सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ नबी सल्लल्लाहु अलैहि वसल्लमको दूतत्व (नुबुवत)

अल्लाहले महत्वपूर्ण कार्यहरू एवम् उद्देश्य पुरा गर्नको लागि रसूलहरूलाई पठाउनु भयो र यस सिलसिलालाई मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको माध्यमद्वारा समाप्त गर्नुभयो अनि उहाँलाई अन्यमाथि श्रेष्ठता प्रदान गर्नुभयो। यस पाठमा तपाईंले यसै सम्बन्धमा उहाँका अनुयायीहरूमाथि उहाँ प्रतिको दायित्व र केही अन्य आदेशहरूको बारेमा जानकारी हासिल गर्नु हुनेछ।

  • नबी तथा रसूल अलैहिमुस्सलामलाई पठाउनुको उद्देश्य अथवा तत्वदर्शिताको बारेमा जानकारी।
  • अरूमाथि नबी सल्लल्लाहु अलैहि वसल्लमको श्रेष्ठताको आधार।
  • नबी सल्लल्लाहु अलैहि वसल्लम प्रति उहाँका अनुयायीहरूका केही दायित्व।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

मानवलाई रसूल (सन्देष्टा) हरूको आवश्यकता

अल्लाहले प्रत्येक समुदायमा एउटा शुभ-सूचक तथा सचेतक पठाउनु भयो, ताकि उनीहरूले मानिसहरूलाई अल्लाहद्वारा पठाइएको मार्गदर्शन तथा धर्म व्यवस्थाको बारेमा बताउन र त्यसबाट उनका सांसारिक र पारलौकिक जीवन सफल होस्। अल्लाहले भन्नु भएको छः ﴿ وَإِن مِّنْ أُمَّةٍ إِلَّا خَلَا فِيهَا نَذِيرٌ ﴾ [فاطر: 24]. अर्थः “र कुनै समुदाय यस्तो भएन जसमा कुनै सचेतक भएको नहोस् ।” (सूरह फातिरः ३५/ २४)

सन्देष्टाहरूको अनुसरण बाहेक यस दुनियाँ र परलोकमा सफल हुनको लागि न त कुनै अन्य मार्ग छ न पाप र पुण्य अथवा भलाइ र खराबीको बारेमा विस्तृत रूपमा जान्ने कुनै पनि माध्यम नै छ। यतिमात्र होइन अल्लाहको प्रसन्नता पनि उनीहरूकै अनुसरणको माध्यमद्वारा नै प्राप्त गर्न सकिन्छ। त्यसैले तन, मन, धन, वचन र कर्मद्वार पुण्य प्राप्त गर्ने तरिका पनि उनीहरूद्वारा ल्याइएको मार्गदर्शनको अनुसरणद्वारा मिल्छ।

मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई नबी र रसूल मान्नु

हामीले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको भक्त र रसूल हुनुहुन्छ भन्ने पूर्ण रूपमा ईमान (आस्था) राख्छौं। उहाँ सम्पूर्ण मानवहरूमा सर्वश्रेष्ठ हुनुहुन्छ र सबैका इमाम एवम् सन्देष्टाहरूका समापक हुनुहुन्छ। अब उहाँ पश्चात कुनै सन्देष्टा आउने छैनन्।

कुर्आनमा अल्लाहले भन्नु भएको छः ﴿ مُّحَمَّدٌ رَّسُولُ اللَّهِ ﴾ [الفتح: 29] अर्थः “मुहम्मद अल्लाहको रसूल हुनुहुन्छ।” (सूरतुल्-फत्हः ४८/ २९)

उहाँ सल्लल्लाहु अलैहि वसल्लमले हामीलाई जुन कुरा बताउनु भएको छ त्यसमा पूर्ण विश्वास गर्नु पर्दछ। जुन कुराको आदेश दिनु भएको छ त्यसलाई मान्नु पर्दछ र जुन कुराबाट उहाँले मनाही गर्नु भएको छ त्यसबाट बच्नु पर्दछ। अल्लाहको इबादत उहाँको तरिकालाई अनुसरण गर्दै उहाँले गरे र बताए बमोजिम नै गर्नु पर्दछ

सम्पूर्ण नबी र रसूलहरूका समापक

मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका अन्तिम सन्देष्टा हुनुहुन्छ, उहाँ पछि अब कुनै सन्देष्टा आउने छैनन्। उहाँको सन्देश (पैगाम) विगतका सम्पूर्ण आकाशिय सन्देशहरू र धर्महरूको पनि समापक हो।

