Model: हालको खण्ड
पाठ मृतकप्रति शोक र सान्त्वना प्रकट गर्नु
सान्त्वना
मृतकका परिवार आफन्तहरूलाई यो दुखको घडीमा सान्त्वना दिनु, शोक प्रकट गर्नु र राम्रा शब्दहरूद्वारा उनीहरूलाई बलियो बनाउनु मुस्तहब हो । मृतकको लागि दुआ दिनु, उनको परिवार र आफन्तहरूलाई धैर्य धारण गर्न सम्झाउनु र सब्र (धैर्य) गरेबापत अल्लाहकहाँ ठूलो पुण्य छ भनेर सान्त्वना दिनु । रसूल सल्लल्लाहु अलैहि वसल्लमले नातिको निधनपछि आफ्नो छोरी जैनबलाई सान्त्वना दिँदै भन्नुभयो: “अल्लाहले जे लिनुभएको छ र जे दिनुभएको सबै उहाँकै हो । हेर, प्रत्येक व्यक्तिका लागि एक निश्चित अवधि तोकिएको छ, तसर्थ धैर्य गर र पुण्य प्राप्त गर ।" (बुखारी: १२८४, मुस्लिम: ९२३)
मृतकका परिवार र आफन्तहरूलाई दफन अघि र पछि चिहान, मस्जिद, घर, काम गर्ने ठाउँ इत्यादि जुनसुकै ठाउँमा भेटे पनि सान्त्वना दिन सकिन्छ ।
सान्त्वना दिनको लागि खेमा (पाल) हरू गाडेर शोक समारोहहरू गर्नु, मानिसहरूलाई भेला गरेर भोजभतेर गरेर बढाइ चढाइ गर्नु सही होइन, किनभने यो नत रसूलबाट प्रमाणित छ नत उहाँका आदरणीय साथी (सहाबा) हरू बाट नै । यो कुनै खुशियालीको अवसर पनि होइनन् कि यसको लागि यत्रो तामझाम गरियोस् ।
मृतकप्रति दु:ख र शोक
रोनु एक प्राकृतिक दया हो । आफ्नोलाई गुमाएको दुख र पीडाको अभिव्यक्ति पनि हो । रसूल सल्लल्लाहु अलैहि वसल्लमको छोरा इब्राहिमको मृत्युमा उहाँको आँखाबाट पनि आँसु झरेको थियो ।" (बुखारी: १३०३, मुस्लिम: २३१५)
मृतकप्रति दु:ख र शोक व्यक्त गर्न इस्लामले केही नियम र शिष्टाचारहरू पारित गरेको छ:
श्रीमान गुमाएकी महिलाको म्याद (इद्दत)
सामान्य अवस्थामा चार महिना दस दिन हो, वा उनी गर्भवती छिन भने सुत्केरी नहुन्जेलसम्म हो ।
श्रीमान गुमाएकी महिलाले म्याद (इद्दत) मा रहेको बेला के गर्नु पर्छ ?
