सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ आर्थिक कारोबार सम्बन्धी इस्लामिक आचरण

यस पाठमा तपाईंले आर्थिक कारोबारको सम्बन्धमा इस्लामिक आचरणबारे केही जानकारी हासिल गर्नुहुनेछ।

  • इस्लाममा आर्थिक कारोबारको परिभाषाबारे जानकारी
  • आर्थिक कारोबारको क्षेत्रमा इस्लामिक कानुनको विशिष्ट पक्षको अभिव्यक्ति
  • आर्थिक कारोबारमा पालना गर्नुपर्ने इस्लामिक आचरणबारे बयान 
 

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

नैतिकता तथा उच्च आचरणको जीवनका सबै मामिलाहरूसँग नजिकको सम्बन्धित छ। सायद इस्लामिक आर्थिक प्रणालीको सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू मध्ये एक उच्च नैतिक आचरण हो; आचरणबाटै यसको सुरुवात हुन्छ र यसलाई नै सबैभन्दा पहिले हेरिन्छ। त्यसैले इस्लामिक आर्थिक प्रणालीलाई अन्य आर्थिक प्रणालीहरू भन्दा फरक तथा अद्वितीय बनाउँछ।

इस्लाममा आर्थिक लेनदेन

यी सबै ती कुराहरू हुन्, जसलाई इस्लामिक शरिअतले हलाल तरिकाले जीविकोपार्जनको लागि काम गर्न अनुमति दिन्छ र पैसामा आधारित सबै किसिमका आर्थिक लेनदेन तथा सम्झौताहरू यस अन्तर्गत पर्छन्। अथवा जसबाट आर्थिक अधिकारहरू जन्मन्छन्, जस्तै कि किनबेच, भाडा, कम्पनी आदि लगायत र अन्य सम्झौताहरू। इस्लामिक लेनदेनसँग सम्बन्धित नियमहरू मानिसहरूलाई एक अर्कासँग आर्थिक कारोबार र लेनदेनलाई व्यवस्थित गर्ने कानुनी नियमहरू हुन्।

इस्लामिक आर्थिक लेनदेनको लक्ष्य र उद्देश्यहरू

١
अल्लाहको प्रसन्नता प्राप्ति; धरतीमा मेहनत गर्दै अल्लाहको आदेशलाई व्यवहारमा लागू गर्न। अल्लाहले भन्नुभएको छः {هُوَ الَّذِي جَعَلَ لَكُمُ الْأَرْضَ ذَلُولًا فَامْشُوا فِي مَنَاكِبِهَا وَكُلُوا مِنْ رِزْقِهِ وَإِلَيْهِ النُّشُورُ} [الملك: 15]. अर्थः उहाँ नै हुनुहुन्छ जसले तिम्रो निम्ति धरतीलाई नरम र अधीनस्थ गर्नुभयो; ताकि तिमीले उसका बाटोहरूमा हिँडडुल गर र अल्लाहद्वारा प्रदान गरिएको जीविका उपभोग गर अनि तिमीले उहाँकै पासमा पुनः जीवित भएर जानु पर्नेछ। (सूरतुल्-मुल्कः ६७/ १५)
٢
पैसा कमाउन र त्यो जीविका प्राप्त गर्न जसले निर्वाह भत्ता तथा पेन्सनको ग्यारेन्टी दिन्छ। त्यस्तै फाइदा जनक र उचित सांसारिक सुख प्राप्त गर्नको लागि धन-सम्पत्ति बढाउन।
٣
सबै किसिमका मामिलाहरूमा वैध चीजहरूलाई अपनाउँदै अवैध चीजहरूबाट बच्दै जन्नत (स्वर्ग) मा उच्च स्थान प्राप्त गर्न। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “सच्चा र अमानतदार (विश्वास योग्य) व्यापारी कयामतको दिन नबीहरू, सिद्दीकहरू र शहीदहरूको साथमा हुनेछ। (तिर्मिजीः १२०९, सहीह तर्गीब व तर्हीबः १७८२)
٤
विकास र उन्नति गर्न अनि सक्षम तथा धर्मी समाजको निर्माण सुनिश्चित गर्ने इस्लामिक शरिअत अनुसार कोषको निकासी।
٥
समाजका सबै मानिसहरूको आवश्यकता पुरा गर्न, जसले अल्लाहको चाहना पुरा गर्नमा सहयोग गर्छन्। अल्लाहको उपासनामा उनको भनाइ र कर्महरूमा सहयोग गर्न।
٦
अल्लाहको कानुन (शरिअत) लाई पृथ्वीमा लागू गर्न र यसको लागि उत्तराधिकारी तयार गर्न। कुर्आनमा यस कुरालाई स्पष्ट पार्दै अल्लाहले भन्नुभएको छः {وَهُوَ الَّذِي جَعَلَكُمْ خَلَائِفَ الْأَرْضِ وَرَفَعَ بَعْضَكُمْ فَوْقَ بَعْضٍ دَرَجَاتٍ لِيَبْلُوَكُمْ فِي مَا آتَاكُمْ إِنَّ رَبَّكَ سَرِيعُ الْعِقَابِ وَإِنَّهُ لَغَفُورٌ رَحِيمٌ} [الأنعام: 165]. अर्थः “अनि उहाँले नै तिमीलाई पृथ्वीको उत्तराधिकारी (नायक) बनाउनुभयो र एकलाई अर्को माथि उच्च ओहदा प्रदान गर्नुभयो, जसबाट जे–जति उसले तिमीलाई प्रदान गरेको छ, त्यसमा तिम्रो परीक्षा गरियोस्। निःसन्देह तिम्रो पालनकर्ताले छिटै सजाय दिनुहुनेछ एवम् उहाँ ठूलो क्षमादाता र दयावान् पनि हुनुहुन्छ।” (सूरतुल्-अन्आमः ६/ १६५)

