Model: हालको खण्ड
पाठ भाडा तथा ठेक्का
निश्चित अवधि र निश्चित क्षतिपूर्तिको साथ कुनै काम, वस्तु, स्थान वा ज्ञात सम्पत्तिबाट उचित लाभको लागि गरिने सम्झौता तथा कारोबारलाई भाडा अथवा ठेक्का भनिन्छ।
इस्लामिक शरिअत (कानुन) मा भाडाको हुकुम
इस्लाममा भाडा, किराया वा ठेक्काको कारोबार जायज छ। यो सही भएको बारेमा पवित्र कुर्आन र नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतद्वारा संकेत मिल्नुको साथसाथै सबै धर्मविद्हरू एकमत छन्। यदि यो पूरा भयो भने दुबै पक्षहरूबाट बाध्यकारी सम्झौता हो। यसमा संकेत गरिएका प्रत्येक शब्दहरू सम्झौता हुन्। जस्तै- कसैले भन्छ मैले फलानोलाई ज्यालामा राखे वा भाडामा दिए, वा यस्तै किसिमका प्रचलित अन्य कुराहरू।
भाडामा दिन तथा ज्यालादारीमा राख्न अनुमतिको प्रमाण
मदयनका दुई गोठाला महिलाको कुरा नक्कल गर्दै अल्लाहले भन्नुभएको छः {قَالَتْ إِحْدَاهُمَا يَا أَبَتِ اسْتَأْجِرْهُ إِنَّ خَيْرَ مَنِ اسْتَأْجَرْتَ الْقَوِيُّ الْأَمِينُ} [القصص: 26]. अर्थः एउटीले भनिन्- हे बुबा ! यिनलाई ज्यालामा राख्नुहोस्; किनभने जसलाई तपाईं ज्यालामा राख्नुहुन्छ, ऊ बलवान् र विश्वसनीय भयो भने राम्रो हुन्छ। (सूरतुल्-कससः २८/ २६)
आयशा रजियल्लाहु अन्हाले वर्णन गर्नुभएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम र अबू बक्र रजियल्लाहु अन्हुले बनू दीलको एउटा प्रसिद्ध पथप्रदर्शकसँग ज्याला निर्धारण गर्नुभएको थियो। ऊ कुरैशको बहुदेवावादी धर्ममा नै थियो। उहाँहरू दुबै जनाले आफ्ना दुबै ऊँटनीहरू उसलाई सुम्पिनु भएको थियो र भन्नुभएको थियो- तिन रातपछि बिहान ती सवारी साधन (ऊँटनी) लाई लिएर गारे सौर (सौर नामको गुफा) मा आउनु। तिन रातपछि बिहानै ऊ ती दुई ऊँटनीलाई लिएर उहाँहरूको पासमा आएको थियो। (बुखारीः २२६४)
भाडा तथा ज्यालाको काम सही हुनुको तत्त्वदर्शीता (हिक्मत)
भाडा तथा ज्यालादारीले मानिसहरूलाई आफ्नो जीविकोपार्जनमा धेरै फाइदाहरू ल्याउँछ। मानिसहरूलाई काम गर्नका लागि शिल्पकर्मी, बस्नको लागि घर, किनबेच गर्न पसल, जनावर, गाडी, मेसिनरी लगायतका सामान बोक्न र आवागमनको लागि सवारी चलाउन आदि चीजहरूको आवश्यकता पर्दछ। कैयौँ मानिसहरूले यी चीजहरू किन्न नसक्ने भएकाले भाडामा लिने नियम विस्तार हुँदै गएको छ। यसले साधारण मानिसहरू र भाडामा लिने तथा दिने दुबै पक्षको फाइदाको साथ थोरै पैसाले उनीहरूको आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ।
भाडाका प्रकारहरू
मजदुरका प्रकारहरू
व्यक्तिगत मजदुर
कसैले कुनै कामदारलाई निश्चित अवधिको लागि तोकिएको ज्यालामा काममा राख्छ भने त्यस कामदारलाई व्यक्तिगत मजदुर भनिन्छ। किनभने उसले आफूले सम्झौता गरेको समय अवधिभित्र गरेको रोजगारदाता बाहेक अन्य कसैको लागि काम गर्न अनुमति छैन। यदि उसले कुनै अन्य रोजगारदाताको पासमा गएर काम गर्छ भने उसले काम बापत पाउने भनी सम्झौता गरेको मजदुरी कम गरिन्छ। ऊ तब मात्र आफ्नो मजदुरीको हकदार हुन्छ जब पुनः फर्केर काममा लाग्छ। यदि रोजगारदाताले मजदुरलाई रोग-व्याधि, असक्तता आदि जस्ता कारण बिना सम्झौता गरेको समयभन्दा पहिले कामबाट निकाल्छ भने उसले सम्झौता गरेको पुरा मजदुरी दिनुपर्छ, तर रोग-व्याधि, असक्तता आदि जस्ता कुनै कारण भए काम गरेको समयावधिको मजदुरी मात्र दिए हुन्छ।
