Model: हालको खण्ड
पाठ उपासना (इबादत) को वास्तविकता
इबादतः मानिसका सम्पूर्ण भनाइ, गराइ र क्रियाकलाप, जसलाई अल्लाहले मन पराउनु हुन्छ र गर्न आदेश दिनु भएको छ ती सम्पूर्ण सत्कर्महरूलाई उपासना (इबादत) भनिन्छ, चाहे ती बाहिरी (शारीरिक) होउन वा भित्री (आत्मिक) सबै इबादत नै हुन्।
उपासना (इबादत) को वास्तविकता
माया र सम्मानको साथसाथै विनम्रतापूर्वक पूर्ण आज्ञाकारी हुनु नै वास्तविक उपासना हो। यही उपासना भक्तमाथि अल्लाहको अधिकार हो, जो मात्र उहाँको लागि हुनुपर्छ अन्य कसैको लागि हुनु हुँदैन। उपासनामा अल्लाहले आदेश दिएका, उहाँलाई मनपर्ने बाहिरी र भित्री मन सम्पूर्ण काम-कुराहरू समावेश छन्, जस्तैः नमाज, जकात, हज्ज आदि जस्ता प्रत्यक्ष गरिने उपासना होऊन् वा हृदयमा अल्लाह प्रतिको माया, याद, डर, भय, भरोसा, मद्दत माग्नु आदि जस्ता अप्रत्यक्ष गरिने उपासना होऊन्।
अल्लाहले आफ्ना भक्तहरूमाथि गरेका दयाहरू मध्ये यो पनि हो कि उहाँले उपासनालाई विभिन्न किसिममा बाँड्नु भएको छ। जस्तैः
अल्लाहले उपासनालाई विभिन्न किसिमका विभाजन गर्नुमा ठूलो रहस्य लुकेको छ, ताकि मानिसले आफ्नो हृदयमा फूर्ति र उत्साहको साथसाथै उपासनामा सन्तुष्टि पाओस्, सुस्ती तथा थकावट महसुस नगरोस्। अनि मानिस उपासनामा भक्ति भावको साथ अगाडी बढोस् र जुन कुरामा उसले आफ्नो आत्मामा भक्ति भावको अनुभव गर्छ।
जसरी उपासनाहरू विभिन्न किसिमका छन्, त्यसैगरी मानिसहरू पनि उपासना गर्ने इच्छा र क्षमतामा भिन्नता हुन्छ। तिनिहरू मध्ये केहीले उपासनाको मामिलामा एक अर्काभन्दा सक्रिय र लगनशीलता पाउँछन्। कहिलेकाहीँ कसैलाई मानिसहरू प्रति एहसान (भलाइ) गर्न धेरै राम्रो लाग्छ भने कसैलाई नफ्ली रोजा राख्न राम्रो लाग्छ, त कसैलाई कुर्आन पढ्न र याद गर्न अरू उपासना भन्दा राम्रो लाग्छ।
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “(जन्नतमा प्रवेश गर्नको लागि) सलाह पढ्ने वाले व्यक्ति (नमाजी) लाई सलात नामको ढोकाबाट बोलाइने छ, जिहाद गर्ने वाले व्यक्तिलाई जिहाद नामको ढोकाबाट बोलाइने छ, दान (सदका) गर्ने व्यक्तिलाई सदका नामको ढोकाबाट बोलाइने छ र रोजा राख्ने व्यक्तिलाई रैयान नामको ढोकाबाट बोलाइने छ।” अबू बक्र सिद्दीक रजियल्लाहु अन्हुले सोध्नु भयोः हे अल्लाहको रसूल ! के कुनै व्यक्ति यी सबै ढोकाहरूबाट बोलाइने वाला पनि छ? अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “अँ छ, मलाई आशा छ तिमी तिनिहरू मध्येको हुने छौ।” (बुखारीः १७९८, मुस्लिमः १०२७)
