Model: हालको खण्ड
पाठ मुस्लिम महिलाको पोसाक तथा पहिरन
पोसाक अथवा लुगाहरू मानिसहरूको लागि अल्लाह तआलाको तर्फबाट ठूलो वरदान हो। यसबाट मानिसले आफ्नो शरीरलाई ढाक्छ र गर्मी तथा चिसो आदिबाट आफूलाई बचाउँछ अनि साथसाथै यो शरीरको शोभा र सौन्दर्य पनि हो। अल्लाहले भन्नुभएको छः {يَا بَنِي آدَمَ قَدْ أَنْزَلْنَا عَلَيْكُمْ لِبَاسًا يُوَارِي سَوْآتِكُمْ وَرِيشًا وَلِبَاسُ التَّقْوَى ذَلِكَ خَيْرٌ ذَلِكَ مِنْ آيَاتِ اللَّهِ لَعَلَّهُمْ يَذَّكَّرُونَ} [الأعراف: 26]. अर्थः “हे आदमका सन्तान ! हामीले तिम्रलागि पोसाक बनायौं, ताकि त्यसबाट तिम्रा गुप्ताङ्गहरू ढाकियोस् अनि तिम्रो शरीरको रक्षा र शोभा पनि होस् । उत्तम पोसाक सत्यनिष्ठता (तक्वा) नै हो। यो अल्लाहका निसानीहरूमध्ये एक हो, ताकि यसबाट मानिसहरूले याद गरुन्। (सूरतुल्-आराफः ७/ २६) लुगा तथा पोसाकहरूमा केही यस्ता छन्, जो हरेक पुरुष र महिलाको लागि आवश्यक छ, जसबाट उनीहरूले आफ्ना गुप्तांगहरू ढाक्छन्। अनि केही पोसाक यस्ता छन्, जो विवाह, ईद, आदि जस्ता अवसरहरूको लागि सजावट र सौन्दर्यको लागि लगाउने गरिन्छ।
महिलाको पोसाक तथा लुगा सम्बन्धी शरई नियमहरूले ठूलो भूमिका निर्वाह गर्छ। यसले महिलाको गोपनीयताको रक्षा, पुरुषको नजरबाट सुरक्षा र खराब नियत तथा कुदृष्टि राख्ने व्यक्तिका कार्य र शब्दहरूबाट पनि सुरक्षा प्रदान गर्दछ। इस्लामिक पोसाकले महिलाहरूलाई शान्ति, सन्तोष, प्रतिष्ठा र मर्यादा पनि प्रदान गर्छ। यी सबै कुराहरूभन्दा पनि महत्त्वपूर्ण कुरा इस्लामिक पोसाकको पालन गरेर महिलाहरूले सर्वशक्तिमान् अल्लाहप्रति आफ्नो दासता, भक्ति र विनम्रताको पनि घोषणा गर्छन्। जसबाट उहाँका आज्ञाहरू पालन गरेर र उहाँद्वारा निषेध गरिएका कुराहरूबाट बचेर उहाँको आशीष, दया, कृपा र उत्तम प्रतिफलको हकदार पनि बन्छन्।
समाजको स्तरमा हेर्ने हो भने पनि महिलाको शरई पोशाक वा हिजाबले सम्पूर्ण समाजलाई फित्ना तथा फसादबाट जोगाउँछ र उसका सबै सदस्यहरूको लागि स्थिरता र सुरक्षा कायम गर्दछ। यदि फित्ना तथा फसादहरू देखा पर्छन् भने, तिनीहरूले समाजलाई र यसका सबै पक्षहरू सहित पुरुष र महिलाहरूलाई पनि नष्ट गर्दछ। यसरी परिवारको अवस्था, स्थिरता र शान्ति डगमगाउन पुग्छ र कहिलेकाहीँ त चकनाचूर हुनजान्छ। यस्ता घटनाहरू धेरै देशहरूमा भएका छन्।
मुस्लिम महिलाका लागि हिजाबका सर्तहरू
१- शरीरलाई ढाक्नु
अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا النَّبِيُّ قُلْ لِأَزْوَاجِكَ وَبَنَاتِكَ وَنِسَاءِ الْمُؤْمِنِينَ يُدْنِينَ عَلَيْهِنَّ مِنْ جَلَابِيبِهِنَّ ذَلِكَ أَدْنَى أَنْ يُعْرَفْنَ فَلَا يُؤْذَيْنَ وَكَانَ اللَّهُ غَفُورًا رَحِيمًا} [الأحزاب: 59]، अर्थः “हे नबी ! आफ्ना पत्नीहरू र आफ्ना छोरीहरू र ईमानवाली स्त्रीहरूसँग भन्नुहोस्- तिनीहरूले आफूमाथि आफ्ना च्यादर हाल्ने गरुन्। यसबाट छिटै उनीहरूको (भद्रताको) पहिचान हुनेछ अनि उनीहरूले दुःख भोग्नु पर्दैन र अल्लाह बडो क्षमाशील, दयावान् हुनुहुन्छ। (सूरतु अहजाबः ३३/ ५९) अनुहार र हत्केला ढाक्ने सम्बन्धमा धर्मविद्हरूमा मतभेद छ। कसैले पुरै शरीर ढाक्नु अनिवार्य छ भनेका छन् भने कसैले पुरै शरीर ढाक्नु उत्तम हो भनेका छन्। तर अनुहार र हातहरू बाहेक पुरै शरीर ढाक्नु अनिवार्य छ भन्ने विषयमा कुनै मतभेद छैन।
२- हिजाब आफैमा कुनै शृङ्गारको पोसाक जस्तो नहोस्।
हिजाब आफैमा शृङ्गारको पोसाक नहोस् अथवा देखावटी शृङ्गार नहोस् भन्ने सम्बन्धमा अल्लाहको यो भनाइले सङ्केत गर्छः {وَلَا يُبْدِينَ زِينَتَهُنَّ} [النور: 31]. अर्थः “अनि उनीहरूले आफ्नो शृङ्गार प्रदर्शन नगरुन्।” (सूरतुन्-नूरः २४/ ३१)
३, ४- हिजाबको लुगा मोटो र ढिलो होस्।
नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “दुई किसिमका नर्कबासीलाई मैले देखेको छैन, (ती पछि हुनेछन्।) एउटा गाईका पुच्छरहरू जस्तै कोर्राहरू भएका हुनेछन्, जसबाट तिनिहरूले मानिसहरूलाई पिट्नेछन्। अर्को ती महिलाहरू जसले लुगा त लगाएका हुनेछन्, तर नाङ्गो हुनेछन्। मानिसहरूलाई आफूतिर आकर्षित गर्ने र स्वयम् तिनिहरूतिर आकर्षित हुनेछन्। त उनीहरूको शिर तेज रफ्तार ऊँटको झुकेको काँध (कोहान) जस्तो हुनेछ। त्यसता महिलाहरू जन्नतमा जान पाउने छैनन्, यहाँसम्म कि त्यसको सुगन्ध समेत सुँघ्न पाउने छैनन्। यद्यपि त्यसको सुगन्ध धेरै टाढाबाट आएको हुनेछ।” (मुस्लिमः २१२८) त्यसैगरी उसामा बिन् जैद रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मलाई अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले किब्तिया (मिश्रमा बनेको सुतीको) लुगा पहिराउनु भयो। त्यो लुगा दिहिया कल्बीले उहाँलाई उपहारमा दिएका थिए। मैले त्यो लुगा मेरी पत्नीलाई लगाउन दिए। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमे भन्नुभयोः “किन, तिमीले त्यो किब्तिया लुगा लगाएनौ? मैले भनेः हे अल्लाहको रसूल ! मैले त्यो मेरी पत्नीलाई लगाउन दिएँ। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः आफ्नी पत्नीलाई त्यस लुगाको भित्र (मुनि) अस्तर हाल्न भन, किनभने त्यो लुगाले उसका हड्डीहरूको आकार बयान गर्नेछ भन्ने मलाई डर लाग्छ।” (मुस्नद अहमदः २१७८६)
