Model: हालको खण्ड
पाठ मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि आस्था (ईमान) राख्नुः
हामीले हाम्रो नबी (सन्देष्टा) मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सम्बन्धमा निम्नलिखित कुराहरू मान्नु पर्दछः
१. मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका सच्चा भक्त र रसूल हुनुहुन्छ, अघिल्ला र पछिल्ला सबैका सन्देष्टाहरूका सरदार हुनुहुन्छ, उहाँ नै अन्तिम रसूल (सन्देष्टा) हुनुहुन्छ। उहाँपछि कुनै अर्को रसूल आउने छैनन्, उहाँले अल्लाहको सन्देशलाई हामीसम्म पूर्ण रुपमा पुर्याउनु भयो र उहाँको काँधमा सुम्पिएको जिम्मेवारीलाई राम्ररी निर्वाह गर्नु भयो भनेर हामी आस्था राख्छौं।
२. उहाँले दिनु भएको सूचनाको पुष्टि गर्छौं, उहाँको आदेशको पालना गर्छौं, उहाँले हराम (निषेध) गर्नु भएका कुराबाट टाढा बस्छौं, उहाँको तरिका अनुसार अल्लाहको उपासना गर्छौं र जीवनको पाईला-पाईलामा उहाँको जीवनलाई आफ्नो लागि आदर्श मान्छौं। किनभने अल्लाहले भन्नु भएको छः (لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللهِ أُسْوَةٌ حَسَنَةٌ لِمَنْ كَانَ يَرْجُو اللهَ وَالْيَوْمَ الْآَخِرَ وَذَكَرَ اللهَ كَثِيرًا) (الأحزاب: 21). अर्थः “निश्चय नै रसूल सल्लल्लाहु अलैहि वसल्लमको जीवन तिमीहरूका लागि उच्च आदर्श हो। जो कोही अल्लाहसितको साक्षात्कार, अन्तिम दिनको आशा राख्दछ र अल्लाहलाई धेरै स्मरण गर्दछ।” (सूरह अल्-अह्जाब: ३३/ २१)
३. हामीले आफ्ना आमा-बुवा, छोरा-छोरी तथा सम्पूर्ण मानिसहरू भन्दा बढी माया उहाँलाई गर्नु पर्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “जबसम्म तिमीहरू आफ्ना आमा-बुवा, छोरा-छोरी तथा समस्त मानिसहरू भन्दा बढी माया मलाई गर्दैनौ तबसम्म तिमीहरू आस्थावान बन्न सक्दैनौ।” (बुखारी: १५, मुस्लिम: ४४) उहाँसँगको साँचो माया भनेको उहाँको अनुसरण गर्नु हो। साँच्चिकै, उहाँको पूर्ण अनुसरण नगरुन्जेल न त उहाँको साँचो माया पाउन सकिन्छ न त मार्गदर्शन नै। अल्लाहले भन्नु भएको छः (وَإِنْ تُطِيعُوهُ تَهْتَدُوا وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِين) (النور: 54). अर्थः “यदि तिमीहरूले उहाँको आज्ञापालन गर्यौ भने अवश्य नै सत्य मार्ग पाउने छौ। सुन ! रसूलको कर्तब्य सन्देश पुर्याउनु मात्र हो।” (सूरह अन्नूर: २४/ ५४)
४. हामीले उहाँका सम्पूर्ण सुन्नत (तरिका) हरूलाई आदरपूर्वक स्वीकार गर्नु पर्छ। अल्लाहले भन्नु भएको छः (فَلَا وَرَبِّكَ لَا يُؤْمِنُونَ حَتَّى يُحَكِّمُوكَ فِيمَا شَجَرَ بَيْنَهُمْ ثُمَّ لَا يَجِدُوا فِي أَنْفُسِهِمْ حَرَجًا مِمَّا قَضَيْتَ وَيُسَلِّمُوا تَسْلِيمًا) (النساء: 65). अर्थः “होइन, तिम्रा पालनकर्ताको कसम ! जबसम्म यिनीहरूले आपसी झै-झगडामा तिमीलाई न्यायाधीश मान्दैनन्, तिमीले गरेको फैसलालाई बिना कुनै दुविधा स्वीकार गर्दैनन् र त्यसमाथि पूर्ण समर्पण गर्दैनन् भने तबसम्म आस्थावान बन्न सक्दैनन्।” (सूरह अन्-निसा : ४/६५)