इस्लामिक लेनदेनमा सन्तुलन राख्न

इस्लाम सत्य धर्म हो। इस्लामले त्यही कुरा ल्याएको छ जो मानिसहरूको लगि फाइदा जनक छ र उनीहरूको मामिलालाई सुधार गर्छ। इस्लाम मानिसहरूको सृष्टिकर्ताको तर्फबाट आएको हो, सृष्टिकर्ताले मानिसहरूको लागि के कुरा उचित छ राम्रोसँग जान्नुहुन्छ। कुर्आनमा भन्नुभएको छः {أَلَا يَعْلَمُ مَنْ خَلَقَ وَهُوَ اللَّطِيفُ الْخَبِيرُ} [الملك: 14]. अर्थः “के उहाँलाई जानकारी छैन जसले सृष्टि गर्नुभएको छ? जब कि उहाँ सूक्ष्मदर्शी र हरेक कुराबाट अवगत पनि हुनुहुन्छ।” (सूरह मुल्कः ६७/ १४) अन्य कानुन र प्रणालीभन्दा फरक इस्लामले त्यस्तो आर्थिक नियम दिएको छ जसले मानव शरीरको तथा जीवनको आवश्यकता र सांसारिक मामिलाहरूलाई पनि समेटेको छ। यतिमात्रै होइन यसले त आत्मिक आवश्यकता र परलोकको मामिलालाई पनि ध्यान दिएको छ।

पहिलो- सांसारिक पक्षः इस्लामिक शरिअत (कानुन) ले मानिसहरूको आर्थिक लेनदेनलाई राम्रो व्यवस्था गरेको छ र सबै हकदारहरूलाई न्यायपूर्ण तरिकाले उनको हक अधिकार प्रदान गरेको छ। ताकि सबै किसिमका कारोबार गर्नेहरू बीच न्याय होस्। यसैगरी कारोबारमा हलाल मार्गलाई खुला गरेको छ। अनि दुई लेनदेन गर्ने व्यक्तिहरूमध्ये कुनै एउटालाई मात्र घाटा हुने सबै किसिमका कारोबारलाई हराम (अवैध) गरेको छ।

दोस्रो- धार्मिक पक्षः सबै इस्लामिक आदेशहरूको पहिलो उद्देश्य अल्लाहको प्रसन्नता प्राप्त गर्नु र अन्तिममा जन्नत (स्वर्ग) हासिल गर्नु हो। यस बाहेक इस्लामिक लेनदेनका प्रावधानहरूले परोपकार गर्न उत्प्रेरणा दिँदै मोमिनहरू बीचको आपसी भाइचारा बढाउँछ। अनि कठिन परिस्थितिको सामना गरिरहेका वा अप्ठ्यारोमा परेकालाई मोहलत दिएर दया गर्न सिकाउँछ। अनि मन दुखाउने वा अप्ठ्यारो परिस्थितितिर लैजाने सबै किसिमका मामिलालाई अवैध ठहर गरेको छ। जस्तै- व्याज, जुवा लेनदेन, आदि।

