Model: हालको खण्ड
पाठ नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनी
इस्लामको सन्देशको साथ नबी सल्लल्लाहु अलैहि वसल्लमको चयन
जब उहाँ सल्लल्लाहु अलैहि वसल्लमको उमेर ४० करिब-करिब थियो तब उहाँ एकान्तमा रहन धेरै मन पराउनु हुन्थ्यो । रमजानको महिना उहाँले “हिरा” नामको गुफामा एकान्तमा बसेर अल्लाहको इबादत बिताउन थाल्नुभयो । यसरी उहाले तीन वर्ष बिताउनु भयो । तेस्रो वर्षमा उहाँ हिरा गुफाको एकान्तमै हुनु हुन्थ्यो त अल्लाहको तर्फबाट वह्यी (वाणी) आउनु सुरु भयो ।
जब उहाँ सल्लल्लाहु अलैहि वसल्लम ४० वर्ष पुग्नुभयो तब उहाँ नबी भएको सन्देश आयो; अल्लाहले उहाँलाई सम्पूर्ण मानव जातिको लागि नबी तथा रसूल बनाएर विभूषित गर्नुभयो । अल्लाहले उहाँलाई यस सम्मानित पद तथा जिम्मेदारीको दिँदै आफू र उहाँको बीच सत्यवादी तथा आमानतदार बनाउनु भयो । फरिश्ता जिब्रील अलैहिस्सलाम अल्लाहको आदेश तथा सन्देश लिएर उहाँको पास आउन थाल्नु भयो र उहाँलाई सम्पूर्ण जगतको लागि दया, करुणा, शुभ-सूचक र सचेतक बनाइयो ।
जब नबी सल्लल्लाहु अलैहि वसल्लमको पास अल्लाहको यो आदेश— ﴿يَا أَيُّهَا الْمُدَّثِّرُ* قُمْ فَأَنذِرْ﴾ [سورة المدثر: ١-٢ ] अर्थः “हे (मुहम्मद !) लुगा ओढ्नेवाले, उठ र सावधान गर” । (सूरतुल् मुदस्सिरः ७४/ १-२) आयो, तब उहाँले यस्लाई स्वीकार गर्नुभयो र तुरुन्तै अल्लाहले दिएको सत्य धर्म (दीन) इस्लाम स्वीकार गर्न र एकमात्र सत्य पूज्य अल्लाहको उपासना तथा इबादत गर्न निमन्त्रण दिन सुरु गर्नुभयो ।
लुकीछिपी गोप्य रूपमा इस्लामको निमन्त्रण तथा प्रचार प्रसार
सबैभन्दा पहिले इस्लाम स्वीकार गर्ने व्यक्तिहरू
त्यसपछि अल्लाहको तर्फबाट खुल्लमखुल्ला इस्लामको निमन्त्रण दिने आदेश आयो, भन्नु भयोः ﴿فاصْدَعْ بِمَا تُؤْمَر﴾ [الحجر:94]، अर्थः “तसर्थ जुन आदेश तपाइँलाई प्राप्त भएको छ त्यो स्पष्ट रूपमा सुनाइ दिनुहोस्”। (सूरतुल्-हिज्रः १५/९४)
जब मक्काका ती मुश्रिक (बहूदेववादी) हरूलाई लाग्यो कि इस्लामको प्रचार-प्रसारलाई रोक्न अपनाइएको उपरोक्त तरिकाबाट कुनै फाइदा भइरहेको छैन, नबी सल्लल्लाहु अलैहि वसल्लम इस्लामको निमन्त्रण तथा प्रचार-प्रसारमा लगातार अगाडी बढिरहनु भएको छ, तब उनीहरूले इस्लामको विरुद्धमा युद्ध गर्ने निर्णय गरे र नबी सल्लल्लाहु अलैहि वसल्लमलाई हानी पुर्याउन थाले । इस्लाम स्वीकार गरेका उहाँका साथीहरूलाई समातेर यातना दिन र उनीहरूमाथि अत्याचार गर्न थाले । जब मुस्लिमहरू प्रतिको अत्याचार तथा यातना अत्याधिक र असहनीय भयो तब उहाँले आफ्ना साथीहरूलाई हबशा हिजरत (प्रवास) गर्ने आदेश दिनुभयो । अनि केही मुस्लिम पुरुष र महिलाहरू नुबूवतको पाँचौं वर्षमा हबशातिर हिजरत गरे ।
उहाँ सल्लल्लाहु अलैहि वसल्लमको निमन्त्रण सतावट तथा दुःखको कष्टको कठिन परिस्थितिको बीच पनि सफलतातिर अगि बढिरहेको थियो । त्यसै समयमा इस्रा र मेअराजको घटना घट्यो । यो घटना उहाँले इस्लामतिर आह्वान सुरु गरेको कैयौँ वर्षपछि घटेको थियो । यो हुनुको कारण उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई आत्मिक रूपमा बलियो बनाउन, उहाँलाई सम्मान प्रदान गर्न र मुश्रिकहरूद्वारा लगातार भइरहेको अत्याचार, दमन र इन्कारको विरुद्धमा उहाँलाई धैर्य एवम् साहस प्रदान गर्नको लागि भएको थियो ।
मक्का बाहिर इस्लामको निमन्त्रण
उकबाका दुई प्रतिज्ञा (बैअत)
