सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ पवित्र कुर्आनको परिचय

यस पाठले विद्यार्थीहरूलाई महान् ग्रन्थ कुर्आनको वास्तविकता, अवतरणको स्थिति र यस ग्रन्थका विभिन्न आयत तथा सूरहहरूलाई सङ्कलन गरेर पूर्ण पुस्तकको रूप दिँदै गर्दाको विभिन्न चरणहरूको बारेमा जानकारी हासिल गर्न मद्दत गर्नेछ।

  • पवित्र कुर्आनको वास्तविकता र त्यसका पारा (खण्डहरू) तथा सूरहहरूको सङ्ख्याबारे जानकारी।
  • पवित्र कुर्आनलाई जम्मा गर्दाका विभिन्न चरणहरूको बारेमा जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

पवित्र ग्रन्थ कुर्आन

अल्लाहले पवित्र ग्रन्थ कुर्आन सम्पूर्ण मानव जातिलाई सही मार्गदर्शन गर्न र उनीहरूलाई अँध्यारोबाट निकालेर उज्यालोतिर लैजानको लागि सर्वश्रेष्ठ मानव एवम् अन्तिम नबी (सन्देष्टा) मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण गर्नु भएको हो । यसै सम्बन्धमा अल्लाहले भन्नु भएको छः ﴿قَدْ جَاءَكُمْ مِنَ اللهِ نُورٌ وَكِتَابٌ مُبِينٌ * يَهْدِي بِهِ اللهُ مَنِ اتَّبَعَ رِضْوَانَهُ سُبُلَ السَّلامِ وَيُخْرِجُهُمْ مِنَ الظُّلُمَاتِ إِلَى النُّورِ بِإِذْنِهِ وَيَهْدِيهِمْ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ﴾ [المائدة: 15، 16]. अर्थः निःसन्देह तिम्रो नजिकमा अल्लाहको तर्फबाट ज्योति र स्पष्ट किताब (कुरआन) आइसकेको छ जसको माध्यमबाट अल्लाहले आफ्नो प्रन्नता प्राप्त गर्न चाहनेहरूका लागि सत्यमार्ग देखाउनु हुन्छ र आफ्नो कृपाद्वारा अँध्यारोबाट निकालि, उज्यालोतिर लैजानु हुन्छ अनि तिनीहरूलाई सोझो बाटोमा मार्गदर्शन गर्नुहुन्छ। (सूरतुल्-मायदाः ५/ १५-१६)

पवित्र ग्रन्थ कुर्आनको परिचय

पवित्र ग्रन्थ कुर्आनः सत्य ईश्वर अल्लाहको वाणी (वचन) हो। जो मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण गरिएको हो। यसलाई पढ्नु (तेलावत गर्नु) इबादत हो। यो सूरतुल्-फातिहाबाट सुरु हुन्छ र सूरतुन्-नासमा समाप्त हुन्छ।

पवित्र ग्रन्थ कुर्आनका कैयौं नामहरू छन्, जसले यसको महत्व र श्रेष्ठता प्रमाणित गर्दछन्। ती नामहरूमध्ये केही यस प्रकार छन्-

١
कुर्आन- अल्लाहले भन्नुभएको छः ﴿إِنَّ هذَا الْقُرْآنَ يَهْدِي لِلَّتِي هِيَ أَقْوَمُ﴾ [الإسراء: 9]. अर्थः निःसन्देह यस कुर्आनले त्यो बाटो देखाउँछ जो सबैभन्दा सोझो छ। (सूरतुल्-इस्राः १७/ ९)
٢
किताब- अल्लाहले भन्नुभएको छः ﴿ذلِكَ الْكِتابُ لا رَيْبَ فِيهِ﴾ [البقرة: 2]. अर्थः “यो किताब (कुरआन अल्लाहको ग्रन्थ भएको) मा कुनै संदेह छैन।” (सूरतुल्-बकरहः २/ २)
٣
फुर्कान (सत्य र असत्यलाई छुट्टाउने)- अल्लाहले भन्नुभएको छः ﴿تَبارَكَ الَّذِي نَزَّلَ الْفُرْقانَ عَلى عَبْدِهِ ﴾ [الفرقان: 1]. अर्थः बडो बरकतयुक्त (कल्याणकारी) हुनुहुन्छ अल्लाह जसले यो ‘फुर्कान’ आफ्नो भक्तमाथि अवतरण गर्नुभयो। (सूरतुल्-फुर्कानः २५/ १)
٤
जिक्र (स्तुति)- यसको बारेमा अल्लाहले भन्नुभएको छः ﴿إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحافِظُونَ ﴾ [الحجر: 9]. अर्थः “(निःसन्देह) हामीले नै जिक्र (कुरआन) लाई अवतरण गरेका छौं र हामीनै यसको संरक्षक हौं ।” (सूरतुल्-हिज्रः १५/ ९)

