सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ इस्लाममा कसरी प्रवेश गर्न सकिन्छ?

कुनै पनि मानिस इस्लाममा प्रवेश गर्दाको पल उसको जीवनको सबैभन्दा सुनौलो पल हो। यो उसको वास्तविक जन्म हो, यसपछि नै उसलाई यस संसारमा आफ्नो जन्म तथा अस्तित्वको कारण थाहा हुन्छ। यो पाठमा कुनै व्यक्तिलाई मुस्लिम बन्न र यस महान धर्ममा प्रवेश गर्नको लागि के-के गर्नु आवश्यक छ भन्ने कुरा समेटिएको छ।

  • इस्लाममा प्रवेश गर्ने तरिका जान्नुहोस्।
  • त्तौबा (पश्चाताप) को महत्त्व र त्यसमा स्थिरताका कारकहरू जान्नुहोस्।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

मानिस कलिमा शहादतान (दुबै गवाहीहरू) भनेर इस्लममा प्रवेश गर्न सक्छ। अर्थात यसलाई हृदयदेखि मानेर, मुखले घोषणा गरेर र त्यसै बमोजिम कर्म गरेर जो कोही पनि मुस्लिम बन्न सक्छ।

दुबै गवाहीहरू निम्न छन्-

١
'अश्हदु अल्ला इलाह इल्लल्लाह' (म गवाही दिन्छु, अल्लाह बाहेक अरु कोही सत्य उपास्य छैन, म उहाँको साथमा कसैलाई साझेदार नगरी उहाँकै उपासना गर्छु)।
٢
'व अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह' (म गवाही दिन्छु, मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम समस्त संसारका लागि अल्लाहका सन्देष्टा हुनुहुन्छ, उहाँको पूर्ण अनुसरण गर्नेछु र उहाँको विधि-विधान अनुसार अल्लाहको उपासना गर्नेछु)।

नयाँ मुस्लिमको स्नानः

इस्लाममा प्रवेश गर्दाको क्षण मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण पल हुन्छ। निश्चय नै, यो उसको लागि एउटा नयाँ र वास्तविक जीवन हो। जसलाई उसले आफ्नो अस्तित्वको बारेमा थाहा पाएपछि हासिल गरेको हुन्छ। त्यसैले इस्लाममा प्रवेश गरिसकेपछि नुहाउनु पर्छ। जसरी उसले आफ्नो भित्री शरीर (आत्मा) लाई शिर्क र पापबाट पवित्र गरेको छ, त्यसरी नै आफ्नो बाहिरी शरीरलाई नुहाएर सफा-सुग्घर गर्नु बेस हुन्छ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अरबका एक जना सरदारलाई, जब उनले इस्लाम ग्रहण गर्ने इच्छा व्यक्त गरे तब नुहाउने आदेश दिनु भयो। (बैहकी : ८३७)

तौबा (प्रायश्चित)

तौबाको अर्थ- अल्लाहतिर फर्केर आउनलाई तौबा (प्रायश्चित) भनिन्छ। जसले पनि आफ्नो पाप र कुफ्रको लंकालाई छोडेर साँचो मनले अल्लाहतिर फर्केर आँउछ, उसले तौबा गर्यो भन्ने बुझिन्छ।

प्रायश्चित (तौबा) स्वीकार हुने सर्तहरूः

١
पापलाई पूर्णरुपमा छोड्नु- लगातार पाप गरिरहनुले तौबा मान्य हुँदैन। त्यसैले समस्त पापलाई पूर्ण रुपमा छोड्नु पर्दछ। यदि अन्जानमा फेरी केही गल्ती वा पाप गरियो भने पहिलेको तौबा भङ्ग हुँदैन तर तौबाको नवीकरण गर्नु पर्दछ।
٢
पुरानो पापमाथि पछुतो गर्नु- तौबाको कल्पना त्यो व्यक्तिसित मात्र गर्न सकिन्छ, जसलाई आफूले गरेको पापमाथि पछुतो हुन्छ, तर जो कोही अरुसित आफ्नो पापको बखान गर्दै हिंड्छ वास्तवमा उसले पछुतो गरेको छैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छः “पछुतो गर्नु र लज्जित हुनु तौबा हो।” (इब्ने माजा : ४२५२)
٣
आइन्दा नगर्ने दृढ संकल्प गर्नु- तौबापछि पनि पापको दुनियाँमा फर्कने नीयत छ भने तौबा स्वीकृत हुँदैन।
٤
यदि मानव अधिकारसँग सम्बन्धित पापहरू छन् भने सम्बन्धित व्यक्तिसँग माफी माग्नु वा कुनै अधिकार भए सुम्पिनु।