अल्लाहले भन्नु भएको छः ﴿مَا كَانَ مُحَمَّدٌ أَبَا أَحَدٍ مِنْ رِجَالِكُمْ وَلَكِنْ رَسُولَ اللَّهِ وَخَاتَمَ النَّبِيِّينَ﴾ [الأحزاب: 40]. अर्थः “(मानिसहरू हो !) मुहम्मद तिमी पुरुषहरू मध्ये कसैको पिता होइनन्, बरु उनी अल्लाहका रसूल र नबीहरूका समापक (अन्तिम नबी) हुन्।” (सूरतुल्-अहजाबः ३३/ ४०)

अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “म र मभन्दा पहिलेका सम्पूर्ण अम्बिया (सन्देष्टाहरू) को उदाहरण यस्तो छ, जस्तैः एकजनाले कुनै एउटा घर बनायो अनि त्यसमा हरेक किसिमका सजावट र श्रृंगारले परिपूर्ण गर्यो तर एउटा ईंटाको ठाउँ खाली रहयो। जो पनि मानिसहरू आउँछन् र घरको चारैतिर घुमफिर गरेर हेर्छन् अनि अचम्म मान्छन् कि यो ठाउँमा ईंटा किन राखिएन ? (ईंटा राखेको भए त परिपूर्ण हुन्थ्यो!), म त्यही ईंटा हुँ । तथा म सन्देष्टाहरूको समापक (खातमुन्-नबीईन) हुँ।” (बुखारीः ३५३५)

सर्वश्रेष्ठ रसूल एवम् सन्देष्टा

हाम्रो नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम नबीहरूमा सर्वश्रेष्ठ नबी हुनुहुन्छ एवम् अल्लाहको सृष्टिहरूमा सर्वश्रेष्ठ सृष्टि हुनुहुन्छ र अल्लाहको निकट उहाँ सबैभन्दा प्यारो, एवम् मर्यादित हुनुहुन्छ। यसको गवाही दिँदै अल्लाहले भन्नु भएको छः ﴿وَأَنْزَلَ اللَّهُ عَلَيْكَ الْكِتَابَ وَالْحِكْمَةَ وَعَلَّمَكَ مَا لَمْ تَكُنْ تَعْلَمُ وَكَانَ فَضْلُ اللَّهِ عَلَيْكَ عَظِيمًا﴾ [النساء: 113]، अर्थः “अल्लाहले तपाईंलाई ग्रन्थ र बुद्धिमत्ता प्रदान गर्नु भएको छ अनि तपाईंलाई ती कुराहरूको ज्ञान दिनु भयो जुन तपाईंलाई थाहा थिएन र तपाईंमाथि अल्लाहको ठूलो कृपा छ। (सूरतुन्-निसाः ४/ ११३) अर्को ठाउँमा अल्लाहले नबी सल्लल्लाहु अलैहि वसल्लमलाई सम्बोधन गर्दै भन्नु भएको छः अर्थः “अनि हामीले तपाईंको मर्यादा उच्च पार्यौं।” (सूरतुश्-शरहः ९४/ ४)

उहाँ सल्लल्लाहु अलैहि वसल्लम आदमका सन्तानहरू मध्येको सर्वश्रेष्ठ एवम् नायक हुनुहुन्छ। कयामतको दिन सबैभन्दा पहिले उहाँको कब्र खोलेर जीवित गरिने छ, पहिले उहाँलाई सिफारिसको मौका दिइने छ र उहाँको सिफारिस नै सबैभन्दा पहिले स्वीकार गरिनेछ। कयामतको दिन उहाँकै हातमा प्रशंसा (हम्द) को झन्डा हुनेछ, सबैभन्दा पहिले जन्नत (स्वर्ग) को ढोका उहाँको लागि खोलिने छ र सबैभन्दा पहिले उहाँ नै जन्नतको ढोकाबाट प्रवेश गर्नु हुनेछ।

सम्पूर्ण जगतको लागि दयाको प्रतिक

अल्लाहले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई सम्पूर्ण जगतको लागि दयाको पात्र बनाएर पठाउनु भएको हो, उहाँको दूतत्व (नुबूवत) सम्पूर्ण मानवहरू र जिन्नको लागि हो। यसको पुष्टि गर्दै अल्लाहले भन्नु भएको छः ﴿وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِّلْعَالَمِينَ﴾ [ الأنبياء:107]. अर्थः “र (हे मुहम्मद !) हामीले तपाईंलाई सम्पूर्ण जगतको निम्ति सर्वथा दयाको प्रतीक बनाएर पठाएका छौं।” (सूरतुल्-अम्बियाः २१/ १०७)

