Model: हालको खण्ड
पाठ महामारी, पाठ र उपदेशहरू
रोग र महामारीबाट ग्रसित हुनु भनेको मानिसहरूको भाग्यमा पहिलादेखि नै लेखिएको कुरा हो, चाहे मुस्लिम होस् वा गैर मुस्लिम । तर रोग र महामारीले गर्दा विपत्तिमा परेको मुस्लिमको अवस्था अरूको भन्दा एकदम पृथक हुन्छ । ऊ दु:खमा सब्र (धैर्य) गर्छ, रोग लग्नु भन्दा पहिला नलागोस् भनेर वैध कारणहरूलाई प्रयोग गर्छ अनि ग्रसित भइसकेपछि अल्लाहसँग शिफाको दुआ गर्छ ।
माइक्रोस्कोपबाट मात्रै देख्न सकिने सुक्ष्म किसिमका किटाणुका कारण महामारी फैलिनु र मानिसहरूभित्र डर र त्रास पैदा हुनु भनेको अल्लाहको शक्ति र मानव कमजोरीको ठूलो प्रमाण हो । मानवले जतिसुकै उन्नति गरे पनि र जस्तोसुकै टेक्नोलोजीको प्रयोग गरेपनि उनीहरू मानव कमजोरी र नपुंसकताको घेराभन्दा बाहिर जान सक्दैनन् । अल्लाह नै एक मात्र सर्वशक्तिमान, दृढ र सम्पन्न हुनुहुन्छ भन्ने कुराको ठूलो प्रमाण हो । आकाश र पृथ्वीमा कसैले पनि उहाँलाई हराउन सक्दैनन् ।
भाग्य सही हो
मुस्लिमहरूको आस्था के छ भने यो पृथ्वीमा जे पनि घटना हुन्छ ती सबै पूर्वनिर्धारित हुन् । अल्लाहले यो पृथ्वीको सृष्टि भन्दा अघि नै सबै कुराहरू लेख्नुभएको थियो । यो आस्थाले उनीहरूलाई आतङ्क, प्रकोप, महामारी इत्यादिको सामना गर्न सक्षम र अडिग बनाउँछ । उनीहरूले खुला हृदयले अल्लाहको फैसलालाई स्वीकार गर्छन् ।
चेतना र उपदेश:
रोग, विपत्ति र जाँचहरूमा मुस्लिमका अवस्थाहरू :
यी विपत्तिहरू आइपर्दा गर्नुपर्ने केही मुख्य उपासनाहरू: अल्लाहको अगाडी रुनु, उहाँसँग मद्दत माग्नु, उहाँप्रति समर्पित हुनु, यो पीडाबाट मुक्तिको लागि विनम्रताका साथ दुआ गर्नु, अल्लाहले भन्नुभएको छ: ﴿ فَلَوْلَا إِذْ جَاءَهُم بَأْسُنَا تَضَرَّعُوا وَلَٰكِن قَسَتْ قُلُوبُهُمْ وَزَيَّنَ لَهُمُ الشَّيْطَانُ مَا كَانُوا يَعْمَلُونَ﴾ (الأنعام 43). अर्थः "तिनीहरूमाथि हाम्रो प्रकोप आइपुग्दा तिनीहरूले बिन्ती किन गरेनन् ? बरू तिनीहरूको हृदय झन् कठोर भयो, र तिनीहरूले गरिरहेका नराम्रा कामहरूलाई शैतानले तिनीहरूका लागि सुशोभित तुल्याई दियो ।" (अन-आम: ४३) शुद्ध दुआका लागि स्वर्गका ढोकाहरू खोलिन्छ, पर्दाहरू हटाइन्छ, दुरी खतम हुन्छ र परम दयालुको नजिक पुर्याउने गर्छ । अल्लाहले भन्नुभएको छ: ﴿وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ ۖ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ ۖ ﴾. अर्थः "हे नबी ! मेरा भक्तहरू मेरोबारे तपाईंलाई सोध्छन् भने भनिदिनुहोस्– म उनीहरूदेखि एकदमै नजिक छु र भित्री मनले पुकार्नेवालाको पुकार स्वीकार गर्छु ।" (बकरह: १८६) वहब बिन् मोनब्बिह ले भनेका छन्: "दुआले विपत्तिलाई खतम गरिन्छ ।"