५- हिजाब सुगन्धित र धुनीको बास्ना आउने नहोस्।
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “कुनैपनि महिलाले सुगन्ध लगाएर मानिसहरूको पासबाट हिँडछन्, ताकि मानिसहरूले उसको सुगन्ध सँघुन्, त त्यो महिला व्यभिचारीणी हो।” (सुनन नसनईः ५१२६)
६- महिलाको हिजाब पुरुषको पोसाक जस्तो नहोस्।
इब्ने अब्बास रजियल्लाहु अन्हुमाले बयान गर्नुभएको छः “अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले महिलाको अनुरुपता अथवा रुप धारण गर्ने पुरुष र पुरुषको जस्तो रुप धारण गर्ने महिलालाई धिक्कार (लानत) गर्नुभएको छ।” (बुखारीः ५८८५)
७- मुश्रिक तथा काफिर महिलाहरूको विशेष पहिचान झल्काउने पोसाक जस्तो नहोस्।
इस्लामिक शरिअतमा स्थापित गरिएको छ कि मुस्लिम पुरुष र महिलाले मुश्रिक तथा काफिर महिलाहरूका पर्वहरूका विशेष पोसाक तथा विशेष पहिचान दर्साउने लुगाहरूको नक्कल गर्नु जायज छैन। किनभने अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जसले कुनै समुदायको अनुकरण गर्छ, त्यो तिनिहरू मध्यको हो।” (अबू दाउदः ४०३१, हसन सहीह)
८- हिजाब प्रसिद्ध हुने उद्देश्यले बनाइएको पोसाक नहोस्।
हिजाब प्रसिद्ध हुने उद्देश्यले बनाइएको हुनुहुन्न। किनभने अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जसले यस संसारमा प्रसिद्ध लुगा लगाउँछ, अल्लाहले कयामतको दिन उसलाई अपमानको लुगा लगाइ दिनुहुनेछ र त्यसमा आगो बाल्नुहुनेछ ।” (इब्ने माजाः ३६०७, हसन) प्रसिद्ध लुगाको तात्पर्य मानिसहरूको माझमा प्रसिद्ध हुने उद्देश्यले लगाइने सबै किसिमका लुगाहरू हुन्।
अघिल्ला सर्तहरू मुस्लिम महिलाहरूको पहिरनमा तब लागू हुन्छन् जब उनी घरबाट बाहिर निस्कन्छन्, वा जब उनी आफ्ना महरमहरू बाहेक अन्य पुरुषहरूको उपस्थितिमा हुन्छन्। आफ्ना महरमहरूका अगाडि वा अन्य महिलाहरूलाई भेट्दा यी सर्तहरू लागू गर्नु उनको लागि अनिवार्य छैन। यस अवस्थामा, विशेष नियन्त्रणहरूको अधीनमा, अत्तर लगाउने र केही शृङ्गार प्रदर्शन गर्न अनुमति छ।
शृङ्गार प्रदर्शन (तबर्रुज)
शृङ्गार प्रदर्शन भनेको महिलाले इस्लामिक शरिअतले ढाकछोप गर्न आदेश दिएका आफ्ना सजावट र सौन्दर्यलाई परपुरुष तथा गैर-महरम व्यक्तिहरूको सामु प्रदर्शन गर्नु हो।
मुस्लिम महिलाले पहिरनको मामिलामा आफ्नो वरपरका निम्नलिखित मानिसहरूलाई ख्याल गर्नुपर्छ।
अपरिचित (गैर-महरम) को सामने मुस्लिम महिलाको पहिरन।
यो त्यही इस्लामिक शरई हिजाब हो, जो अल्लाह र उहाँको रसूल सल्लल्लाहु अलैहि वसल्लमले आदेश दिनुभएको छ। जसको सर्तहरूको बारेमा अघि नै उल्लेख भइसकेको छ।
