Model: हालको खण्ड
पाठ कमाइ र जीविकोपार्जन
पैसाको महत्त्व
मानिसलाई आफ्नो आधारभूत आवश्यकताहरू पुरा गर्न पैसा चाहिन्छ; जस्तै- खाना, पेय, आवास, लत्ताकपडा आदि। यसैगरी विभिन्न फाइदा जनक चीजहरूमा पैसालाई प्रयोग गरेर उसले आफ्नो जिन्दगीको मामिलालाई सुधार गर्दछ। त्यसैले इस्लामले पैसालाई धेरै महत्त्व दिएको छ र यसलाई कमाउने र खर्च गर्ने विषयसँग सम्बन्धित धेरै प्रावधानहरू बनाएको छ।
कमाउनु र जीविकोपार्जन खोज्नु भनेको मानिसले पैसा कमाउनको लागि गर्ने सबै किसिमका स्रोत तथा साधन र कर्महरू हुन्; जसमा उसको जीविका टिकेको छ। चाहे त्यो व्यापार, उद्योग, कृषि, जागिर र अन्य जुनसुकै माध्यम किन नहोस्।
कमाउने र जीविका खोज्ने सम्बन्धी इस्लामिक आदेश
यदि कमाउने उद्देश्य आफूलाई ठूलो देखाउन, अहङ्कार देखाउनु वा धनी मानिस कहलाउन हो भने त्यो मकरूह (अप्रिय) हो। केही फुकहा (धर्मविद्हरू) को भनाइ अनुसार त यस्तो कमाइ हराम हो।
जीविकोपार्जनको खोजी गर्ने र पैसा कमाउन चाहने मुस्लिमले आर्थिक तथा लेनदेनका नियमहरू र त्यससँग सम्बन्धित इस्लामिक विधिविधानको ज्ञान प्राप्त गर्नु आवश्यक छ। जस्तै- किनबेच गर्ने, भाडामा लेनदेन, ठेक्कापट्टा, साझेदारी, ब्याज र अन्य लेनदेनका मामिलाहरू, ताकि ऊ जीविका खोज्ने क्रममा अल्लाहद्वारा निषेध (हराम) गरेको कुरामा फस्न नजाओस्।
कमाउने र जीविकोपार्जन खोज्ने सम्बन्धी इस्लामिक शिष्टाचार
१. जीविका खोज्ने सम्बन्धमा एउटा अनिवार्य शिष्टाचारहरू हो- अल्लाह प्रतिको कुनै पनि अनिवार्य दायित्वलाई छोड्नु वा ढिलाइ गर्नु हुँदैन, बरु मुस्लिमले यी दायित्वहरूको समय र पालना अनुसार आफ्नो समय र प्रयासलाई व्यवस्थित गर्ने आधार बनाओस्।
२. शिष्टाचारको अर्को अनिवार्य तरिका यो पनि हो- कुनै मुस्लिमको कमाउने तरिका तथा जीविकोपार्जन खोजी अरू मानिसहरूको लागि हानि पुर्याउने तथा दुःख दिने कारण नबनोस्। किनभने कसैलाई पनि हानि पुर्याउनु कुनै पनि अवस्थामा उचित छैन।
३. त्यो कमाइबाट मानिसले भलाइको नियत गरोस्; जस्तै- स्वयम् आफूलाई र आफ्नो पालनपोषणको जिम्मेदारीमा आश्रित मानिसहरूलाई अरू कसैको सामु हात फैलाउन तथा माग्नबाट बचाओस्। त्यसैगरी त्यस धनबाट आज्ञाकारीता र उपासनाका कामहरूको कामना गरोस्। त्यस कमाइको उद्देश्य धेरै धन जम्मा गर्ने, घमण्ड गर्ने अथवा अन्य गलत कार्यमा लाग्ने नहोस्।
