सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ उमरहको तरिका

उमरह एक महान उपासना हो, जसको लागि आस्थावानले पवित्र घर काबातर्फ भ्रमण गर्छन् र उमरह गरेर ठूलो पुण्य प्राप्त गर्छन् । यस पाठमा, तपाईंले यसको अर्थ, विशेषता र तरिकाको बारेमा सिक्नुहुनेछ ।

  • उमरहको अर्थ, हुकुम, सार्थकता र विशेषता जान्नुहोस्।
  • उमरह गर्ने तरिका जान्नुहोस्।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

उमरहको अर्थ

उमरह: काबाको तवाफ (परिक्रमा), सफा र मरवाह बीचमा सई (ओहोर दोहोर) र त्यसपछि कपाल खौराउनु वा छोटो गर्नु आदि कार्यहरू सम्मिलित अल्लाहको उपासना हो ।

उमरहको हुकुम

सक्षम व्यक्तिले जीवनमा एक पटक अनिवार्य उमरह गर्नु पर्छ । त्यसपछि आफ्नो सरलता र क्षमता अनुसार पटक-पटक गर्नु मुस्तहब (उत्तम) हो ।

अल्लाहले भन्नुभएको छ: ﴿ وَأَتِمُّوا الْحَجَّ وَالْعُمْرَةَ لِلَّهِ ﴾ [البقرة:196]. “अल्लाहको लागि हज र उमरह पूरा गर ।" (बकारह: १९६)

आइशा रजियल्लाहु अन्हाले बयान गर्नु भएको छ, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई सोधें, हे अल्लाहका रसूल ! के महिलाको लागि जिहाद छैन ? उहाँले भन्नुभयो: "हो, तिनीहरूको लागि यस्तो जिहाद छ जसमा काटमार गर्नु पर्दैन; त्यो हज र उमरह हो ।" (अहमद: २५३२२, इब्ने माजह: २९०१)

उमरहको विशेषता

١
अबू-हुरैरह रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ : “एकपछि अर्को उमरह गर्दा बीचमा भएका (सानातिना) पापहरूलाई पखालिन्छ र हज मबरूर (स्वीकृत हज) को प्रतिफल जन्नत (स्वर्ग) हो ।” (बुखारी: १७७३ र मुस्लिम: १३४९)
٢
इब्ने अब्बास रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: "तिमीहरू हज र उमरह बारम्बार गर, किनकि यसले गरिबी र पापहरू हटाइ दिन्छ, जसरी आरानले फलामको फोहोर र खियालाई हटाउँछ ।" (नेसाई: २६३०)

उमरहको समय

उमरह वर्षभरि जहिले पनि गर्न सकिन्छ, तर हजको महिनाहरूमा उमरह गर्नु राम्रो हो । रमजान मा उमरहको पुण्य दोब्बर र हज बराबर हुन्छ । इब्ने अब्बास रजियल्लाहु अन्हुमाको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: "रमजान मा उमरहको पुण्य (सवाब) हज बराबर वा मसँग हज गरे झैं हुन्छ ।" (बुखारी: १८६३, मुस्लिम: १२५६)

उमरह गर्ने तरिका

١
मीकातदेखि एहराम लगाउनु
٢
तवाफ गर्नु
٣
सई गर्नु
٤
कपाल खौरनु वा छोटो गराउनु

पहिलो: एहराम

उमरह गर्ने व्यक्तिले पहिला आफ्नो लुगा फुकाल्नु पर्छ, नुहाउनु र आफ्नो टाउको र दार्हीमा अत्तर दल्नु मुस्तहब (राम्रो) हो । त्यसपछि तल माथि एहराम (दुईवटा च्यादर जस्ता लुगा) लगाउनु ।

यदि फर्ज (अनिवार्य) सलाहको समय छ भने मीकातमा फर्ज सलाह पढ्नु, छैन भने वोजूको नीयतले दुई रकात सलाह पढ्न सक्नु हुन्छ तर एहरामको नीयतले सलाह पढ्नु सही होइन । फर्ज सलाह पढिसकेपछि दिलमा उमरहको नीयत गरेर 'लब्बैक अल्लाहुम्म उमरह’ भन्नुहोस् ।

