Model: हालको खण्ड
पाठ कुर्आन पढ्ने (तेलावत गर्ने) तरिका र शिष्टाचार
पवित्र कुर्आन तेलावतको शिष्टाचार
पवित्र कुर्आनलाई हिफ्ज (कण्ठस्थ) गर्ने आदेश
आईशा रजियल्लाहु अन्हाले वर्णन गर्नु भएको छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “जसले कुर्आन पढ्छ र त्यसलाई हिफ्ज (कण्ठस्थ) गर्छ, ऊ कयामतको दिन लेख्नेवाले प्रतिष्ठित फरिश्ताहरूको साथमा हुनेछ। अनि जसले कुर्आन पढ्छ र बल्ल-बल्ल याद गर्दछ (उसलाई पढ्नमा कठिनाइ हुन्छ), उसलाई लागि दोहोरो पुण्य (अज्र) मिल्नेछ। (सहीह बुखारीः ४९३७)
पवित्र कुर्आन तेलावतको आदेश
पवित्र कुर्आन पढेको सुन्दा चुप लाग्नु र ध्यान पूर्वक सुन्नु
पवित्र ग्रन्थ कुर्आनमा ईमान (आस्था) राख्नु, त्यसको आदेश अनुसार कर्म गर्नु, त्यसले वैध (हलाल) गरेका चीजहरूलाई वैध सम्झनु, अवैध (हराम) गरेका चीजहरूलाई हराम मान्नु, उसको आदेशमा कायम रहनु र भरोसा गर्नु अनि त्यसै बमोजिम कर्म गर्नु प्रत्येक मुस्लिममाथि अनिवार्य छ।
मुस्लिमहरू पवित्र कुर्आनको तेलावत तथा पठन पाठनमा दृढ हुनु पर्दछ। कुनै एक दिन पनि त्यसलाई नपढिकन बस्नु हुँदैन ताकि उसबाट कुर्आन नछुटोस् र सिकेको कुरा नबिर्सियोस्। किनभने अल्लाहले रसूल सल्लल्लाहु अलैहि वसल्लमको कुरालाई नकल गर्दै भन्नु भएको छः ﴿وَقَالَ الرَّسُولُ يَا رَبِّ إِنَّ قَوْمِي اتَّخَذُوا هَذَا الْقُرْآَنَ مَهْجُورًا﴾ [الفرقان: 30]. अर्थः “र रसूलले भन्नेछन्- हे मेरो पालनकर्ता निःसन्देह मेरो समुदायले यस कुर्आनलाई छाडिसकेको थियो।” (सूरह फूर्कानः २५/ ३०)
अबू मूसा रजियल्लाहु अन्हुले वर्णन गर्नु भएको छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “कुर्आनलाई सधै पढ्ने गर। उस महाशक्तिको कसम जसको हातमा मेरो प्राण छ ! कुर्आन मानिसहरूको हृदयबाट डोरी चुँडाएर भाग्ने ऊँटभन्दा पनि तेज भाग्छ। (सहीह बुखारीः ५०३३)