यदि कुनै मुस्लिमले शुद्ध नियतले आफ्नो आम्दानीलाई सही ठाउँमा सदुपयोग गर्ने, मानिसहरूलाई फाइदा पुर्याउने, दान गर्ने तथा सहयोग गर्ने उद्देश्यको साथ आफ्नो जीविकाको खोजी गर्छ अथवा कमाइ गर्छ भने उसको यो कार्य उपासना हुनजान्छ। अनि यसको माध्यमले उसले उच्च दर्जा प्राप्त गर्नेछ। यसै सम्बन्धमा अल्लाहको रसूल ﷺ ले भन्नुभएको छः “अल्लाहको निकट सबैभन्दा प्यारो मान्छे त्यो हो जसको माध्यमले मानिसहरूलाई सबैभन्दा धेरै फाइदा हुन्छ।” (अल्-औसत लिल्-तबरानीः ६०२६)
४- जीविकोपार्जनको खोजी तथा कमाइ गर्दा अन्य मानवीय आवश्यकताहरू बीच सन्तुलनलाई ध्यान राख्नुपर्छ। ताकि कमाइको कारण अरूको अधिकार हनन नहोस्। सलमान रजियल्लाहु अनहुले अबू दरदा रजियल्लाहु अन्हुलाई भने- "तिम्रो रब (पालनकर्ता) को तिमीमाथि अधिकार छ, तिम्रो आत्माको तिमीमाथि अधिकार छ र तिम्रो परिवारको तिमीमाथि अधिकार छ, त्यसैले सबैलाई उनीहरूको अधिकार देऊ। त्यसपछि अबू दरदा रजियल्लाहु अन्हु नबी सल्लल्लाहु अलैहि वसल्लमको पासमा आए अनि यो कुरा बताए त उहाँले भन्नभयोः “सलमानले सत्य कुरा भने।” (बुखारीः 1968)
५- जीविकोपार्जन खोजीको क्रममा अल्लाहमाथि तवक्कल (पूर्ण भरोसा) गर्नुः भरोसाको वास्तविकता यो हो कि मानिसले वैध माध्यमलाई अपनाओस् अनि उसको हृदय पनि अल्लाहतिर लागेको होस्।
६- अल्लाहको तर्फबाट मात्र जीविका मिल्छ भन्ने कुरामा मानिस पूर्ण रूपमा विश्वस्त हुनुपर्छ। जीविका कसैको व्यक्तिगत मेहनतको कारण मात्रैले आउँदैन, किनभने कैयौँ पटक जीविकाको लागि विभिन्न किसिमका माध्यमलाई अपनाउँदा उसको पासमा जीविका आउँदैन। यो हिक्मत (तत्त्वदर्शीता) को कुरा अल्लाहलाई मात्रै थाहा हुन्छ।
५- अल्लाहले प्रदान गर्नुभएको कुरामा सन्तुष्ट हुनु र जीविका हासिल गर्नमा ढिलाइ नगर्नु। जीविकाको समय र पैमाना अल्लाहले निर्धारण गर्नुभएको छ। त्यसैले मुस्लिमले विनम्रता, विश्वास र सन्तुष्टिको साथ आफ्नो लागि अन्नदाता अल्लाहले उसको लागि निर्धारण गरेको चीजमा राजीखुसीको साथ हलाल चीजलाई अपनाउँदै हराम चीजहरूबाट बच्दै जीविकोपार्जन गरोस्। किनभने अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “हे मानिसहरू हो ! अल्लाहसँग डर र जीविका खोज्नमा संयमता अपनाउ, किनभने कुनैपनि व्यक्ति आफ्नो आफ्नो सम्पूर्ण जीविका प्राप्त नगरेसम्म मर्दैन, चाहे त्यो आउन ढिलो नै किन नहोस्। त्यसैले अल्लाहसँग डर र जीविका खोज्नमा संयमता अपनाउ। जुन हलाल (वैध) छ त्यो लेउ र जुन हराम (अवैध) छ त्यसलाई छाडिदेउ।” (इब्ने माजाः २१४४, सिलसिलतुल् अहादीस सहीहाः २६०७)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.