सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ जीवन र मृत्युको वास्तविकता

सर्वशक्तिमान अल्लाहले हामी सम्पूर्ण भक्तहरूलाई जाँच गर्न र परीक्षा लिन यस पृथ्वीमा सृष्टि गरेर पठाउनु भएको हो । मानिसको मामिला अथवा जीवन मृत्युमा समाप्त हुँदैन, तर परीक्षाको चरण समाप्त हुन्छ र त्यसपछि परलोकका चरणहरूमध्ये प्रथम खुड्किलोको सुरुवात हुन्छ, जहाँ मानिसहरूले आफ्नो कर्मको नतिजा र कर्मपत्र पाउनेछन् । यस पाठमा, तपाईंले जीवन र मृत्युको वास्तविकता बारे केही कुराहरू सिक्नु हुनेछ ।

  • जीवन र मृत्युको वास्तविकता जान्नुहोस्।
  • मृत्युसँग सम्बन्धित केही नियम र शिष्टाचारहरू जान्नुहोस् ।

जीवन र मृत्युको वास्तविकता

मृत्यु हाम्रो अन्त्य होइन, तर मानिसको लागि नयाँ चरण र परलोकको पूर्ण र अनन्त जीवनको शुरुवात हो । इस्लामले जसरी जन्मदेखि नै मानिसको सम्पूर्ण हक अधिकारको रक्षा गरेको छ, त्यसरी नै मृत्युपछि पनि मृतक र उनको परिवार तथा आफन्तहरूको हक अधिकारलाई संरक्षण गर्ने केही प्रावधान र महत्वपूर्ण नियमहरू पारित गरेको छ ।

सर्वशक्तिमान अल्लाहले हामी सम्पूर्ण भक्तहरूलाई जाँच गर्न र परीक्षा लिन यस पृथ्वीमा सृष्टि गरेर पठाउनु भएको हो । जसरी अल्लाहले भन्नुभएको छ: (الَّذِي خَلَقَ الْمَوْتَ وَالْحَيَاةَ لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا) (الملك: 2) अर्थः "जसले मृत्यु र जीवनलाई सृष्टि गर्नुभयो ताकि तिमीहरूमध्ये कसको कर्म राम्रो छ भनेर जाँच्न गरुन ।" (अल-मुल्क: 2)

मानिसको भौतिक जीवन जति नै लामो भएपनि त्यो एक दिन समाप्त हुन्छ । अनन्त र सधैंको जीवन त मात्र परलोकको जीवन हो । जसरी अल्लाहले भन्नुभएको छ: (وَإِنَّ الدَّارَ الْآخِرَةَ لَهِيَ الْحَيَوَانُ لَوْ كَانُوا يَعْلَمُونَ) (العنكبوت: 64). अर्थः "आखिरतको जीवन असल र सधैं रहने जीवन हो, यदि तिनीहरूले जानेका भए .. ।" (अन्कबूत : 64)

अल्लाहले यो दुनियाँकै सर्वश्रेष्ठ व्यक्ति; रसूल सल्लल्लाहु अलैहि वसल्लमको वारेमा भन्नुभएको छ, जसरी मानिसहरू मर्छन् त्यसरी उहाँको पनि निधन हुनेछ त्यसपछि सबै जना अल्लाहको दरबारमा भेला हुनेछन् अनि सबैको हिसाब किताब हुन्छ । (إِنَّكَ مَيِّتٌ وَإِنَّهُمْ مَيِّتُونَ (30) ثُمَّ إِنَّكُمْ يَوْمَ الْقِيَامَةِ عِنْدَ رَبِّكُمْ تَخْتَصِمُونَ) (الزمر: 30، 31). अर्थः "हे रसूल, एक दिन तपाईंको पनि निधन हुनेछ र यिनीहरू पनि मर्नेछन् । त्यसपछि तिमीहरू महाप्रलयको दिन अल्लाह नजिक परस्पर झगडा गर्नेछौ ।" (अज्जुमर : ३०-३१)

यो दुनियाँ आखिरतको तुलनामा कति छोटो र तुच्छ रहेछ भन्ने कुरालाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले हामीलाई एउटा बटुवाको उदाहरणले सम्झाउनु भएको छ जो रुखको छायामुनि एक छिन आराम गर्छ अनि आफ्नो बाटो लाग्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: "मलाई यो दुनियाँसँग के मतलब, म त एउटा यात्री झैं छु, जसले रुखमुनि छायाँ खोजेर एक छिन आराम गर्छ अनि त्यो आफ्नो बाटो लाग्छ ।" (तिर्मिजी: 2377, इब्ने माजह: 4109)

त्यसैगरी अल्लाहले हामीलाई याकूबले आफ्ना छोराहरूलाई दिएको आदेशलाई पनि बताउनु भएको छ: (إِنَّ اللهَ اصْطَفَى لَكُمُ الدِّينَ فَلَا تَمُوتُنَّ إِلَّا وَأَنتُم مُّسْلِمُونَ) (البقرة: 132). अर्थः "अल्लाहले तिमीहरूका लागि इस्लाम धर्म रोज्नुभएको छ, त्यसैले इस्लामकै अवस्थामा मृत्युवरण गर ।" (अल-बकरह: 132)