अनि अर्को ठाउँमा अल्लाहले भन्नु भएको छः ﴿ وَمَا أَرْسَلْنَاكَ إِلَّا كَافَّةً لِّلنَّاسِ﴾ [سبأ : 28]. अर्थः “(हे मुहम्मद !) हामीले तपाईंलाई सम्पूर्ण मानवहरूको लागि पठाएका हौं।” (सूरतु सबाः ३४/ २८) अनि घोषणा गर्नको लागि भन्नु भएको छः ﴿قُلْ يَا أَيُّهَا النَّاسُ إِنِّي رَسُولُ اللّهِ إِلَيْكُمْ جَمِيعًا﴾ [الأعراف:158]. अर्थः “तपाईले भनि दिनुहोस्- ‘‘हे मानिसहरू ! म तिमीहरू सबैका लागि अल्लाहको तर्फबाट पठाइएको रसूल (सन्देष्टा) हुँ।” (सूरतुल्-आराफः ७/ १५८)

अल्लाहले उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई सम्पूर्ण जगतको लागि दया बनाएर पठाउनु भएको हो ताकि उनीहरूलाई शिर्क, कुफ्र र अज्ञानताको अँध्यारोबाट निकालेर ईमान, तौहीद र ज्ञानको ज्योतितिर मार्गदर्शन गरियोस्। जसबाट उनीहरूले अल्लाहको प्रसन्नता एवम् क्षमायाचना प्राप्त गर्न सकुन् र उहाँको यातनाबाट बच्न सकुन्।

उहाँ सल्लल्लाहु अलैहि वसल्लममाथि ईमान ल्याउनु र उहाँको सन्देश पालन गर्न आवश्यक छ।

मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको दूतत्व (रिसालत) र विधानले अघिका सम्पूर्ण दूतत्व र विधानहरूलाई रद्द गरेको छ। मुहम्मदको अनुसरण नगरुन्जेल कुनै पनि धर्म अल्लाहको समक्ष स्वीकृत हुन सक्दैन नत स्वर्ग (जन्नत) मा प्रवेश गर्न सक्छ। अल्लाहले आफूसम्म आउने सम्पूर्ण बाटोहरूलाई बन्द गरेर मात्र इस्लामको बाटोलाई खुला गर्नु भएको छ। वास्तवमा उहाँ सर्वश्रेष्ठ रसूल हुनुहुन्छ र उहाँका अनुयायीहरू सर्वश्रेष्ठ हुन् र उहाँको विधि-विधान पनि परिपूर्ण छ।

त्यसैले अल्लाहले भन्नु भएको छः ﴿وَمَنْ يَبْتَغِ غَيْرَ الْإِسْلَامِ دِينًا فَلَنْ يُقْبَلَ مِنْهُ وَهُوَ فِي الْآخِرَةِ مِنَ الْخَاسِرِينَ﴾ [آل عمران: 85]. अर्थः “जसले इस्लाम बाहेक अन्य कुनै धर्म ग्रहण गर्न खोज्छ उसको धर्म कदापि स्वीकार हुने छैन र ऊ परलोकमा क्षतिग्रस्त हुनेछ।” (सूरह आले-इमरान: ३/ ८५)

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “अल्लाहको कसम; जसको हातमा मेरो ज्यान अडेको छ यहूदी, ईसाइ या जो सुकैले मेरो बारेमा थाहा पाइसकेपछि ममाथि ईमान (विश्वास) राख्दैन भने ऊ नरकमा जानेछ।” मुस्लिम: १५३)

नबी सल्लल्लाहु अलैहि वसल्लमका ती चमत्कारहरू जसले उहाँको सन्देशलाई पुष्टि गर्छन्-

अल्लाहले हाम्रो नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको समर्थन गर्नुभयो र उहाँलाई कैयौं चमत्कार निशानी र प्रदान गर्नुभयो। जसले पुष्टि उहाँको सत्यता, दूतत्व (नुबूवत) र सन्देशको गवाही दिन्छन्। ती चमत्कारहरू केही यस प्रकार छन्-