अधिकारको मामिलामा आर्थिक लेनदेनका रूपहरू

पहिलो- न्यायः आर्थिक कारोबारका दुबै समूहका अधिकारलाई कुनै पनि किसिमको कमी वा बेसी नगरी राम्रोसँग रेखदेख गर्छ। जस्तै- किनबेच, कुनै सामानको मूल्यको अनुपातमा ठेक्का, आदि। यसै सम्बन्धमा अल्लाहले भन्नुभएको छः {وَأَحَلَّ اللَّهُ الْبَيْعَ} (البقرة:275). अर्थः “अल्लाहले व्यापारलाई वैध गर्नुभएको छ।” (सूरतुल्-बकरहः २/ २७५) दोस्रो- दयाः यो परोपकार तथा दान हो, जस्तै- अप्ठ्यारोमा परेकालाई छुट दिनु वा उनको ऋण माफ गर्नु। अल्लाहले भन्नुभएको छः {وَإِنْ كَانَ ذُو عُسْرَةٍ فَنَظِرَةٌ إِلَى مَيْسَرَةٍ وَأَنْ تَصَدَّقُوا خَيْرٌ لَكُمْ إِنْ كُنْتُمْ تَعْلَمُونَ} [البقرة: 280]، अर्थः “यदि कठिनाइमा छ भने उसलाई तिर्न सजिलो हुँदा सम्मको लागि समय देऊ। तर यदि तिमीले त्यसलाई दानको रूपमा प्रदान गर्छौ भने तिम्रो निम्ति सबभन्दा राम्रो हुन्छ, यदि यो कुरा तिमी बुझ्छौ भने।” (सूरतुल्-बकरः २/ २८०) अथवा कसैले कुनै मजदुरसँग कुनै मजदुरी निर्धारण गर्छ, अनि दिने बेलामा उसलाई अरू बढाएर दिन्छ। अल्लाहले भन्नुभएको छः {وَأَحْسِنُوا إِنَّ اللَّهَ يُحِبُّ الْمُحْسِنِينَ} [البقرة: 195]. अर्थः “उपकार गर अल्लाहले उपकार गर्नेहरूलाई माया गर्नुहुन्छ।” (सूरतुल्-बकरः २/ १९५)

तेस्रो- अत्याचारः यसको अर्थ आर्थिक कारोबारमा आफ्नो अधिकार भन्दा धेरै लिनु र अवैध तरिकाले मानिसहरूको माल कब्जा गर्नु हो। जस्तै- ब्याज, जुवा, मजदुरलाई उसको हक पुरा नदिनु, आदि। अल्लाहले भन्नुभएको छः {يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَذَرُوا مَا بَقِيَ مِنَ الرِّبَا إِنْ كُنْتُمْ مُؤْمِنِينَ (278) فَإِنْ لَمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِنَ اللَّهِ وَرَسُولِهِ وَإِنْ تُبْتُمْ فَلَكُمْ رُءُوسُ أَمْوَالِكُمْ لَا تَظْلِمُونَ وَلَا تُظْلَمُونَ} [البقرة: 278، 279]. अर्थः “हे मोमिनहरू ! अल्लाहसित डर र जति ब्याज बाँकी रहेको छ, त्यसलाई छाडिदेऊ यदि तिमी ईमानवाला हो भने। र यदि यस्तो गर्दैनौ भने अल्लाह र उहाँको सन्देष्टासँग युद्धको लागि तयार होऊ, हो यदि पश्चाताप गर्छौ भने तिमी आफ्नो वास्तविक रकमको हकदार छौ, न तिमी अत्याचार गर नत तिमीमाथि अत्याचार गरियोस्।” (सूरतुल्-बकरः २/ २७८, २७९) अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः अल्लाहले भन्नुहुन्छ- महाप्रलयको दिन म तीन किसिमका मानिसहरूको शत्रु बन्ने छु। १. मेरो नाम लिएर प्रतिज्ञा गर्छ तर त्यसको विरुद्ध काम गर्छ । २. कुनै आजाद (स्वतन्त्र) व्यक्तिलाई बेच्छ अनि त्यसको पैसा खान्छ। ३. कुनै मजदुरलाई काम गराउन राख्छ अनि पुरा काम गराएर मजदुरी दिँदैन। (बुखारीः २२२७)

इस्लामिक लेनदेन सम्बन्धी आचरण तथा नैतिकता (१)