६. हामीले उहाँको अवज्ञादेखि सधैं सतर्क हुनु अनिवार्य छ। किनभने उहाँको अवज्ञाले दु:खदायी पीडा र नराम्रो परिणाम भोग्नु पर्छ। किनभने अल्लाहले भन्नु भएको छः (فَلْيَحْذَرِ الَّذِينَ يُخَالِفُونَ عَنْ أَمْرِهِ أَنْ تُصِيبَهُمْ فِتْنَةٌ أَوْ يُصِيبَهُمْ عَذَابٌ أَلِيم) (النور: 63). “उहाँको आदेश उल्लंघन गर्नेहरू सावधान रहुन्, कतै उनीहरूलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (सूरह अन्-नूर: २४/ ६३)
मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको दूतत्व र विधानले अघिल्ला दूतत्वहरू भन्दा धेरै महत्वपूर्ण विशेषताहरू बोकेको छ, ती हुन्-
उहाँको विधान (शरिअत) ले पहिलेका सम्पूर्ण विधानहरूलाई समाप्त पारेको विधानको सिलसिलालाई पूर्णता दिएको छ। अल्लाहले भन्नु भएको छः (مَا كَانَ مُحَمَّدٌ أَبَا أَحَدٍ مِنْ رِجَالِكُمْ وَلَكِنْ رَسُولَ اللَّهِ وَخَاتَمَ النَّبِيِّين) (الأحزاب: 40). अर्थः “मुहम्मद तिमीहरूमध्ये कुनै पुरुष व्यक्तिका पिता होइनन्, तर उनी अल्लाहका रसूल र सम्पूर्ण रसूलहरूका समापक (अन्तिम रसूल) हुन्।” (सूरह अल्-अह्जाब: ३३/४०)
मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको विधान (शरिअत) ले अघिका सम्पूर्ण विधानहरूलाई रद्द गरेको छ। इस्लाम हुँदाहुँदै अघिल्ला धर्म-विधान र नीति, नियमहरूको अब कुनै अर्थ रहेन, किनभने मुहम्मदको अनुसरण नगरुन्जेल कुनै पनि धर्म अल्लाहको दरबारमा स्वीकृत हुन सक्दैन। अल्लाहले आफूसम्म आउने सम्पूर्ण बाटोहरूलाई बन्द गरेर इस्लामको बाटोलाई मात्र खुला गर्नु भएको छ। वास्तवमा उहाँ सर्वश्रेष्ठ रसूल हुनुहुन्छ, उहाँका अनुयायीहरू सर्वश्रेष्ठ हुन् र उहाँको विधि-विधान पनि पूर्ण छ। अल्लाहले भन्नु भएको छः (وَمَنْ يَبْتَغِ غَيْرَ الْإِسْلَامِ دِينًا فَلَنْ يُقْبَلَ مِنْهُ وَهُوَ فِي الْآَخِرَةِ مِنَ الْخَاسِرِينَ) (آل عمران: 85). अर्थः “जसले इस्लाम बाहेक अन्य कुनै धर्म ग्रहण गर्न खोज्छ उसको धर्म कदापि स्वीकार हुने छैन र ऊ परलोकमा घाटामा पर्नेहरूमध्येको हुनेछ।” (सूरह आलि-इमरान: ३/ ८५) रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भएको छः “अल्लाहको कसम; जसको हातमा मेरो ज्यान अडेको छ यहूदी, ईसाइ या जो सुकै मेरो बारेमा थाहा पाइसकेपछि ममाथि विश्वास गर्दैन भने ऊ नरकमा जानेछ।” (मुस्लिम: १५३, अहमद: ८६०९)
