Model: हालको खण्ड
पाठ सूरह फातिहाको अर्थ-
सूरह फातिहा पढ्नु सलाहको महत्वपूर्ण आधार हो, यो नपढिकन सलाह हुँदैन।
(अल्हम्दु लिल्लाही रब्बिल् आलमीन)- सम्पूर्ण प्रकारका प्रशंसाहरू अल्लाहकै निम्ति छन्, जो सम्पूर्ण जगतका पालनकर्ता हुनुहुन्छ। वाह्य तथा आन्तरिक सम्पूर्ण वरदान उहाँकै देन हो। उहाँको माया र आदरले हाम्रो मन ओतप्रोत छ। अर्रब- उहाँ नै हाम्रो पालनकर्ता, प्रभु, मालिक र जीवनदाता हुनुहुन्छ। आलमीन- अल्लाह बाहेक मानिस, जिन्न, फरिश्ता, जनावर, कीरा फट्याङ्ग्राका जे जति दुनियाँ छन् सबैलाई 'आलमीन' शब्दले समेटेको छ। अत: उहाँ नै सम्पूर्ण जगतका वास्तविक मालिक एवम् पालनकर्ता हुनुहुन्छ।
(अर्रह्मा निर्रहीम)- उहाँ अत्यन्तै करुणामय र परम दयालु हुनुहुन्छ। यी दुबै अल्लाहका पवित्र नाम हुन्। (अर्रह्मान)- परम दयालु। दुनियाँमा त अल्लाहले मुस्लिम, गैर-मुस्लिम, राम्रो र नराम्रो हरेकमाथि दया गर्नुहुन्छ। तर (अर्रहीम) मृत्युपछिको जीवनमा मात्र असल भक्त (मुमिन) माथि दया गर्नु हुनेछ।
(मालिकी यौमिद्दीन)- महाप्रलयको दिन हिसाबकिताबका मालिक हुनुहुन्छ। यो कुराले मुस्लिमहरूलाई महाप्रलयको दिनको स्मरण गराउँछ र बढी सत्कर्म गर्ने प्रेरणा दिन्छ।
(इय्याक नाबुदु व इय्याक नस्तईन्)- हे अल्लाह ! हामी तपाईकै उपासना गर्छौं र जीवनको पाईला-पाईलामा तपाईंसँग नै सहायता माग्छौं। तपाईंसँग अरु कसैलाई साझेदार बनाउँदैनौं। किनकि सारा मामिला तपाईंकै हातमा छ, कोही पनि कण बराबर अख्तियार राख्दैनन्।
(इह्-दिनस्-सिरातल मुस्तकीम)- हे अल्लाह ! हामीलाई सीधा मार्गदर्शन गर्नुहोस् र त्यसैमाथि दृढतापूर्वक अडिग रहने साहस दिनुहोस्। ताकि हामी तपाईंलाई भेट्न सकौं। इस्लाम नै सीधा मार्ग, अल्लाहको प्रसन्नता प्राप्ति र स्वर्गतिर डोर्याउने एक मात्र विकल्प हो। यो त्यही बाटो हो जसलाई अल्लाहका अन्ति सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले देखाउनु भएको थियो। एउटा भक्तको लागि यसमाथि अडिग रहनु भन्दा आनन्दको अरु कुनै बाटो छैन।
(सिरातल्-लदीन अन्-अम्त अलैहिम गैरिल-मग्दूबी अलैहिम वलद्दाल्लीन)- ती व्यक्तिहरूको मार्ग देखाउनुहोस् जो तपाईको कृपापात्र भए। अन्बिया, रसूल, सिद्दीकीन र सत्कर्म गर्नेहरूको मार्गमा कायम राख्नुहोस्। यिनीहरूले सत्य मार्गलाई चिने र त्यसैमाथि अडिग रहे। जुन व्यक्तिहरूमाथि तपाईको प्रकोप भयो र जुन व्यक्तिहरू पथभ्रष्ट भए तिनीहरूको कुमार्गबाट जोगाई दिनुहोस्। प्रकोपको भागीदार 'यहूदी' र उनीहरूको बाटोमा लाग्नेहरू हुन्, किनभने तिनीहरूले सत्यलाई चिनेर स्वीकार गरेनन्। पथभ्रष्टहरूको अभिप्राय इसाई र उनीहरूको बाटोमा लाग्नेहरू हुन्, किनभने तिनीहरू अज्ञानताले गर्दा बर्बाद भए।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.