Model: हालको खण्ड
पाठ साझेदारी
यो हकदार वा स्वभावमा दुई वा दुईभन्दा बढी बीचको साझेदारी हो। पहिलोको उदाहरण: दुईजना उत्तराधिकार वा उपहारमा साझेदारी गर्छन्। दोस्रोको उदाहरण: तिनिहरूले खरिद र बिक्रीमा साझेदारी गर्छन्।
साझेदारीको हुकुम
लगानी तथा कारोबारमा साझेदारी गर्न जायज छ। जीविकोपार्जन तथा सांसारिक मामिलामा अल्लाहले आफ्ना भक्तहरूको लागि यसलाई जायज गर्नुभएको छ। साझेदारी मुस्लिम र गैर मुस्लिम दुबैसँग गर्न सकिन्छ। तर सर्त यो छ कि उसले मुस्लिमको सहमति अथवा अनुमति बिना काम नगरोस्।
मानिसले आफ्नो आर्थिक स्तर सुधार्न धन-सम्पत्तिमा बढाउनु पनि आवश्यक छ; उसले आफ्नो असक्षमता, अनुभव वा अपर्याप्त पूँजीको कारण एक्लै यो गर्न सक्षम नहुन पनि सक्छ। त्यस्तै गरी समाजलाई ठूला परियोजनाहरू पनि चाहिन्छ अनि ती कामहरू कुनै व्यक्तिले एक्लै गर्न सक्ने सम्भावना पनि कम छ तर कम्पनीले ती सबै कुरालाई सहज बनाउँछ।
साझेदारीका प्रकार
धन-सम्पत्तिमा साझेदारी दुई प्रकारका छन्-
यो दुई साझेदारद्वारा गरिएको काम हो, जस्तै- ती दुई व्यक्तिले घरजग्गा वा कुनै चल सम्पत्ति किन्छन् भने त्यसमा ती दुबै जनाको संयुक्त स्वामित्व हुन्छ।
चयन गर्न मिल्ने साझेदारी
यो त्यस्तो साझेदारी हो जसमा दुई वा दुई भन्दा बढी व्यक्तिहरूलाई तिनिहरूको कार्य बिना साझेदार प्रमाणित गर्दछ। जस्तै- दुई जना कुनै चीज वा सम्पत्तिको हकदार (वारिस) छन् त ती दुबै जनाको त्यस विरासतमा स्वतः साझेदारी हुनजान्छ।
सम्पत्ति साझेदारीमा साझेदारहरूको स्वभाव
दुई साझेदारहरू मध्ये प्रत्येक आफ्नो साझेदारको हिस्सामा अपरिचित अथवा पराई जस्तै हुन्छ। उसले साझेदारको अनुमति बिना त्यस हिस्सालाई खर्च गर्न वा चलाउन जायज छैन। यदि उसले खर्च गर्छ भने आफ्नो हिस्साको मात्र खर्च गरेको मात्र मान्य ठहरिन्छ। तर साझेदारले अनुमति दिन्छ भने दुबैको सम्पत्तिबाट खर्च गरेको ठहरिन्छ।
सम्झौता (ठेक्कापट्टा) मा साझेदारी
यो त्यस्तो साझेदारी हो जसमा कुनै चीजको बारेमा सम्झौता गरिन्छ। जस्तै- किनबेच गर्ने, भाडामा लिने आदि।
सम्झौता (ठेक्कापट्टा) मा साझेदारीका प्रकार
अल्-मुजारिबा सम्झौता- केही माल अरूलाई व्यापारको लागि दिई नाफा नोक्सानमा साझेदारी गर्ने सम्झौता।
यस किसिमको साझेदारीमा एक साझेदारले लगानी गर्छ र अर्को साझेदारले तोकिएको प्रतिशतमा फाइदा पाउने सर्तमा व्यापार गर्छ। जस्तै- फाइदाको एक चौथाइ वा एक तिहाइ वा पाँच भागको एक भाग आदि। तोकिए अनुसार काम गर्ने व्यक्तिको हुन्छ र बाँकी सबै फाइदा लगानी कर्ताको हुन्छ। बजारमा माल लगानी गरेर कारोबार गर्दा घाटा भयो भने पहिले कमाएको नाफाबाट भर्पाई गरिन्छ तर काम गर्ने व्यक्तिले भर्पाई गर्नु पर्दैन। यदि काम गर्ने व्यक्तिको गल्ती वा लापरवाहीको कारणले घाटा भएको होइन भने काम गर्ने व्यक्ति यस घाटाको जिम्मेदार हुँदैन। यसमा काम गर्ने व्यक्ति पैसा वसुली गर्ने वा माल उठाउने मामिलामा मालिक हो, खर्च गर्ने मामिलामा वकिल (जिम्मेदार) व्यक्ति हो, काम गर्ने मामिलामा मजदुर हो र फाइदा लिने मामिलामा साझेदारको हैसियतमा हुन्छ।
अल्-वजूह सम्झौता- बिना लगानी उधारो सामान लिएर नगदमा बिक्री गर्ने व्यापारमा सम्झौता।