पुरुष महरमको सामु मुस्लिम महिलाको पहिरन।
मुस्लिम महिलाले पुरुष महरमको सामु साधारणतया देखिने अङ्गहरू जस्तैः गर्धन, कपाल, हात, खुट्टा र अनुहार आदि। बाहेक पुरै शरीर पर्दा गर्नु अनिवार्य छ। अल्लाहले भन्नुभएको छः {وَقُلْ لِلْمُؤْمِنَاتِ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ وَيَحْفَظْنَ فُرُوجَهُنَّ وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا مَا ظَهَرَ مِنْهَ وَلْيَضْرِبْنَ بِخُمُرِهِنَّ عَلَى جُيُوبِهِنَّ وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ أَوْ آبَائِهِنَّ أَوْ آبَاءِ بُعُولَتِهِنَّ أَوْ أَبْنَائِهِنَّ أَوْ أَبْنَاءِ بُعُولَتِهِنَّ أَوْ إِخْوَانِهِنَّ أَوْ بَنِي إِخْوَانِهِنَّ أَوْ بَنِي أَخَوَاتِهِنَّ} [النور: 31]. अर्थः “अनि मोमिन महिलाहरूलाई भन्नुस्- उनीहरूले पनि आफ्ना दृष्टिहरू तल राख्ने गरुन् र आफ्नो सतीत्वको रक्षा गरुन्, तथा आफ्नो शृङ्गार प्रकट नगरुन्, त्यसबाहेक जुन खुला रहन्छ, अनि आफ्नो वक्षस्थललाई दुपट्टाहरूले छोपेर ढाकुन् र आफ्नो शृङ्गार कसैको सामु प्रकट नगरुन्। सिबाय आफ्ना पति वा आफ्नो बुबा वा आफ्नो पतिको बुबा (ससुरा) वा आफ्नो छोराहरू वा आफ्नो पतिको छोराहरू वा आफ्ना साक्खै भाइहरू वा भाइका छोराहरू (भदैहरू) वा दिदी-बहिनीका छोराहरू (भतिजाहरू) सँग।” (सूरतुन्-नूरः २४/ ३२)
अन्य मुस्लिम महिलाको सामु मुस्लिम महिलाको पहिरन।
मुस्लिम महिलाले अन्य मुस्लिम महिलाको सामु पनि पुरुष महरमको सामु झैं साधारणतया देखिने अङ्गहरू जस्तैः गर्धन, कपाल, हात, खुट्टा र अनुहार आदि, बाहेक पुरै शरीर पर्दा गर्नुपर्छ। अल्लाहले भन्नुभएको छः {وَقُلْ لِلْمُؤْمِنَاتِ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ وَيَحْفَظْنَ فُرُوجَهُنَّ وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا مَا ظَهَرَ مِنْهَ وَلْيَضْرِبْنَ بِخُمُرِهِنَّ عَلَى جُيُوبِهِنَّ وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ أَوْ آبَائِهِنَّ أَوْ آبَاءِ بُعُولَتِهِنَّ أَوْ أَبْنَائِهِنَّ أَوْ أَبْنَاءِ بُعُولَتِهِنَّ أَوْ إِخْوَانِهِنَّ أَوْ بَنِي إِخْوَانِهِنَّ أَوْ بَنِي أَخَوَاتِهِنَّ أَوْ نِسَائِهِنَّ} [النور: 31]، अर्थः “अनि मोमिन महिलाहरूलाई भन्नुस्- उनीहरूले पनि आफ्ना दृष्टिहरू तल राख्ने गरुन् र आफ्नो सतीत्वको रक्षा गरुन्, तथा आफ्नो शृङ्गार प्रकट नगरुन्, त्यसबाहेक जुन खुला रहन्छ, अनि आफ्नो वक्षस्थललाई दुपट्टाहरूले छोपेर ढाकुन् र आफ्नो शृङ्गार कसैको सामु प्रकट नगरुन्। सिबाय आफ्ना पति वा आफ्नो बुबा वा आफ्नो पतिको बुबा (ससुरा) वा आफ्नो छोराहरू वा आफ्नो पतिको छोराहरू वा आफ्ना साक्खै भाइहरू वा भाइका छोराहरू (भदैहरू) वा दिदी-बहिनीका छोराहरू (भतिजाहरू) वा आफ्नो मेलजोलका स्त्रीहरू सँग।” (सूरतुन्-नूरः २४/ ३२) (أو نسَائِهِنَّ): को तात्पर्य अन्य मुस्लिम महिलाहरू पनि हुन्।
