Model: हालको खण्ड
पाठ “यात्रा” का सामान्य नियमहरू प्रशस्तै छन्
जाडोको यात्रामा न्यानोपनको लागि प्राय जसो आगो बालिने गरिन्छ, विशेष गरी पाल आदिमा, त्यसलाई सुत्नु अघि निभाउनु पर्छ ।
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: राती मदीनामा एउटा घर जल्यो त रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई अवगत गराइयो अनि उहाँले भन्नुभयो: "यो आगो तिमीहरूको शत्रु हो, त्यसैले सुत्ने समय यसलाई निभाई देऊ ।" (बुखारी: 6294) र अर्को हदीस मा छ: "सुत्ने बेला आगोलाई निभाउने गर, बल्दै गरेको नछोड ।" (बुखारी: ६२९३, मुस्लिम: २०१५) र अर्को हदीस मा छ: "वास्तवमा, मुसोले बत्तीसँग खेलवाड गरेको हुनसक्छ, जसले गर्दा घरमा आगजनी भएको हुनसक्छ ।" (बुखारी: ३३१६, मुस्लिम: २०१२)
शिकार गर्न जायज छ र इस्लामले अनुमति दिएको छ, तर मात्र शिकारमा होमिने अनि धर्म र घरपरिवारको वास्तै नगर्ने गर्नु हुँदैन वा शिकार बर्बादी, बेकार र घमण्डको कारण हुनु हुँदैन । हदीस मा छ : "मरुभूमिमा बस्ने मानिस कडा हुन्छ र शिकारको पछि लाग्ने मानिस लापरवाह हुन्छ ।" (अबू दाउद: २८५९)
इस्लामले अवैध वा निषेध गरेको जनावर बाहेक सबै जनावरहरूको शिकार गर्नु र खानु वैध (हलाल) छन् भन्ने कुरा नै इस्लामको आधारभूत सिद्धान्त हो । इस्लामले अवैध गरेका जनावरहरू तिखा दाँत भएका जङ्गली जनावरहरू जस्तैः ब्वाँसो र स्याल, पन्जाले शिकार गर्ने चराचुरुङ्गीहरू, जस्तैः चील र विषालु जनावरहरू जस्तै : सर्प आदि ।
जंगली र समुद्री जनावरहरूलाई वर्षभरि शिकार गर्न पाइन्छ । शुक्रवार, रमजानको महिना वा हराम महिनाहरू भनेर केही फरक गरिएको छैन । तर मक्का वा मदीनामा हरम सीमाभित्र शिकार गर्न र मोहरिमको लागि जंगली जनावरहरूको शिकार निषेध गरिएको छ । त्यसैगरी अर्काको जनावरहरूको शिकार गर्न निषेध गरिएको छ ।
शिकारी गर्ने व्यक्ति मुस्लिम हुनुपर्छ, बिस्मिल्लाह भनेर तालिम प्राप्त कुकुर वा प्रशिक्षित चराहरूद्वारा शिकार गरेको हुनुपर्छ । यदि चरा आफैले शिकार गर्छ वा थाहा नभई त्यत्तिकै गोली निस्क्यो अनि शिकार भयो भने त्यो खानु हुँदैन । तर मृत्यु हुनु अघि शिकारलाई समातेर अल्लाहको नामले हलाल गरियो भने खानु जायज छ ।
त्यसैगरी शिकार गर्ने हतियार; तीर वा गोली इत्यादिले शिकार मरेको हुनुपर्छ । घाँटी थिचेर, डुबेर, भारी ढुङ्गाले हिर्काएर वा उचाइबाट खसालेर शिकार मरेको छ भने त्यो खानु वैध छैन, तर मर्नु भन्दा अगाडि जबह गरियो भने जायज हुन्छ ।
रमाइलो गर्नको लागि शिकार गर्नु जायज छैन, जस्तैः शिकार गर्नु र बाटोमा अलपत्र पारेर हिंड्नु । जसरी शिकारको अभ्यासको लागि चरालाई बाँध्नु पाप हो; त्यसरी शिकार गर्ने हतियारले मानिसहरूलाई डराउनु पनि पाप हो ।
कुरैशका केही युवाहरूले चरालाई बाँधेर राखेका थिए र उनीहरू वाणको अभ्यास गर्दै थिए । चरालाई नलाग्ने प्रत्येक गलत तीरको हकदार चराको मालिकलाई बनाएका थिए । त्यत्तिकैमा इब्ने उमर त्यहीँबाट गुज्रनुभयो । जब तिनीहरूले इब्ने उमरलाई देखे, तब तिनीहरू तितरबितर भए । इब्ने उमरले भन्नुभयोः यो कसले गर्यो ? धिक्कार छ यो कसले गर्यो ? रसूल सल्लल्लाहु अलैहि व सल्लमले कुनै चरा (जीव) लाई उद्देश्यको रूपमा प्रयोग गर्ने व्यक्तिलाई श्राप दिनुभएको छ ।" (बुखारी: 5515, मुस्लिम: 1958)
मजाकमा पनि अरूलाई हातहतियारले इसारा गर्नु निषेध गरिएको छ, हदीसमा छ: "तिमीहरूमध्ये कसैले पनि आफ्नो भाइलाई हतियारले इसारा नगरुन्, किनकि तिमीहरूमध्ये कसैलाई थाहा छैन, कारणवश शैतानको उक्साहटमा उसको हत्या गर्यो भने ऊ नर्कको खाल्डोमा खस्छ ।" (बुखारी: 5515, मुस्लिम: 1958) र अर्को हदीसमा छ: "जसले आफ्नो भाइलाई हतियारले इसारा गर्छ, उसले नछोडुन्जेल फरिश्ताले उसलाई श्राप दिनेछन्, चाहे त्यो उसको आफ्नै भाइ किन नहोस् ।" (बुखारी: 5515, मुस्लिम: 1958)
शिकार गर्नेले आफू र अरूलाई बचाउनको लागि शिकारका नियम र सुरक्षाका सावधानीहरू जान्नु पर्छ । जनावरलाई इस्लामिक तरिकाले वध (जबह) गर्ने, शिकारी कुकुरसँग गरिने मामिला र मृत शिकारका केही खास विधिहरू छन् । त्यसैले यसको जानकारीका लागि धर्मगुरुहरूसँग सम्पर्क गर्नुपर्छ ।
इस्लामले निषेधित गरेका केही खानेकुराहरू बाहेक हरेक खाने कुराहरू हलाल छन् यो नै इस्लामको आधारभूत सिद्धान्त हो ।
निषेध गरिएका खानपिनका चीजहरू
खुला स्थानमा वा बजारमा पाइने सबै किसिमका सागसब्जी, तरकारी र फलफूलहरू खान अनुमति छ, तर हानि नोक्सानी गर्छ कि भन्ने शंकास्पद वा सुरक्षित छ भनेर थाहा नभएको कुरा खानु हुँदैन ।