हामी यी विपत्तिहरू र रोगहरूबाट सुरक्षित छौं भन्ने विश्वास गर्नु भनेको ठूलो भ्रम हो र आफैले आफ्नो खुट्टामा बन्चरो हान्नु हो । विपत्ति र पापहरू बीच रहेको सम्बन्धबारे हामीले मनन गर्नुपर्छ । किनभने धेरैजसो आयतहरूमा विपत्ति र पापहरूबीच रहेको गहिरो सम्बन्ध पुष्टि भएको कुरा हो । अल्लाहले भन्नुभएको छ: ﴿أَوَلَمَّا أَصَابَتْكُم مُّصِيبَةٌ قَدْ أَصَبْتُم مِّثْلَيْهَا قُلْتُمْ أَنَّىٰ هَٰذَا ۖ قُلْ هُوَ مِنْ عِندِ أَنفُسِكُمْ ۗ ﴾ (آل عمران: 165)، अर्थः "तिमीहरूलाई कष्ट पुग्दा यो कहाँबाट आयो भन्छौ, जबकि यसको दुई गुणा कष्ट तिमीहरूले पाइसकेका छौ । भनिदेऊ, यो तिमीहरूको गल्तीको नतिजा हो ।" (आले इमरान: 165) । अर्को ठाउँमा भन्नुभएको छ: {وَمَا أَصَابَكُمْ مِنْ مُصِيبَةٍ فَبِمَا كَسَبَتْ أَيْدِيكُمْ وَيَعْفُو عَنْ كَثِيرٍ} (الشورى: 30). अर्थः "तिमीहरूको जीउधनमा जे जति हानि पुग्छ त्यो तिमीहरूको पापले गर्दा नै पुग्छ । यद्यपि अल्लाह तिमीहरूका धेरै पापहरू माफ गर्नुहुन्छ ।" (शुरा: ३०)
"अल्लाह आफ्नो भक्तप्रति दयालु हुनुहुन्छ":
हरेक किसिमका परीक्षा र सङ्कटहरूलाई सजिलै पन्छाउने सबैभन्दा ठूलो आधार अल्लाहको पूर्ण भरोसा हो । तसर्थ यो समस्या छिटोभन्दा समाप्त हुन्छ भनेर निश्चित बनौं । आफ्नो वरपरका मानिसहरूमा आशाको दियो बालौं, चिन्ता र निराशा वा अभिशापबाट टाढा रहौं, किनकि कुनै पनि कठिनाइले दुई सहजतालाई जित्न सक्दैन । "वास्तवमा, कठिनाइ र दु:ख पछि राहत र सुख रहेको छ । वास्तवमा, कठिनाइसँगै सहजता आउँछ (शरह: 5, 6)
दु:ख, पीडा र रोग इत्यादिलाई वैध भौतिक तरिकाद्वारा उपचार गर्नु भनेको अल्लाहले बयान गर्नुभएको एक तरिका हो । नबी र अल्लाहका सच्चा भक्तहरूले पनि भौतिक तरिकालाई प्रयोग गरेका छन् र यो नै अल्लाहमाथिको पूर्ण भरोस र असल भक्ति हो ।
एउटा अदृश्य प्राणी (भाइरस) जसले सम्पूर्ण तहतप्काका मानिसहरूको आनन्द, सुरक्षा, जीविकोपार्जन र जनजीवनलाई बर्बाद पारेको छ । त्यसोभए, के एउटा सामान्य बुद्धिमान व्यक्तिले यो दुनियाँको लागि प्रतिस्पर्धा गर्नु, तछाडमछाड गर्नु, एकअर्कालाई हत्या गर्नु उचित छ र ? छैन भने एउटा मोमिनको लागि झन् कसरी उचित हुनसक्छ !
यसमा कुनै शङ्का छैन, यी भाइरसहरू अल्लाहका चिन्हहरूमध्ये एक हुन्, उहाँले आफ्ना भक्तहरूलाई डराउनु अथवा सचेत गराउनु हुन्छ, यसले तिनीहरूलाई पाठ सिक्न, उपदेश ग्रहण गर्न र अल्लाहसित डराउन उत्प्रेरित गर्छ । सर्वशक्तिमान अल्लाहले भन्नु हुन्छ: ﴿ وَمَا نُرْسِلُ بِالآيَاتِ إِلا تَخْوِيفًا ﴾ (الإسراء: 59). अर्थः "हामी डराउनको लागि निशानीहरू पठाउछौं ।" (अल-इस्रा: 59)
अल्लाहको निशानीहरू देखेर डर मान्ने सुन्नतलाई जीवित गर्नु:
समय भनेको मुस्लिमहरूको दुनियाँको असल पूँजी हो र यो दुनियाँको हरेक वस्तु भन्दा धेरै बहुमूल्य र महँगो हो । इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "दुईवटा यस्ता वरदानहरू छन्, जसलाई धेरैजसो मानिसहरूले गुमाउने गर्छन्: स्वास्थ्य र फुर्सदको समय ।" (बुखारी: 6412)