Model: हालको खण्ड
पाठ महिला र समकालीन दावाह (निमन्त्रण)
प्राचीन समय र अधिकांश प्राचीन सभ्यताहरूमा महिलाहरूलाई कुनै पनि किसिमको मानवीय सम्मान, इज्जत र सुख मिल्दैनथ्यो । बरु उनीहरूलाई उपेक्षित गरिन्थ्यो र ध्यान दिइन्नथ्यो । उनीहरूसँग कुनै योग्यता र अधिकार हुँदैनथ्यो, उनीहरूलाई मानव सम्मान बिना कुनै वस्तु जस्तो किनबेच गरिन्थ्यो । उनीहरूलाई पुरुषहरूको तुलनामा एकदमै तल्लो स्तरको मानिन्थ्यो र नीच दृष्टिले हेरिन्थ्यो ।
विभिन्न सभ्यता र संस्कृतिमा महिलाहरूको महत्त्व र दर्जालाई कम गर्ने सम्बन्धी दृष्टिकोण केही समय पहिलेसम्म बाँकी नै थियो । पछि पश्चिमी राष्ट्रहरूमा साम्राज्यहरूको उत्पीडन, चर्चको अत्याचारबाट परिवर्तन र मुक्तिको सिलसिला सुरु भयो, तैपनि यो परिवर्तन महिलाहरू र उनका मुद्दाहरू मामिलाहरूसम्म धेरै पछि पुगेको हो ।
महिलाहरू प्रतिको यो विकृत दृष्टिकोण र मान्यतालाई दुई मुख्य पक्षहरूद्वारा समर्थन थियोः
प्राचीन समयमा दार्शनिकहरूले महिलालाई तिरस्कार गर्थे, उनीहरूलाई तल्लो स्तरको ठान्थे र उनीहरूले पाउनुपर्ने मान सम्मान र अधिकारलाई मान्यता दिँदैनथे । तिनै दार्शनिकहरू मध्ये सुकरात, प्लेटो र अरस्तु आदि हुन्।
हिन्दू धर्ममा महिलालाई उसको बुवा आमाबाट उत्तराधिकार प्राप्त गर्ने अधिकार थिएन। कुनै महिलाको पतिको मृत्यु भयो भने उसलाई पतिको साथमा चितामा जलाइन्थ्यो, किनभने उसको लागि बाँच्नु भन्दा पतिको साथमा सती जानु अथवा जलाइनु उत्तम मानिन्थ्यो। अर्कोतिर इसाई र यहूदी धर्ममा महिलालाई निम्न स्तरको मानिन्थ्यो, उनीहरूलाई दुष्ट, अनैतिक, अपवित्र र पापको जरो भन्ने आरोप लगाइन्थ्यो। उनीहरूको यो धारणा र व्यवहार उनीहरूको धार्मिक पुस्तकहरू र धार्मिक सम्मेलन आदिबाट लिइएको थियो, अनि पादरी र पुजारीहरू र चर्चद्वारा यसलाई समर्थन थियो।
आधुनिक युगमा, विश्वास, विचार र सिद्धान्तहरूको एक समूह देखा परेको छ, जसले महिलाहरूको सम्बन्धमा समाजहरूको विचार, धारणा र व्यवहारलाई धेरै प्रभावित गरेको छ र प्रभाव पार्ने कार्य जारी छ।
१- आधुनिकता र आधुनिकता पछि
आधुनिकताले मानिसलाई ब्रह्माण्डको केन्द्र बनाउँछ र वह्यी (ईशवाणी) ले उसको स्वतन्त्रता स्थापित गर्छ। उसको आफ्नो दिमाग र ज्ञानको क्षमता अनुसार आफ्नो वातावरण र ब्रह्माण्डको व्याख्या प्रदान गर्न सक्षम हुन्छ। त्यसपछि आएका अधिकांश विचार, धारणा र विश्लेषणहरू आधुनिकताबाट उत्पन्न भएका हुन् ।
२- तर्कसङ्गतता
मानिसलाई ब्रह्माण्डको केन्द्र मानेर यो मनको उच्चता र यसको स्तर हो।
३- स्वतन्त्रता र व्यक्तित्व
यसको अर्थ मानव अधिकारलाई महत्त्व दिँदै, आफ्ना नागरिक मामिलाहरूका परिणामको फैसला आफ्नो लागि उपयुक्त ठाने अनुसार गर्नु हो।
