सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ वसियत (इच्छा) र मिरास (विरासत)

इस्लामिक कानूनले मुस्लिमलाई वसियत गर्न र मृत्यु पछि त्यसलाई कार्यान्वयन गर्न निर्देशित गरेको छ । गौरवशाली शरीयाले मृतकले छोडेको सम्पत्तिलाई उत्तराधिकारीहरू बीच अद्भुत तरिकाले वितरण गर्न नियम बनाएको छ । यस पाठमा, तपाईंले वसियत (इच्छा) र विरासतका केही प्रावधानहरूको बारेमा सिक्नु हुनेछ ।

  • वसियत (इच्छा) को अर्थ जान्नुहोस्।
  • वसियत (इच्छा) का प्रकारहरू र प्रावधानहरू जान्नुहोस्।
  • विरासत (मीरास) को तात्पर्यजान्नुहोस्।
  • वसियत (इच्छा) को अर्थ

    वसियत (इच्छा): वसियतकर्ता (मृतक) को मृत्यु पछि केही पुण्य गर्ने उद्देश्यले वसियत (इच्छा) गर्न अनुरोध वा उपदेश गर्नु, जस्तैः मेरो केही सम्पत्तिबाट मस्जिद बनाउन वसियत (इच्छा) गर्नु ।

    वसियत

    मृत्यु अघि आफ्नो आर्थिक मामिलाको सम्बन्धमा वसियत गर्न इस्लामले वैध गरेको छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: “यदि कुनै मुस्लिमले केही वसियत गर्न चाहन्छ भने उसले दुई रात भित्र आफ्नो वसियत (इच्छा) लेखेर तयार पारिएको हुनुपर्छ । इब्ने उमरले भने: जुन दिन देखि मैले यो कुरा रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट सुनें त्यो दिनदेखि मेरो मेरो वसियत (इच्छा) मसँग तयार छ ।" (बुखारी: २७३८, मुस्लिम: १६२७)

    पैतृक सम्पत्तिको भाग-बण्डा भन्दा पहिला मृतकको वसियत (इच्छा) र ऊ माथि रहेको ऋणलाई चुक्ता गर्नुपर्छ, किनकि अल्लाहले नै त्यसलाई प्राथमिकता दिनुभएको छ: :(مِنْ بَعْدِ وَصِيَّةٍ يُوصَى بِهَا أَوْ دَيْنٍ) (النساء: 11). अर्थः "मृतकको वसियत वा उसमाथि रहेका ऋण चुक्ता गरि गरेपछि मात्र भाग-बण्डा गर्नुपर्छ... ।" (अन्-निसा: ११)

    वसियत (इच्छा) का अवस्थाहरू

    त्यसैले वसियत (इच्छा) का केही शर्तहरू छन् :

    1. अनिवार्य वसियत (इच्छा)

    यदि कुनै मुस्लिममाथि ऋण वा वित्तीय मामिलाहरू छन्, तर त्यसलाई प्रमाणित गर्ने कुनै दस्तावेज वा कागजातहरू छैनन् भने ती अधिकारहरूलाई प्रमाणित गर्नका लागि वसियत (इच्छा) अनिवार्य छ; किनभने ऋणलाई चुक्ता गर्नु वाजिब हो र जुन वजिब बिना प्रमाण पूरा हुँदैन त्यो प्रमाण पनि वजिब हो ।

    २. मुस्तहब वसियत (इच्छा)

    मृत्यु पछि उनको सम्पत्तिका केही अंश परोपकारको क्षेत्रमा दान गर्नु; जस्तै आफ्ना केही गरिब आफन्तहरूलाई दान दिनु इत्यादि । यसका पनि केही शर्तहरू छन् :

    क- वसियत, उत्तराधिकारीहरू मध्ये कसैको लागि हुनु हुँदैन, किनकि अल्लाहले तिनीहरूको अंश छुट्याइ दिनुभएको छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: “वारिस (उत्तराधिकारी) को लागि कुनै वसियत छैन ।" (अबू दाउद: ३५६५, तिर्मिजी: २१२०, इब्ने माजह: २७१३)

    ख- वसियत एक तिहाइ भन्दा कम हुनुपर्छ, सम्पत्तिको एक तिहाइ भागसम्म जायज छ र त्यो भन्दा बढी निषेध गरिएको छ । किनभने एक सहाबीले एक तिहाइ भन्दा बढी वसियत गर्न खोज्दा रसूल सल्लल्लाहु अलैहि वसल्लमले मनाही गर्दै भन्नु भयो: "एक तिहाइ मात्र र एक तिहाइ पनि धेरै हो ।" (बुखारी: २७४४, मुस्लिम: १६२८)

    ग- वसियतकर्ता धनी होस्, ताकि वसियत पछिको बाँकी पैसा उत्तराधिकारीहरूका लागि पर्याप्त होस् । साद बिन अबी वक्कासले वसियत गर्दा उहाँले भन्नु भयो: "तिमी आफ्ना उत्तराधिकारीहरूलाई भीख माग्न गरिब छोड्नु भन्दा धनी छोड्नु राम्रो हो ।" (बुखारी: १२९५, मुस्लिम: १६२८)

    3. मकरूह (घृणित) वसियत:

    यदि वसियतकर्ताको सम्पत्ति थोरै छ र उत्तराधिकारीहरू गरिब अनि धेरै छन्, भने यसले उत्तराधिकारीहरूलाई गाह्रो हुन्छ । त्यसैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले साद बिन अबी वक्कासलाई भन्नुभयो: "तिमीले आफ्ना उत्तराधिकारीहरूलाई भीख माग्न गरिब छोड्नु भन्दा धनी छोड्नु राम्रो हो ।" (बुखारी: १२९५, मुस्लिम: १६२८)

    4. हराम (निषेधित) वसियत:

    यो शरीयाद्वारा निषेधित वसियत हो; जस्तैः कसैले उत्तराधिकारीहरू मध्ये जेठो छोरा वा पत्नीको लागि वसियत गर्नु वा उसको चिहानमाथि गुम्बज बनाउन वसियत गर्नु ।

    जायज वसियत (इच्छा) को मात्रा

    सम्पत्तिको एक तिहाइ भागसम्म वसियत (इच्छा) गर्नु जायज छ र त्यो भन्दा बढी निषेध गरिएको छ । तर त्यो भन्दा कम हुनु राम्रो हो । जब साद बिन अबी वक्कासले भने, हे रसूल सल्लल्लाहु अलैहि वसल्लम ! "के म आफ्नो सम्पूर्ण धनसम्पत्तिलाई वसियत गर्न सक्छु ?" उहाँले भन्नुभयो: "होइन । " मैले भने: आधा गरम ? उहाँले भन्नुभयो: "होइन । " मैले भने: एक तिहाइ भाग ? उहाँले भन्नुभयो: "एक तिहाइ भाग गर र यो पनि धेरै हो ।" हेर, तिमीले आफ्ना उत्तराधिकारीहरूलाई भीख माग्न गरिब छोड्नु भन्दा धनी छोड्नु राम्रो हो ।" (बुखारी: २७४२)

    उत्तराधिकारी नभएको व्यक्तिको लागि एक तिहाइको सट्टा सबै धनसम्पत्तिको वसियत गर्न अनुमति छ ।

    वसियतको कार्यान्वयन

    मृतकको वसियत (इच्छा) पूरा गर्नु अनिवार्य छ । यदि वसियत गरिएको व्यक्तिले बिना कुनै वैध कारण कार्यन्वयन गरेन भने पाप लाग्छ । अल्लाहले भन्नुभएको छ: (فَمَنْ بَدَّلَهُ بَعْدَ مَا سَمِعَهُ فَإِنَّمَا إِثْمُهُ عَلَى الَّذِينَ يُبَدِّلُونَهُ إِنَّ اللَّهَ سَمِيعٌ عَلِيمٌ ) البقرة/181 अर्थः “जसले वसियत सुनेर पछि त्यसमा फेरबदल गर्छ, त्यसको पाप फेरबदल गर्नेवालालाई लाग्छ । निश्चय नै अल्लाह सबै कुरा सुन्ने र जान्ने हुनुहुन्छ ।" (अल्-बकरह: १८१)

    विरासत (मिरास)

    जब कसैको मृत्यु हुन्छ तब उसले आफ्नो जीवनमा कमाएको सम्पत्ति उसको स्वामित्वमा रहँदैन । इस्लामले त्यसलाई बाँडफाँड गरी हकदारलाई दिने व्यवस्था गरेको छ । तर मृतकमाथि रहेको ऋणलाई चुक्ता र उसको इच्छा पूरा गरेपछि मात्र ।

    मृतकले छोडेको धनसम्पत्तिलाई उत्तराधिकारीहरू बीच बाँडफाँड गर्ने विधि कुरआन र हदीसले स्पष्ट पारेको छ । ताकि उत्तराधिकारीहरू बीच कुनै विवाद नहोस् । विरासतलाई अल्लाहले आफ्नो हिक्मत र बुद्धि अनुसार निर्णय गर्नुभएको छ, त्यो हाम्रो रीति-रिवाज विरुद्ध भएको बहानामा यसलाई परिवर्तन गर्न कसैलाई अनुमति छैन । अल्लाहले भन्नु भएको छ: (تِلْكَ حُدُودُ اللهِ وَمَنْ يُطِعِ اللهَ وَرَسُولَهُ يُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا وَذَلِكَ الْفَوْزُ الْعَظِيمُ) (النساء: 13). अर्थः “यी अल्लाहका सीमाहरू हुन् । जसले अल्लाह र उहाँको रसूल सल्लल्लाहु अलैहि व सल्लमको आज्ञापालन गर्छन्, अल्लाहले उनीहरूलाई त्यस्ता बगैंचाहरूमा प्रवेश गराउनु हुनेछ जसका भवनहरूको तलतिरबाट नदीहरू बगिरहेका हुने छन् । त्यसमा उनीहरू सदासर्वदा रहने छन् । यो ठूलो सफलता हो ।" (अन्-निसा: १३)

    मृतकका सन्तान र आफन्तहरूले विरासतको बाँडफाँड गर्न अनि आर्थिक विवाद र झगडाबाट बच्न आलिम, धर्मगुरु, जानकार व्यक्ति र न्यायपालिकासित सम्पर्क गर्नु राम्रो हो ।

    तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


    परीक्षण सुरु गर्नुहोस्