सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ पवित्र कुर्आनको व्याख्या र त्यसका आयतहरूमा सोच-विचार

पवित्र ग्रन्थ कुर्आनको व्याख्या (तफ्सीर) र त्यसमाथि सोच-विचार गर्नु दुई महत्वपूर्ण कार्य हुन्। किनभने यसबाट अल्लाहले आफ्ना भक्तहरूसँग के चाहनु हुन्छ र के आदेश दिनु भएको छ भन्ने कुराको जानकारी हुन्छ। जसको कारण मुस्लिमले कुर्आनको अनुसार कर्म गर्न र बुझ्न सहयोग मिल्छ। यस पाठमा हामीले कुर्आनको व्याख्या, यसमा सोच-विचार र यसको महत्वको बारेमा जानकारी हासिल गर्नेछौं।

  • पवित्र कुर्आनको व्याख्या र यसबारे मनन गर्नुको अर्थबारे जानकारी।
  • पवित्र ग्रन्थ कुर्आनको व्याख्याको स्थिति र तिनीहरूको आवश्यकताबारे जानकारी।
  • पवित्र ग्रन्थ कुर्आन व्याख्या गर्ने तरिकाहरूबारे जानकारी।
  • पवित्र कुर्आनका व्याख्याका सबैभन्दा महत्त्वपूर्ण आधिकारिक पुस्तकहरूबारे जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

पवित्र ग्रन्थ कुर्आनको व्याख्या र त्यसमा सोच-विचार

प्रत्येक मुस्लिमले कुर्आनलाई शुद्ध एवम् सही तरिकाले पढ्न सिक्नु पर्दछ अनि यसका आयतहरूको अर्थलाई बुझेर यसका आदेश र मनाही गरिएका कुराहरूको बारेमा सोच-विचार गर्दै त्यसै अनुसार यस लोक र परलोकको सफलता प्राप्त गर्नको लागि कर्म गर्नु पर्दछ।

सोच-विचार (तदब्बुर) को अर्थ-

सोच-विचार (तदब्बुर) भनेको आयतलाई आधार बनाई त्यसैको आधारमा सोच-विचार गर्नु, त्यसै अनुसार बोलचाल, व्यवहार र कर्म गरी लाभान्वित हुनु हो।

कुर्आनका आयतहरूमा सोच-विचार गर्नेलाई यसका आयतहरूको सही अर्थको जानकारी हुनु पर्दछ, ताकि उसको सोच-विचार तथा अनुसन्धान सही होस्।

पवित्र कुर्आनमा सोच-विचार गर्नुपर्ने आवश्यकता

प्रत्येक मुस्लिमले यस पवित्र र महान ग्रन्थ कुर्आनको बारेमा सोच-विचार गर्नु पर्दछ, यसका आयतहरूको अर्थलाई सम्झनु पर्दछ र यसै अनुसार कर्म गर्नु पर्दछ। अल्लाहले भन्नु भएको छः ﴿كِتَابٌ أَنْزَلْنَاهُ إِلَيْكَ مُبَارَكٌ لِيَدَّبَّرُوا آيَاتِهِ وَلِيَتَذَكَّرَ أُولُو الْأَلْبَابِ﴾ [ص: 29]، अर्थः “(यो) धेरै कल्याणकारी किताब हो, जुन हामीले तपाईंमाथि अवतरण गरेका छौं । ताकि मानिसहरूले यसका आयतहरूमा सोच विचार गरुन् र बुद्धिमानहरूले यसबाट शिक्षा ग्रहण गरुन् ।” (सूरह सादः ३८/ २९) अर्को ठाउँमा भन्नु भएको छः ﴿ أَفَلَا يَتَدَبَّرُونَ الْقُرْآنَ أَمْ عَلَى قُلُوبٍ أَقْفَالُهَا ﴾ [محمد: 24]. अर्थः “के उनीहरूले कर्आनमा सोच-विचार गर्दैनन्, वा उनीहरूको हृदयमा ताल्चा लागेका छन्।” (सूरह मुहम्मदः ४७/ २४)