-

दोस्रो: तवाफ

मस्जिद-हराममा प्रवेश गर्दा पहिला दायाँ खुट्टा भित्र राख्नुहोस् अनि मस्जिदमा प्रवेश गर्ने दुआ पढ्नुहोस् । काबा नजिक पुग्ने बित्तिकै तवाफ आरम्भ गर्नु भन्दा पहिला तल्बीया बन्द गर्नुहोस् । तवाफ गर्दा पुरूषहरूले ‘इज्तिबा’ गर्नु सुन्नत हो । दायाँ काँधलाई खुला राख्नु र एहरामलाई दायाँ काखिमुनीबाट निकालेर बायाँ काँधमा राख्नुलाई इज्तिबा भनिन्छ ।

‘हज्रे-अस्वद’ देखि तवाफ शुरु हुन्छ

तवाफ गर्न ‘हज्रे-अस्वद’ (कालो ढुङ्गा) तिर अगाडी बढ्नुहोस् र ‘हज्रे-अस्वद’ लाई आफ्नो दाहिने हातले छोएर हातलाई चुम्बन गर्दै तवाफ प्रारम्भ गर्नुहोस्। तर भीडले गर्दा छुन संभव छैन भने टाढादेखि नै ‘हज्रे-अस्वद’ तिर इशारा गर्दै अल्लाहु अक्बर भन्दै तवाफ आरम्भ गर्नुहोला । खाना काबालाई आफ्नो देब्रे पट्टि राखेर सात चोटि तवाफ (परिक्रमा) गर्नुहोस् । पहिला तीन चक्करमा पुरूषले रमल गर्नु सुन्नत हो । बिस्तारै-बिस्तारै दगुर्नुलाई रमल भनिन्छ ।

तवाफ गर्दा ‘रुक्ने-यमानी’ लाई हातले छुनुहोस्, तर यसलाई ओठले चुम्नु जायज छैन । छुन सकिएन भने इशारा नगरिकन त्यत्तिकै अगाडी बढ्नुहोस् । ‘रुक्ने-यमानी’ र ‘हज्रे-अस्वद’ को बीचमा यो दुआ पढ्नुहोस्- ﴿رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً وَفِي الْآخِرَةِ حَسَنَةً وَقِنَا عَذَابَ النَّارِ﴾. ‘रब्बना आतिना फिद्दुन्या हसन: व फिल्-आखिरति हसन: व किना अजाबन्नार’।

-

हज्रे-अस्वदबाट गुज्रिने बेला अल्लाहु अक्बर भन्नुहोस् । तवाफ गर्दा आफूलाई याद भएको जुनसुकै दुआ, जिक्र र कुर्आनको तिलावत गर्न सकिन्छ ।

तवाफको दुई रकात सलाह

सात चोटि तवाफ गरिसकेपछि दायाँ काँधलाई छोप्नुहोस् अनि संभव छ भने मकामे-इब्राहीमको पछाडि वा भीडभाडको कारण संभव छैन भने पुरै हरममा जुनसुकै ठाउँमा भएपनि दुई रकात सलाह पढ्नु होस् । पहिलो रकातमा सूरह फातिहापछि ‘सूरह काफिरुन’ र दोस्रो रकातमा ‘सूरह इख्लास’ पढ्नुहोस् ।

तेस्रो: सई

त्यसपछि सई गर्न सफा पर्वत तिर लाग्नुहोस् । सफा पर्वत नजिक पुगेपछि ‘इन्नस्सफा वल्-मर्व त मिन् शआ ए रिल्लाह........, अन्तसम्म’ पढ्नुहोस् । त्यसपछि 'अब दओ बिमा ब द अल्लाहु विही' पढ्नुहोस् ।