मुहम्मद सल्लल्लाहु अलैहिव सल्लमको दूतत्व मानिस र जिन्न लगायत सिङ्गै संसारको लागि हो। अल्लाहले जिन्नको कथनलाई यसरी वर्णन गर्नु भएको छः (يَا قَوْمَنَا أَجِيبُوا دَاعِيَ الله) (الأحقاف: 31). अर्थः “हे हाम्रा बन्धुहरू हो, अल्लाहतर्फ आह्वान गर्ने व्यक्तिको कुरा मान।” (सूरह अल्-अह्काफ: ४६/ ३१) अनि अर्को ठाउँमा अल्लाहले भन्नु भएको छः (وَمَا أَرْسَلْنَاكَ إِلَّا كَافَّةً لِلنَّاسِ بَشِيرًا وَنَذِيرًا) (سبأ: 28). अर्थः “(हे मुहम्मद) हामीले तिमीलाई सम्पूर्ण मानवजातिका लागि शुभ-सन्देशवाहक र सचेतक बनाएर पठाएका छौं।” (सूरह सबा: ३४/ २८) रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “अल्लाहले मलाई ६ विशेष कुराहरूले सम्मानित गर्नु भएको छ जुन कुराहरू अरु रसूलहरूलाई प्राप्त भएन, ती हुन्- जवामिउल-कलिम (कम शब्दमा बढी कुरा गर्ने शक्ति), रुवाफद्वारा मद्दत, युद्धको मैदानबाट प्राप्त धन-सम्पत्ति वैध गरिएको छ, मेरो लागि सम्पूर्ण धरतीलाई पवित्र तथा मस्जिद बनाइएको छ, मलाई सिङ्गो संसारकै लागि अन्तिम रसूल बनाएर पठाइएको छ र ममाथि दूतत्व समाप्त गरिएको छ।” (बुखारी: २८१५, मुस्लिम: ५२३)
अल्लाहले जुन सन्देष्टा (नबी) लाई पनि पठाउनु भयो उनको साथमा उनका साथीहरू (सहाबा) तथा मददगार अवश्य हुन्थे। ती नबीका साथीहरू उम्मत (समुदाय) का सर्वोत्कृष्ट र नबीको अनुसरणमा सबैभन्दा उत्तम हुन्थे। तिनीहरूलाई अल्लाहले नबीको साथी र सहयोगी बनाई नबी पछिका सर्वश्रेष्ठ सृष्टिको रुपमा सृष्टि गर्नु भएको थियो। ताकि तिनीहरू धर्मविधानलाई राम्रोसँग सम्झन सक्ने, पालन गर्ने र शुद्ध रुपमा साधारण मानिसहरूसम्म पुर्याउन सक्ने होउन्। उनीहरूको श्रेष्ठताको बयान गर्दै रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “मेरो उम्मत (अनुयायी) का सबैभन्दा उत्तम व्यक्तिहरू ती हुन् जसको पासमा म पठाइएको छु (अथवा मेरा सहाबाहरू) त्यसपछि ताबईनहरू त्यसपछि तबा ताबईनहरू। (मुस्लिमः २५३४)
सहाबीको परिचय
सहाबीः सहाबी ती व्यक्तिहरू हुन जसले इस्लामको हालतमा नबी सल्लल्लाहु अलैहि वसल्लमलाई देखे र इस्लामकै हालतमा उनको मृत्यु भयो।
कुर्आन र हदीसका विभिन्न ठाउँमा रसूल सल्लल्लाहु अलैहि वसल्लमका साथीहरू (सहाबा) को प्रशंसा र उनीहरूको श्रेष्ठताको बारेमा बयान गरिएको छ। ती मध्ये केही निम्न छन्-
नबी सल्लल्लाहु अलैहि वसल्लमका सहाबा र परिवारको सम्बन्धमा अनिवार्य कुराहरूः
मुस्लिमहरूको लागि नबीका साथीहरू (सहाबा) र उहाँका परिवारहरूको सम्बन्धमा निम्न कुराहरू अनिवार्य छः
१. ती सहाबालाई माया गर्नु, उनीहरूको सम्मान र इज्जत गर्नु र उनीहरूको लि दुआ गर्नुः
अल्लाहले सबैभन्दा पहिले ती मुहाजिर (प्रवास गरेका) हरूको प्रशंसा गर्नु भएको छ जसले अल्लाहको प्रसन्नता प्राप्ति गर्नको लागि मक्कामा आफ्ना घरबार र धनसम्पत्ति छाडेर मदीना प्रवास गरेका थिए। त्यसपछि मदीनाका मूल निवासी अन्सारहरूको प्रशंसा गर्नु भएको छ जसले ती प्रवासी भाइहरूलाई आफ्ना धनसम्पत्ति र अन्य सामाग्रीमा सहभागी गराई सहयोग गरेका थिए, यहाँसम्म कि उनीहरूले स्वयम् आफूलाई भन्दा ती मुहाजिर भाइहरूलाई प्रधानता दिएका थिए। त्यसपछि कयामतसम्म आउने त्यसता व्यक्तिहरूको प्रशंसा गर्नु भएको छ, जो उनीहरूको श्रेष्ठता र मर्यादाको बारेमा अवगत छन्। तिनीहरूले ती सहाबाहरूलाई माया गर्दछन् र उनीहरूको लागि दुआ गर्छन्, उनीहरूमध्ये कसैसँग शत्रुता, कपट र मनमा नकारात्मक धारणा समेत राख्दैनन्।
