Model: हालको खण्ड
पाठ अल्लाहका नाम र विशेषताहरू (अस्मा र सिफात) माथि आस्था
अल्लाहका नामहरू र विशेषताहरू (अस्मा र सिफात) माथि आस्था
कुर्आनमा विभिन्न आयतहरूमा भक्तहरूलाई आफ्नो सृष्टिकर्तालाई चिन्नको लागि उत्प्रेरित गरिएको छ र यो कुरा पटक पटक दोहोराइएको पनि छ । किनभने मुस्लिमको लागि आफ्नो प्रतिपालक अल्लाहलाई उहाँको नाम, विशेषता र महानता, अनि श्रेष्ठताहरूको साथ जान्नु अति आवश्यक छ, ताकि उसले पूर्ण ज्ञान र विश्वासको साथमा अल्लाहको उपासना गरोस् अनि ती नाम तथा विशेषताहरूको आधारमा तिनको महत्व र मागलाई आफ्नो जीन्दगीमा र उपासनामा उतार्न सकोस्।
त मुस्लिमहरूले अल्लाहका ती नामहरू र विशेषताहरूमाथि विश्वास गर्दछन् जसलाई अल्लाहले आफ्नो किताब (कुर्आन) र रसूल सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतद्वारा प्रमाणित गर्नु भएको छ। अनि उहाँका नामहरू र विशेषताहरूलाई त्यसैगरी विश्वास गर्छन् जो उहाँको लागि योग्य र शोभनीय छन्।
अल्लाहकै लागि राम्रा नाम र परिपूर्ण विशेषताहरू छन्। उहाँ जस्तो नाम र विशेषता अरु कसैको हुनै सक्दैन। अल्लाहले भन्नु भएको छः (لَيْسَ كَمِثْلِهِ شَيْءٌ وَهُوَ السَّمِيعُ الْبَصِير) (الشورى: 11). अर्थः “उहाँ जस्तो अरु कोही छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ।” (सूरह अश्-शूरा: ४२/११) अल्लाह आफ्नो नाम र विशेषताहरूमा सम्पूर्ण सृष्टिको समानताबाट पवित्र र महान हुनुहुन्छ।
अब हामीले अल्लाहका नामहरू मध्येका केही नामहरू प्रस्तुत गर्दैछौं।
अर्रहमान अर्रहीम
यी दुई यस्ता नामहरू हुन् जसद्वारा अल्लाहले आफ्नो किताब (कुर्आन) को सुरुवात (सूरतुल्-फातिहाको सुरु) गर्नु भएको छ। यिनै नामहरूको माध्यमले अल्लाहले सबैभन्दा पहिले आफूलाई आफ्ना भक्तहरूको सामु परिचित गर्नु भएको छ। अनि सत्यको मार्गदर्शक र बयानकर्ता कुर्आनका प्रत्येक सूरहहरूको सुरुमा राखिदिनु भएको छ। त्यो हो “बिस्मिल्लाहिर्रहमानिर्रहीम” अर्थः अत्यन्तै करुणामय परम दयालु अल्लाहको नाम लिएर सुरु गर्दछु।”
हाम्रो प्रतिपालक अल्लाहले आफूमाथि दया गर्ने कार्यलाई अनिवार्य गरेर हामीमाथि ठुलो कृपा गर्नु भएको छ। उहाँको दया हरेक चीजहरूमा व्याप्त छ, यहाँ सम्म कि सृष्टिका प्राणीहरूले एक आपसमा दया गर्नु, आफ्नो सन्तानप्रति आमाको मायाँ र ममता, प्राणीहरूको लागि भोजनको सुलभता, आदि, जस्ता कुराहरू अल्लाहले उनीहरूमाथि गरेको दयाको नतीजा नै हुन्। अल्लाहले भन्नु भएको छः (فَانْظُرْ إِلَى آثَارِ رَحْمَتِ اللهِ كَيْفَ يُحْيِ الْأَرْضَ بَعْدَ مَوْتِهَا) (الروم: 50). अर्थः अतः तपाईंले अल्लाहको दयालुताका लक्षणहरू हेर्नुहोस्, उहाँले कसरी पृथ्वीलाई त्यसको मृत्यु पश्चात जीवित गर्नु हुन्छ! (सूरह अर्रूमः ३०/ ५०)