١
स्वीकार्य सम्झौताहरूको प्रतिबद्धता र पालना गर्नु। अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا الَّذِينَ آمَنُوا أَوْفُوا بِالْعُقُودِ} [المائدة: 1]. अर्थः “हे ईमानदार मानिसहरू ! आफ्ना वाचाहरूलाई पूरा गर ।” (सूरतुल्-मायदाः ५/१)
٢
अमानत (धरौटी) फर्काउनु। अल्लाहले भन्नुभएको छः {فَلْيُؤَدِّ الَّذِي اؤْتُمِنَ أَمَانَتَهُ وَلْيَتَّقِ اللَّهَ رَبَّهُ} [البقرة: 283]. अर्थः “जसलाई अमानत (धरौटी) दिइएको छ, उसले त्यसलाई फर्काओस् र आफ्नो पालनकर्ता अल्लाहसँग डरोस्।” (सूरतुल्-बकरः २/ २८३)
٣
गवाही तथा प्रमाणलाई न लुकाउनु। अल्लाहले भन्नुभएको छः {وَلَا تَكْتُمُوا الشَّهَادَةَ وَمَنْ يَكْتُمْهَا فَإِنَّهُ آثِمٌ قَلْبُهُ وَاللَّهُ بِمَا تَعْمَلُونَ عَلِيمٌ} [البقرة: 283]. अर्थः “प्रमाणलाई न लुकाउनु, जसले त्यसलाई लुकाउँछ, निःसन्देह त्यो मनको पापी हुनेछ। अल्लाहले तिम्रा सम्पूर्ण क्रियाकलापहरू जान्नुहुन्छ।” (सूरतुल्-बकरः २/ २८३)
٤
इमानदारी र भलाइको चाहना हुनु। दुई लेनदेन गर्नेहरूको बारेमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “यदि लेनदेन गर्ने दुबै पक्षले साँचो तरिकाले काम गरे र प्रत्येक कुरालाई स्पष्ट रूपमा खुलाउँछन् भने उनको किनबेचमा फाइदा (बरकत) हुन्छ; तर यदि कुनै कुरालाई लुकाउँछन् वा मामिलामा झूटो कुरा गर्छन् भने उनीहरूको किनबेचमा फाइदा (बरकत) समाप्त गरिन्छ।” (बुखारीः २०७९, मुस्लिमः १५३२)
٥
धोका र छल-कपट बिनाको कुराकानी गर्नु। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जसले हामीलाई धोका दिन्छ ऊ हामीहरू मध्येको होइन।”

इस्लामिक लेनदेन सम्बन्धी आचरण तथा नैतिकता (२)

١
शङ्का-उपशङ्काहरूबाट बच्नु। यो त्यस्तो कुरा हो, जसले मानिसलाई हलाल हरामको बारेमा गोलमाल गर्छ। यस सम्बन्धमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “हलाल (वैध) स्पष्ट छ र हराम (अवैध) पनि स्पष्ट छ। अनि यी दुबैको बीच शङ्का उत्पन्न गर्ने चीजहरू छन्, जसलाई धेरैजसो मानिसहरूले जान्दैनन्। त्यसैले जो मानिस शङ्कास्पद चीजहरूबाट बच्यो; उसले आफ्नो धर्म र प्रतिष्ठालाई बचायो। अनि जो मानिस शङ्कास्पद चीजमा पर्यो ऊ हराम (अवैध) चीजमा पर्यो।” (बुखारीः ५२, मुस्लिमः १५९९)
٢
मानिसहरूको धनमाल अनुचित रूपमा उपभोग नगर्ने। अल्लाहले भन्नुभएको छः {وَلَا تَأْكُلُوا أَمْوَالَكُمْ بَيْنَكُمْ بِالْبَاطِلِ وَتُدْلُوا بِهَا إِلَى الْحُكَّامِ لِتَأْكُلُوا فَرِيقًا مِنْ أَمْوَالِ النَّاسِ بِالْإِثْمِ وَأَنْتُمْ تَعْلَمُونَ} [البقرة: 188]. अर्थः “एक अर्काको सम्पत्ति अनुचित रूपमा उपभोग नगर, न त हाकिमहरूलाई घूस दिएर कसैको केही सम्पत्ति अन्याय पूर्वक आफ्नो बनाऊ। जब कि तिमीलाई थाहा छँदैछ।” (सूरतुल्-बकरः २/ १८८)
٣
जो आफ्नो लागि चाहन्छौ, त्यही आफ्नो भाइको लागि चाहना राख। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “तिमीहरू मध्ये कोही पनि तबसम्म पूर्ण आस्थावान (मोमिन) हुन सक्दैन, जबसम्म उसले आफूलाई मन पराउने चीज आफ्नो भाइको लागि पनि चाहँदैन।” (बुखारीः १३, मुस्लिमः ४५)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्