Model: हालको खण्ड
पाठ जाडोमा सलाह र ब्रत
अत्यधिक जाडो बढेको बेला विचार गर्नुपर्छ: यदि चिसोले मानिसहरूलाई सलाहको लागि बाहिर जानबाट रोक्दैन भने अजान उस्तै रहन्छ ।
तर जाडोमा चिसो अत्याधिक बढेकोले सर्वसाधारणलाई बाहिर निस्कन निकै गाह्रो हुन्छ भने मोअज्जिनले घरमै सलाह पढ्न यसरी अजान दिनुहुन्छ: 'अला सल्लु फी रिहाले कुम' वा 'अस्सलातो फिर्रेहाल' वा 'सल्लु फी बुयूतिकुम' अर्थात् आफ्नो घरमै सलाह पढ ।
नाफेले भने: इब्ने उमरले मक्का नजिकै रहेको एक पर्वत जज्नान् निर चिसो रातमा अजान दिए र त्यसपछि उनले भने: 'सल्लु फी रिहाले कुम' अर्थात् आफ्नो घरमै सलाह पढ । फेरी उनले भने : अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लम चिसो रात वा यात्रामा पानी परेको बेला अजानपछि घरमा सलाह पढ्ने आदेश दिनुहुन्थ्यो ।" (बुखारी: ६३२ र मुस्लिम: ६९७)
मानिसहरूले जाडोमा आगो बाल्छन् । त्यो कहिले काहीं किब्लाको दिशामा हुन सक्छ । यस्तोमा आगोको दिशामा सलाह नपढ्नु उत्तम हो, ताकि आगोको पुजारीहरूको अनुसरण नहोस् । त्यसैगरी यसले नमाजी (सलाह पढ्ने) हरूलाई विचलित पार्न सक्छ । तर यदि न्यानोपन पनि चाहिन्छ र ठाउँ परिवर्तन गर्न गार्हो छ भने केही फरक पर्दैन ।
ज्वाला नभएको हिटर (चिमनी) छ भने त्यो आगोको दिशामा सलाह पढ्नु मकरूह (मनाही) छैन ।
जमअ बैन सलातैन (दुई समयको सलाहलाई एक समयमा पढ्नु)
जमअ बैन सलातैन अथवा दुई सलाहलाई एउटै समयमा पढ्नुहोस् । जस्तैः जुहरको समयमा पहिला जुहर पढ्नुहोस् र त्यो लगत्तै अस्र पढ्नुहोस् वा जुहरलाई ढिलोगरी अस्रको समयमा पहिला जुहर पढ्नुहोस् र त्यसपछि अस्र पढ्नुहोस् वा त्यसैगरी मग्रिबको समयमा पहिला मग्रिब र त्यो लगत्तै ईशा पढ्नुहोस् वा ढिलो गरी ईशाको समयमा पहिला मग्रिब पढ्नुहोस् र त्यसपछि ईशाको सलाह पढ्नुहोस् (जमअ तक्दीम र ताखीर) दुवै जायज छ । तर शर्त के छ भने दुई समयको सलाहलाई एकै समयमा पढ्न जायज गरिएका कारणहरूमध्ये कुनै कारण हुनु पर्छ ।
दुई समयको सलाहलाई एकै समयमा पढ्ने जायज कारणहरू जाडोमा प्रशस्तै छन्: वर्षा, र केही विद्वानहरूले कडा चिसो हावा थपेका छन्, वा अत्यधिक चिसो, वा हिउँ वा हिलो, पहिरो इत्यादिले सडक अवरुद्ध गरिएको छ भने दुई समयको सलाहलाई एकै समयमा पढ्न जायज छ ।
दुई समयको सलाहलाई एकै समयमा पढ्ने जायज कारणहरूको तात्पर्य भनेको ती अवस्थाहरू हुन् जसमा मानिसहरूलाई बारम्बार मस्जिदमा सामूहिक सलाहको लागि बाहिर निस्कनु गाह्रो हुन्छ, त्यसैले उनीहरूलाई दुई समयको सलाहलाई एकै समयमा पढ्न अनुमति दिइएको छ । तर हल्का वर्षा जसमा मानिसहरू कामकाजको लागि वा बाहिर घुम्न जान रोक्दैन भने त्यसमा दुई समयको सलाहलाई एकै समयमा पढ्न अनुमति छैन ।
