Model: हालको खण्ड
पाठ ईद
ईद र चाडपर्वहरू धर्मका प्रतीक हुन्।
ब्रत समाप्तिको खुसीयाली मनाउन अल्लाहले मुसलमानहरूका लागि एक दिन निर्धारण गर्नु भएको छ जसलाई अरबीमा ईद भनिन्छ। यो ईदको दिनमा राम्रो खानु, राम्रो लाउनु, गरिबलाई दान दिनु, शुभकामना आदान प्रदान गर्नु, जायज तरिकाले रमाइलो गर्नु, अल्लाहको वरदानलाई सम्झेर उहाँको कृतज्ञता व्यक्त गर्नु र गराउन लगाउनु कहिल्यै पनि बिर्सनु हुँदैन।
मुस्लिमहरूको चाड पर्वको लागि वर्षमा दुई दिन निर्धारण गरिएको छ। यी दुई दिन बाहेक अरुको देखासिकी गरी नयाँ चाडपर्वको आविष्कार गर्नु वैध छैन।
इस्लामले पर्वको दिन महिलाहरू र बच्चाहरू सहित स-परिवार सामुहिक रुपमा ईद-गाह (ईदको सलाह पढ्ने ठाउँ) मा गएर सलाह पढ्न प्रेरित गरेको छ। ईदको दिन सूर्योदयको केही बेरपछि (लगभग १५ मिनटपछि) यसको समय आरम्भ हुन्छ र जुहर सलाहको केह बेर पहिलेसम्म रहन्छ।
ईदको सलाह दुई रकात हुन्छ, जसमा इमामले आवाजको साथ (जहरी) सलाह पढाउँछन् र त्यसपछि दुई भागमा धर्मोपदेश (खुत्बा) दिन्छन्। अन्य सलाह भन्दा यसमा बढी तक्बीर “अल्लाहु अकबर” भन्नु पर्छ। पहिलो रकातमा तक्बीर तहरीमा बाहेक ६ पटक र दोश्रो रकातमा सज्दा बाट उठदा बाहेक ५ पटक बढी तक्बीर भनेर सूर फातिहा पढ्नु पर्दछ।
पर्वको दिन ठूला-साना, पुरुष-महिला, आफ्ना-बिराना सबैसँग खुसी बाँडेर हर्षोल्लासका साथ ईद मनाउनु पर्दछ। राम्रो, सुन्दर पोशाक लगाउनु यो दिन खाएर अल्लाहको उपासना गर्नु पर्दछ। किनभने पर्वको दिन ब्रत बस्नु अवैध छ।
ईदको सलाह पढेपछि तक्बीर पढ्ने समय पनि समाप्त हुन्छ। ब्रत समाप्तिको खुशियाली र पूरा महिना ब्रत राख्न शक्ति दिनु भएकोमा अनि सही मार्गदर्शन गर्नु भएकोमा अल्लाहको कृतज्ञता व्यक्त गर्नु यसको मुख्य उद्देश्य हो। अल्लाहले भन्नु भएको छः (وَلِتُكْمِلُوا الْعِدَّةَ وَلِتُكَبِّرُوا اللَّهَ عَلَى مَا هَدَاكُمْ وَلَعَلَّكُمْ تَشْكُرُون) (البقرة: 185). अर्थः “तिमीहरू ब्रतको संख्या पूरा गर र सीधा मार्ग पाएकोमा अल्लाहको प्रशंसा गर। आशा छ तिमीहरू कृतज्ञ बन्नेछौ।” (सूरह अल्-बकरह: २/१८५)
ईदका तक्बीरहरू पढ्ने तरिका-
बाटोघाटोमा अरुलाई कुनै किसिमको अप्ठ्यारो र दिक्क नपारिकन पुरुषहरूले उच्च स्वरमा र महिलाहरूले सानो स्वरमा तक्बीर पढ्नु पर्दछ।