पवित्र ग्रन्थ कुर्आनको अवतरण

पवित्र ग्रन्थ कुर्आनलाई अल्लाहले सबैभन्दा पहिले रमजानको महिनाको पवित्र एवम् सम्माननीय रात “लैलतुल्-कद्र” मा रसूल सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण गर्नुभएको थियो। अल्लाहले भन्नुभएको छः ﴿إِنَّا أَنْزَلْنَاهُ فِي لَيْلَةِ الْقَدْرِ﴾ (القدر: 1) अर्थः हामीले यस (कुर्आन) लाई कद्रको रातमा अवतरण गर्यौं । (सूरतुल्-कद्रः ९७/ १) अनि अवतरण गरिएको महिनाको बारेमा भन्नुभएको छः ﴿شَهْرُ رَمَضَانَ الَّذِي أُنْزِلَ فِيهِ الْقُرْآنُ هُدىً لِلنَّاسِ وَبَيِّنَاتٍ مِنَ الْهُدَى وَالْفُرْقَانِ﴾ [البقرة: الآية 185]. अर्थः “रमाजानको महिना त्यो महिना हो जसमा कुर्आन अवतरण गरियो, जो मानिसहरूको लागि पथप्रदर्शक हो अनि त्यसमा मार्गदर्शन एवम् सत्य र असत्यलाई छुट्टाउने निशानीहरू छन्।” (सूरतुल्-बकरहः २/ १८५)

अल्लाहले पवित्र कुर्आनलाई फरिश्ताहरू मध्येका प्रतिष्ठित फरिश्ता जिब्रीलको माध्यबाट नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण गर्नुभएको हो। यस सम्बन्धमा भन्नुभएको छः ﴿وَإِنَّهُ لَتَنْزِيلُ رَبِّ الْعَالَمِينَ (192) نَزَلَ بِهِ الرُّوحُ الْأَمِينُ (193) عَلَى قَلْبِكَ لِتَكُونَ مِنَ الْمُنْذِرِينَ (194) بِلِسَانٍ عَرَبِيٍّ مُبِينٍ﴾ [الشعراء: 192- 195]. अर्थः * अनि निःसन्देह यो (कुर्आन) संसारको पालनकर्ताद्वारा उतारिएको हो । * यसलाई विश्वसनीय फरिश्ताले लिएर आएका हुन् । * जो तपाइँको हृदयमा उतारियो ताकि तपाइँ (मानिसहरूलाई) सावधान गर्नेहरू मध्येको हुनुहोस् । * (यो) स्पष्ट अरबी भाषामा छ । (सूरतुश्-शुअराः २६/ १९२-१९५)

नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि सबैभन्दा पहिले कुर्आनको “सूरतुल्-अलक” का सुरुका पाँच आयतहरू अवतरण भएका हुन्, जो यस प्रकार छन्- ﴿اقْرَأْ بِاسْمِ رَبِّكَ الَّذِي خَلَقَ (1) خَلَقَ الْأِنْسَانَ مِنْ عَلَقٍ (2) اقْرَأْ وَرَبُّكَ الْأَكْرَمُ (3) الَّذِي عَلَّمَ بِالْقَلَمِ (4) عَلَّمَ الْأِنْسَانَ مَا لَمْ يَعْلَمْ ﴾ [العلق: 1- 5]. अर्थः * आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गरे। * जसले मानिसलाई रगतको डल्लोबाट बनाए। * तिमी पढ तिम्रो पालनकर्ता बडो दयावान छन्। * जसले कलमको माध्यमबाट ज्ञान दिए। * जसले मानिसलाई त्यो ज्ञान दिए, जुन उसले जान्दैनथ्यो। (सूरतुल्-अलकः ९६/ १-५ )