उपासना भनेको सलाह (नमाज) पढ्नु र ब्रत (रोजा) बस्नु मात्र होइन, यसले आस्थावान (मोमिन) का जीवनका सम्पूर्ण पक्षहरूलाई समेटेको छ। स्वच्छ मनले गरिएका आस्थावानका सम्पूर्ण उपयोगी कार्य तथा क्रियाकलापहरू उपासना मानिन्छन् र त्यस वापत पुण्य पनि प्राप्त हुन्छ। यहाँसम्म कि मुस्लिमले अल्लाहको आज्ञापालन गर्ने र उहाँको प्रसन्नता प्राप्त गर्ने उद्देश्यले शक्ति प्राप्त गर्न खाना खान्छ र सुत्छ भने पनि त्यसलाई यसको पुण्य दिइन्छ।
मुस्लिम व्यक्ति आफ्नो पुरै जीवन अल्लाहको लागि बाँच्ने गर्छ। तसर्थ उसले शक्ति प्राप्त गर्नको नीयतले खानपिन गर्नु उपासना हो। अनैतिक सम्बन्धबाट बच्नको लागि विवाह गर्नु उपासना हो। त्यस्तै वैध तरिकाले आय आर्जन गर्नको लागि व्यवसाय गर्नु वा जागिर खानु उपासना हो। त्यसैगरी ज्ञान सिक्नु, लेख लेख्नु, ज्ञान विज्ञानको दुनियाँमा नयाँ-नयाँ कुराहरूको आविष्कार गर्नु, यी सबै उपासना हो। महिलाको लागि पुरुष, बालबच्चा र घरबारको हेरचाह गर्नु उपासना हो। त्यसैले जीवनका सम्पूर्ण क्रियाकलाप तथा लाभदायक कार्यहरू शुद्ध र स्वच्छ नीयत सामेल छ भने मुस्लिमको दैनिकी र जीवन नै उपासना हो।
इबादत नै सृष्टिको उद्देश्य होः
अल्लाहले भन्नु भएको छः (وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنْسَ إِلَّا لِيَعْبُدُونِ • مَا أُرِيدُ مِنْهُمْ مِنْ رِزْقٍ وَمَا أُرِيدُ أَنْ يُطْعِمُونِ • إِنَّ اللهَ هُوَ الرَّزَّاقُ ذُو الْقُوَّةِ الْمَتِينُ) (الذاريات: 56-58). अर्थः “मैले जिन्न र मानवलाई केवल आफ्नो इबादत (उपासना) गर्नको लागि सृष्टि गरेको हुँ। म तिनीहरूबाट न त जीविका चाहन्छु न भोजन नै। अवश्य नै अल्लाह अन्नदाता र अति शक्तिशाली हुनुहुन्छ।” (सूरह अज्जारियात : ५१/५६-५८)
अल्लाहले जिन्न र मानिसको सृष्टिको रहस्य उनीहरूले अल्लाहको उपासना गरुन् भनेर अवगत गराउनु भएको छ। स्मरण रहोस् ! अल्लाहलाई उनीहरूले उपासना नगरे पनि कुनै फरक पर्दैन तर उनीहरू उहाँको कृपा बिना एक पल पनि बाँच्न सक्दैनन्।