व्याख्या (तफ्सीर) को अर्थ

तफ्सीर भनेको पवित्र कुर्आनको अर्थको व्याख्या तथा बयान हो।

तफ्सीर (व्याख्या) को महत्व र आवश्यकता

कुर्आनको व्याख्याका किताबहरू सबैभन्दा लाभदायक ज्ञानका शास्त्रहरू मध्येका हुन्। यी अल्लाहको ग्रन्थसँग सम्बन्धित छन् र यी किताबहरूबाट अल्लाहको आदेश तथा उद्देश्यको बारेमा जानकारी हासिल गर्न मद्दत मिल्छ। व्याख्याका किताबहरूको माध्यमले कुर्आनको सही अर्थ र उद्देश्यको बारेमा जानकारी हुन्छ, अनि कुन आयत कुन समय र परिस्थितिमा अवतरण भएको हो भन्ने कुरा पनि स्पष्ट हुन्छ। जसबाट मानिसले यसका आदेशहरूलाई कार्यान्वयन गर्दै, मनाही गरिएका कुराहरूबाट बच्दै, त्यसमा वर्णित कथा तथा घटनाहरूद्वारा नसिहत हासिल गर्दै, सही तथा पुण्य गर्न र अल्लाहको प्रसन्नता प्राप्ति गर्न अनि जन्नतको सफलता हासिल गर्न सही मार्गदर्शन मिल्छ। त्यसैगरी त्यसमा वर्णन गरिएका सूचनाहरूले सत्य र असत्य फरक गर्न र कुर्आनको महत्त्व र आवश्यकता पनि स्पष्ट हुन्छ।

कुर्आनको अर्थ र व्याख्या नबी सल्लल्लाहु अलैहि वसल्लमबाट सिक्नको लागि सहाबाको उत्सुकता

सहाबा रजियल्लाहु अन्हुमले कुर्आनका आयतहरूको अर्थको बारेमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग सोध्ने गर्थे। अब्दुल्लाह बिन्-मसऊद रजियल्लाहु अन्हुद्वार बयान गरिएको छः जब कुर्आनको यो आयत- ﴿الَّذِينَ آمَنُوا وَلَمْ يَلْبِسُوا إِيمَانَهُمْ بِظُلْمٍ أُولَئِكَ لَهُمُ الْأَمْنُ وَهُمْ مُهْتَدُونَ٨٢﴾ [الأنعام: 82] अर्थः “जसले ईमान ल्याए र आफ्नो ईमानसँग जुल्म (अत्याचार) मिसाउँदैनन्, तिनीहरूको निम्ति सुरक्षा छ र तिनैले मार्गदर्शन प्राप्त गर्दछन् । (सूरतुल्-अन्आमः ६/ ८२) अवतरण भयो तब सहाबाहरूले यसको अर्थलाई सोचेर चिन्तित भए तब नबी सल्लल्लाहु अलैहि वसल्लमको पासमा गएर भन्न थाले हामीमध्ये जुल्म (गल्ती) नगरेको को होला र ! त उहाँले भन्नु भयोः “यसको अर्थ त्यो होइन जो तिमीले सम्झेका छौ, बरु यसको अर्थ त त्यो जुल्म हो जो लुकमान अलैहिस्सलामले आफ्नो छोरासँग भनेका थिएः يَا بُنَيَّ لاَ تُشْرِكْ بِاللَّهِ إِنَّ الشِّرْكَ لَظُلْمٌ عَظِيمٌ ﴾ [لقمان: 13] अर्थः “मेरो प्यारो छोरा ! अल्लाहको साथमा कसैलाई साझेदार नगराउनु, निश्चय नै शिर्क (बहुदेववाद) ठूलो अत्याचार हो ।” (सूरतु लुकमानः ३१/ १३) [बुखारीः ६९३७, मुस्लिमः १२४]

पवित्र कुर्आनको व्याख्या (तफ्सीर) र त्यसको अर्थ जान्नको लागि निम्नलिखित तरिकालाई अपनाउनु पर्दछः

١
कुर्आनबाट कुर्आनको व्याख्या
٢
सुन्नतबाट कुर्आनको व्याख्या
٣
सहाबा रजियल्लाहु अन्हुमको व्याख्या
٤
ताबेइनको व्याख्या

पहिलोः कुर्आनबाट कुर्आनको व्याख्या

किनभने अल्लाहले नै यसलाई अवतरण गर्नु भएको हो र उहाँलाई नै यसको उद्देश्यबारे पूर्ण जानकारी छ।