कब्रिस्तानको जियारत: चिहानहरूको जियारतलाई तीन भागमा विभाजन गरिएको छ:
१. मुस्तहब (उत्तम) जियारत
कब्रिस्तानको जियारत (दर्शन) मृत्यु, कब्र र मृत्यु पछिको जीवनको सम्झनाका लागि गरिन्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभएको छ: “मैले तिमीहरूलाई पहिला कब्रिस्तानको जियारत गर्न निषेध गरेको थिएँ तर अबदेखि कब्रिस्तानको जियारत गर ।" र अर्को हदीसमा छ: "किनभने कब्रिस्तानको जियारतले परलोकको सम्झना दिलाउँछ ।" (मुस्लिमः ९७७, तिर्मिजी: १०५४) तर यो आफ्नै गाउँ ठाउँमा रहेको कब्रिस्तानको जियारत गर्नु हो । किनभने तीन मस्जिदहरू बाहेक अन्य ठाउँको जियारतको लागि यात्रा गर्नु निषेध गरिएको छ ।
२. जायज जियारत
यो एक जायज उद्देश्यको लागि कब्रिस्तानको जियारत गर्नु हो । मृत्युलाई सम्झनको लागि पनि होइन र यसमा कुनै हराम काम पनि हुँदैन, जस्तै कुनै आफन्त वा साथीको चिहानको जियारत गर्नु तर उसको मनसाय परलोकलाई याद गर्ने होइन ।
३. हराम जियारत
यसमा कब्रिस्तानको जियारत गर्दा साथमा केही निषेधित कामहरू पनि हुन्छ, जस्तै चिहानमाथि बस्नु, हिंड्नु, गालामा थप्पड मार्नु, छातीमा हिर्काउनु, ठूलो स्वरमा रुनु वा केही विदअत (उपासनाको नाममा नयाँ कुराको आविष्कार) गर्नु जस्तै कब्रमा रहेको वक्तिको वसीला लिनु, कब्रलाई स्पर्श गर्नु वा कब्रद्वारा बर्कत (आशीर्वाद) माग्नु वा शिर्क गर्नु जस्तै कब्रवालालाई गुहार्नु, मद्दत माग्नु इत्यादि ।
मुस्लिमले कब्रिस्तानको जियारत गर्दा केही उद्देश्यहरू हुनुपर्छ:
कब्रिस्तानको जियारत गर्दा, मरेकाहरूको सम्मानमा कब्रमाथि बस्नु वा हिँड्नु हुँदैन । किनभने रसूल सल्लल्लाहु अलैहि वसल्लमले त्यसको सजायको व्याख्या गर्दै भन्नुभएको छ: “तिमीहरू बल्दै गरेको आगोको टुक्रामा बसेर आफ्नो लुगा र छाला डढिनु चिहान (कब्र) माथि बस्नु भन्दा राम्रो हो ।" (मुस्लिम: ९७१)
कब्रिस्तानको जियारतको दुआ
कब्रिस्तानको जियारत गर्दा निम्नलिखित दुआ पढ्नुहोस्- "السَّلاَمُ عَلَيْكُمْ دَارَ قَوْمٍ مُؤْمِنِينَ وَإِنَّا إِنْ شَاءَ اللَّهُ بِكُمْ لاَحِقُونَ" "अस्सलामु अलैकुम दार कौमिम्-मुमिनीन, व इन्ना इन् शा अल्लाहु बिकुम् लाहिकून् ।" (मुस्लिम: २४९) वा "السَّلاَمُ عَلَى أَهْلِ الدِّيَارِ مِنَ الْمُؤْمِنِينَ وَالْمُسْلِمِينَ وَيَرْحَمُ اللَّهُ الْمُسْتَقْدِمِينَ مِنَّا وَالْمُسْتَأْخِرِينَ وَإِنَّا إِنْ شَاءَ اللَّهُ بِكُمْ لَلاَحِقُونَ" "अस्सलामु अला अह्-लिद्दियारि मिनल्- मुमिनीन वल्-मुस्लिमीन व यर्-हमुल्लाहुल् मुस्तकदिमीन मिन्ना वल्-मुस्ताखिरीन व इन्ना इन् शा अल्लाहु बिकुम् ललाहिकून् ।" (मुस्लिम: ९७४) वा "السَّلاَمُ عَلَيْكُمْ أَهْلَ الدِّيَارِ مِنَ الْمُؤْمِنِينَ وَالْمُسْلِمِينَ وَإِنَّا إِنْ شَاءَ اللَّهُ لَلَاحِقُونَ أَسْأَلُ اللَّهَ لَنَا وَلَكُمْ الْعَافِيَةَ " "अस्सलामु अला अह्-लिद्दियारि मिनल्- मुमिनीन वल्-मुस्लिमीन व इन्ना इन् शा अल्लाहु बिकुम् ललाहिकून्, अस्अलुल्लाह लना व लकुमुल् आफियत ।" (मुस्लिम: ९७५)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.