जब मानिसलाई आफ्नो मृत्युबारे केही पनि थाहा छैन; कहिले, कहाँ र कुन अवस्थामा आउँछ । अनि त्यसलाई अघिपछि परिवर्तन गर्ने शक्ति पनि कसैसँग छैन भने, बुद्धिमान व्यक्तिले आफ्नो दिनचर्या र समयलाई धर्म कर्ममा लगाउनु पर्छ । अल्लाहले भन्नुभएको छ: (وَلِكُلِّ أُمَّةٍ أَجَلٌ فَإِذَا جَاءَ أَجَلُهُمْ لَا يَسْتَأْخِرُونَ سَاعَةً وَلَا يَسْتَقْدِمُونَ) (الأعراف: 34). अर्थः "हरेक समुदाय तथा समूहको निम्ति एउटा निश्चित समय अवधि तोकिएको छ । त्यसैले जब तिनीहरूको अवधि (मृत्यु) आउँछ, तिनीहरूले यसलाई न एक क्षण ढिलो गर्न सक्छन् न छिटो नै ।" (अल-अराफ: 34)

जब कसैको निधन हुन्छ अर्थात् उसको आत्मा उसको शरीरबाट बाहिर निस्किन्छ; मानौं उसको लागि कयामत कायम भयो र उसको आखिरतको यात्राको सुरुवात भयो । तर यो अदृश्यको ज्ञान भएकोले मानव दिमागले यसलाई विस्तृत रूपमा जान्न सक्दैन ।

जसरी इस्लामले मानिसको जन्मदेखि पालनपोषण, बाल्यकाल, युवावस्था र बुढेसकाल समेतका प्रावधान र शिष्टाचारलाई ध्यानमा राखेको छ, त्यसरी नै मृत्युपछि पनि मृतक र उनको परिवार तथा आफन्तहरूको हक अधिकारलाई संरक्षण गर्ने केही प्रावधान र महत्वपूर्ण नियमहरू पारित गरेको छ । वास्तवमा, सम्पूर्ण किसिमका प्रशंसाहरू अल्लाहका लागि छन्, जसले धर्म र आफ्नो वरदानलाई परिपूर्ण गर्नुभयो र हामीलाई यो महान धर्मलाई आत्मसात गर्ने मार्गदर्शन गर्नुभयो ।

मृत्युसँग सम्बन्धित केही नियम तथा शिष्टाचारहरू

१. बिरामीको जियारत गर्दा

बिरामीलाई भेटघाट गर्दा 'अल्लाहले तपाइँलाई निको पारुन, स्वास्थ्य राखुन् र यो रोग तपाईंको पापको प्रायश्चित होस् भनेर दुआ गर्नु सुन्नत हो । रसूल सल्लल्लाहु अलैहि वसल्लम बिरामीलाई भेटघाट गर्दा भन्नु हुन्थ्यो: "لا بأس، طهور إن شاء الله" "ला बा स तहुरुन, इन् शा अल्लाह ।" (बुखारी: 3616)

बिरामीलाई भेटघाट गर्दा रोगको प्रतिरोध गर्न र निको हुन मद्दत गर्ने शब्द र वाक्यांशहरू छनोट गर्नुपर्छ । उपयुक्त परिस्थितिको फाइदा उठाएर इस्लामतिर आह्वान गर्नु पर्छ । हिक्मत, बुद्धि र राम्रो शैलीमा अल्लाह र अन्तिम दिनको सम्झना गराउनु पर्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले त एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु भएको छ । अनस रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, "एउटा यहूदी बालक रसूल सल्लल्लाहु अलैहि व सल्लमको घरमा काम गर्थ्यो । एक दिन ऊ बिरामी भयो । रसूल सल्लल्लाहु अलैहि व सल्लम उसलाई भेट्न र सन्चो बिसन्चो सोध्न उसको घर जानु भयो । उसको टाउकोको नजिक बसेर भन्नु भयोः “इस्लामलाई ग्रहण गर” त्यो बालकले आफ्नो बुवालाई हेर्न थाल्यो र उसको बुवाले जवाफ दियो– हेर बाबु, सक्छस् भने उहाँ (अबुल-कासिम) को कुरा मान, त्यसपछि उसले इस्लाम ग्रहण गर्यो । अनि त्यहाँबाट रसूल सल्लल्लाहु अलैहि व सल्लम यो भन्दै निस्कनु भयो- «الحمد لله الذي أنقذه من النار» "अल्लाहको कृपा छ, जसले उसलाई नरकबाट बचाउनु भयो ।" (बुखारी: 1356)

२. बिरामीलाई तल्कीन (प्रोत्साहित) गर्नु

यदि बिरामीमा मृत्युका केही संकेतहरू देखा पर्छन् भने, उसलाई बुद्धि र उपयुक्त शैलीमा मायाले कलमा तौहीद र स्वर्गको साचो 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य पूजनीय छैन) भन्न प्रोत्साहित गर्नु राम्रो हो । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: “आफ्नो मृतकलाई 'ला इलाह इल्लल्लाह' भन्न प्रोत्साहित गर ।" (मुस्लिम: ९१६)

मानिसले आफ्नो जीवनमा र मृत्यु हुने बेलामा गवाही दिनुपर्ने सबैभन्दा ठूलो कुरा यही कलमा तौहीद हो । जसले मृत्यु हुने बेलामा उक्त कलमाको घोषणा गर्ने सौभाग्य प्राप्त गर्छ, मानौं उसले ठूलो सम्मान प्राप्त गरेको छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: “जसको अन्तिम शब्द 'ला इलाह इल्लल्लाह' को गवाही हुन्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ ।" (अबू दाउद: 3116)

३. मर्ने व्यक्तिलाई किब्लाको दिशामा गर्नु

मर्ने व्यक्ति (बिरामी) लाई किब्लाको दिशामा गर्नु मुस्तहब (उत्तम) हो । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: “पवित्र घर तिमीहरूको किब्ला हो, जीवित र मृत दुबै अवस्थामा ।" (अबू दाउद: 2875) तसर्थ मर्ने व्यक्ति (बिरामी) लाई चिहान (कब्र) मा राखे झैं उसको दाहिने कोल्टे गरि किब्ला तर्फ गर्नु मुस्तहब हो ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्