जस्तैः अल्लाहको यो भनाइ- ﴿أَلَا إِنَّ أَوْلِيَاءَ اللَّهِ لَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ ۝ الَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ﴾ [يونس:62- 63] अर्थः “सुन ! अल्लाहका औलिया (मित्रहरू) लाई न कुनै भय–त्रास हुनेछ र नत तिनीहरू दुःखी हुनेछन्। यी तिनीहरू हुन् जसले ईमान ल्याए र आत्मसंयमी रहे।” (सूरतु यूनुसः १०/ ६२-६३) दोस्रो आयतमा अल्लाहले आफ्ना औलिया को हुन् भन्ने कुरा स्पष्ट पार्दै भन्नु भएको छः “यी तिनीहरू हुन् जसले ईमान ल्याए र आत्मसंयमी रहे।”

दोस्रोः सुन्नतबाट कुर्आनको व्याख्या

अल्लाहले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई आफ्नो तर्फबाट प्रचारकको रूपमा नियुक्त गर्नु भएको थियो, त्यसैले मानवहरूमा उहाँ नै सबैभन्दा राम्रो कुर्आनको जानकार र त्यसको उद्देश्यको जानकार हुनुहुन्थ्यो।

यस आयतमा वर्णन गरिएको “कुव्वत” (शक्ति) शब्दको सुन्नत अनुसार कुर्आन व्याख्याको उदारहरण- उकबा बिन् आमिर जोहनी रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले मिमबरबाट भन्दै गरेको सुने, (उहाँले यो आयत पढ्नु भयो)- ﴿ وَأَعِدُّوا لَهُمْ مَا اسْتَطَعْتُمْ مِنْ قُوَّةٍ ﴾ [الأنفال: 60]، अर्थः “तिमी आफ्नो शक्तिले भ्याएसम्म उनीहरूको मुकाबिलाको निम्ति तयारी गर।” (सूरतुल्-अन्फालः ८/ ६०) अनि भन्नुभयोः “सुन ! शक्तिको अभिप्राय तीर चलाउनु हो, ध्यान राख ! शक्तिको अभिप्राय तीर चलाउनु हो।” (मुस्लिमः १९१७)

तेस्रोः सहाबा रजियल्लाहु अन्हुमको बुझाइ अनुसार व्याख्या

सहाबाले यसको अधिक जानकारी थियो, किनभने उनीहरूले तत्कालीन परिस्थितिलाई देखेका थिए र आफ्नो पूर्ण समझ, सही ज्ञान र पुण्य कर्मद्वारा व्यवहारमा उतारेका थिए।

यसको उदाहरणः अल्लाहको भनाइ- ﴿وَإِنْ كُنْتُمْ مَرْضَى أَوْ عَلَى سَفَرٍ أَوْ جَاءَ أَحَدٌ مِنْكُمْ مِنَ الْغَائِطِ أَوْ لامَسْتُمُ النِّسَاءَ﴾ [النساء: 43] अर्थः “र यदि तिमी बिरामी छौ अथवा यात्रामा छौ वा तिमीमध्ये कोही शौचबाट आएको छ अथवा तिमीले पत्नीलाई स्पर्श गरेका छौ।” (सूरतुन्-निसाः ४/ ४३) इब्ने अब्बास रजियल्लाहु अन्हुमाद्वारा प्रमाणित छः “उहाँले यसको अर्थ सम्भोग हो भन्नु भएको छ।” (तफसीर तबरीः ८/ ३८९)

चौथोः ताबेइनको व्याख्या

ताबेइन सहाबा पछिका सबैभन्दा उत्तम मानिसहरू हुन् जसले सहाबा रजियल्लाहु अन्हुमबाट ज्ञान हासिल गरेका थिए र कुर्आनको ज्ञान तथा व्याख्या सिकेका थिए। यिनीहरूको समयमा अरबी भाषामा कुनै खास परिवर्तन पनि आएको थिएन। त्यसैले यिनीहरू आफूभन्दा पछि आउने पीढीको तुलनामा कुर्आनको सही जानकारी र ज्ञान भएका मानिन्छन्।