पवित्र ग्रन्थ कुर्आन

हाम्रो रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई दिइएको सबैभन्दा ठूलो निशानी तथा चमत्कार पवित्र ग्रन्थ कुर्आन हो। जो आत्मा र विवेक अनुकूल छ, अनि यो कयामत सम्म चमत्कारपूर्ण निशानी नै रहनेछ। यसमा कुनै किसिमको हेरफेर वा परिवर्तन हुन सक्दैन, किनभने यो आफ्नो भाषा र शैलीमा उच्च कोटिको छ। यतिमात्र नभइ यसका विधि-विधान, आदेश, खबरहरूमा पनि अनौठा निशानी एवम् चमत्कार छन्।

अल्लाहले भन्नु भएको छः ﴿قُلْ لَئِنِ اجْتَمَعَتِ الْإِنْسُ وَالْجِنُّ عَلَى أَنْ يَأْتُوا بِمِثْلِ هَذَا الْقُرْآنِ لَا يَأْتُونَ بِمِثْلِهِ وَلَوْ كَانَ بَعْضُهُمْ لِبَعْضٍ ظَهِيرًا﴾ [ الإسراء :88]. अर्थः “भनि दिनुहोस्- यदि सबै मानिसहरू र जिन्नहरू मिलेर यस कुर्आन जस्तो ग्रन्थ ल्याउन चाहे पनि यस कुर्आन् जस्तो बनाई ल्याउन सक्दैनन्। चाहे तिनिहरू एक अर्काको मद्दतगार किन न बनुन्।” (सूरतूल्-इस्राः १७/ ८८)

चन्द्रमा फाटिएर दुई टुक्रा हुनु

अर्को ठाउँमा अल्लाहले भन्नु भएको छः ﴿اقْتَرَبَتِ السَّاعَةُ وَانْشَقَّ الْقَمَرُ * وَإِنْ يَرَوْا آيَةً يُعْرِضُوا وَيَقُولُوا سِحْرٌ مُسْتَمِرٌّ ﴾ [القمر: 1، 2]، अर्थः “*कयामत नजिक आइ पुग्यो र चन्द्र फाट्यो। *र यदि काफिरहरूले कुनै चमत्कार देख्छन् भने मुख फर्काइ हाल्छन् र भन्छन्- यो पहिलेदेखि चली आएको एउटा जादू हो। (सूरतुल्-कमरः ५४/ १-२) यो घटना रसूल सल्लल्लाहु अलैहि वसल्लमको जीवनमा नै भएको थियो। यसलाई कुरेश र अन्य समुदायका मानिसहरूले पनि देखेका थिए।

उहाँ सल्लल्लाहु अलैहि वसल्लमको हातमा थोरै खाने कुरा पनि धेरै हुन्थ्यो।

यहाँसम्म कि उहाँको साथमा भएका सबैले त्यसबाट खाएर पनि बचेको थियो । तिनै घटनाहरू मध्ये एउटा यो हो- समूरा बिन् जुन्दुब रजियल्लाहु अन्हुले बयान गर्नु भएको छः “हामीहरू नबी सल्लल्लाहु अलैहि वसल्लमको पासमा बसेका थियौँ, त्यतिकैमा उहाँको पासमा सरीदले भरिएको (दलिया युक्त) प्लेट ल्याइयो । त्यसबाट उहाँले पनि खानु भयो र पुरै समुदायका मानिसहरूले पनि खाए । मानिसहरू लगभग जोहरको समयसम्म पालैपालो आउँदै गरे”। (मुस्नद अहमदः २०१३५)

उहाँ सल्लल्लाहु अलैहि वसल्लमद्वारा बताइएका परोक्षका कुरा (भविष्यवाणी) सही साबित हुन्थे

उहाँ सल्लल्लाहु अलैहि वसल्लमले जो अदृष्य कुरा बताउनु हुन्थ्यो ती सबै प्रमाणित हुन्थे। अहिले पनि उहाँले बताएका धेरैजसो भविष्यवाणीहरू पनि पुरा भएका छन् र हुँदै गइरहेका छन्।

