Model: हालको खण्ड
पाठ जाडोमा सलाह र ब्रत
अत्यधिक जाडो बढेको बेला विचार गर्नुपर्छ: यदि चिसोले मानिसहरूलाई सलाहको लागि बाहिर जानबाट रोक्दैन भने अजान उस्तै रहन्छ ।
मानिसहरूले जाडोमा आगो बाल्छन् । त्यो कहिले काहीं किब्लाको दिशामा हुन सक्छ । यस्तोमा आगोको दिशामा सलाह नपढ्नु उत्तम हो, ताकि आगोको पुजारीहरूको अनुसरण नहोस् । त्यसैगरी यसले नमाजी (सलाह पढ्ने) हरूलाई विचलित पार्न सक्छ । तर यदि न्यानोपन पनि चाहिन्छ र ठाउँ परिवर्तन गर्न गार्हो छ भने केही फरक पर्दैन ।
ज्वाला नभएको हिटर (चिमनी) छ भने त्यो आगोको दिशामा सलाह पढ्नु मकरूह (मनाही) छैन ।
जमअ बैन सलातैन (दुई समयको सलाहलाई एक समयमा पढ्नु)
दुई समयको सलाहलाई एकै समयमा पढ्ने जायज कारणहरू जाडोमा प्रशस्तै छन्: वर्षा, र केही विद्वानहरूले कडा चिसो हावा थपेका छन्, वा अत्यधिक चिसो, वा हिउँ वा हिलो, पहिरो इत्यादिले सडक अवरुद्ध गरिएको छ भने दुई समयको सलाहलाई एकै समयमा पढ्न जायज छ ।
दुई समयको सलाहलाई एकै समयमा पढ्ने जायज कारणहरूको तात्पर्य भनेको ती अवस्थाहरू हुन् जसमा मानिसहरूलाई बारम्बार मस्जिदमा सामूहिक सलाहको लागि बाहिर निस्कनु गाह्रो हुन्छ, त्यसैले उनीहरूलाई दुई समयको सलाहलाई एकै समयमा पढ्न अनुमति दिइएको छ । तर हल्का वर्षा जसमा मानिसहरू कामकाजको लागि वा बाहिर घुम्न जान रोक्दैन भने त्यसमा दुई समयको सलाहलाई एकै समयमा पढ्न अनुमति छैन ।
जसको लागि जमातका साथ सलाह पढ्नु अनिवार्य छैन, जस्तै महिला, बिरामी इत्यादि उनीहरूले दुई सलाहलाई (जमा) एकसाथ नगरुन्, किनकि उनीहरूलाई त्यसको आवश्यक छैन । समयमै सलाह पढ्नु आवश्यक छ । त्यस्तै गरी, कारण सकिसकेपछि जमा गर्न मिल्दैन ।
दुई समयको सलाहलाई एकै समयमा पढ्ने बेला एक अजान र प्रत्येक नमाजको लागि छुट्टै इकामत दिनुपर्छ । दुवै फर्ज पढिसकेपछि नियमित सुन्नत (मोअक्कदह) र सलाह पछिका अज्कार र दुआहरू पढ्नुहोस् ।
दुई समयको सलाहलाई एकै समयमा पढ्ने विषयमा धेरै जसो मस्जिदहरूमा वादविवाद पनि हुन्छ । यस्तोमा मस्जिदको जिम्मेवार व्यक्ति भएको नाताले सबै जनाले इमामको भनाइलाई नै मान्नुपर्ने हुन्छ र विवाद गर्नु हुँदैन । अनि इमामले आफ्नो ज्ञान र साथीहरूसँग परामर्श गरेर निर्णय लिनुपर्ने हुन्छ र यदि उनलाई जमअ गर्नु ठीक लाग्दैन भने जमा नगर्दा पनि हुन्छ ।
केही असर (मौकुफ हदीस) मा आएको छ: "जाडो भनेको मोमिनहरूका लागि वसन्त ऋतु झैं हो; दिन छोटो हुन्छ अनि ब्रत बसिन्छ र रात लामो हुन्छ, अनि क्याम गरिन्छ ।" (अल-सुनन अल-कुब्रा लिल-बैहाकी: ८४५६) यो बसन्त (रबीअ) ऋतु उपासनाको लागि निकै उपयोगी छ, किनभने मौसम चिसो र दिन छोटो हुन्छ, जसमा ब्रत (रोजा) बस्दा भोक र तिर्खा महसुस हुँदैन । अनि रात लामो भएकोले सहजताका साथ रातमा सलाह (नमाज) पढ्न सकिन्छ; यसरी सलाह र निद्रा दुवैको मज्जा लिन सकिन्छ ।
केही असर (मौकुफ हदीस) मा आएको छ : "जाडोमा उपवास बस्नु शीतल गनीमत हो ।" (अहमद: 18959) उमर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: "जाडोमा उपासकहरूका लागि गनीमत हो ।" (अबू नोअैम फिल- हिल्या: 1/5१)