मुस्लिमको लागि पवित्र कुर्आनको व्याख्या (तफ्सीर) को आवश्यकता

यदि कुनै मुस्लिमलाई कुर्आन सम्झन र त्यसको अर्थलाई बुझ्न गारो भयो हुन्छ भने उसले ती आयतको सही अर्थ र उद्देश्यबारे जान्नको लागि कुर्आनको व्याख्याका किताबहरू र इस्लामिक धर्मविदको सहयोग लिनु पर्दछ।

पवित्र ग्रन्थ कुर्आनको व्याख्या हरेक गर्ने कार्य होइन बरु सही समझ र ज्ञान भएका धर्मविदहरूले गर्ने कार्य हो। सर्वसाधारण मुस्लिमले जानी नजानी व्याख्या गर्नु हुँदैन। अनुवादकले गरेको अनुवाद अल्लाहको भनाइको हुबहु अर्थ हो, अल्लाहले जो चाहनु भयो त्यो भन्नु भयो। हामीले उहाँका भनाइलाई जस्ताको तस्तै पूर्णरूपमा विश्वास गर्नु पर्दछ ताकि अल्लाहको बारेमा बिना जानकारी कतै उहाँले जुन कुरा मनाही गर्नु भएको छ त्यही गलत कुरा नबोलियोस् र त्यसै अनुसार अगाडी नबढियोस् । यस्तो भयो भने ऊ कयामत सम्म अपमानित हुनेछ। अल्लाहले भन्नु भएको छः ﴿ قُلْ إِنَّمَا حَرَّمَ رَبِّيَ الْفَوَاحِشَ مَا ظَهَرَ مِنْهَا وَمَا بَطَنَ وَالْأِثْمَ وَالْبَغْيَ بِغَيْرِ الْحَقِّ وَأَنْ تُشْرِكُوا بِاللَّهِ مَا لَمْ يُنَزِّلْ بِهِ سُلْطَاناً وَأَنْ تَقُولُوا عَلَى اللَّهِ مَا لا تَعْلَمُونَ﴾ [الأعراف: 33]. अर्थः “भनिदिनुस्, मेरो पालनकर्ताले त निर्लज्जताका कुराहरू चाहे ती खुल्ला रूपमा हुन् वा गोप्य, र प्रत्येक पापलाई र अकारण कसैमाथि अत्याचार गर्ने कुरालाई अवैध गर्नु भएको छ । अनि कसैलाई अल्लाहको साझेदार ठान्ने कुरा, जसको निम्ति उहाँले कुनै प्रमाण प्रदान गर्नु भएको छैन र अल्लाहको बारेमा तिमीलाई कुनै ज्ञान नभएको कुरा गर्न पनि अवैध छ । (सूरतुल्-आराफः ७/ ३३)

कुर्आनको व्याख्या (तफ्सीर) को सबैभन्दा विश्वसनीय किताब

पवित्र कुर्आनको व्याख्याका किताबहरूलाई अलग-अलग दर्जामा राखिएको छ, किनभने ती व्याख्याहरू विश्वसनीयताको आधारमा एकनास छैनन्। त्यसैले मुस्लिमहरूले ती व्याख्यालाई प्रमाण र विश्वसनीयताको आधारमा अलग-अलग दर्जामा राखेका हुन्। जसका लेखक (व्याख्याकर्ता) ले व्याख्याको नियम र सिद्धान्तलाई आधार बनाएर व्याख्या गरेका छन्, ती मध्ये केही प्रसिद्ध निम्नलिखित छन्-

तफसीर (व्याख्या) का महत्वपूर्ण किताबहरू

١
इमाम इब्न जरीर अल्-तबरीको व्याख्या- “तफ्सीर जामेअ अल्-बयान अन् तावील आयत अल्-कुर्आन”
٢
इमाम इब्ने कसीर अल्-दिमश्कीको व्याख्या- “तफ्सीर अल्-कुर्आन अल्-अजीम”
٣
शेख अब्दुर्रहमान अस्-सअदीको व्याख्या- “तैसीर अल्-करीमु अर्रहमान फी तफ्सीर कलाम अल्-मन्नान”
٤
इशराफीया का विद्वानहरूद्वारा तयार गरी मज्मुअ मलिक फहद लितिबाअत अल्-मुसहफ अश्शरीफ बिल्-मदीना अल्-मुनव्वराद्वारा छापिएको- “तफसीर अल्-मयस्सर”

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्