अनस रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, उमर रजियल्लाहु अन्हु बद्रवालेको बारेमा बताउँदै भन्नु भयोः अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले हामीलाई अर्को दिन (भोलि) बद्रवाले मारिने ठाउँ देखाउँदै भन्नु हुन्थ्योः “यो ठाउँ भोलि फलानो व्यक्तिको मृत्युको ठाउँ हुनेछ”। अनस रजियल्लाहु अन्हुले अगाडि भन्नु भयो, उमर रजियल्लाहु अन्हुले भन्दै हुनुहुन्थ्योः अल्लाहको कसम जसले उहाँलाई सत्यताको साथ पठाउनु भएको छ । उहाँले जुन-जुन ठाउँमा जसको मृत्यु हुन्छ भन्नु भएको थियो अलिकति पनि फरक परेन । (मुस्लिमः २८७३)

नबी सल्लल्लाहु अलैहि वसल्लमप्रति उहाँका उम्मत (अनुयायी) को दायित्व

नबी सल्लल्लाहु अलैहि वसल्लमप्रति उहाँका उम्मत (अनुयायी) को दायित्व धेरै छन्, ती मध्ये केही यस प्रकार छन्-

१- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको दूतत्व (नुबूवत) मा ईमान राख्नु

उहाँको दूतत्व (नुबूवत) र सन्देशप्रति ईमान राख्नु अनि उहाँको सन्देशले विगतका सम्पूर्ण सन्देशहरूलाई रद्द गरेको छ।

२- उहाँ सल्लल्लाहु अलैहि वसल्लममाथि विश्वास गर्नु

उहाँले बताएका कुराहरूमा विश्वास गर्नु, जुन कुराहरूको आदेश दिनु भएको छ तिनलाई मान्नु, जुन कुराहरूबाट उहाँले मनाही गर्नु भएको छ तिनिबाट बच्नु र उहाँले बताएको तरिका अनुसार अल्लाहको उपासना गर्नु। यसै सम्बन्धमा अल्लाहले भन्नु भएको छः ﴿وَمَا آتَاكُمُ الرَّسُولُ فَخُذُوهُ وَمَا نَهَاكُمْ عَنْهُ فَانْتَهُوا﴾ [الحشر: 7]. अर्थः“जुन कुरा तिमीलाई रसूलले दिन्छन्, त्यो लेउ र जुन कुराबाट मनाही गर्छन्, त्यसबाट बच।” (सूरतुल्-हश्रः ५९/ ७)

३- उहाँ सल्लल्लाहु अलैहि वसल्लमद्वारा आएका कुरालाई स्वीकार गर्नु

रसूल सल्लल्लाहु अलैहि वसल्लमले बताएका वा उहाँको माध्यमद्वारा आएका कुराहरूलाई आदर पूर्वक स्वीकार गर्नु पर्दछ र उहाँको तरिका (सुन्नत) को अनुसरण गर्नु पर्दछ। अल्लाहले भन्नु भएको छः ﴿فَلَا وَرَبِّكَ لَا يُؤْمِنُونَ حَتَّى يُحَكِّمُوكَ فِيمَا شَجَرَ بَيْنَهُمْ ثُمَّ لَا يَجِدُوا فِي أَنْفُسِهِمْ حَرَجًا مِمَّا قَضَيْتَ وَيُسَلِّمُوا تَسْلِيمًا﴾ [النساء: 65]. अर्थः “होइन, तिम्रा पालनकर्ताको कसम ! जबसम्म यिनीहरूले आपसी झै-झगडामा तिमीलाई न्यायाधीश मान्दैनन्, तिमीले गरेको फैसलालाई बिना कुनै संकोच स्वीकार गर्दैनन् र त्यसमाथि पूर्ण समर्पण गर्दैनन् तबसम्म आस्थावान बन्न सक्दैनन्।” (सूरतुन्-निसा: ४/ ६५)

४- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको आदेशको अवज्ञा गर्नबाट बच्नु

हामीले उहाँको अवज्ञादेखि सधैं सतर्क हुनु अनिवार्य छ। किनभने उहाँको अवज्ञाले दु:खदायी पीडा र नराम्रो परिणाम भोग्नु पर्छ। अल्लाहले भन्नु भएको छः ﴿فَلْيَحْذَرِ الَّذِينَ يُخَالِفُونَ عَنْ أَمْرِهِ أَنْ تُصِيبَهُمْ فِتْنَةٌ أَوْ يُصِيبَهُمْ عَذَابٌ أَلِيمٌ ﴾ [النور: 63]. अर्थः “उहाँको आदेश उल्लङ्घन गर्नेहरू सावधान रहुन्, कतै उनीहरूलाई कुनै सङ्कटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (सूरतुन्-नूर: २४/ ६३)