अल्लाहले तिनै सहाबाहरूको चर्चा गर्दै भन्नु भएको छः (لِلْفُقَرَاءِ الْمُهَاجِرِينَ الَّذِينَ أُخْرِجُوا مِنْ دِيَارِهِمْ وَأَمْوَالِهِمْ يَبْتَغُونَ فَضْلاً مِنَ اللهِ وَرِضْوَانًا وَيَنْصُرُونَ اللهَ وَرَسُولَهُ أُولَئِكَ هُمُ الصَّادِقُونَ • والَّذِينَ تَبَوَّأُوا الدَّارَ وَالإِيمَانَ مِنْ قَبْلِهِمْ يُحِبُّونَ مَنْ هَاجَرَ إِلَيْهِمْ وَلا يَجِدُونَ فِي صُدُورِهِمْ حَاجَةً مِمَّا أُوتُوا وَيُؤْثِرُونَ عَلَى أَنْفُسِهِمْ وَلَوْ كَانَ بِهِمْ خَصَاصَةٌ وَمَنْ يُوقَ شُحَّ نَفْسِهِ فَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ • والَّذِينَ جَاءُوا مِنْ بَعْدِهِمْ يَقُولُونَ رَبَّنَا اغْفِرْ لَنَا وَلإخْوَانِنَا الَّذِينَ سَبَقُونَا بِالإِيمَانِ وَلا تَجْعَلْ فِي قُلُوبِنَا غِلاً لِلَّذِينَ آمَنُوا رَبَّنَا إِنَّكَ رَؤُوفٌ رَحِيمٌ) (الحشر: 8-10). अर्थः (फै को माल) र ती गरिब आफ्नो घरबार छोड्ने वालाहरू (मुहाजिर) को निम्ति हो जसलाई आफ्ना घरहरू र सम्पत्तिबाट निकाला गरिएको छ । तिनीहरू अल्लाहको अनुकम्पा र उहाँको प्रसन्नताको इच्छुक छन् र अल्लाह तथा उहाँको रसूलको मद्दत गर्छन् । यी मानिसहरू नै साँचै ईमानवाला छन् । अनि उनीहरूको लागि जसले ‘‘मुहाजिरहरू’’ (प्रवासीहरु) भन्दा पहिला मदीनामा बसिराखे र ईमानमा उनीहरूभन्दा पहिला स्थान बनाएका छन् । अनि जो हिजरत (प्रवास) गरेर आउनेहरूसित प्रेम गर्दछन् र जे जति आप्रवासीहरूलाई दिइन्छ, त्यसबाट आफ्नो हृदयमा केही कमी तथा दुख महसुस गर्दैनन्, बरु उनलाई आफूहरूभन्दा बढि प्राथमिकता दिन्छन्, चाहे उनीहरूलाई स्वयं त्यसको आवश्यकता किन नहोस् र जो व्यक्ति आफ्नो मनको लोभ र कन्जुसीबाट बचाइए यस्ता मानिसहरू नै सफल छन् । एवम् यस सम्पत्तिमा उनको पनि (भाग छ) जो उनका पछि आएछन् । उनीहरूले भन्छन्- हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ र हाम्रा ती दाजुभाइहरूलाई पनि जो हामीभन्दा पहिला ईमान ल्याए, र हाम्रा हृदयमा ईमानवालाहरूको निम्ति कुनै विद्धेश र शत्रुता नराख । हे हाम्रो पालनकर्ता ! तिमी निश्चय नै बडो करुणामय अत्यन्त दयावान छौ । (सूरह हश्रः ८-१०)
२. सम्पूर्ण सहाबासँग प्रसन्न र सहमत हुनुः
