Model: हालको खण्ड
पाठ इस्लाममा कसरी प्रवेश गर्न सकिन्छ?
दुबै गवाहीहरू निम्न छन्-
इस्लाममा प्रवेश गर्दाको क्षण मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण पल हुन्छ। निश्चय नै, यो उसको लागि एउटा नयाँ र वास्तविक जीवन हो। जसलाई उसले आफ्नो अस्तित्वको बारेमा थाहा पाएपछि हासिल गरेको हुन्छ। त्यसैले इस्लाममा प्रवेश गरिसकेपछि नुहाउनु पर्छ। जसरी उसले आफ्नो भित्री शरीर (आत्मा) लाई शिर्क र पापबाट पवित्र गरेको छ, त्यसरी नै आफ्नो बाहिरी शरीरलाई नुहाएर सफा-सुग्घर गर्नु बेस हुन्छ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अरबका एक जना सरदारलाई, जब उनले इस्लाम ग्रहण गर्ने इच्छा व्यक्त गरे तब नुहाउने आदेश दिनु भयो। (बैहकी : ८३७)
जसले यस्तो सुवर्ण अवसर पाएको छ, उसले आफ्नो तौबालाई जसरी भएपनि शैतानको जालबाट सुरक्षित राख्न सचेत हुनुपर्दछ, चाहे त्यसको लागि जतिसुकै ठूलो मूल्य चुकाउनु परोस्।
मानिस कलिमा शहादतान (दुबै गवाहीहरू) भनेर इस्लममा प्रवेश गर्न सक्छ। अर्थात यसलाई हृदयदेखि मानेर, मुखले घोषणा गरेर र त्यसै बमोजिम कर्म गरेर जो कोही पनि मुस्लिम बन्न सक्छ।
तौबा (प्रायश्चित)
प्रायश्चित (तौबा) स्वीकार हुने सर्तहरूः
दृढ संकल्पलाई साकार पार्ने पाइलाहरूः
तौबापछि के गर्नु पर्छ?
साँचो तौबापछि मुस्लिम यसरी पापमुक्त हुन्छ, मानौं उसले कुनै पाप गरेको थिएन। बरु अल्लाहले उनीहरूमाथि एउटा अर्को उपकार गर्नुहुन्छ; त्यो के हो भने यिनीहरूका समस्त पापहरूलाई पुण्यमा परिणत गरिदिनु हुन्छ। अल्लाहले भन्नु भएको छः {إِلَّا مَنْ تَابَ وَآَمَنَ وَعَمِلَ عَمَلًا صَالِحًا فَأُولَئِكَ يُبَدِّلُ اللَّهُ سَيِّئَاتِهِمْ حَسَنَاتٍ وَكَانَ اللَّهُ غَفُورًا رَحِيمً} (الفرقان: 70). अर्थः “तर जसले प्रायश्चित गरे, ईमान ल्याए र सत्कर्म गरे अल्लाहले उनीहरूका पापलाई पुण्यमा परिणत गरिदिनु हुन्छ। निश्चय नै उहाँ अत्यन्त क्षमाशील एवम् परम दयालु हुनुहुन्छ।” (सूरह अल्-फुर्कान: २५/७०)
जसको मनमा अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जति धेरै माया र आदर हुन्छ, उसले त्यत्ति नै धेरै अल्लाहका सच्चा भक्तहरूलाई माया र आदर गर्दछ। जसरी आगोमा होमिनुलाई घृणा गर्छ, त्यसरी कुफ्र, शिर्क र पापको दुनियाँमा फर्कनुलाई घृणा गर्छ, त उसले ईमानको मिठास प्राप्त गर्यो। उसले आफूलाई अल्लाहको नजिक पाउनेछ। अल्लाहको आदेश र पथप्रदर्शनको वरदानबाट मन सन्तुष्ट र आनन्दित हुनेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छः “जो व्यक्तिमा यी तीनवटा गुणहरू पाइन्छन्, त्यसले ईमानको मिठास पायो। अल्लाह र उहाँको रसूलसित सबैभन्दा बढी माया गर्छ, अल्लाहकै लागि कसैसित माया गर्छ र कुफ्रबाट निस्केपछि फेरी त्यसमा जानु आगोमा होमिनु जस्तै घृणा गर्छ।” (बुखारी: २१, मुस्लिम: ४३)
इस्लाममाथि कायम रहनु र यसमा आउने कष्टहरूमाथि धैर्य गर्नुः
इस्लाम स्वीकारेपछि परिआएको कुनै कष्ट र पीडामाथि निराश हुनु हुँदैन, किनभने यो अल्लाहको नियम हो। हामीभन्दा उत्कृष्ट व्यक्तिहरूले पनि इस्लामको बाटोमा धरै दु:ख पाए तर उनीहरूले धैर्य राखे र प्रयास गर्दै गरे। हेर्नुहोस्, यी अल्लाहका सन्देष्टा र खास भक्तहरू हुन्। उनीहरूले शत्रु भन्दा पहिले आफ्नै घरपरिवार र नातेदारहरूबाट अनेकौं प्रकारका कष्टहरू पाए, तर उनीहरू हरेस खाएर कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट विमुख भएनन्, बरु चट्टान झैं इस्लाममाथि कायम रहे। हो साथीहरू! यो हाम्रो ईमानको जाँच हो, यसमा हामीले पूर्ण रुपमा सफलता प्राप्त गर्नु पर्छ र सफलताको लागि निम्न दुआ पनि गर्नु पर्छ- "يَا مُقَلِّبَ الْقُلُوبِ ثَبِّتْ قَلْبِي عَلَى دِينِكَ" (الترمذي 2140 (या मुकल्लिबल कूलूब ! सब्बित कल्बी अला दीनिक) अर्थ : हे हृदयलाई फेर्नेवाला ! मेरो मनलाई तपाईं आफ्नो धर्ममाथि स्थिर गरिदिनुहोस्।” (तिर्मिजी : २१४०)