यो त्यस्तो सिद्धान्त हो, जसले मानिसको उत्पत्ति जीव विकाशको क्रममा लाखौँ वर्षमा विभिन्न चरणहरू पार गर्दै भएको हो, यसरी विभिन्न चरणहरू पार गरेर मानव बनेको हो।
५- महिला स्वतन्त्रता
महिला स्वतन्त्रताको विचार युरोपमा प्रकट भएको थियो, जहाँ महिलाहरू हरेक किसिमका दमन र अत्याचारमा पिल्सिएका थिए। त्यसैले उनीहरूले पुरानो विरासतबाट स्वतन्त्रता र मुक्तिको नारा लगाए। त्यहाँ महिलाहरूले धेरै मानवीय, सामाजिक, राजनीतिक र आर्थिक अधिकारहरू प्राप्त गरे, तर ती मागहरूलाई व्यवस्थित र सही तरिकाले सम्बोधन गर्न धार्मिक वा नैतिक नियन्त्रण थिएन, त्यसैले तिनिहरू अन्याय र उत्पीडनबाट मुक्त हुनुको साटो धार्मिक विचारधारा, नियम, मूल्य र मान्यताबाट पनि मुक्तिको आह्वानमा परिवर्तन भए। यी सबै कुराहरू पितृसत्तात्मक सत्ताबाट मुक्तिको बहानामा भए।
धर्मनिरपेक्षता र महिला मुक्ति
महिला मुक्तिको अवधारणासँग जोडिएका विचार र आह्वानहरू मध्ये: धर्मलाई जीवनका सबै पक्षहरूबाट अलग गर्ने, र धर्मनिरपेक्षतालाई जीवन प्रणाली तथा सिद्धान्तको रूपमा लागू गर्नु हो। यस अवधारणालाई धर्मनिरपेक्षतासँग जोडिएको छ, जसले यसको आकाङ्क्षा तथा उद्देश्यमा बाधा पुर्याउने सबै कुराबाट मुक्तिको आह्वान गर्दछ। विशेष गरी धार्मिक नियन्त्रण र शिक्षाहरू।
यसको अर्थ जीवनका मामिलाहरूको व्यवस्थापनसँग सम्बन्धित सबै कुराहरूलाई धर्मबाट अलग गर्नु हो, र जीवनका विभिन्न क्षेत्रहरू, जस्तै- राजनीतिक, आर्थिक, सामाजिक र अन्य मामिलाहरूमा मानव अभ्यासहरूको अवधारणाको रूपमा मानवबाट सुरु गर्नु हो।
७- लैङ्गिक समानता
यो आह्वान मुख्य रूपले शिक्षा, काम, नागरिक, राजनीतिक र अन्य अधिकारहरूमा पुरुष र महिला बीचको समानता र महिला विरुद्ध हुने सबै प्रकारका भेदभावहरूको उन्मूलनमा आधारित छ। तर समान अधिकारका मागहरू आफ्नो आधारभूत सन्दर्भबाट बाहिर गएर महिला र पुरुष बीचको भिन्नता र विभेदप्रति असंवेदनशील हुन पुग्यो र दुबै बीच सम्झौताको आह्वान बन्यो।
महिला मुक्ति र लैङ्गिक समानताको लागि आह्वान गर्ने विचारलाई "नारीवादी विचार" भनिन्छ। यस विचारबाट धेरै बौद्धिक, राजनीतिक, सामाजिक र अन्य गतिविधिहरू अभ्यास गर्ने आन्दोलनहरू उत्पन्न भएका छन्। नारीवादी विचारले यसका विभिन्न गतिविधिहरूको साथसाथै, समाजमा धेरै विचारहरू र अभ्यासहरूलाई सुदृढ गर्ने प्रयास गरेको छ।
नारीवादी विचारका सिद्धान्तहरू
सन्धि (CEDAW)
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्न सन् १९७९ मा संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको अन्तर्राष्ट्रिय सन्धिलाई अनुमोदन गर्ने देशहरूमार्फत महिला अधिकारका संस्थाहरू र नारीवादी सङ्गठनहरूले राजनीतिक समर्थन प्राप्त गर्न खोजेका थिए, जुन CEDAW सन्धि हो।