यो त्यस्तो साझेदारी हो, जसमा साझेदार व्यक्तिहरूले पुँजीको लगानी बिना नै साझेदारी गर्छन्। तिनिहरूले समाजमा आफ्नो प्रतिष्ठा र विश्वासको आधारमा उधारो किनेर नगद बेच्छन्। यसरी कारोबार गर्दा अल्लाहले तिनिहरूलाई जो लाभ प्रदान गर्नुहुन्छ त्यसलाई आपसमा बाँड्छन् र घाटामा पनि साझेदारी गर्छन्। किनबेच र खर्च गर्ने मामिलामा प्रत्येक साझेदार एक अर्काको एजेन्ट र जिम्मेदार पनि हुन्। यस्तो व्यापार समाजका प्रतिष्ठित र विश्वसनीय व्यक्तिहरूको अनुहार अथवा विश्वसनीयतालाई देखेर उधारो कारोबार गरिएको कारण यसलाई “अल्-वजूह साझेदारी” भनिन्छ।
अल्-इनान सम्झौता- आर्थिक लगानी र शारीरिक मेहनत गर्ने व्यापारमा सम्झौता।
यो त्यस्तो साझेदारी हो जसमा साझेदारले निश्चित पैमानामा लगानी गर्छन् र शारीरिक मेहनत पनि गर्छन्। कसैको लगानी धेरै र कसैको कम पनि हुन सक्छ तर शारीरिक मेहनत भने दुबैले गर्छन्। यसमा प्रत्येक लगानी कर्ताको लागत पूँजी स्पष्ट हुन्छ र नाफा तथा नोक्सानमा दुबै जनाको सहमति अनुसारको साझेदारी हुन्छ।
अल्-अब्दान सम्झौता- दुई व्यक्तिहरूले शारीरिक मेहनत गर्ने सम्झौता।
यस किसिमको साझेदारीमा दुई व्यक्तिले कमाउनको लागि शारीरिक मेहनत गर्ने सर्तमा साझेदारी गर्छन्। त्यो व्यापारमा पनि हुनसक्छ र पेसामा पनि हुनसक्छ। जस्तै- सिकर्मी, लोहार आदि वा अन्य कुनै पनि जायज कामहरू। अल्लाहको कृपाले मेहनतबाट जो पनि कमाइ हुन्छ त्यो ती दुबै साझेदारले सहमति अनुसार आपसमा बाँड्छन्।
अल्-मफाविजा सम्झौता- सबै साझेदारहरूले आर्थिक र शारीरिक लगानी गर्ने र एक-अर्कालाई अधिकार सुम्पने सम्झौता
यो साझेदारीमा प्रत्येक साझेदारले आफ्ना सबै साझेदार साथीहरूलाई आर्थिक र शारीरिक मामिलाहरू सुम्पिएका हुन्छन्। यसरी प्रत्येक साझेदारले किनबेच, लेनदेन, जमानत, जिम्मेदारी ऋण लिने, सहयोग र दान आदि लगायत व्यापारमा जुन चीजहरूको आवश्यकता पर्छ ती सबै कामहरू गर्न सक्ने पूर्ण अधिकार हुन्छ।
प्रत्येक साझेदारले सम्झौतामा सहमति गरे अनुसार आफ्नो साझेदारले गरे झैँ काम गर्नुपर्छ। साझेदारी तीनै चीजहरूमा हुन्छ, जुन मालमा सम्झौता भएको छ। लगानी गरेको माल र सम्झौता गरिएको नियम अनुसार साझेदारहरू नाफा तथा नोक्सानको मात्राको हकदार हुन्छन्। यस्तो साझेदारी गर्नु जायज छ। उपरोक्त कुराहरू पहिले वर्णन गरिएका चारै किसिमका सम्झौताहरूमा समावेश छन् र सबै वैध छन्। किनभने साझेदारीबाट जीविकोपार्जनको लागि सहयोग मिल्छ, मानिसहरूका आवश्यकताहरू पूर्ति हुन्छन् र त्यसको बदलामा फाइदा हासिल हुन्छ।
१- धन-सम्पत्ति बढाउन, श्रमिकहरूलाई रोजगारी दिन, मानव समुदाय तथा सम्पूर्ण राष्ट्र हितमा काम गर्न, जीविकोपार्जनलाई सहज बनाउन र न्याय प्राप्तिको लागि सबैभन्दा उत्तम माध्यम हो।
२- अवैध किसिमका कमाइका माध्यमहरू; जस्तै- ब्याज, जूवा, तास आदिबाट बच्न।
३- हलाल कमाइका माध्यमलाई विस्तार गर्न। इस्लामले मानिसलाई एक्लै कमाइ गर्न अनुमति दिनुको साथसाथै अन्यसँग मिलेर साझेदारीमा कमाउन पनि अनुमति दिएको छ।
साझेदारहरू बीचको सम्झौता रद्द गर्ने अवस्थाहरू
साझेदारीका अर्कान (आधारहरू)
साझेदारीका सर्तहरू
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.