त्यसपछि नबी सल्लल्लाहु अलैहि वसल्लममाथि परिस्थिति र आवश्यकता अनुसार विभिन्न समयमा अलग-अलग आयत तथा सूरहहरू मक्का र मदीनामा गरेर २३ वर्षको अवधिमा अवतरण भएका थिए।

इब्ने अब्बास रजियल्लाहु अन्हुले वर्णन गर्नुभएको छः पुरै कुर्आन एकै पटकमा लैलतुल् कद्र (प्रतिष्ठित रात) मा लौहे महफूजबाट सांसारिक आकाशमा अवतरण भएको थियो । त्यसपछि त्यहाँबाट २३ वर्षको अवधिमा रसूल सल्लल्लाहु रसूल सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण भयो। (बैहकीः २/ ४१५)

पवित्र कुर्आनका सूरहहरू

पवित्र ग्रन्थ कुर्आनका सूरहहरूको सङ्ख्या एक सय चौध (११४) छ। ती मध्ये सूरतुल्-फातिहा पहिलो सूरह हो र सूरतुन्-नास अन्तिम सूरह हो।

मक्की र मदनी सूरहहरू

١
नबी सल्लल्लाहु अलैहि वसल्लम हिजरत गरेर मदीना आउनु भन्दा पहिले उहाँमाथि अवतरण भएका सूरहहरूलाई “मक्की सूरह” भनिन्छ, तिनको सङ्ख्या ८६ छ।
٢
नबी सल्लल्लाहु अलैहि वसल्लम हिजरत गरेर मदीना आई सकेपछि उहाँमाथि अवतरण भएका सूरहहरूलाई “मदनी सूरह” भनिन्छ, तिनको सङ्ख्या ८६ छ।

यसका तीसवटा पारा (भागहरू) र साठीवटा हिज्ब(आधा पारा बराबरको अंश) छन्।

कुर्आनको लेखन र संकलन

कुर्आन लेखन र संकलनका तीन चरणहरू छन्-

पहिलो चरण- नबी सल्लल्लाहु अलैहि वसल्लमको समयमा

यस चरणमा लेख्नको लागि श्रोत र साधनको कमी भएपनि कण्ठस्थ गर्ने क्षमता र गतिको कारण कुर्आनलाई लेख्ने भन्दा पनि धेरै महत्त्व राम्रोसँग कण्ठस्थ गर्नमा दिइयो। त्यसैले यसलाई कुनै मुसहफमा सङ्कलन गरिएको थिएन। जसले जुन आयत सुन्थे, त्यो कण्ठस्थ गर्थे र आफ्नो पासमा उपलब्ध लेख्ने साधनहरू जस्तै- खजूरका बोक्रा छालाका टुक्रा, पातला सफा ढुङ्गाहरू, जनावरका हड्डीहरू आदिमा लेखेर पनि राख्थे। त्यस समयमा कुर्आन पढ्नेहरूको सङ्ख्या धेरै थियो।

दोस्रो चरण- अबू बकर रजियल्लाहु अन्हुको समय

हिजरतको १२ औं वर्षमा जब यमामाको युद्धमा धेरै कुर्आनका हाफिज (कण्ठस्थकर्ता) हरू शहीद भए तब अबू बकर रजियल्लाहु अन्हुले लेखिएका कुर्आनका सूरह आयतहरू नष्ट न होउन् र न हराउन् भनी संकलन गर्ने आदेश दिनुभयो।