उमर बिन खत्ताब रजियल्लाहु अन्हुले बयान गर्नु भएको छः रसूल सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथीहरूले कैदीहरूको साथमा ल्याइएकी एकजना महिलालाई देख्नु भयो, जसले आफ्नो बच्चालाई उसको पासमा आउँदा बित्तिकै काखमा राखेर दुध खुवाउँथी। त रसूल सल्लल्लाहु अलैहि वसल्लमले सोध्नु भयोः तिमीहरूलाई के लाग्छ, यो महिलाले आफ्नो बच्चालाई आगोमा हाल्न सक्छे? सहाबाले भनेः नाई, बाँचुन्जेल (जानीजानी) उसलाई आगोमा हाल्न सक्दैने। त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “अल्लाह आफ्ना भक्तहरूमाथि त्यसभन्दा पनि धेरै दयाबान हुनुहुन्छ जति यो महिला आफ्नो बच्चामाथि दयाबान छे।” (बुखारीः ५९९९, मुस्लिमः २७५४)
त सृष्टिकर्ता अल्लाहको दया (रहमत) यस्तो अन्तिम र परिपूर्ण चीज हो जो सबैभन्दा महान र उत्तम छ। उहाँको दया त हरेक किसिमका अनुमान, कल्पना र धारणाभन्दा माथि छ। त्यसैले यदि मानिसले अल्लाहको दयाको परिधि, बिस्तार र महत्वको बारेमा थाहा पाउँछ भने कहिल्यै पनि त्यसबाट हताश र निराश हुँदैन।
अल्लाहको रहमत (दया) दुई प्रकारका छन्-
रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “जानीराख तिमीहरूमध्ये कोही पनि व्यक्ति मात्रै आफ्नो कर्म (अमल) को कारणले स्वर्ग (जन्नत) मा जान सक्ने छैन। सहाबाले सोधेः तपाईं पनि हे अल्लाहको रसूल! उहाँले भन्नु भयोः म पनि, तर अल्लाहले आफ्नो दयाले ढाक्नु भयो भने (अवश्य जानेछु)।” (मुस्लिमः २८१६)
भक्तको तर्फबाट आज्ञापालन र अनुसरणमा अनि आफ्नो प्रतिपालकको निकटता र सम्मानमा जति धेरै बढोत्तरी हुनेछ त्यसै अनुसार अल्लाहको कृपाको हकदार हुनुमा उसको हिस्सेदारी बढ्नेछ। अल्लाहले भन्नु भएको छः (إِنَّ رَحْمَتَ اللهِ قَرِيبٌ مِنَ الْمُحْسِنِينَ) (الأعراف: 56) अर्थः “निःसन्देह अल्लाहको रहमत (दया) सत्कर्मीहरूको निकट छ। (सूरह आराफः ७/ ५६)
अस्-समीअ अल्-बसीर
संसारभर मानिसहरूले हजारौं किसिमका अलग-अलग भाषाहरू बोल्छन् र प्रत्येक मानिसका आ-आफ्नै आवश्यकताहरू छन्। यति हुँदाहुँदै पनि अल्लाहले प्रत्येकको पुकारलाई सुन्नु हुन्छ चाहे त्यो प्रत्यक्ष होस्, चाहे अप्रत्यक्ष होस्, चाहे त्यो स्पष्ट सुनिने होस्, चाहे अस्पष्ट र आवाजहीन होस्। अल्लाहको लागि सबै बराबर छन्। केही अज्ञानीहरूले सोंच्ने गर्थे कि अल्लाहले उनीहरूको गोप्य कुराहरूलाई सुन्नु हुन्न। उनीहरूको यही सोंचको खण्डन गर्दै चेतावनीको रुपमा अल्लाहले यो आयत अवतरण गर्नु भयोः (أَمْ يَحْسَبُونَ أَنَّا لَا نَسْمَعُ سِرَّهُمْ وَنَجْوَاهُمْ بَلَى وَرُسُلُنَا لَدَيْهِمْ يَكْتُبُونَ) (الزخرف: 80) अर्थः “के उनीहरूले ठान्दछन् कि हामीले उनीहरूका गोप्य कुरा र कानेखुसीलाई सुन्दैनौं? किन नसुन्नु (हामीले सबै कुरा सुन्दछौं) र हामीले पठाएका फरिश्ताहरूले उनीहरूका सबै कुराहरू लेख्दैछन्।” (सूरतुज्-जुखरूफः ४३/ ८०)
अल्लाहले हरेक चीजहरूलाई देख्नु हुन्छ चाहे त्यो जतिसुकै सानो र सुक्ष्म किन नहोस्, उहाँको ज्ञानबाट कुनै पनि कुरा गोप्य रहँदैन। यसै सन्दर्भमा सुन्न र देख्न पनि नसक्ने मूर्तिहरूको पूजा गर्ने आफ्नो पिता आजरलाई इब्राहीम अलैहिस्सलामले भनेको कुरा कुर्आनमा वर्णन गरिएको छः (يَا أَبَتِ لِمَ تَعْبُدُ مَا لَا يَسْمَعُ وَلَا يُبْصِرُ وَلَا يُغْنِي عَنْكَ شَيْئًا) (مريم: 42) अर्थः “हे मेरो पिता! तपाईले यस्ता चीजहरूको पूजा किन गर्नुहुन्छ? जसले न सुन्दछन्, न देख्दछन् र न त तपाईंलाई कुनै फाइदा पुर्याउन सक्दछन्।” (सूरह मरियमः १९/ ४२)
