Model: हालको खण्ड
पाठ अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्था राख्नु
अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्थाको अर्थः
अल्लाह नै यो सिङ्गो ब्रह्माण्ड र यसमा भएभरका सम्पूर्ण चीजबीजहरूका सृष्टिकर्ता हुनुहुन्छ र उहाँ बाहेक अरु कोही सृष्टिकर्ता छैन। अल्लाहले भन्नु भएको छः “अल्लाह नै सम्पूर्ण चीजहरुका सृष्टिकर्ता हुनुहुन्छ।” (सूरह अज्-जुमर: ३९/६२) मानिसको कारिगरी भनेको कुनै कुरालाई रुपान्तर गर्नु वा यताउताबाट बटुलेर एकत्रित गर्नु र मिलाउनु मात्र हो। नजन्मेकालाई जन्म दिनु र मरेकालाई पुनः जीवित पार्नु वा सृष्टि गर्नु पक्कै पनि होइन।
उहाँ नै सम्पूर्ण प्राणीहरूका अन्नदाता हुनुहुन्छ। उहाँ बाहेक अरु कोही अन्नदाता छैन। अल्लाहले भन्नु भएको छः “धरतीमा घस्रेर हिंड्ने, रिङने र फुर्र-फुर्र उड्ने सबै प्राणीको आहार अल्लाहकै जिम्मामा छ।” (सूरह हूद: ११/६)
उहाँ नै सम्पूर्ण चीजहरूका असल मालिक हुनुहुन्छ। उहाँ बाहेक असल मालिक कोही छैन। अल्लाहले भन्नु भएको छः “आकाशहरू, पृथ्वी र त्यसमा रहेका सम्पूर्ण चीजहरूका मालिक अल्लाह नै हुनुहुन्छ।” (सूरह अल्-माइदा: ५/१२०)
उहाँ नै सम्पूर्ण कुराहरूका प्रबन्धक हुनुहुन्छ। उहाँ बाहेक अरु कोही प्रबन्धक छैन। अल्लाहले भन्नु भएको छः “आकाशदेखि धरतीसम्मका प्रबन्ध उहाँ नै मिलाउनु हुन्छ।” (सूरह अस्-सज्दा: ३२/५)
अल्लाहको प्रबन्ध र मानिसको प्रबन्ध
अल्लाहको रसूलको सल्लल्लाहु अलैहि वसल्लमको जमानामा अरबका मुश्रिकहरु अल्लाहको रुबूबियत (प्रभुत्व) माथि विश्वास गर्दथेः
यो कसरी सम्भव छ कि मानिसले अल्लाहलाई सृष्टिकर्ता, मालिक, प्रबन्धक, मार्ने र जीवित पार्ने स्वीकार्छ, तै पनि उपासनाका केही अंशहरू अल्लाह बाहेक अरुको लागि गर्दछ ? यो त सरासर अन्याय र महापाप हो। त्यसैले लुक्मानले आफ्नो छोरालाई सम्झाउदै भन्नु भएको थियोः “हे छोरा ! अल्लाहसँग कसैलाई साझेदार नबनाऊ है, किनभने साझेदारी (शिर्क) गर्नु महापाप हो।” (सूरह लुक्मान: ३१/१३)
जुन बेला रसूल सल्लल्लाहु अलैहि व सल्लम सित सोधियो- अल्लाहको दृष्टिमा महापाप के हो ? उहाँले जवाफ दिनु भयोः “अल्लाहले तिमीलाई सृष्टि गर्नु भएको छ, तै पनि तिमीले उहाँको साथमा अरूलाई साझेदार बनाउँछौ।” (बुखारी: ४२०७, मुस्लिम: ८६)
यदि कुनै भक्तलाई यस कुराप्रति दृढ विश्वास हुन्छ कि भाग्य विधाताले हाम्रो भाग्यमा जे लेख्नु भएको छ, त्यसलाई कसैले पनि मेटाउन सक्दैन, किनभने भाग्यको साँचो उहाँकै हातमा छ, उहाँले जे चाहनुहुन्छ फेरबदल गर्नुहुन्छ, उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ र उहाँ बाहेक सबै असहाय र सृष्टि हुन्। सबै सर्वाधिकार उहाँकै हातमा छ। उहाँ बाहेक अरु कोही सृष्टिकर्ता, पालनकर्ता र प्रबन्धक छैनन्। उहाँको आज्ञा बिना कुनै पनि कण आफ्नो ठाउँबाट यताउता सर्दैन न उहाँको आज्ञा बिना स्थिर रहन्छ, भन्ने पूर्ण आस्थाले मानिसको मुटुमा अल्लाहमाथिको निश्चल आस्था पलाउँछ। अनि जीवनको पाईला-पाईलामा उहाँमाथि भरोसा र हरेक प्रकारको परिवर्तनसँग संघर्ष गर्ने आँट हुन्छ।