सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ सलाहमा एकाग्रता

सलाहमा एकाग्रता यसको आधारभूत एवम् महत्वपूर्ण विशेषता हो। यस पाठमा हामीले एकाग्रताको अर्थ र यसलाई प्राप्त गर्ने माध्यमहरूको बारेमा जानकारी हासिल गर्ने छौं।

  • सलाहमा एकाग्रताको अर्थको जानकारी
  • सलाहमा एकाग्रता प्राप्त गर्ने तत्वहरूको जानकारी

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

सलाहमा एकाग्रता (खुशूअ)

सलाहमा एकाग्रता नै इबादत (उपासना) को प्राण हो। एकाग्रता भनेको अल्लाहको अगाडि विनम्रतापूर्वक मन र मस्तिष्कलाई उपस्थित राखेर सलाह पढ्नु, कुरआनको पाठ र दुआहरूमा मनन् गर्नु हो।

यो महत्वपूर्ण उपासना र उच्च अनुसरण हो। त्यसैले अल्लाहले आस्थावानहरूको गुण दर्शाउँदै भन्नु भएको छः (قَدْ أَفْلَحَ الْمُؤْمِنُونَ • الَّذِينَ هُمْ فِي صَلَاتِهِمْ خَاشِعُونَ) (المؤمنون: 1-2). अर्थः “वास्तवमा, ती आस्थावानहरू सफल हुन्छन् जो एकाग्रताका साथ सलाह पढ्छन्।” (सूरह अल्-मुमिनून: २३/१-२)

जसले एकाग्रताका साथ सलाह पढ्छ, उसले नै भक्ति र ईमानको वास्तविक स्वाद पाउँछ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “मेरो आँखाको खुशी (शितलता) सलाहमा नै रहेको छ।” (निसाई: ३९४०) आँखाको खुशी भनेको सुख र शान्ति हो।

सलाहमा एकाग्रता प्राप्त गर्ने तत्वहरू

१) सलाहको लागि पूर्ण रुपमा तयारी गर्नु-

पुरुषहरूले समय हुने बित्तिकै मस्जिदतिर लाग्नु, फर्ज भन्दा पूर्वका सुन्नतहरू नियमित रुपमा पढ्नु, राम्रो र सुहाउँदो कपडामा सजेर नम्रतापूर्वक मस्जिद जानु।

२) ध्यान भङ्ग गर्ने सम्पूर्ण बाधा र अड्चनहरूलाई दूर गर्नु-

ध्यान भङ्ग गर्ने चित्र, गाजा-बाजाको आवाज र खेल-तमाशा भएको ठाउँमा सलाह पढ्नु हुँदैन। त्यसैगरी बेस्सरी भोक लागेको वा दिसा-पिसाबले च्यापेको बेला सलाहको लागि नजानु, पहिले आफ्नो आवश्यकतालाई पूरा गर्नु, अनि एकाग्र भएर ध्यानपूर्वक सलाह पढ्नु तथा एकाग्रताको साथ अल्लाहसित कुराकानी गर्नु।

३) विस्तारै-विस्तारै सलाह पढ्नु-

रसूल सल्लल्लाहु अलैहि वसल्लमले रुकूअ र सज्दा सुकुनका साथ गर्नु हुन्थ्यो। यहाँसम्म कि प्रत्येक हड्डी आफ्नो ठाउँमा फर्किन्थे। उहाँले राम्रोसँग सलाह नपढ्नेलाई सलाह दोहोर्याउने आदेश दिनु भएको थियो र कागले ठुँगे झैं छिटो-छिटो नपढ्ने आदेश पनि दिनु भएको छ।

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “सबैभन्दा नराम्रो चोर सलाहमा चोरी गर्नेवाला हो” उनीहरूले सोधेः हे अल्लाहको रसूल ! सलाहमा कसरी चोरी गर्न सकिन्छ र? उहाँले जवाफ दिनु भयोः “राम्रोसँग रूकूअ र सज्दा नगरी हतार-हतारमा सलाह पढ्नु नै सलाहको चोरी हो” (अहमद: २२६४२) जुन व्यक्तिले विस्तारै-विस्तारै सलाह पढ्दैन उसको सलाहमा एकाग्रता कहिल्यै पनि हुन सक्दैन र कागले ठुँगे जस्तै गरी पढेको सलाह बेकार हुन जानेछ।