मक्काबाट धेरैजसो मुस्लिमहरू हिजरत गरेर मदीना गएपछि रसूल सल्लल्लाहु अलैहि वसल्लम र अबू बकर सिद्दीक रजियल्लाहु अन्हु हिजरतको उद्देश्यले मक्काबाट निस्कनु भयो, तर उहाँहरू विपरीत दिशातिर लाग्नु भयो ताकि कुरैशका मानिसहरूलाई मदीनातिर जान लागेका छन् भन्ने नलागोस् । मक्काबाट बाहिर निस्केपछि उहाँहरू गारे सौर (सौर नामको गुफा) मा गएर तीन दिनसम्म बस्नु भयो । त्यसपछि लाल सागर (बहरे अहमर) तटको बाटो हुँदै मदीनातर्फ लाग्नु भयो । यो बाटोको बारेमा धेरैजसो मानिसहरूलाई थाहा थिएन । जब उहाँ र उहाँको साथी अबू बकर मदीनाको बाहिरी इलाकामा पुग्नु भयो तब मदीनाका मुस्लिमहरूले एकदमै खुसी भई भव्य जुलुसको साथ स-सम्मान उहाँहरूलाई स्वागत गरे ।
मदीना आएपछि रसूल सल्लल्लाहु अलैहि वसल्लमले सबैभन्दा पहिले मस्जिदे नबवीको निर्माण गर्नुभयो अनि मुहाजिरीन (प्रवासी) र अन्सार (मदीनाका स्थानीय) बीच भाइचारा कायम गर्नुभयो । जसबाट गर्दा नयाँ इस्लामिक समाजको जग बस्यो ।
मुश्रिकहरूबाट लगातार सताइएपछि अल्लाहले मुस्लिमहरूलाई लडाइ गर्ने अनुमति दिनुभयो, ताकि उनीहरूले आफ्नो धर्म र देशको रक्षा गर्न सकुन् अनि सधैँ रहिरहने इस्लामको सन्देश फैलाउनको सकुन् । अल्लाहले भन्नु भएको छः ﴿أُذِنَ للَّذينَ يُقَاتَلوُنَ بِأَنَّهُمْ ظُلِمُوا﴾ [الحج:39]. अर्थः “जुन (मुस्लिमहरू) सित (काफिरहरू) लडिरहेका गरिराखेका छन्, उनीहरूलाई पनि सामना गर्न अनुमति छ । किनभने उनीहरू पीडित भएका तथा सताइएका छन्”। (सूरतुल् हज्जः २२/ ३९) लडाइ गर्ने अनुमतिको बारेमा अवतरण भएको यो पहिलो आयत हो । त्यसपछि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले २० गजवा (युद्ध) लड्नु भयो र ५६ सरिया (गोप्य छापामार) पठाउनु भयो ।
हिजरत पछि भएका सबैभन्दा महत्त्वपूर्ण कामहरू
हिजरतको पहिलो वर्षः
हिजरतको दोस्रो वर्षः
हिजरतको तेस्रो वर्षः
हिजरतको चौथो वर्षः
हिजरतको पाँचौं वर्षः
हिजरतको छैठौँ वर्षः
हिजरतको सातौं वर्षः
हिजरतको आठौं वर्षः
हिजरतको नवौं वर्षः
हिजरतको दसौं वर्षः
जब इस्लामको निमन्त्रण पुरा भएर अरब महाद्वीपको कुना-कुनासम्म पुग्यो तब मानिसहरू झुण्डको झुण्ड इस्लाममा आउन थाले । त्यसपछि पुरै संसारमा तीव्र गतिमा इस्लाम फैलिँदै गयो र सबै धर्महरूमाथि इस्लामको भारी हुँदै गयो । उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई आफ्नो स्वर्गारोहण नजिक आई सकेको महसुस हुन थाल्यो र आफ्नो पालनकर्ता अल्लाहसँग भेट गर्ने तयारीमा लाग्नु भयो । उहाँका कुराकानी तथा चालचलनबाट यस्तो लाग्थ्यो कि उहाँ यस संसारबाट चाँडै बिदा हुनु हुँदैछ ।
हिजरतको एघारौं वर्ष रबीउल अव्वल महिना सोमवारको दिन रसूल सल्लल्लाहु अलैहि वसल्लमको स्वर्गारोहण भयो ।
स्वर्गारोहणको समय उहाँ सल्लल्लाहु अलैहि वसल्लमको उमेर ६३ वर्ष थियो । जसमध्ये नुबूवत भन्दा पहिले ४० वर्ष र नबी तथा रसूल बनिसकेपछि २३ वर्ष । नबी तथा रसूल बनिसकेपछि १३ वर्ष मक्कामा बिताउनु भयो भने १० वर्ष मदीनामा ।
उहाँ सल्लल्लाहु अलैहि वसल्लमको मृत्यु भयो, उहाँ यस संसारबाट बिदा भएपनि उहाँको धर्म सधैँ रहिरहने छ । स्वर्गारोहण भन्दा पहिले आफ्ना अनुयायी (उम्मत) को लागि जतिपनि पुण्य तथा भलाइका कामहरू थिए ती सबै बताउनु भयो र जति पनि नराम्रा तथा पाप कर्महरू थिए ती सबैबाट आफ्नो उम्मतलाई सचेत गराउनु भयो । भलाइका कामहरूको तात्पर्य तौहीद र अल्लाहलाई मनपर्ने सम्पूर्ण कामहरू हुन् भने नराम्रा कामहरूको तात्पर्य शिर्क (अल्लाहसँग अरूलाई साझेदार गराउने काम) तथा अल्लाहलाई मन नपर्ने र स्वीकार नगर्ने कामहरू हुन् ।