सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ ईद

ईदहरू खुसीयाली मनाउने चाडपर्वहरू हुन्। अल्लाहले प्रत्येक समुदायको लागि खुसीयालीको पर्व बनाउनु भएको छ जो तिनिहरूको लागि विशेष छ। यस पाठमा तपाईंले इस्लाममा ईद अथवा चाडपर्व सम्बन्धी जानकारी हासिल गर्नुहुनेछ।

  • मुस्लिमहरूको ईद (चाडपर्व) सम्बन्धी जानकारी।
  • ईदको नमाजको तरिकाबारे जानकारी।
  • ईद सम्बन्धी केही शिष्टाचार र हुकुमबारे जानकारी।

ईद र चाडपर्वहरू धर्मका प्रतीक हुन्।

जब रसूल सल्लल्लाहु अलैहि वसल्लम मदीना आउनु भयो तब त्यहाँका बासिन्दाहरूलाई वर्षमा दुई पटक चाडपर्वमा रमाइलो गर्दै गरेको देख्नु भयो। उहाँले सोध्नु भयोः “यो के को खुसीयाली हो ?” उनीहरूले जवाफ दिए: इस्लाम पूर्व पुर्खाको पालादेखि नै हामीहरू यस्तै गर्दै आएका छौं। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “अल्लाहले तिमीहरूका लागि यी भन्दा राम्रा दुई दिन प्रदान गर्नु भएको छ; ईदुल्-फित्र र ईदुल-अद्हा।” (अबु-दाऊद: ११३४) रसूल सल्लल्लाहु अलैहि व सल्लमले चाड पर्वको महत्व दर्शाउँदै भन्नु भएको छः “हरेक समुदायको कुनै न कुनै पर्व हुन्छ र यो नै हाम्रो महत्वपूर्ण पर्व हो।” (बुखारी: ९०९, मुस्लिम: ८९२)

इस्लाममा ईद

ब्रत समाप्तिको खुसीयाली मनाउन अल्लाहले मुसलमानहरूका लागि एक दिन निर्धारण गर्नु भएको छ जसलाई अरबीमा ईद भनिन्छ। यो ईदको दिनमा राम्रो खानु, राम्रो लाउनु, गरिबलाई दान दिनु, शुभकामना आदान प्रदान गर्नु, जायज तरिकाले रमाइलो गर्नु, अल्लाहको वरदानलाई सम्झेर उहाँको कृतज्ञता व्यक्त गर्नु र गराउन लगाउनु कहिल्यै पनि बिर्सनु हुँदैन।

मुस्लिमहरूको चाड पर्वको लागि वर्षमा दुई दिन निर्धारण गरिएको छ। यी दुई दिन बाहेक अरुको देखासिकी गरी नयाँ चाडपर्वको आविष्कार गर्नु वैध छैन।

١
ईदुल्-फित्रः रमजानको ब्रतको समाप्तिपछि दशौं महिना (शौवाल) को पहिलो दिन पर्दछ।
٢
ईदुल-अद्हाः जुन १२ औं महिनाको दशौं दिन पर्दछ।

ईदको सलाह

इस्लामले पर्वको दिन महिलाहरू र बच्चाहरू सहित स-परिवार सामुहिक रुपमा ईद-गाह (ईदको सलाह पढ्ने ठाउँ) मा गएर सलाह पढ्न प्रेरित गरेको छ। ईदको दिन सूर्योदयको केही बेरपछि (लगभग १५ मिनटपछि) यसको समय आरम्भ हुन्छ र जुहर सलाहको केह बेर पहिलेसम्म रहन्छ।

ईदको सलाह पढ्ने तरिका

ईदको सलाह दुई रकात हुन्छ, जसमा इमामले आवाजको साथ (जहरी) सलाह पढाउँछन् र त्यसपछि दुई भागमा धर्मोपदेश (खुत्बा) दिन्छन्। अन्य सलाह भन्दा यसमा बढी तक्बीर “अल्लाहु अकबर” भन्नु पर्छ। पहिलो रकातमा तक्बीर तहरीमा बाहेक ६ पटक र दोश्रो रकातमा सज्दा बाट उठदा बाहेक ५ पटक बढी तक्बीर भनेर सूर फातिहा पढ्नु पर्दछ।

परिवार र आफन्त जनमा खुसी बाँड्नु-

पर्वको दिन ठूला-साना, पुरुष-महिला, आफ्ना-बिराना सबैसँग खुसी बाँडेर हर्षोल्लासका साथ ईद मनाउनु पर्दछ। राम्रो, सुन्दर पोशाक लगाउनु यो दिन खाएर अल्लाहको उपासना गर्नु पर्दछ। किनभने पर्वको दिन ब्रत बस्नु अवैध छ।

ईदको चन्द्रमा देखिएको समयदेखि नै बिहान ईदको सलाह नपढुन्जेल तक्बीर पढ्नु उत्तम हो।

ईदको सलाह पढेपछि तक्बीर पढ्ने समय पनि समाप्त हुन्छ। ब्रत समाप्तिको खुशियाली र पूरा महिना ब्रत राख्न शक्ति दिनु भएकोमा अनि सही मार्गदर्शन गर्नु भएकोमा अल्लाहको कृतज्ञता व्यक्त गर्नु यसको मुख्य उद्देश्य हो। अल्लाहले भन्नु भएको छः (وَلِتُكْمِلُوا الْعِدَّةَ وَلِتُكَبِّرُوا اللَّهَ عَلَى مَا هَدَاكُمْ وَلَعَلَّكُمْ تَشْكُرُون) (البقرة: 185). अर्थः “तिमीहरू ब्रतको संख्या पूरा गर र सीधा मार्ग पाएकोमा अल्लाहको प्रशंसा गर। आशा छ तिमीहरू कृतज्ञ बन्नेछौ।” (सूरह अल्-बकरह: २/१८५)

ईदका तक्बीरहरू पढ्ने तरिका-

तक्बीर पढ्ने तरिका- 'अल्लाहु अकबर, अल्लाहु अकबर, ला ईलाहा इल्लल्लाहु, अल्लाहु अकबर, अल्लाहु अकबर, व लिल्लाहिल् हम्द'। तक्बीर पढ्ने अर्को तरिका- 'अल्लाहु अकबर कबीरा, वल्-हम्दु लिल्लाहि कसीरा व सुब्हानल्लाहि बुक्रतन् व असीला।

बाटोघाटोमा अरुलाई कुनै किसिमको अप्ठ्यारो र दिक्क नपारिकन पुरुषहरूले उच्च स्वरमा र महिलाहरूले सानो स्वरमा तक्बीर पढ्नु पर्दछ।

मक्काको सर्वश्रेष्ठ मस्जिद, “मस्जिद अल-हरम”को ईदको तक्बीर सुन्नुहोस्।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्