जब मानिस आफ्नो उद्देश्यलाई बेवास्ता गर्छ र सांसारिक मौज-मस्तीमा डुब्छ, त्यस बखत मानिसमा र जनावरमा केही फरक हुँदैन। किनभने जनावरहरू पनि खान्छन् र मोज-मस्ती गर्छन्। अल्लाहले भन्नु भएको छः (وَالَّذِينَ كَفَرُوا يَتَمَتَّعُونَ وَيَأْكُلُونَ كَمَا تَأْكُلُ الْأَنْعَامُ وَالنَّارُ مَثْوًى لَهُمْ) (محمد: 12). अर्थः “जुन व्यक्तिहरूले अवज्ञा गरे तिनीहरू क्षणिक मस्तीमा रमाईरहेका छन् र जनावर जस्तै खाइरहेका छन्। उनीहरूको बासस्थान नरक हो।” (सूरह मुहम्मद: ४७/१२) त्यसैले उनीहरू आफ्नो क्रियाकलाप र लक्ष्य प्राप्तिमा जनावर सरह हुन्। तर मानिससँग बुद्धि हुन्छ, जनावरसँग हुँदैन, त्यसैले उनीहरूले मृत्यु पश्चात त्यसको प्रतिफल अवश्य नै पाउनेछन् ।
अल्लाहले जो उपासनाका आदेश दिनु भएको छ, ती तीन महत्त्वपूर्ण कुरामा आधारित छन्, ती प्रत्येक एक-अर्काका पूरक हुन्।
उपासनाका आधार (स्तम्भ) हरूः
अल्लाहले आफ्ना भक्तहरूमाथि जुन उपासनालाई अनिवार्य गर्नु भएको छ त्यसमा उहाँको लागि आदर, अपार प्रेम, हीनता र भयको साथमा आशा मिसिएको हुनुपर्छ।
त्यसैले जुन मायाको साथमा हीनता र भय हुँदैन, जस्तै- खाना र धन-सम्पत्तिको माया, त्यो उपासना होइन।यस्तै बिना मायाको भय, जस्तै- कुनै जङ्गली जनावर र सामन्ती हाकिमको भय, त्यो उपासना होइन। जुन कार्यमा भय र माया दुबैको मिश्रित हुन्छ त्यो उपासना हुन्छ र उपासना मात्र अल्लाहको लागि नै हुनुपर्छ।
जब कुनै मुस्लिमले अल्लाहको माया, उहाँको इनामको आशा र उहाँको सजायबाट डरको साथ नमाज पढ्छ वा रोजा राख्छ भने ऊ इबादत/ उपासनामा हुन्छ तर त्यसैको विपरीत कसले मलाई बेनमाजी नभनोस् भनेर नमाज पढ्छ वा आफ्नो स्वास्थ्यको सुरक्षाको लागि रोजा राख्छ भने ऊ उपासनामा हुँदैन।
अल्लाहले आफ्ना सन्देष्टाहरूको प्रशंसा गर्दै भन्नु भएको छः (إِنَّهُمْ كَانُوا يُسَارِعُونَ فِي الْخَيْرَاتِ وَيَدْعُونَنَا رَغَباً وَرَهَباً وَكَانُوا لَنَا خَاشِعِينَ) (الأنبياء: 90). अर्थः यी भलो मानिसहरू असल कामतिर हतार गर्दथे र हामीलाई आशा र डरले पुकार्दथे अनि हाम्रो अगाडि याचना गर्दथे । (सूरह अल्-अम्बियाः २१/९०)
उपासनाका किसिमहरू
१- शुद्ध उपासनाहरूः
अल्लाह र उहाँको रसूलले विशेष तरिकाले गर्ने आज्ञा दिनु भएको कार्यहरू नै उपासना हुन सक्छन्। जस्तैः नमाज, रोजा, हज, दुआ, तवाफ आदि। यी अल्लाह बाहेक अन्य कसैको लागि पनि गर्नु जायज छैन र यसको सवाब (पुण्य) अन्य कसैबाट आशा गर्नु वा माग्नु पनि जायज छैन।
२- नियतको कारणले उपासना मानिने कार्यहरूः