४) कसको अगाडि उभिएको छ, उसको महानतालाई सम्झिनु-

सलाह पढिरहेको बेला सृष्टिकर्ताको महानता, आफ्नो कमजोरी र तुच्छतालाई सम्झिनु पर्छ। सर्वशक्तिमान अल्लाहको अगाडि नम्रतापूर्वक उभिएर गुहार गरिरहेको बोध हुनुपर्छ। अल्लाहले परलोकमा आस्थावानहरूका लागि कति सुन्दर प्रतिफल र काफिर (अनास्थावान) हरूका लागि कति दुखदायी यातना तयार पार्नु भएको छ र महाप्रलयको दिन अल्लाहको अगाडि उसको अवस्था कस्तो हुनेछ भन्ने कुरालाई सम्झिनु पर्दछ।

अल्लाहले हाम्रा सम्पूर्ण क्रियाकलापहरूलाई हेरिरहनु भएको छ, हाम्रा दुआलाई सुनिरहनु भएको छ भन्ने आभास हुने बित्तिकै स्वतः सलाहमा एकाग्रता उत्पन्न हुनेछ।

यदि आस्थावान (मोमिन) ले उपरोक्त कुराहरूको आभाष गर्दछ भने ती व्यक्तिहरू समान हुनेछ जसको बारेमा अल्लाहले कुर्आनमा प्रशंसा गर्नु भएको छ, ती त्यसता व्यक्ति हुन् जो आफ्नो पालनकर्ता अल्लाहसँग भेटने आशा राख्दछन्। अल्लाहले भन्नु भएको छः (وَإِنَّهَا لَكَبِيرَةٌ إِلَّا عَلَى الْخَاشِعِينَ • الَّذِينَ يَظُنُّونَ أَنَّهُمْ مُلَاقُو رَبِّهِمْ وَأَنَّهُمْ إِلَيْهِ رَاجِعُونَ) (البقرة: 45-46). अर्थः “(आत्मसंयमी तथा परहेजगार बाहेक अन्यका लागि) निश्चय नै सलाह अत्यन्तै कठिन कार्य हो, तर नम्रतापूर्वक सलाह पढ्नेहरूका लागि निकै सरल हो। जो आफ्नो ईश्वरसित भेट्ने अनि फर्केर उहाँतिर जाने कुरामा विश्वस्त छन्।” (सूरह अल्-बकरह: २/४५-४६)

५- कुरआनको पाठ र दुआहरूमा ध्यान दिनु र चिन्तन मनन गर्नु-

अल्लाहले मनन् गर्न र ध्यान दिनको लागि कुरआनलाई अवतरण गर्नु भएको छ। भन्नु भएको छः (كِتَابٌ أَنْزَلْنَاهُ إِلَيْكَ مُبَارَكٌ لِيَدَّبَّرُوا آَيَاتِهِ وَلِيَتَذَكَّرَ أُولُو الْأَلْبَابِ) (ص: 29) अर्थः “उनीहरूले यो मंगलमय ग्रन्थमा ध्यान दिउन् र बुद्धिजीवीहरूले उपदेश ग्रहण गरुन् भन्ने उद्देश्यका साथ हामीले कुरआनलाई अवतरण गरेका हौं।” (सूरह साद : ३६८/२९)

कुर्आनको बारेमा चिन्तन मनन कसरी हुनसक्छ?

तर जबसम्म अरबी भाषाको ज्ञान हुँदैन, तबसम्म त्यसको अर्थ जानिंदैन तबसम्म अभिलाषा र उद्देश्यको बारेमा जान्न गाह्रो हुन्छ। किनभने त्यस श्लोकमा के भनिएको छ थाहा हुने बित्तिकै मनमा अनौठो मजा आउँछ र कहिले काही आँखा पनि रसाएर आउँछ र मोति झैं आँसु झर्न थाल्छ। अल्लाहले भन्नु भएको छः (وَالَّذِينَ إِذَا ذُكِّرُوا بِآيَاتِ رَبِّهِمْ لَمْ يَخِرُّوا عَلَيْهَا صُمًّا وَعُمْيَانًا) (الفرقان: 73). अर्थः “जब तिनीहरूलाई कुरआनको पाठ गरेर उपदेश दिइन्छ तब तिनीहरू बहिरो र अन्धो भएर झुक्दैनन्।” (सूरह अल्-फुर्कान: २५/७३)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्