Model: हालको खण्ड
पाठ आर्थिक कारोबार सम्बन्धी इस्लामिक आचरण
नैतिकता तथा उच्च आचरणको जीवनका सबै मामिलाहरूसँग नजिकको सम्बन्धित छ। सायद इस्लामिक आर्थिक प्रणालीको सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू मध्ये एक उच्च नैतिक आचरण हो; आचरणबाटै यसको सुरुवात हुन्छ र यसलाई नै सबैभन्दा पहिले हेरिन्छ। त्यसैले इस्लामिक आर्थिक प्रणालीलाई अन्य आर्थिक प्रणालीहरू भन्दा फरक तथा अद्वितीय बनाउँछ।
यी सबै ती कुराहरू हुन्, जसलाई इस्लामिक शरिअतले हलाल तरिकाले जीविकोपार्जनको लागि काम गर्न अनुमति दिन्छ र पैसामा आधारित सबै किसिमका आर्थिक लेनदेन तथा सम्झौताहरू यस अन्तर्गत पर्छन्। अथवा जसबाट आर्थिक अधिकारहरू जन्मन्छन्, जस्तै कि किनबेच, भाडा, कम्पनी आदि लगायत र अन्य सम्झौताहरू। इस्लामिक लेनदेनसँग सम्बन्धित नियमहरू मानिसहरूलाई एक अर्कासँग आर्थिक कारोबार र लेनदेनलाई व्यवस्थित गर्ने कानुनी नियमहरू हुन्।
इस्लामिक आर्थिक लेनदेनको लक्ष्य र उद्देश्यहरू
इस्लाम सत्य धर्म हो। इस्लामले त्यही कुरा ल्याएको छ जो मानिसहरूको लगि फाइदा जनक छ र उनीहरूको मामिलालाई सुधार गर्छ। इस्लाम मानिसहरूको सृष्टिकर्ताको तर्फबाट आएको हो, सृष्टिकर्ताले मानिसहरूको लागि के कुरा उचित छ राम्रोसँग जान्नुहुन्छ। कुर्आनमा भन्नुभएको छः {أَلَا يَعْلَمُ مَنْ خَلَقَ وَهُوَ اللَّطِيفُ الْخَبِيرُ} [الملك: 14]. अर्थः “के उहाँलाई जानकारी छैन जसले सृष्टि गर्नुभएको छ? जब कि उहाँ सूक्ष्मदर्शी र हरेक कुराबाट अवगत पनि हुनुहुन्छ।” (सूरह मुल्कः ६७/ १४) अन्य कानुन र प्रणालीभन्दा फरक इस्लामले त्यस्तो आर्थिक नियम दिएको छ जसले मानव शरीरको तथा जीवनको आवश्यकता र सांसारिक मामिलाहरूलाई पनि समेटेको छ। यतिमात्रै होइन यसले त आत्मिक आवश्यकता र परलोकको मामिलालाई पनि ध्यान दिएको छ।
पहिलो- सांसारिक पक्षः इस्लामिक शरिअत (कानुन) ले मानिसहरूको आर्थिक लेनदेनलाई राम्रो व्यवस्था गरेको छ र सबै हकदारहरूलाई न्यायपूर्ण तरिकाले उनको हक अधिकार प्रदान गरेको छ। ताकि सबै किसिमका कारोबार गर्नेहरू बीच न्याय होस्। यसैगरी कारोबारमा हलाल मार्गलाई खुला गरेको छ। अनि दुई लेनदेन गर्ने व्यक्तिहरूमध्ये कुनै एउटालाई मात्र घाटा हुने सबै किसिमका कारोबारलाई हराम (अवैध) गरेको छ।
दोस्रो- धार्मिक पक्षः सबै इस्लामिक आदेशहरूको पहिलो उद्देश्य अल्लाहको प्रसन्नता प्राप्त गर्नु र अन्तिममा जन्नत (स्वर्ग) हासिल गर्नु हो। यस बाहेक इस्लामिक लेनदेनका प्रावधानहरूले परोपकार गर्न उत्प्रेरणा दिँदै मोमिनहरू बीचको आपसी भाइचारा बढाउँछ। अनि कठिन परिस्थितिको सामना गरिरहेका वा अप्ठ्यारोमा परेकालाई मोहलत दिएर दया गर्न सिकाउँछ। अनि मन दुखाउने वा अप्ठ्यारो परिस्थितितिर लैजाने सबै किसिमका मामिलालाई अवैध ठहर गरेको छ। जस्तै- व्याज, जुवा लेनदेन, आदि।