जब कुनै सहाबाको नाम लिइन्छ वा चर्चा गरिन्छ तब मुस्लिमहरूले “रजियल्लाहु अन्हु” भन्नु पर्दछ। रजियल्लाहु अन्हुको अर्थ- अल्लाह उनीसँग राजी खुसी हुनुहोस भन्ने हुन्छ। किनभने अल्लाहले स्वयम् यस कुराको जानकारी दिनु भएको छ कि उहाँ उनीहरूसँग राजी हुनुहुन्छ, उनीहरूको अनुसरण र कर्महरूलाई स्वीकार गर्नु भयो अनि अल्लाहले इस्लाम धर्मको वरदान र परलोकको सफलताको मार्गदर्शन गरेको कारण उनीहरू पनि अल्लाहसँग राजी भए। अल्लाहले भन्नु भएको छः (وَالسَّابِقُونَ الأَوَّلُونَ مِنَ الْمُهَاجِرِينَ وَالأَنصَارِ وَالَّذِينَ اتَّبَعُوهُمْ بِإِحْسَانٍ رَضِيَ اللهُ عَنْهُمْ وَرَضُوا عَنْهُ وَأَعَدَّ لَهُمْ جَنَّاتٍ تَجْرِي تَحْتَهَا الأَنْهَارُ خَالِدِينَ فِيهَا أَبَدًا ذَلِكَ الْفَوْزُ الْعَظِيمُ) (التوبة: 100). अर्थः “र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही उनको अनुशरण गरे, अल्लाह तिनीहरूसित प्रसन्न हुनुहुन्छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन्, तिनीहरूको निम्ति यस्ता बगैंचाहरू तयार छन् जसमुनि नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो ।” (सूरह त्तौबा ९/ १००)
१- अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमका सम्पूर्ण सहाबा (साथीहरू) अल्लाहको दया तथा कृपाका अधिकारी एवम् मान सम्मानका हकदार छन्। ती मध्ये सर्वश्रेष्ठ चारजना सहाबा जो खुलफाये राशेदीन (खलीफा) भनेर चिनिन्छन्, ती हुन्- अबू बक्र सिद्दीक, उमर बिन् खत्ताब, उस्मान बिन् अफ्फान र अली बिन् अबी तालिब हुन्। रजियल्लाहु अन्हुम् अजमईन।
२- रसूल सल्लल्लाहु अलैहि वसल्लमका साथीहरू (सहाबा) मानव नै हुन्, उनीहरू साधारण मानवीय गल्ती र पापबाट पूर्णरुपमा मुक्त तथा निर्दोष त छैनन् तर गल्ती भएपनि अन्य मानिसहरूको तुलनामा उनीहरूको गल्ती र कमी कमजोरीहरू निकै कम छन्, साथै भलाइ, पुण्य र सत्कर्मको मामिलामा उनीहरू अन्य मानिसहरूको तुलनामा धेरै अगाडी छन् । अल्लाहले आफ्नो नबीको साथ र सहयोगको लागि सहाबाको रुपमा मानिसहरूमध्ये सबैभन्दा श्रेष्ठ र उत्तम मानिसहरू चयन गर्नु भएको थियो । ताकि उनीहरू यस दीन (धर्म) को धारक र प्रचारक बनुन् । त्यसैले त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “मेरो उम्मत (अनुयायी) का सबैभन्दा उत्तम व्यक्तिहरू ती हुन् जसको पासमा म पठाइएको छु (अथवा मेरा सहाबाहरू) त्यसपछि ताबईनहरू त्यसपछि तबा ताबईनहरू। (मुस्लिमः २५३४)
१- त्यसैले हामीले सबै सहाबाहरूको सम्बन्धमा सत्य, न्यायपूर्ण र भलाइको गवाही दिन्छौं, उनीहरूका खुबी र विशेषताहरूको वर्णन गर्छौं तर उनीहरूका कमी-कमजोरी र गल्तीहरूका बारेका कदापि चर्चा वा आलोचना गर्दैनौं। किनभने उनीहरूका सत्कर्म, सत्यता, सच्चाइ र नबी सल्लल्लाहु अलैहि वसल्लमको अनुसरण गल्तीको तुलनामा कैयौं गुणा अधिक छन्। त्यसैले त नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः मेरा साथीहरू (सहाबा) लाई गाली नगर, यदि तिमीमध्ये कसैले उहुद पहाडको बराबर सुन (अल्लाहको मार्गमा) खर्च गर्छौ भने पनि उनीहरूले खर्च गरेको एक मुद्द (पसर) अन्नको बराबर हुन सक्दैन न त आधा मुद्द (पसर) बराबर नै हुन सक्छ। (बुखारीः ३६७३)