CEDAW को सार
यो सम्झौता विभिन्न क्षेत्रहरू, जस्तै- राजनीतिक, आर्थिक, सामाजिक, कानुनी, गणितिय आदि क्षेत्रहरूमा पुरुष र महिला बीचको पूर्ण समानता र बराबरीमा आधारित छ। यो एउटा त्यस्तो सिद्धान्त हो जुन शुद्धताको विपरीत, आकाशिय ग्रन्थ तथा ईश्वरीय नियमको विपरीत, कुर्आन र सुन्नतद्वारा स्पष्ट शुद्ध विवेकद्वारा समर्थित तथा धार्मिक प्रवृतिद्वारा स्थापित विषयहरूको पनि विरुद्ध छ। आकाशिय ग्रन्थ विरुद्ध भएको कुरा कुर्आनका निम्न भनाइहरूबाट प्रमाणित हुन्छः {وَلَيْسَ الذَّكَرُ كَالْأُنْثَى} [آل عمران: 36]، अर्थः “छोरी छोरा जस्तो हुन सक्दैन” (सूरह आले इमरानः ३/ ३६) कुर्आनको अर्को भनाइ- {الرِّجَالُ قَوَّامُونَ عَلَى النِّسَاءِ} [النساء: 34] अर्थः “पुरुष महिलाका संरक्षक तथा संवर्धक हुन्।” (सूरतुन्-निसाः ४/ ३४) कुर्आनको अर्को भनाइः {وَلِلرِّجَالِ عَلَيْهِنَّ دَرَجَةٌ} [البقرة: 228]، अर्थः “पुरुषहरूलाई महिलाहरूमाथि प्रधानता छ।” (सूरतुल्-बकरः २/ २२८) रहयो कुरा सुन्नतको विपरीत त यसको लागि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको यो भनाइ हेर्नुहोस्- रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “तिमीहरू सबै हाकिम (संरक्षक) हौ, तिमीहरू सबैसँग तिमीहरूको अधीन (संरक्षण) मा भएकाहरूको बारेमा सोधिनेछ। इमाम पनि हाकिम हो, ऊ सँग उसका अधीन रहने व्यक्तिहरूको बारेमा सोधिनेछ, प्रत्येक पुरुष आफ्नो घरको हाकिम हो, ऊ सँग उसको घरवालाहरूको बारेमा सोधिनेछ, पत्नी आफ्नो पतिको घरको हाकिम हो, ऊ सँग उसको अधीन (घरमा) भएकाहरूको बारेमा सोधिनेछ।” (बुखारीः ८९३, मुस्लिमः १८२९) रहयो कुरा उनीहरू बीच समझदारीमा तय भएको कुरामा विरोधको सन्दर्भ, त यसलाई धेरै व्याख्याको आवश्यकता छैन। किनभने यो स्पष्ट छ कि शारीरिक र मनोवैज्ञानिक संरचनामा भिन्नताहरूले क्षमता र जीवनका कार्यहरूमा भिन्नता ल्याउँछ, हुबहु पूर्ण समानता र समरूपता प्राप्त गर्नु नारी र पुरुषको सृष्टिको उत्पत्तिको विपरीत हो।
CEDAW अनि पुरुष र महिला बीच दुस्मनी
CEDAW र नारीवादी आन्दोलनहरूले पुरुष र महिला बीचको सम्बन्धलाई प्रतिस्पर्धा र ऐतिहासिक द्वन्द्वको सम्बन्धको रूपमा चित्रण गर्दछ, जुन उनीहरूले अन्त्य गर्न चाहन्छन् र त्यो प्राप्त गर्ने तरिका पुरुष र महिला बीचको पूर्ण समानता हो । त्यस्तो समानता जहाँ पुरुषहरूका लागि कुनै अतिरिक्त विशेषता तथा लाभ छ भने त्यो महिलाको अनुसार हुनुपर्छ भन्ने दाबीको साथ, तर यो सङ्कुचित सोच हो। एक पुरुष र एक महिला बीचको सम्बन्ध प्रतिस्पर्धा र शत्रुताको