पहिलो- न्यायः आर्थिक कारोबारका दुबै समूहका अधिकारलाई कुनै पनि किसिमको कमी वा बेसी नगरी राम्रोसँग रेखदेख गर्छ। जस्तै- किनबेच, कुनै सामानको मूल्यको अनुपातमा ठेक्का, आदि। यसै सम्बन्धमा अल्लाहले भन्नुभएको छः {وَأَحَلَّ اللَّهُ الْبَيْعَ} (البقرة:275). अर्थः “अल्लाहले व्यापारलाई वैध गर्नुभएको छ।” (सूरतुल्-बकरहः २/ २७५) दोस्रो- दयाः यो परोपकार तथा दान हो, जस्तै- अप्ठ्यारोमा परेकालाई छुट दिनु वा उनको ऋण माफ गर्नु। अल्लाहले भन्नुभएको छः {وَإِنْ كَانَ ذُو عُسْرَةٍ فَنَظِرَةٌ إِلَى مَيْسَرَةٍ وَأَنْ تَصَدَّقُوا خَيْرٌ لَكُمْ إِنْ كُنْتُمْ تَعْلَمُونَ} [البقرة: 280]، अर्थः “यदि कठिनाइमा छ भने उसलाई तिर्न सजिलो हुँदा सम्मको लागि समय देऊ। तर यदि तिमीले त्यसलाई दानको रूपमा प्रदान गर्छौ भने तिम्रो निम्ति सबभन्दा राम्रो हुन्छ, यदि यो कुरा तिमी बुझ्छौ भने।” (सूरतुल्-बकरः २/ २८०) अथवा कसैले कुनै मजदुरसँग कुनै मजदुरी निर्धारण गर्छ, अनि दिने बेलामा उसलाई अरू बढाएर दिन्छ। अल्लाहले भन्नुभएको छः {وَأَحْسِنُوا إِنَّ اللَّهَ يُحِبُّ الْمُحْسِنِينَ} [البقرة: 195]. अर्थः “उपकार गर अल्लाहले उपकार गर्नेहरूलाई माया गर्नुहुन्छ।” (सूरतुल्-बकरः २/ १९५)
तेस्रो- अत्याचारः यसको अर्थ आर्थिक कारोबारमा आफ्नो अधिकार भन्दा धेरै लिनु र अवैध तरिकाले मानिसहरूको माल कब्जा गर्नु हो। जस्तै- ब्याज, जुवा, मजदुरलाई उसको हक पुरा नदिनु, आदि। अल्लाहले भन्नुभएको छः {يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَذَرُوا مَا بَقِيَ مِنَ الرِّبَا إِنْ كُنْتُمْ مُؤْمِنِينَ (278) فَإِنْ لَمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِنَ اللَّهِ وَرَسُولِهِ وَإِنْ تُبْتُمْ فَلَكُمْ رُءُوسُ أَمْوَالِكُمْ لَا تَظْلِمُونَ وَلَا تُظْلَمُونَ} [البقرة: 278، 279]. अर्थः “हे मोमिनहरू ! अल्लाहसित डर र जति ब्याज बाँकी रहेको छ, त्यसलाई छाडिदेऊ यदि तिमी ईमानवाला हो भने। र यदि यस्तो गर्दैनौ भने अल्लाह र उहाँको सन्देष्टासँग युद्धको लागि तयार होऊ, हो यदि पश्चाताप गर्छौ भने तिमी आफ्नो वास्तविक रकमको हकदार छौ, न तिमी अत्याचार गर नत तिमीमाथि अत्याचार गरियोस्।” (सूरतुल्-बकरः २/ २७८, २७९) अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः अल्लाहले भन्नुहुन्छ- महाप्रलयको दिन म तीन किसिमका मानिसहरूको शत्रु बन्ने छु। १. मेरो नाम लिएर प्रतिज्ञा गर्छ तर त्यसको विरुद्ध काम गर्छ । २. कुनै आजाद (स्वतन्त्र) व्यक्तिलाई बेच्छ अनि त्यसको पैसा खान्छ। ३. कुनै मजदुरलाई काम गराउन राख्छ अनि पुरा काम गराएर मजदुरी दिँदैन। (बुखारीः २२२७)
इस्लामिक लेनदेन सम्बन्धी आचरण तथा नैतिकता (१)
इस्लामिक लेनदेन सम्बन्धी आचरण तथा नैतिकता (२)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.