Model: हालको खण्ड
पाठ भाडा तथा ठेक्का
निश्चित अवधि र निश्चित क्षतिपूर्तिको साथ कुनै काम, वस्तु, स्थान वा ज्ञात सम्पत्तिबाट उचित लाभको लागि गरिने सम्झौता तथा कारोबारलाई भाडा अथवा ठेक्का भनिन्छ।
इस्लामिक शरिअत (कानुन) मा भाडाको हुकुम
भाडामा दिन तथा ज्यालादारीमा राख्न अनुमतिको प्रमाण
आयशा रजियल्लाहु अन्हाले वर्णन गर्नुभएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम र अबू बक्र रजियल्लाहु अन्हुले बनू दीलको एउटा प्रसिद्ध पथप्रदर्शकसँग ज्याला निर्धारण गर्नुभएको थियो। ऊ कुरैशको बहुदेवावादी धर्ममा नै थियो। उहाँहरू दुबै जनाले आफ्ना दुबै ऊँटनीहरू उसलाई सुम्पिनु भएको थियो र भन्नुभएको थियो- तिन रातपछि बिहान ती सवारी साधन (ऊँटनी) लाई लिएर गारे सौर (सौर नामको गुफा) मा आउनु। तिन रातपछि बिहानै ऊ ती दुई ऊँटनीलाई लिएर उहाँहरूको पासमा आएको थियो। (बुखारीः २२६४)
भाडा तथा ज्यालाको काम सही हुनुको तत्त्वदर्शीता (हिक्मत)
भाडाका प्रकारहरू
मजदुरका प्रकारहरू
व्यक्तिगत मजदुर
यो त्यस्तो मजदुरी हो जसको फाइदामा एकभन्दा धेरै मजदुरहरू सहभागी हुन्छन्। जस्तै- लोहार, सिकर्मी, प्लम्बर, पेन्टर, दर्जी इत्यादि। उनीहरूले आफ्नै हिसाबले काम गरिरहेका हुन्छन् अनि जो पनि काम लिएर उनको पासमा आउँछ त्यसलाई पनि लिन्छन्। यस्तो अवस्थामा जसले उनीहरूलाई काममा राखेको छ उसले उनीहरूलाई अरूको काम लिनबाट मनाही गर्न सक्दैन। उनीहरू काम गरेको आधारमा मजदुरीको हकदार हुन्छन्।
भाडा तथा मजदुरी सम्झौताका आधारहरू
सम्झौता गर्ने दुई पक्ष
त्यस्तो प्रस्ताव र स्वीकृति; जसले कुनै पनि कार्य सम्झौतालाई समाप्त गर्नको लागि कानुनी वा परम्परागत सूत्र प्रमाणित गर्दछ।
फाइदा
कुनै वस्तु वा मानिसको बदलामा दिइने प्रतिफल अथवा फाइदा हो। किनबेचको सम्झौतामा यो मूल्यको रूपमा हुन्छ।
भाडा तथा किराया सही हुने सर्तहरू
भाडाको शुल्क अनिवार्य हुने समय
यदि तिनिहरू पहिले नै लेनदेन गर्न, स्थगित गर्न वा किस्ताबन्दीमा सहमत हुन्छन् भने यो अनुमति छ। कर्मचारीले आफ्नो काम राम्रोसँग पूरा गरेमा उसको ज्यालाको हकदार हुन्छ।
यदि भाडामा दिइएको चीज वा स्थान निश्चित शुल्कमा सम्झौता गरियो भने दिने व्यक्ति भाडाको शुल्क पाउने अनिवार्य रूपमा हकदार हुन्छ। अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः अल्लाहले भन्नुहुन्छ- महाप्रलयको दिन म तीन किसिमका मानिसहरूको शत्रु बन्ने छु। १. मेरो नाम लिएर प्रतिज्ञा गर्छ तर त्यसको विरुद्ध काम गर्छ । २. कुनै आजाद (स्वतन्त्र) व्यक्तिलाई बेच्छ अनि त्यसको पैसा खान्छ। ३. कुनै मजदुरलाई काम गराउन राख्छ अनि पुरा काम गराएर मजदुरी दिँदैन। (बुखारीः २२२७)
भाडा तथा ठेक्का सम्झौता रद्द हुने अवस्थाहरू
साझेदारमध्ये कुनै एक पक्षको मृत्युले वा भाडामा दिइएको सम्पत्तिको बिक्रीद्वारा भाडा तथा ठेक्का रद्द गर्दैन। तर कसैलाई खास कामको लागि भाडा वा ज्यालामा राखिएको थियो भने त्यसको मृत्युपछि भाडा सम्झौता रद्द हुन्छ। भाडाको अवधि सकियो भने भाडामा लिएको व्यक्तिले त्यस सम्पत्तिलाई छोड्नुपर्छ। यदि भाडामा लिइएको वस्तु चल योग्य अथवा एक ठाउँबाट अर्को ठाउँमा लगिन खालको हो भने भाडामा लिएको व्यक्तिले दिएको व्यक्ति असल मालिकलाई हस्तान्तरण गर्नुपर्छ।