Model: हालको खण्ड
पाठ सलाह (नमाज) को अर्थ र श्रेष्ठता
सलाह (नमाज) को अर्थ
सलाह (नमाज) शारीरिक उपासनाहरूमध्ये एउटा महत्वपूर्ण उपासना हो। यसमा हृदय, मस्तिष्क र जिब्रो सबै समावेश रहेको हुन्छ। यसको महत्व धेरै जसो कुराहरूमा देखा पर्छ, तीमध्ये केही यस प्रकार छन्-
२. सलाह (नमाज) ले एउटा मुस्लिम (आज्ञाकारी) र काफिर (अवज्ञाकारी) मा फरक पारेको छ। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “मानिस, शिर्क र कुफ्र (अवज्ञा) बीच फरक पार्ने कुरा सलाह छोड्नु हो।” (मुस्लिम: ८२) उहाँले यो पनि भन्नु भएको छः “हामी र उनीहरू बीच जुन सन्धि हो त्यो सलाह नै हो, तसर्थ जसले यसलाई छोड्यो उसले कुफ्र (अवज्ञा) गर्यो।” (तिर्मिजी: २६२१, निसाई: ४६३)
३. अल्लाहले यात्रामा भएको अवस्थामा होस् वा घरपरिवारमा बसेको अवस्थामा, शान्तिपूर्ण समयमा होस् वा युद्धको मैदानमा, बिरामी भएको अवस्थामा होस् वा सकुशल रहेको होस्, सम्पूर्ण अवस्थाहरूमा अनिवार्य रुपमा सलाह (नमाज) पढ्ने आदेश दिनु भएको छ। अल्लाहले भन्नु भएको छः (حَافِظُوا عَلَى الصَّلَوَات) (البقرة: 238) अर्थः “सलाहहरूको सुरक्षा गर।” (सूरह अल्-बकरह: २/२३८) अल्लाहले आफ्ना आस्थावान भक्तहरूको विशेषताको वर्णन गर्दै भन्नु भएको छः (وَالَّذِينَ هُمْ عَلَى صَلَوَاتِهِمْ يُحَافِظُونَ) (المؤمنون: 9). अर्थः “उनीहरू आ-आफ्ना सलाहलाई सुरक्षित राख्दछन्।” (सूरह अल्-मुमिनून: २३/९)
सलाहका विशेषताहरूः
१- सलाहले पापहरू पखालि दिन्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “पाँच अनिवार्य सलाहहरू र एक जुमादेखि अर्को जुमासम्मको ठूलो पाप गरेको छैन भने यसले सम्पूर्ण पापहरूलाई पखालि दिन्छ।” (मुस्लिम: २३३, तिर्मिजी: २१४)
२. यसले मुस्लिमको जीवनलाई प्रकाशमय बनाउँछ, सत्कर्मको प्रेरणा दिन्छ र कुकर्मबाट जोगाउँछ। अल्लाहले भन्नु भएको छः (إِنَّ الصَّلَاةَ تَنْهَى عَنِ الْفَحْشَاءِ وَالْمُنْكَر) (العنكبوت: 45)، अर्थः “निश्चय नै सलाह (नमाज) ले अश्लील कार्य तथा नराम्रा कुराहरूबाट जोगाउँछ।” (सूरह अल्-अन्कबूत : २९/४५) रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “सलाह नूर (प्रकाश) हो।” (मुस्लिम : २२३)
सलाह एउटा मुस्लिमको लागि आनन्दमय क्षण हो। सलाह पढ्दा जब आफ्नो अल्लाहसित दुखेसो पोख्दछ र कानेखुसी गर्दछ, त्यतिखेर उसले मनको सन्तुष्टि र अल्लाहको प्रेम पाउँछ।
सलाहले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई बढी आनन्दित बनाउथ्यो। उहाँले भन्नु भएको छः “मेरो आँखाको शान्ति र खुसी सलाहमा राखिएको छ।” (निसाई : ३३९२ सहीह)
उहाँले आफ्नो मोअज्जिन (अजान दिने व्यक्ति) बिलाल रजियल्लाहु अन्हुलाई भन्नु हुन्थ्यो- “ए बिलाल ! सलाहद्वारा मलाई शान्ति देऊ।” (अबु-दाऊद : ४९८५ सहीह अल्बानी)
जुन बेला नबी सल्लल्लाहु अलैहि वसल्लमलाई कुनै ठूलो समस्या आई पर्थ्यो त्यस बेला उहाँ सलाहको लागि हतारिनु हुन्थ्यो। (अबु-दाऊद: १३१९ हसन)