابِ الْقَبْرِ أَوْ مِنْ عَذَابِ النَّارِ ‏"‏ उच्चारणः "अल्ला हुम्-मग्फिर लहु वरहम्हु व आफेहि वाअफु अन्हु, व अक्रिम नुजुलहु व वस्सिअ मुद्-खलहु, वग्सिल्-हु बिल्-माए वस्सल्जे वल् बरद, व नक्केहि मिनल्-खता या कमा नक्कै तससुबल्-अब-य ज मिनद्दनसि, व अब्दिल्हु दारन् खैरन् मिन् दारेहि व अहलन् खैरन् मिन् अहलेहि, व जौजान् खैरन मिन् जौजेहि, व अदखिल् हुल्-जन्नत, व अ इज्हु मिन् अजाबिल् कब्रि औ मिन् अजाबिन्-नार ।" (मुस्लिम: ९६३)

चौथो तकबीर

त्यसपछि चौथो तकबीर भन्नुहोस् र केही बेरपछि आफ्नो दाहिनेपट्टि मात्र सलाम फेर्नुहोस् ।

जनाजहको सलाह पढ्ने ठाउँ

जनाजहको सलाह (नमाज) मस्जिदभित्र वा मस्जिद बाहिर जनाजहको लागि तयार गरिएको विशेष ठाउँ वा कब्रिस्तानमा पढ्न सकिन्छ । यी सबै ठाउँहरूमा जनाजहको सलाह पढेको रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट प्रमाणित छ ।

मृतकलाई बोक्ने र जनाजहको साथमा जाने

जनाजह (अन्त्येष्टि) लाई अनावश्यक ढिलो नगरी छिटो तयार गर्नु र सलाह पढेर कब्रिस्तानमा लैजानु र छिटो दफन गर्नु सुन्नत हो । अबू-हुरैरह रजियल्लाहु अन्हुको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: “जनाजह (अन्त्येष्टि) मा हतार गर, यदि मृतक राम्रो (नेक) छ भने उसलाई छिटो दफन गर्नु राम्रो हो र यदि ऊ नराम्रो छ भने ऊ बाट छिटो मुक्ति प्राप्त गर्नु ।" (बुखारी: १३१५, मुस्लिम: ९४४)

जनाजह (अन्त्येष्टि) पछ्याउनेहरूले मृतकलाई बोक्नमा सघाउनु मुस्तहब (राम्रो) हो र मृतकलाई महिलाले होइन पुरुषहरूले बोक्छन् । जनाजहको अगाडि र पछाडि हिंड्नु सुन्नत हो । यदि कब्रिस्तान टाढा छ भने वा गाह्रो लाग्छ भने सवारी वा कारमा बोक्नमा केही फरक पर्दैन ।

मृतकलाई दफन गर्दा ध्यान दिनुपर्ने कुराहरू

١
मृतकलाई नुहाई, कफन लगाई, सलाह पढिसकेपछि छिटो दफन (गाड्नु) सुन्नत हो ।
٢
आवश्यकता अनुसार कब्रलाई गहिरो र फराकिलो बनाउनु मुस्तहब हो । कम्तीमा गन्ध नआओस् र जंगली जनावरको पहुँच तथा बाढीबाट जोगिने खालको हुनुपर्छ ।
٣
कब्रलाई लहद (भित्र) वा बीचमा दुबै आकारमा बनाउन सकिन्छ । विशेषता इलाका, जमिनको प्रकृति र कठोरता अनुसार उपयुक्त हुन्छ ।
٤
मृतकलाई कब्रमा दाहिने पट्टि राख्नु र उसको अनुहार किब्लातर्फ गर्नु मुस्तहब हो ।
٥
मृतकलाई कब्रमा राख्ने बेला निम्न दुआ पढ्नु मुस्तहब हो: "‏ بِسْمِ اللَّهِ وَبِاللَّهِ وَعَلَى سُنَّةِ رَسُولِ اللَّهِ صلى الله عليه وسلم ‏"‏ 'बिस्मिल्लाह व बिल्लाह व अला मिल्लते रसुलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम' । (तिर्मिजी: १०४६, इब्ने माजह: १५५०)
١
कब्र (मृतक राख्ने ठाउँ) लाई चाहे त्यो लहद (भित्र) आकारमा होस् वा बीचको आकारमा होस्, पहिला इँटा (माटो र परालले बनेको इँटा), काठ, बाँस, ढुङ्गा, फल्याक आदि जस्ता चीजले छोप्नु पर्छ अनि त्यस पछि माटो हाल्नु र राम्रोसँग मिलाउनु पर्छ ।
٢
जनाजह मा उपस्थित सम्पूर्णले मृतकलाई कब्रमा राखेपछि हातले ३ पटक माटो हाल्नु मुस्तहब (राम्रो) हो । रसूल सल्लल्लाहु अलैहि वसल्लमले एक जनाको जनाजहमा तीन मुट्ठी माटो दिनु भएको प्रमाणित छ (अल-दारकुत्नी: १५६५)
٣
कब्रलाई माटो हालेपछि चिनारीको लागि एक बित्ता जति मात्र माथि उठाउनु मुस्तहब हो, ताकि मानिसहरू त्यसमाथि नहिंडुन् । कब्रलाई पक्का गर्नु वा त्यसमाथि गुम्बद इत्यादि निर्माण गरेर बढाइ चढाइ गर्न निषेध गरिएको छ । किनभने यसरी नै मृतकको महिमा र शिर्क फैलिने गर्छ ।

दफन पछि

कब्रमा माटो हालेपछि त्यहाँ उपस्थित सबैले मृतकको क्षमायाचना र कब्रमा गरिने सवाल जवाफमा अडिग रहनको लागि दुआ गर्नु मुस्तहब हो । रसूल सल्लल्लाहु अलैहि वसल्लम मृतकलाई दफन गरिसकेपछि, त्यहाँ उभिएर भन्नुभयो: "तिमीहरू आफ्नो भाई (मृतक) को लागि दुआ गर, अल्लाहले उनलाई अडिग राखुन भनेर दुआ गर किनकि उनीसँग अहिले सोधपुछ गरिने छ ।" (अबू दाउद: ३२२१)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्