होइन, पूरक र सहयोगको हो । जीवनलाई समृद्ध बनाउन एक आपसमा चिनजान, स्नेह, माया ममता, दया र सदभावको आवश्यकता छ र यी प्रत्येक कुराहरूमा बराबरीको भूमिका हुनुपर्छ। अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا النَّاسُ إِنَّا خَلَقْنَاكُمْ مِنْ ذَكَرٍ وَأُنْثَى وَجَعَلْنَاكُمْ شُعُوبًا وَقَبَائِلَ لِتَعَارَفُوا إِنَّ أَكْرَمَكُمْ عِنْدَ اللَّهِ أَتْقَاكُمْ إِنَّ اللَّهَ عَلِيمٌ خَبِير} [الحجرات: 13]، अर्थः “हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटा पुरुष र एउटी स्त्रीबाट सृष्टि गर्यौं अनि तिमीलाई समुदाय, थर र कबिलाहरू (गोत्रहरू) को रूप दियौं, ताकि तिमीले एक अर्कालाई चिन्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित त्यो हो, जो तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्नुहुन्छ एवम् उहाँ सर्वज्ञ हुनुहुन्छ ।” (सूरतु हुजुरातः ४९/ १३) अर्को आयतमा भन्नुभएको छः {وَمِنْ آيَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنْفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ} [الروم: 21]، अर्थः “अनि यो पनि उहाँको निसानीहरू मध्येको हो कि उहाँले तिम्रै सहजातिबाट तिम्रो लागि जोडी (पत्नी) सृष्टि गर्नुभयो। ताकि तिमी उनीबाट आराम (सन्तुष्टि) प्राप्त गर र अनि उहाँले तिम्रोबीच प्रेम र सहानुभूति सृष्टि गर्नुभयो, निःसन्देह सोच विचार गर्नेहरूका लागि यसमा धेरै निसानीहरू छन्। (सूरतु रूमः ३०/ २१) यसको साथसाथै जीवनका भूमिकाहरूमा भिन्नता, अन्याय वा पक्षपात बिना अधिकार र कर्तव्यहरूमा भिन्नता चाहिन्छ। किनभने प्रत्येक अतिरिक्त कर्तव्यको बदलामा एक अतिरिक्त अधिकारसँग छ, यही नै न्याय हो।
के इस्लामिक शरिअत (कानुन) ले पुरुष र महिला बीच समानताको आह्वान गर्छ?
इस्लामिक शरिअत (कानुन) ले मानव उत्पत्ति र सृष्टिको मर्यादामा, जिम्मेवारी र भरोसा बोक्ने मामिलामा, सांसारिक र परलोकको प्रतिफल प्राप्तिको मामिलामा, प्रत्येकको आफ्नो अधिकारको हकमा, उपासना र कर्मकाण्डहरूमा, कानुनको पालना गर्नमा र उच्चता एवम् नैतिकतामा पुरुष र महिला दुबै समान छन् भनि व्यवस्था गरेको छ। त्यसपछि शरिअतले तिनिहरूको शारीरिक र मनोवैज्ञानिक संरचनामा भिन्नताको कारण; तिनिहरू बीच सकारात्मक भिन्नताको निर्णय गर्दछ। शारीरिक कमजोरीको कारण महिलालाई जिहाद गर्नुपर्दैन, शारीरिक भिन्नताको कारण महिनावारी र सुत्केरी हुँदा नमाज र रोजा (व्रत) नबस्न छुट दिएको छ, नमाज त माफ नै गरिएको छ। महिला जतिसुकै धनी भएपनि ऊ माथि पारिवारिक खर्चको जिम्मेवारीको बोझ अनिवार्य गरेको छैन। अर्कोतिर पुरुषमाथि जिहाद अनिवार्य गरेको छ र पत्नी तथा