त्यस्तो आचरण तथा कार्य जसको आदेश अल्लाहले दिनुभएको छ वा त्यसतिर मानिसहरूलाई प्रेरित गर्नुभएको छ। जस्तै- माता पिताको सेवा सम्मान र उहाँहरूसँग उत्तम व्यवहार गर्नु, मानिसहरूमाथि दया गर्नु, पीडितहरूलाई सहयोग गर्नु, आदि लगायत राम्रा आचरण र अन्य नैतिक कार्यहरूस, जो अल्लाहले गर्ने आदेश दिनु भएको छ। यस्ता कामलाई छोड्नाले मुस्लिम पापको भागीदार हुन्छ। यस्ता उपासनामा नबी सल्लल्लाहु अलैहि वसल्लमले गरे झैँ जस्ताको तस्तै कुनै कमी बेसी नगरीकन कार्य गर्नु आवश्यक छैन, यस्ता उपासनामा उहाँको आदेशको उल्लङ्घन नगर्नु र मनाही गरेका कार्यहरूबाट बच्नु पर्याप्त हुन्छ।
यदि यी कार्यहरू गर्ने व्यक्तिको इरादा सही छ र यसद्वारा अल्लाहको प्रसन्नता प्राप्त गर्नमा लाग्नेछ भनी उसले नियत गरेको छ भने उसलाई त्यसको पुण्य मिल्नेछ। यदि यी कार्यहरूद्वारा अल्लाहको प्रसन्नता प्राप्त गर्ने नियत गरेको छैन भने उसलाई पुण्य मिल्दै र पाप पनि लाग्दैन। यस्ता उपासनामा सांसारिक मामिलाहरू पनि समावेश छन्, जस्तैः सुत्नु, कामकाज गर्नु, व्यापार गर्नु, खेल खेल्नु आदि। तसर्थ अल्लाहको प्रसन्नताको लागि गरिने प्रत्येक लाभदायक कार्यहरूमा कर्तालाई पुण्य मिल्नेछ। अल्लाहले भन्नु भएको छः (إِنَّا لَا نُضِيعُ أَجْرَ مَنْ أَحْسَنَ عَمَلًا) (الكهف: 30) अर्थः “हामीले सत्कर्म गर्नेहरूको पुरस्कार खेर जान दिँदैनौ।” (सूरतुल् कहफः १८/ ३०)
कुनै पनि उपासना (इबादत) स्वीकृत हुनको लागि निम्न लिखित दुई सर्तहरू हुन जरुरी छः
अल्लाहले भन्नु भएको छः (فَمَن كَانَ يَرْجُو لِقَاء رَبِّهِ فَلْيَعْمَلْ عَمَلاً صَالِحًا وَلا يُشْرِكْ بِعِبَادَةِ رَبِّهِ أَحَدًا) (الكهف: 110). अर्थः “अनि जुन मानिसले आफ्नो पालनकर्तालाई भेट्ने आशा राख्दछ, उसले असल कर्म गरोस् र आफ्नो पालनकर्ताको उपासनामा अरू कसैलाई साझेदार नबनोओस्”। (सूरतुल्-कहफ: १८/११०)
त्यसैले जसलाई परलोकको घर अथवा स्वर्ग चाहिन्छ उसले उपरोक्त आयतमा बताइएका दुई सर्तहरूको अनुसार अल्लाहको उपासना गर्नुपर्छ। किनभने कुर्आनको आयतको यो सानो भाग- (وَلا يُشْرِكْ بِعِبَادَةِ رَبِّهِ أَحَداً) अर्थः “आफ्नो पालनकर्ताको उपासनामा अरू कसैलाई साझेदार नबनोओस्” ले उपासनाका कामहरू अल्लाहको लागि मात्र खास गर्ने कुरा प्रमाणित गर्दछ। र (عَمَلاً صَالِحَاً) ले असल कर्म गर्ने कुराले “कर्म सही हुनुपर्छ” भन्ने प्रमाणित गर्दछ। त कुनै पनि कर्म तबसम्म सही हुन सक्दैन जबसम्म अल्लाहको किताब कुर्आन र रसूल सल्लल्लाहु अलैहि वल्लमको सुन्नत अनुसार हुँदैन।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.