यहूदी, नसारा तथा गैर मुस्लिम महिलाहरूको अगाडि उनको पहिरन।
मुस्लिम महिलाले यहूदी, नसारा तथा गैर-मुस्लिम महिलाको सामु पनि अन्य मुस्लिम महिलाको सामु झैं साधारणतया देखिने अङ्गहरू जस्तैः गर्धन, कपाल, हात, खुट्टा र अनुहार आदि, बाहेक पुरै शरीर पर्दा गर्नुपर्छ। किनभने यहूदी र नसारा महिलाहरू उम्महातुल् मुमिनीन् (नबी सल्लल्लाहु अलैहि वसल्लमका पत्नीहरू) को पासमा आउथे, त्यसबेला नबी सल्लल्लाहु अलैहि वसल्लमले उहाँहरूलाई अनुहार, कपाल, हात, खुट्टा लगायत पुरै पर्दा गर्ने आदेश दिएको कुरा कतै वर्णन भएको पाइँदैन।
वैध (हलाल) र अवैध (हराम) को दृष्टिकोणले महिलाको पहिरन र शृङ्गारका किसिमहरू।
महिलाको वैध (हलाल) पहिरन र शृङ्गार।
पहिरन र शृङ्गारको बारेमा आधारभूत सिद्धान्त यो हो कि इस्लामिक शरिअतले निषेध गरेको बाहेक सबै वैध छन्। मुस्लिम महिलाले सबै प्रकारका कपडाहरू, सबै रङ र सबै प्रकारका वस्त्रहरू लगाउन र सबै प्रकारका वैध श्रृंगारहरू, जस्तैः गहना, अत्तर र सौन्दर्य साधनहरूले आफूलाई सजाउन अनुमति छ, तर सर्त यो छ कि त्यसबाट उनलाई कुनै किसिमको हानि नहोस्, अनि गैर मुस्लिम महिलाहरूको कुनै विशेष धार्मिक पहिचान जनाउने लुगा नहोस् र त्यसलाई बनाउन निषेधित सामाग्रीहरू जस्तैः सुँगुरको बोसो, रक्सी आदि, जस्ता चीजहरू प्रयोग नगरिएको होस्।
अनुमति प्राप्त (मुस्तहब) पहिरन र शृङ्गार।
यसको तात्पर्य इस्लामिक शरिअतले छुट दिएका सबै किसिमका लुगाहरू, पहिरनहरू र शृङ्गारहरू हुन्। त्यसैगरी यसमा ती सबै किसिमका लुगा, पहिरन र शृङ्गारहरू पर्छन्, जसको उपयोग महिलाले आफ्नो पतिलाई खुसी पार्न वा पतिको माया ममताको लागि गर्छन्, तर सर्त यो छ कि ती कपडाहरू अवैध चीजहरूबाट बनेका वा लगाउन निषेध गरिएका नहोऊन्।
अवैध (हराम) पहिरन र शृङ्गार।
यसको तात्पर्य इस्लामिक शरिअतले निषेध गरेका सबै किसिमका लुगाहरू, पहिरनहरू र शृङ्गारहरू हुन्, चाहे शरिअतले हराम भएको स्पष्ट प्रमाण दिएको होस् वा इस्लामिक शरई कानुनको उल्लङ्घन हुने किसिमका पहिरन तथा शृङ्गार होऊन्, जसबाट बच्ने इस्लामले आदेश दिएको होस्। जस्तैः यहूदी र नसाराको अनुसरण गर्नु, पुरुषको अनुरूपता अपनाउनु, आदि।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.