सन्तानहरूको खर्चको जिम्मेवारी यसरी अनिवार्य गरेको छ कि यदि उसले तिनिहरूको खर्चको जिम्मेवारी इन्कार गर्छ वा वास्ता गर्दैन भने उसलाई सजाय दिइनेछ। त्यसैले पुरुष र महिला बीच कसैलाई एउटा कुरामा धेरै अधिकार दिइएको छ भने अर्कोलाई अर्को कुरामा धेरै अधिकार दिइएको छ, कसैलाई कुनै कुरामा छुट दिइएको छ भने कसैलाई अर्को कुरामा। यही नै वास्तविक न्याय हो।
विरासतमा इस्लामिक शरिअत (कानुन) को न्याय
इस्लामिक कानुनमा उत्तराधिकारको सम्बन्धमा महिलालाई कुनै अन्याय छैन। किनभने कहिलेकाहीँ महिलाले पुरुषको हिस्सा भन्दा कम लिन्छन्, भने कहिले उसको हिस्सा बराबर, त कहिले उसको हिस्सा भन्दा बढी पनि पाउँछन् । कहिलेकाहीँ महिलाले उत्तराधिकार पाउँछन् भने कहिले पुरुषले उत्तराधिकार पाउँदैनन्। यी सबै कुराहरूको पछाडी कैयौँ रहस्य र तत्वर्शिताका कुराहरू छन्, जसको पूर्ण ज्ञान अल्लाहलाई मात्र छ, अनि यी सबै कुराहरूको स्पष्टीकरण विद्वानहरूका पुस्तकहरूमा पनि पाउन सकिन्छ।
इस्लामिक शरिअतमा महिलालाई सम्मानको एउटा उदाहरण
इस्लामिक शरिअतले महिलालाई सुरक्षा र सम्मान प्रदान गरेको छ। अल्लाहले भन्नुभएको छः {مَنْ عَمِلَ سَيِّئَةً فَلَا يُجْزَى إِلَّا مِثْلَهَا وَمَنْ عَمِلَ صَالِحًا مِنْ ذَكَرٍ أَوْ أُنْثَى وَهُوَ مُؤْمِنٌ فَأُولَئِكَ يَدْخُلُونَ الْجَنَّةَ يُرْزَقُونَ فِيهَا بِغَيْرِ حِسَابٍ} [غافر: 40]، अर्थः “जसले नराम्रो कर्म (पाप) गर्नेछ, त्यसको प्रतिफल पनि उसले त्यस्तै पाउनेछ र जसले असल काम गरेको छ, ऊ चाहे पुरुष होस् वा स्त्री अनि त्यो ईमानवाला (आस्थावान) पनि छ, त यस्ता मानिसहरू जन्नत (स्वर्ग) मा प्रवेश पाउने छन्, र त्यहाँ उनीहरूलाई असीमित जीविका प्राप्त हुनेछ।” (सूरतु गाफिरः ४०/ ४०) अल्लाहको नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “महिलाहरू पनि (शरई मामिलामा) पुरुषहरू जस्तै हुन्।” (तिर्मिजीः ११३) महिलाको अभिभावक (पिता वा पति) उनको आवास, रेखदेख, पालनपोषण र आवश्यक खर्चको लागि जिम्मेवार छन्, उनीहरूले यो जिम्मेवारी उठाउनै पर्छ। तर महिलालाई एक रुपैयाँ पनि खर्च गर्न बाध्य पार्न मिल्दैन, चाहे जतिसुकै धनी किन नहोउन्, तर उनीहरूले स्वेच्छाले राजीखुसी खर्च गर्छन् भने अर्कै कुरा हो। महिला पनि पुरुष सरह आफ्नो व्यक्तिगत सम्पत्तिको एकलौटी मालिक हुन्छन्, त्यस सम्पत्तिमा पिता वा पति कसैको पनि अधिकार हुँदैन। महिलालाई आफ्नो सम्पत्तिबाट खरिद बिक्री गर्ने अधिकार छ। ठेक्का पट्टा, साझेदारी, धितो, विभाजन, स्वीकृति, ग्यारेन्टी, मेलमिलाप र अन्य सम्झौताहरूका दायित्व निर्वाह गर्ने अधिकार पनि छ।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.