जैद बिन् साबित रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, यमामाको युद्ध पछि (जसमा ठूलो सङ्ख्यामा सहाबाहरू शहीद भएका थिए) अबू बकर रजियल्लाहु अन्हुले मलाई बोलाउनु भयो । त्यसबेला उमर बिन् खत्ताब रजियल्लाहु अन्हु मेरो पासमा आउनु भयो र मसँग भन्नु भयोः यमामाको युद्धमा ठूलो सङ्ख्यामा कुर्आनका हाफिज (कण्ठस्थकर्ता) हरू शहीद भएका छन्, मलाई डर लागेको छ कि यसैगरी काफिरहरू सँगको अरू युद्धमा पनि कुर्आनका हाफिजहरू शहीद हुँदै गए भने कुर्आनका जानकारहरूको ठूलो सङ्ख्या समाप्त नै हुनेछ। त्यस कारण मेरो विचारमा तपाईंले कुर्आनलाई (किताबको रूपमा) जम्मा गर्ने आदेश दिनुहोस्। मैले उमर रजियल्लाहु अन्हुसँग भने तपाईंले त्यस्तो काम किन गर्नु हुन्छ जो काम रसूल सल्लल्लाहु अलैहि वसल्लमले (स्वयम् आफ्नो जीवनमा) गर्नु भएन? यसको प्रतिउत्तरमा उमर रजियल्लाहु अन्हुले भन्नु भयोः अल्लाहको कसम यो त एउटा भलाइको काम हो। उहाँले मसँग यो कुरा पटक-पटक भनिरहनु भयो। अन्त्यमा अल्लाहले यस विषयमा मेरो हृदयलाई पनि खोली दिनु भयो र मेरो पनि त्यही विचार भयो जो उमर रजियल्लाहु अन्हुको थियो।

तेस्रो चरण- उस्मान बिन् अफ्फान रजियल्लाहु अन्हुको समय

हिजरतको पच्चीसौं वर्ष (२५ हिजरी) मा अलग-अलग लेखिएका कुर्आनका सूरह तथा आयतहरू जो सहाबा रजियल्लाहु अन्हुमका पासमा थिए, तिनको अनुसार पढ्न मानिसहरूले मतभेद गर्न थाले। जसको कारण झगडा हुने खतरा भयो, त्यसैले उस्मान बिन् अफ्फान रजियल्लाहु अन्हुले ती अलग-अलग कागजहरूमा लेखिएका कुर्आनका आयात तथा सूरहहरू सबै जम्मा गर्ने आदेश दिनुभयो ताकि कुर्आनको साथमा दाँजेर जाँच गरियोस् र कुनै किसिमको मतभेद बाँकी नरहोस्।

अनस बिन् मालिक रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, हुजैफा बिन् यमान रजियल्लाहु अन्हु उस्मान रजियल्लाहु अन्हुको पासमा आउनु भयो। त्यस समयमा उस्मान रजियल्लाहु अन्हु अरमेनिया र अजरबैजानमाथि विजय प्राप्त गर्नको लागि शाम (सिरिया) का फौजलाई तयार गर्नमा व्यस्त हुनुहुन्थ्यो ताकि सिरियन फौजले इराकलाई पनि साथमा लिएर युद्ध गरून् । हुजैफा रजियल्लाहु अन्हु कुर्आनलाई पढ्ने विषयमा भएको मतभेदबारे धेरै चिन्तित हुनुहुन्थ्यो। उहाँले उस्मान रजियल्लाहु अन्हुसँग भन्नुभयोः हे अमीरुल मुमिनिन् ! यस उम्मत (मुस्लिम समुदाय) लाई यहूदी र इसाईले गरे जस्तै अल्लाहको किताबको विषयमा मतभेद गर्नबाट बचाउनुहोस्। त उस्मान रजियल्लाहु अन्हुले हफ्सा रजियल्लाहु अन्हासँग (अबू बकर रजियल्लाहु अन्हुको आदेशद्वारा जैद रजियल्लाहु अन्हुले जम्मा गरी छपाएको) पुरा कुर्आन पठाइ दिन लागि आग्रह गर्नुभयो, र भन्नु भयोः हामीले त्यसको आधारमा ती साना-साना कागजमा लेखिएका कुर्आनका आयत र सूरहलाई पुनः चेक जाँच गरी फेरी असली कपी तपाईंलाई नै वापस दिनेछौं। जब हफ्सा रजियल्लाहु अन्हाले कुर्आन उस्मान रजियल्लाहु अन्हुलाई पठाई दिनुभयो तब उस्मान रजियल्लाहु अन्हुले जैद बिन् साबित, अब्दुर्रहमान बिन् जुबैर, सअद बिन् आस, अब्दुर्रहमान बिन् हारिस बिन् हिशाम रजियल्लाहु अन्हुमलाई आदेश दिनुभयो कि तिनलाई मसाहिफमा नकल गर्नुस्। (सहीह बुखारीः ४९८७)

त्यस समयमा जम्मा गरिएको कुर्आन आजसम्म जस्ताको तस्तै छ र यस कुर्आनमा सम्पूर्ण मुस्लिमहरूको सहमती एवम् विश्वास छ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्