यो त्यस्तो मजदुरी हो जसको फाइदामा एकभन्दा धेरै मजदुरहरू सहभागी हुन्छन्। जस्तै- लोहार, सिकर्मी, प्लम्बर, पेन्टर, दर्जी इत्यादि। उनीहरूले आफ्नै हिसाबले काम गरिरहेका हुन्छन् अनि जो पनि काम लिएर उनको पासमा आउँछ त्यसलाई पनि लिन्छन्। यस्तो अवस्थामा जसले उनीहरूलाई काममा राखेको छ उसले उनीहरूलाई अरूको काम लिनबाट मनाही गर्न सक्दैन। उनीहरू काम गरेको आधारमा मजदुरीको हकदार हुन्छन्।
भाडा तथा मजदुरी सम्झौताका आधारहरू
सम्झौता गर्ने दुई पक्ष
सम्झौता गर्ने दुई पक्षको मतलब प्रस्ताव र स्वीकृतिको अधिकार भएका सम्झौताका पक्षहरू (पट्टा दिने र पट्टा लिने) हुन्।
त्यस्तो प्रस्ताव र स्वीकृति; जसले कुनै पनि कार्य सम्झौतालाई समाप्त गर्नको लागि कानुनी वा परम्परागत सूत्र प्रमाणित गर्दछ।
फाइदा
यसको अभिप्राय भाडा सम्झौताबाट हुने फाइदा हो; चाहे त्यो मानिस होस्, जनावर होस् वा देखिने वस्तु होस्।
कुनै वस्तु वा मानिसको बदलामा दिइने प्रतिफल अथवा फाइदा हो। किनबेचको सम्झौतामा यो मूल्यको रूपमा हुन्छ।
भाडा तथा किराया सही हुने सर्तहरू
भाडाको शुल्क अनिवार्य हुने समय
सम्झौता अनुसार भाडा लागू हुन्छ र सम्झौताको अवधि सकिएपछि अनिवार्य रूपमा शुल्क तिर्नुपर्छ।
यदि तिनिहरू पहिले नै लेनदेन गर्न, स्थगित गर्न वा किस्ताबन्दीमा सहमत हुन्छन् भने यो अनुमति छ। कर्मचारीले आफ्नो काम राम्रोसँग पूरा गरेमा उसको ज्यालाको हकदार हुन्छ।
यदि भाडामा दिइएको चीज वा स्थान निश्चित शुल्कमा सम्झौता गरियो भने दिने व्यक्ति भाडाको शुल्क पाउने अनिवार्य रूपमा हकदार हुन्छ। अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः अल्लाहले भन्नुहुन्छ- महाप्रलयको दिन म तीन किसिमका मानिसहरूको शत्रु बन्ने छु। १. मेरो नाम लिएर प्रतिज्ञा गर्छ तर त्यसको विरुद्ध काम गर्छ । २. कुनै आजाद (स्वतन्त्र) व्यक्तिलाई बेच्छ अनि त्यसको पैसा खान्छ। ३. कुनै मजदुरलाई काम गराउन राख्छ अनि पुरा काम गराएर मजदुरी दिँदैन। (बुखारीः २२२७)
भाडा तथा ठेक्का सम्झौता रद्द हुने अवस्थाहरू
साझेदारमध्ये कुनै एक पक्षको मृत्युले वा भाडामा दिइएको सम्पत्तिको बिक्रीद्वारा भाडा तथा ठेक्का रद्द गर्दैन। तर कसैलाई खास कामको लागि भाडा वा ज्यालामा राखिएको थियो भने त्यसको मृत्युपछि भाडा सम्झौता रद्द हुन्छ। भाडाको अवधि सकियो भने भाडामा लिएको व्यक्तिले त्यस सम्पत्तिलाई छोड्नुपर्छ। यदि भाडामा लिइएको वस्तु चल योग्य अथवा एक ठाउँबाट अर्को ठाउँमा लगिन खालको हो भने भाडामा लिएको व्यक्तिले दिएको व्यक्ति असल मालिकलाई हस्तान्तरण गर्नुपर्छ।