नबी सल्लल्लाहु अलैहि वसल्लका परिवार जो आले नबवी वा आले बैत भनेर पनि चिनिन्छन्, ती हुन्- उहाँका पत्नीहरू, उहाँका सन्तानहरू, उहाँका काकाका छोराहरूमा नजिकका नातेदारहरू अलीका सन्तान, अकीलका सन्तान, जाफरका सन्तान, अब्बास सन्तान र उनका सन्तानहरू हुन्।
उनीहरूमध्ये सबैभन्दा श्रेष्ठ ती हुन् जसले नबी सल्लल्लाहु अलैहि वसल्लमलाई भेटे र साथमा रहे, जस्तैः अली बिन् अबी तालिब, उहाँ सल्लल्लाहु अलैहि वसल्लमको छोरी फातिमा, फातिमाका दुबै छोराहरू हसन र हुसैन जो जन्नतका जवानहरूका सरदार हुन्, त्यसैगरी उहाँ सल्लल्ल्हु अलैहि वसल्लमका पत्नीहरू (उम्महातुल् मोमिनिन) खदीजा बिन्त खुवैलिद, आईशा सिद्दीका, .... आदि, रजियल्लाहु अन्हुम् अजमईन्।
अल्लाहले नबी सल्लल्लाहु अलैहि वसल्लमका पत्नीहरूलाई उच्च आचरण र शिष्टाचारको उपदेश दिएपछि भन्नु भएको छः :(إِنَّمَا يُرِيدُ اللهُ لِيُذْهِبَ عَنكُمُ الرِّجْسَ أَهْلَ الْبَيْتِ وَيُطَهِّرَكُمْ تَطْهِيرًا) (الأحزاب: 33). “हे नबका पत्नीहरू ! अल्लाहले तिमीहरूबाट (सबै किसिमका) फोहोरलाई टाढा राखेर तिमीहरूलाई पूर्ण रूपले पवित्र गर्न चाहनु हुन्छ।” (सूरह अहजाबः ३३/ ३३)
उहाँ सल्लल्लाहु अलैहि वसल्लका परिवार (आले बैत) सँग मायाः
मुस्लिम नबी सल्लल्लाहु अलैहि वसल्लमप्रति ईमान्दार र उहाँको सुन्नतको अनुसरणकर्ता र आले बैत (उहाँका परिवारहरू) लाई माया गर्ने हुन्छन्। उहाँका परिवारलाई माया गर्नु उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई माया गर्नुको अभिन्न अङ्ग ठान्छन्। किनभने उहाँले आफ्ना परिवारलाई माया गर्न र उनीहरूप्रतिको कर्तव्य वहन गर्न आदेश दिंदै भन्नु भएको छः “अनि मेरो अहले बैत (मेरा खानदान) । म अल्लाहलाई साक्षी राखेर मेरो खानदानको सम्बन्धमा (तिमीहरूको कर्तव्यबारे) तिमीहरूलाई याद गराउँछु, म अल्लाहलाई साक्षी राखेर मेरो खानदानको सम्बन्धमा (तिमीहरूको कर्तव्यबारे) तिमीहरूलाई याद गराउँछु, म अल्लाहलाई साक्षी राखेर मेरो खानदानको सम्बन्धमा (तिमीहरूको कर्तव्यबारे) तिमीहरूलाई याद गराउँछु ।” (सहीह मुस्लिमः २४०८)
तर वास्तविक मुस्लिमहरू दुबै किसिमका मानिसहरूदेखि अलग छन्-
आले बैत मासूम (पूर्ण निर्दोष) भने छैनन्-
आले बैत (नबी सल्लल्लाहु अलैहि वसल्लमका खानदान) पनि अन्य खानदान जस्तै मानिस नै हुन्, उनीहरूमध्ये मुस्लिम पनि छन् र काफिर पनि छन्, सदाचारी पनि छन् र दुराचारी पनि छन्। त्यसैले ती मुस्लिम र सदाचारी व्यक्तिहरूलाई हामीले माया गर्छौं भने काफिर र दुराचारीहरूको कर्मबाट बच्दै अल्लाहसँग उनीहरूको लागि हिदायत (मार्गदर्शन) को दुआ गर्छौं। आले बैतको श्रेष्ठताको अर्थ जस्तोसुकै व्यक्ति पनि अन्य व्यक्तिको तुलनामा श्रेष्ठ हुन्छन् भन्ने होइन। किनभने मानिसहरू एक अर्कामा विभिन्न कारणले श्रेष्ठ तथा महत्वपूर्ण हुन्छन्। त्यसैले अन्य समुदाय तथा खानदानमा पनि उनीहरूभन्दा श्रेष्ठ र उत्तम व्यक्तिहरू पनि मिल्न सक्छन्।