मुस्लिमहरूले समयमै नमाज पढ्नु नै इस्लामको आधारभूत सिद्धान्त हो । अल्लाहले भन्नुभएको छ: {فَإِذَا اطْمَأْنَنتُمْ فَأَقِيمُوا الصَّلَاةَ ۚ إِنَّ الصَّلَاةَ كَانَتْ عَلَى الْمُؤْمِنِينَ كِتَابًا مَّوْقُوتًا} [النساء:103]، अर्थः “अनि जब तिमी संतुष्ट हुन्छौ तब नमाज पढ्ने गर । निश्चय नै स्थावानहरूमाथि समयको पालनाका साथ सलाह पढ्न अनिवार्य गरिएको छ ।" (निसा: १०३) अतः बिना कुनै जायज कारण दुई समयको सलाहलाई एकै समयमा पढ्न जायज छैन । उमर, इब्ने अब्बास र अन्य सहाबा (रजियल्लाहु अन्हुम) ले भनेका छन्: बिना कुनै जायज कारण दुई समयको सलाहलाई एकै समयमा पढ्न ठूलो पाप हो ।
जसको लागि जमातका साथ सलाह पढ्नु अनिवार्य छैन, जस्तै महिला, बिरामी इत्यादि उनीहरूले दुई सलाहलाई (जमा) एकसाथ नगरुन्, किनकि उनीहरूलाई त्यसको आवश्यक छैन । समयमै सलाह पढ्नु आवश्यक छ । त्यस्तै गरी, कारण सकिसकेपछि जमा गर्न मिल्दैन ।
दुई समयको सलाहलाई एकै समयमा पढ्ने बेला एक अजान र प्रत्येक नमाजको लागि छुट्टै इकामत दिनुपर्छ । दुवै फर्ज पढिसकेपछि नियमित सुन्नत (मोअक्कदह) र सलाह पछिका अज्कार र दुआहरू पढ्नुहोस् ।
दुई समयको सलाहलाई एकै समयमा पढ्ने विषयमा धेरै जसो मस्जिदहरूमा वादविवाद पनि हुन्छ । यस्तोमा मस्जिदको जिम्मेवार व्यक्ति भएको नाताले सबै जनाले इमामको भनाइलाई नै मान्नुपर्ने हुन्छ र विवाद गर्नु हुँदैन । अनि इमामले आफ्नो ज्ञान र साथीहरूसँग परामर्श गरेर निर्णय लिनुपर्ने हुन्छ र यदि उनलाई जमअ गर्नु ठीक लाग्दैन भने जमा नगर्दा पनि हुन्छ ।
केही असर (मौकुफ हदीस) मा आएको छ: "जाडो भनेको मोमिनहरूका लागि वसन्त ऋतु झैं हो; दिन छोटो हुन्छ अनि ब्रत बसिन्छ र रात लामो हुन्छ, अनि क्याम गरिन्छ ।" (अल-सुनन अल-कुब्रा लिल-बैहाकी: ८४५६) यो बसन्त (रबीअ) ऋतु उपासनाको लागि निकै उपयोगी छ, किनभने मौसम चिसो र दिन छोटो हुन्छ, जसमा ब्रत (रोजा) बस्दा भोक र तिर्खा महसुस हुँदैन । अनि रात लामो भएकोले सहजताका साथ रातमा सलाह (नमाज) पढ्न सकिन्छ; यसरी सलाह र निद्रा दुवैको मज्जा लिन सकिन्छ ।
केही असर (मौकुफ हदीस) मा आएको छ : "जाडोमा उपवास बस्नु शीतल गनीमत हो ।" (अहमद: 18959) उमर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: "जाडोमा उपासकहरूका लागि गनीमत हो ।" (अबू नोअैम फिल- हिल्या: 1/5१)