त्यसपछि ‘सफा पर्वत’ माथि चढ्नुहोस् अनि ‘काबा’ तिर अनुहार फर्काएर उभिइ र दुबै हात उठाएर अल्लाहु अक्बर भन्दै र यो दुआ पढ्नुहोस्: ‘ला इलाह इल्लल्लाहु वहदहू ला शरीक लह, लहुल्मुल्कु व लहुल् हम्दु व हुव अला कुल्लि शैइन कदीर, ला इलाह इल्लल्लाहु वहदह, अन्ज ज वाअ्दह, व नसर अब्दह, व हजमल् अह्जाब वहदह’ । त्यसपछि आफूले चाहेको अन्य दुआहरू पढ्नुहोस्, उक्त दुआलाई तीन पटक पढ्नुहोस् ।

-

फेरि ‘सफा’ देखि तल झर्नुहोस् र ‘मर्वा’ तिर लाग्नुहोस्, ‘सफा’ देखि मर्वातर्फ जाँदा सामान्य गतिमा हिड्नुपर्छ । दुई हरियो बत्तीको बीचमा पुरूषले मात्र दौड्नुपर्ने हुन्छ । तर महिलाले दुई हरियो बत्तीको बीचमा दौडनु पर्दैन बरु पुरै सईमा सामान्य चालमा हिड्नुपर्छ ।

-

त्यसपछि मर्वा पर्वतमाथि चढ्नुपर्छ । ‘मर्वा पर्वत’ माथि चढेर ‘काबा’ तिर अनुहार फर्काएर उभिनु र दुबै हात उठाएर ‘सफा’ मा गरे झैं दुआ गर्नुहोस् । तर मर्वा मा कुर्आनको आयत ‘इन्नस्सफा वल्-मर्व त मिन् शआ ए रिल्लाह’ र 'अब दओ बिमा ब द अल्लाहु विही' पढ्नु पर्दैन ।

-

त्यसपछि मर्वादेखि तल झर्नुहोस् र ‘सफा’ तिर सामान्य चालमा लाग्नुहोस् । यहाँ पनि दुई हरियो बत्तीको बीचमा पुरूषले मात्र दौड्नुपर्ने हुन्छ, हरियो बत्तिपछि पुनः सामान्य चालमा हिड्नुपर्छ र ‘सफा’ माथि चढ्नुपर्छ, अनि प्रथम चोटि गरे झैं दुआ गर्नुपर्छ । ‘सफा’ देखि मर्वासम्म एक चक्कर पुरा हुन्छ र मर्वादेखि ‘सफा’ सम्म दोस्रो चक्कर पुरा हुन्छ । सई गर्दा दुआ, जिक्र, अल्लाहको प्रशंसा र कुर्आनको तिलावत गर्नु मुस्तहब हो । सकेसम्म वोजूको हालतमा सई गर्नु राम्रो हो ।

-

चौथो: कपाल खौरनु वा छोटो गराउनु

उमरह गर्ने व्यक्तिले सई गरिसकेपछि कपाल खौरनु वा छोटो गराउन सैलुन पसलमा जानुहोस् । कपाल खौरनु वा छोटो गराउन दुबै जायज छ, तर खौरनु उत्तम हो ।

अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुमाको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: “हे अल्लाह ! कपाल खौरनेहरूलाई दया गर्नुहोस् ।" तिनीहरूले भने: "र कपाल छोटो गराउनेहरूलाई पनि, हे अल्लाहका रसूल ! उहाँले भन्नुभयो: “हे अल्लाह ! खौरनेहरूलाई दया गर्नुहोस् ।" तिनीहरूले भने: "र कपाल छोटो गराउनेहरूलाई पनि, हे अल्लाहका रसूल ! ।" त्यसपछि उहाँले भन्नुभयो: "र काट्नेहरूलाई पनि ।" (बुखारी: १७२७, मुस्लिम: १३०१)

महिलाले आफ्नो कपाललाई जम्मा गरी एक इन्च बराबर मात्र काट्नु पर्छ । अब तपाईंको उमरह पुरा भयो र एहरामले गर्दा निषेधित कुराहरू जायज भयो ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्