Model: हालको खण्ड
पाठ अल्लाहको उलूहीयत (उपासना) माथि आस्था राख्नु
अल्लाहको उलूहीयत (उपासना) माथि आस्थाको अर्थः
अल्लाह नै हरेक प्रकारका दृश्य र अदृश्य इबादतका हकदार हुनुहुन्छ भन्ने कुरामाथि दृढताका साथ आस्था राख्नु। त्यसैले हामीले सबै प्रकारका उपासना जस्तैः दुआ (प्रार्थना), भय, भरोसा, सहयोग, सलाह (नमाज), दान, ब्रत इत्यादि उहाँकै लागि खास गर्नु पर्छ। किनभने अल्लाह बाहेक अरु कोही सत्य ईश्वर छैन। अल्लाहले भन्नुभएको छः (إِلَهُكُمْ إِلَهٌ وَاحِدٌ فَمَنْ كَانَ يَرْجُو لِقَاءَ رَبِّهِ فَلْيَعْمَلْ عَمَلًا صَالِحًا وَلَا يُشْرِكْ بِعِبَادَةِ رَبِّهِ أَحَدًا) (الكهف: 110). अर्थः “सबैको पूजा योग्य त्यही एउटै पूजनीय छ । अनि जुन मानिसले आफ्नो आराध्यसँग साक्षात्कारको आशा राख्दछ त्यसलाई आवश्यक छ कि असल कर्म गरोस् र आफ्नो पालनकर्ताको पूजामा अरु कसैलाई साझेदार नबनोओस्।” (सूरतुल्-कहफः १८/ ११०)
अल्लाहले घोषणा गर्नु भएको छ कि सत्य पूज्य ईश्वर एक मात्र अल्लाह नै हुनुहुन्छ, त्यसैले उहाँ बाहेक अरू कसैलाई पूज्य ठान्नु र उपासना गर्नु वैध छैन।
तौहीद उलूहीयत (अल्लाहको उपासनामा एकत्व) माथि आस्थाको महत्वः
अल्लाह नै पूज्य हुनुहुन्छ भन्ने कुरामाथि आस्थाको महत्व विभिन्न क्षेत्रहरुमा देखा पर्छः
१. मानिस र जिन्नलाई सृष्टि गर्नुको उद्देश्य नै यही हो।
अल्लाहले हामीहरूलाई मात्र आफ्नो उपासनाको लागि सृष्टि गर्नु भएको हो। अल्लाहले सृष्टिको उद्देश्यबारे स्पष्ट पार्दै भन्नु भएको छः (وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنْسَ إِلَّا لِيَعْبُدُونِ)(الذاريات: 56). अर्थः “मैले जिन्न (एक अदृश्य प्राणी) र मानवलाई केवल आफ्नो इबादत (उपासना) गर्नको लागि सृष्टि गरेको हुँ।” (सूरह अज्जारियात: ५१/५६)
२. सन्देष्टाहरू पठाउनु र आकाशीय ग्रन्थहरू अवतरणको उद्देश्य पनि यही हो।
त्यसैले सत्य पूज्य ईश्वर अल्लाह नै हुनुहुन्छ र उहाँ बाहेक जे जति पुजिन्छन् ती सबै मिथ्या हुन् भन्ने कुरामा विश्वस्त हुनुपर्छ। अल्लाहले भन्नु भएको छः (وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا أَنِ اعْبُدُوا اللهَ وَاجْتَنِبُوا الطَّاغُوت) (النحل: 36). अर्थः “हामीले प्रत्येक समुदायमा रसूल (सन्देष्टा) पठायौं। ताकि (सबैले) केवल अल्लाहको उपासना गर र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यको पूजा-उपासनादेखि टाढा रहने गर।” (सूरह अन्-नहल: १६/३६)
३. मानिसको पहिलो कर्तव्य यही नै हो।
मुआज रजियल्लाहु अन्हुलाई यमनतिर पठाउने बेला रसूल सल्लल्लाहु अलैहि व सल्लमले यही उपदेश दिदै भन्नु भएको थियोः “तिमी अहले-किताब (यहूदी र ईसाइ) को समुदायमा जाँदैछौ, त्यसैले उनीहरूलाई सर्वप्रथम तौहीद (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को आह्वान गर्नु।” (बुखारी: १३८९, मुस्लिम: १९) अर्थात… मात्र अल्लाहकै उपासना गर्नु पर्छ भन्ने कुराको आह्वान गर्नु।
४. अल्लाहमाथि आस्था नै “ला इलाहा इल्लल्लाह” को वास्तविक अर्थ हो।
अरबीमा उपास्य (पूज्य) लाई “इलाह” भनिन्छ। ला इलाह इल्लल्लाहको अर्थः अल्लाह बाहेक कोही सत्य उपास्य छैन भन्ने हो। त्यसैले सम्पूर्ण प्रकारका उपासना अल्लाहकै लागि खास गर्नु पर्छ।
५. अल्लाह नै सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता, जीवनदाता र स्वामी हुनुहुन्छ भने उपासना पनि उहाँको नै गर्नु पर्छ।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.