अल्लाह नै सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ। आकाश र धरतीमा कण बराबर पनि कुनै चीज अल्लाहको जानकारीबाट लुप्त छैन र उहाँलाई हरेक रहस्यमय कुराको रहस्यबारे पूर्ण ज्ञान छ भन्ने कुरा जब कुनै भक्तले जान्दछ, तब उसलाई अल्लाहको ध्यान तथा इबादतको फाइदा हुन्छ। अनि उसले आफूलाई झुट र गीबत (परोक्ष निंदा) गर्नबाट बचाउने कोसिस गर्दछ, आफ्ना अङ्ग प्रत्यअङ्गलाई र हृदयको चाहनालाई प्रत्येक ती चीजहरूबाट बचाउने कोसिस गर्दछ जो अल्लाहलाई मन पर्दैनन् अनि उसले अल्लाहद्वारा प्राप्त यी वरदानहरूलाई अल्लाहलाई मनपर्ने कार्यमा लगाउन प्रयत्न गर्दछ। किनभने अल्लाहले उसका प्रत्यक्ष र परोक्ष सबै क्रियाकलापलाई देखिरहनु भएको छ। त्यसैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले ईमानको सर्वोच्च श्रेणी ‘एहसान’ को परिभाषा दिंदै भन्नु भएको छः “अल्लाहको उपासना यसरी गर कि मानौं तिमीले अल्लाहलाई देखिरहेका छौ, यदि तिमीले देखिरहेका छैनौ भने अल्लाहले तिमीलाई देखिरहनु भएको छ।” (बुखारी: ५०, मुस्लिम: ८)
अल्लाह यस्तो परिपूर्ण र शाश्वत जीवन हुनुहुन्छ जसको न कुनै सुरुवात छ न अन्त। उहाँ नै आदि हुनुहुन्छ र उहाँ नै अनन्त तथा अबिनाशी हुनुहुन्छ। उहाँमा कुनै पनि किसिमको कमी कमजोरी छैन, हाम्रो प्रतिपालक अल्लाह हरेक त्रुटीबाट पवित्र एवम् मुक्त हुनुहुन्छ। त उहाँको शाश्वत जीवन उहाँका सम्पूर्ण विशेषताहरू मध्ये प्रत्येक विशेषता जस्तैः इल्म (ज्ञान), सम्अ (सुन्नु), बसर (देख्नु), कुदरत (क्षमता), इरादा (चाहना) आदिले उहाँको परिपूर्णता स्पष्ट हुन्छ। त्यसकारण जसमा यस्तो परिपूर्ण गुण र विशेषता हुन्छ ऊ नै वास्तवमा इबादतको हकदार हुन्छ र उसैको इबादत गर्नु पर्छ, उसैको समक्ष नतमस्तक र पूर्ण समर्पित हुनु पर्छ अनि उसैमाथि विश्वास र भरोसा गर्नु पर्छ। कुर्आनमा आदेश दिइएको छः (وَتَوَكَّلْ عَلَى الْحَيِّ الَّذِي لَا يَمُوت) (الفرقان: 58) अर्थः “उनै सदैव जीवित रहने (अल्लाह) माथि भरोसा गर जसलाई कहिल्यै मृत्यु आउँदैन। (सूरह अल्-फुर्कानः २५/ ५८)
अल्लाहको नाम “अल्-कैय्यूम” को अर्थले दुई कुराहरूलाई प्रमाणित गर्छः
त्यसैले अल्लाहसँग दुआ गर्दा र सहायताको लागि पुकार्दा यी दुई नामहरूलाई माध्यम बनाएर माग्नु उत्तम कुरा हो। रसूल सल्लल्लाहु अलैहि वसल्लमले दुआ माग्ने तरिकामा एउटा यो पनि थियोः يَا حَيُّ يَا قَيُّومُ بِرَحْمَتِكَ أَسْتَغِيثُ" (الترمذي: 3524). उच्चारणः “या हय्यु या कय्यूम बिरहमतिक अस्तगीस” अर्थः “हे सधै जीवित रहने! हे सबैलाई थाम्ने! तपाईंको दयाको माध्यमले माग गर्दछु।” (तिर्मिजीः ३५२४)
अल्लाहका नाम र विशेषताहरूमाथि आस्थाका केही फाइदाहरूः
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.