दृढ संकल्पलाई साकार पार्ने पाइलाहरूः

١
जस्तो सुकै परिस्थिति र बाध्यता भए पनि पापको दुनियाँमा कहिल्यै पनि फर्किन्न भन्ने दृढ संकल्प लिनु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छः “जो व्यक्तिमा यी तीनवटा गुणहरू पाइन्छन् त्यसले ईमानको मिठास पायो; त्यसमध्ये एउटा व्यक्ति त्यो हो जो फेरी कुफ्र र अवज्ञामा फर्कन त्यसरी घृणा गर्छ जसरी आगोमा होमिनु।” (बुखारी : २१, मुस्लिम : ४३)
٢
पापको अवसर दिने र ईमानलाई कमजोर पार्ने व्यक्ति र ठाउँदेखि टाढा बस्नु पर्दछ।
٣
इस्लाममाथि मृत्युसम्म कायम रहन अल्लाहसित धेरैभन्दा धेरै दुआ गर्नु पर्छ, चाहे जुनसुकै भाषामा किन नहोस्। तीमध्ये कुरआन र हदीसका केही दुआहरू यस प्रकार छन्- "رَبَّنَا لَا تُزِغْ قُلُوبَنَا بَعْدَ إِذْ هَدَيْتَنَا" (آل عمران: 8) (रब्बना ला तुजिग् कुलुबना बा'द इज् हदैतना) अर्थ: “हे अल्लाह, सत्य मार्ग देखाएपछि असत्य मार्गतिर न मोड्नुहोला।” (सूरह आलि-इमरान : ३/८) " يَا مُقَلِّبَ الْقُلُوبِ ثَبِّتْ قَلْبِي عَلَى دِينِكَ" (الترمذي 2140). (या मुकल्लिबल् कूलूब ! सब्बित कल्बी अला दीनिक) अर्थ: “हे हृदयलाई फेर्नेवाला ! मेरो मनलाई तपाई आफ्नो धर्ममाथि स्थिर गरि दिनुहोस्।” (तिर्मिजी : २१४०)

तौबापछि के गर्नु पर्छ?

जुन बेला मानिसले स्वच्छ मनले तौबा गर्छ, अल्लाहले उसका सम्पूर्ण पापहरूलाई पखालि दिनुहुन्छ, चाहे त्यो जति सुकै ठूलो पाप किन नहोस्, किनकि उहाँको करुणा र दयाले हरेक वस्तुलाई घेरेको छ। अल्लाहले भन्नु भएको छः {قُلْ يَا عِبَادِيَ الَّذِينَ أَسْرَفُوا عَلَى أَنْفُسِهِمْ لَا تَقْنَطُوا مِنْ رَحْمَةِ اللَّهِ إِنَّ اللَّهَ يَغْفِرُ الذُّنُوبَ جَمِيعًا إِنَّهُ هُوَ الْغَفُورُ الرَّحِيم} (الزمر: 53). अर्थः “हे मेरा भक्तहरु ! जसले आफूमाथि अन्याय गरेको छौ अल्लाहको कृपादेखि निराश नहोऊ, निश्चय नै अल्लाहले सम्पूर्ण पापहरू क्षमा गरिदिनु हुनेछ। उहाँ अत्यन्त क्षमाशील तथा करुणामय हुनुहुन्छ।” (सूरह अज्-जुमर: ३९/५३)

साँचो तौबापछि मुस्लिम यसरी पापमुक्त हुन्छ, मानौं उसले कुनै पाप गरेको थिएन। बरु अल्लाहले उनीहरूमाथि एउटा अर्को उपकार गर्नुहुन्छ; त्यो के हो भने यिनीहरूका समस्त पापहरूलाई पुण्यमा परिणत गरिदिनु हुन्छ। अल्लाहले भन्नु भएको छः {إِلَّا مَنْ تَابَ وَآَمَنَ وَعَمِلَ عَمَلًا صَالِحًا فَأُولَئِكَ يُبَدِّلُ اللَّهُ سَيِّئَاتِهِمْ حَسَنَاتٍ وَكَانَ اللَّهُ غَفُورًا رَحِيمً} (الفرقان: 70). अर्थः “तर जसले प्रायश्चित गरे, ईमान ल्याए र सत्कर्म गरे अल्लाहले उनीहरूका पापलाई पुण्यमा परिणत गरिदिनु हुन्छ। निश्चय नै उहाँ अत्यन्त क्षमाशील एवम् परम दयालु हुनुहुन्छ।” (सूरह अल्-फुर्कान: २५/७०)