५- नबी सल्लल्लाहु अलैहि वसल्लम प्रतिको माया सम्पूर्ण मानव भन्दा अधिक हुनु

हामीले उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई स्वयम् आफू, आफ्ना आमा-बुवा, छोरा-छोरी तथा सम्पूर्ण सृष्टिका चीजहरूभन्दा बढी माया गर्नु पर्दछ। अनस रजियल्लाहु अन्हुद्वारा वर्णित हदीसमा नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “जबसम्म तिमीहरू आफ्ना आमा-बुवा, छोरा-छोरी तथा समस्त मानिसहरू भन्दा बढी माया मलाई गर्दैनौ तबसम्म तिमीहरू मोमिन (आस्थावान) बन्न सक्दैनौ।” (बुखारी : १५) एकपटक उमर रजियल्लाहु अन्हुले रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग भन्नु भयोः हे अल्लाहको रसूल ! मेरो लागि स्वयम् आफ्नो ज्यान बाहेक तपाईं सबैभन्दा प्यारो हुनुहुन्छ। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः होइन, ए उमर ! त्यस जातको कसम जसको हातमा मेरो ज्यान छ, जबसम्म म तिम्रो निम्ति तिम्रो ज्यानभन्दा पनि अधिक प्यारो हुँदैन तबसम्म तिम्रो ईमान (आस्था) अधुरो रहने छ। त्यसपछि उमर रजियल्लाहु अन्हुले भन्नु भयोः निःसन्देह अब तपाईं मेरो लागि मेरो आफ्नै ज्यानभन्दा पनि अधिक प्यारो हुनुहुन्छ। तब नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः हे उमर ! अब तिम्रो ईमान पूर्ण भयो। (बुखारीः ६६३२)

उहाँ सल्लल्लाहु अलैहि वसल्लमले अल्लाहको सन्देश पुर्याउनु भयो भन्ने कुरामा ईमान (आस्था) राख्नु।

रसूल सल्लल्लाहु अलैहि वसल्लमले अल्लाहको पैगामलाई पूर्ण रूपमा हामीसम्म पुर्याई आफ्नो जिम्मेदारी पूरा गर्नुभयो र आफ्ना अनुयायीहरूलाई सत्य मार्गदर्शन गर्नु भयो। कुनै भलाइ र पुण्यका कामहरू छैनन् उहाँले नबताएका र कुनै पाप तथा नराम्रा कामहरू बाँकी छैनन् उहाँले आफ्ना अनुयायीहरूलाई सचेत नगरेका भन्ने कुरामा पूर्ण रूपमा आस्था राख्नु पर्दछ। अल्लाहले भन्नु भएको छः ﴿الْيَوْمَ أَكْمَلْتُ لَكُمْ دِينَكُمْ وَأَتْمَمْتُ عَلَيْكُمْ نِعْمَتِي وَرَضِيتُ لَكُمُ الْإِسْلَامَ دِينًا ﴾ [المائدة: 3]. अर्थः “आज हामीले तिम्रो निम्ति तिम्रो धर्मलाई पूर्ण गर्यौ र तिम्रो लागि आफ्ना कृपाहरू पूरा गर्यौं अनि तिम्रो लागि इस्लाम धर्मलाई रोज्यौं।” (सूरतुल्-माइदाः ५/ ३)

हज्जतुल वदाअ (अन्तिम हज) को अवसरमा जब अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले सहाबाको ठूलो जमातलाई सम्बोधन गर्नु भयो, त्यस दिन सहाबाले उहाँ सल्लल्लाहु अलैहि वसल्लमद्वारा इस्लामको तब्लीग (प्रचार-प्रसार) को गवाही दिएका थिए । यसै सम्बन्धमा जाबिर रजियल्लाहु अन्हुलेको हदीसमा बयान गरिएको छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “तिमीहरूसँग मेरो बारेमा सोधिने छ, तिमीहरूले के भन्छौ ? उनीहरूले भनेः हामीले गवाही दिन्छौ, तपाईंले पुर्याउनु भयो, आफ्नो जिम्मेदारी पुरा गर्नुभयो र उम्मतको भलाइ गर्नुभयो”। तब उहाँ सल्लल्लाहु अलैहि वसल्लमले सब्बाबा (शहादत) को औँलालाई आकाशतिर उठाउँदै र मानिसहरूतिर इशारा गर्दै तीन पटक भन्नुभयोः “हे अल्लाह तपाईं साक्षी रहनुहोस् ।” (मुस्लिमः १२१८)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्