Model: हालको खण्ड
पाठ इस्लाममा मिरास (पैतृक सम्पत्ति बाँडफाँट)
सम्पत्तिमा वारिस (उत्तराधिकारी) बनाउनु विश्वव्यापी मानव नियम हो। नयाँ पुराना हरेक युग र समयमा मानिसहरूले वारिस बनाएका छन्। मालिक बन्ने र त्यसतर्फ आकर्षित हुने चाहना मानिसको प्राकृतिक स्वभाव अनुसार पनि उचित हो। मानिस मरेपछि त्यस मृतकको माल खर्च गर्ने र सम्हाल्ने समस्यालाई वारिसको व्यवस्थाले सहजै समाधान गर्छ।
इस्लामिक शरिअतमा मिरास (विरासत) सम्बन्धी धेरैजसो कुराहरू समेटिएको हुँदा यो पैतृक सम्पत्ति बाँडफाँटको मामिलामा वारिस बन्ने र वारिस बनाउने दुबैको हकमा सबैभन्दा उत्तम व्यवस्था मानिन्छ। इस्लामले वारिसको मामिलामा प्रत्येकको हिस्सालाई स्पष्ट नियमको साथ व्यवस्थित गरेको छ। इस्लाममा मिरासका खास विशेषताहरू हुन्- विस्तृत रूपमा प्रत्येकको हिस्सा बयान गरिनु, विरासतको विषयमा परिवार र नातेदारहरू बीच हुन सक्ने सम्भाव्य झगडाको माध्यमलाई समाधान गर्नु, जसबाट प्रत्येक वारिस (उत्तराधिकारी) लाई अल्लाहद्वारा निर्धारित गरिएको आफ्नो भागको बारेमा स्पष्ट जानकारी हुन्छ र अल्लाहको निर्णयमा उनीहरू राजीखुसी र सन्तुष्ट हुन्छन्। त्यसैगरी मिरासको व्यवस्थाले प्रत्येक हकदार वारिसको हकको सुरक्षा हुन्छ। जसको कारण मानिसहरूले गर्न सक्ने छलकपट वा मनमानीबाट मन परेको व्यक्तिलाई दिने र मन नपरेको व्यक्तिलाई नदिने व्यवहारको लागि मौका मिल्दैन, अनि लडाइ र झगडाको कारक पनि बन्न दिँदैन।
मिरास (विरासत) का आधारहरू
विरासत दिने वाला भनेको मृतक हो, मृतक स्वयंले नदिए पनि मृतकले छोडेको सम्पत्तिलाई बाँडफाँट गरी त्यसको स्वामित्व अरूलाई दिइन्छ।
विरासत पाउने वाला भनेको जीवित व्यक्ति हुन्, जो मृतकले छोडेको सम्पत्तिको वारिस बन्ने हकदार हुन्छन्। जस्तै- सन्तान, आफन्त, निकटतम नातेदार आदि।
विरासतमा दिइने वस्तु भनेको मृतकले छोडेर गएको त्यो सम्पत्ति हो, जुन सम्पत्तिको उत्तराधिकारी कसैलाई बनाइन्छ।