जसले यस्तो सुवर्ण अवसर पाएको छ, उसले आफ्नो तौबालाई जसरी भएपनि शैतानको जालबाट सुरक्षित राख्न सचेत हुनुपर्दछ, चाहे त्यसको लागि जतिसुकै ठूलो मूल्य चुकाउनु परोस्।

ईमानको मिठासः

जसको मनमा अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जति धेरै माया र आदर हुन्छ, उसले त्यत्ति नै धेरै अल्लाहका सच्चा भक्तहरूलाई माया र आदर गर्दछ। जसरी आगोमा होमिनुलाई घृणा गर्छ, त्यसरी कुफ्र, शिर्क र पापको दुनियाँमा फर्कनुलाई घृणा गर्छ, त उसले ईमानको मिठास प्राप्त गर्यो। उसले आफूलाई अल्लाहको नजिक पाउनेछ। अल्लाहको आदेश र पथप्रदर्शनको वरदानबाट मन सन्तुष्ट र आनन्दित हुनेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छः “जो व्यक्तिमा यी तीनवटा गुणहरू पाइन्छन्, त्यसले ईमानको मिठास पायो। अल्लाह र उहाँको रसूलसित सबैभन्दा बढी माया गर्छ, अल्लाहकै लागि कसैसित माया गर्छ र कुफ्रबाट निस्केपछि फेरी त्यसमा जानु आगोमा होमिनु जस्तै घृणा गर्छ।” (बुखारी: २१, मुस्लिम: ४३)

इस्लाममाथि कायम रहनु र यसमा आउने कष्टहरूमाथि धैर्य गर्नुः

कोही एउटा बहुमूल्य खजानाको मालिक भयो भने उसले आफ्नो धनराशीलाई चोर, डाँका र हिनामिनाबाट सुरक्षित राख्न सचेत हुन्छ। इस्लाम समस्त मानवजातिको लागि अमूल्य वरदान हो। यो कुनै विचारधारा र मानिसको व्यक्तिगत रुचि मात्र होइन, यो त सत्य ईश्वर अल्लाहको साँचो धर्म तथा सम्पूर्ण जीवन व्यवस्था हो। यसले हाम्रो जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई सन्तुलित गर्छ। त्यसैले अल्लाहले आफ्नो प्रिय सन्देष्टालाई इस्लाम र कुरआनलाई बल पूर्वक थामि राख्न र यसमा कुनै सम्झौता नगर्न आदेश दिनु भएको छ। अल्लाहले भन्नु भएको छः {فَاسْتَمْسِكْ بِالَّذِي أُوحِيَ إِلَيْكَ إِنَّكَ عَلَى صِرَاطٍ مُسْتَقِيم} (الزخرف: 43). अर्थः “तिमीलाई जुन कुरआन प्रदान गरिएको छ त्यसलाई दृढताका साथ समात, निश्चय नै तिमी सीधा मार्गमा छौ।” (सूरह अज्-जुख्रुफ: ४३/४३)

इस्लाम स्वीकारेपछि परिआएको कुनै कष्ट र पीडामाथि निराश हुनु हुँदैन, किनभने यो अल्लाहको नियम हो। हामीभन्दा उत्कृष्ट व्यक्तिहरूले पनि इस्लामको बाटोमा धरै दु:ख पाए तर उनीहरूले धैर्य राखे र प्रयास गर्दै गरे। हेर्नुहोस्, यी अल्लाहका सन्देष्टा र खास भक्तहरू हुन्। उनीहरूले शत्रु भन्दा पहिले आफ्नै घरपरिवार र नातेदारहरूबाट अनेकौं प्रकारका कष्टहरू पाए, तर उनीहरू हरेस खाएर कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट विमुख भएनन्, बरु चट्टान झैं इस्लाममाथि कायम रहे। हो साथीहरू! यो हाम्रो ईमानको जाँच हो, यसमा हामीले पूर्ण रुपमा सफलता प्राप्त गर्नु पर्छ र सफलताको लागि निम्न दुआ पनि गर्नु पर्छ- "يَا مُقَلِّبَ الْقُلُوبِ ثَبِّتْ قَلْبِي عَلَى دِينِكَ" (الترمذي 2140 (या मुकल्लिबल कूलूब ! सब्बित कल्बी अला दीनिक) अर्थ : हे हृदयलाई फेर्नेवाला ! मेरो मनलाई तपाईं आफ्नो धर्ममाथि स्थिर गरिदिनुहोस्।” (तिर्मिजी : २१४०)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्