Model: हालको खण्ड
पाठ ऋण
सर्वशक्तिमान् अल्लाहले आफ्नो न्याय र तत्त्वज्ञानद्वारा मानिसहरूमा जीविका बाँड्नु भएको छ। जसमध्ये केही मानिसहरू धनी छन् त केही गरिब छन्, कोही सम्पन्न छन् त कोही खाँचोमा परेका छन्। त्यसैले परापूर्वकालदेखि नै मानिसहरूमा आफ्नो आवश्यकता पुरा गर्न एक-अर्कामा सापटी तथा ऋणको लेनदेन चल्दै आएको छ। अल्लाहको विधान परिपूर्ण र व्यापक पनि छ। यसमा ऋण तथा सापटी सम्बन्धी विभिन्न नीति-नियम बयान गरिएको छ। अल्लाहले पवित्र ग्रन्थ कुर्आनको सबैभन्दा लामो आयतमा खासगरी ऋण तथा लेनदेनको बारेमा बयान गर्नुभएको छ। त्यो आयत सूरह बकरहको २८२ नम्बर आयत हो; जसलाई ऋणवाला आयत नामले चिनिन्छ।
ऋणको परिभाषा
त्यस्तो किसिमको धन जो आवश्यकता परेको बेलामा कसैबाट लिएर लाभ उठाइन्छ तर फर्काउनु पर्ने हुन्छ।
ऋणको हुकुम
ऋण दिनु ऋणदाताको लागि उत्तम कार्य हो भने ऋणीको लागि ऋण लिन जायज छ। ऋण लिनु घृणाको कुरा होइन; किनभने ऋणीले आफ्ना आवश्यकताहरू पुरा गर्न र त्यसबाट फाइदा उठाउनको लागि पैसा लिन्छ; अनि त्यसको बदलामा पुनः फिर्ता पनि गर्छ।
तर यदि ऋणले ऋणदातालाई फाइदा ल्याउँछ भने त्यो अधिक धन (फाइदा) व्याज हो; जो अवैध छ। मानौं उसले ऋण दिएको धनलाई बढाएर फिर्ता गर्ने सर्तको साथ दिएको छ। त्यसैगरी ऋणमा बिक्री वा यस्तै अन्य सम्झौता थपिएमा त्यो पनि हराम हुन्छ। किनभने अग्रिम बिक्री ऋणको सर्तमा बेच्नु पनि जायज छैन। (जस्तै- यो सामान मैले तिमीलाई यस सर्तमा बेच्छु कि तिमीले मलाई यति ऋण दिनु पर्नेछ।)
इस्लामले ऋणलाई वैध गरेको छ; किनभने यसबाट मानिसहरूप्रति दया र सहयोग हुन्छ, उनीहरूको मामिलामा सहज हुन्छ, उनीहरूको पीडा कम गर्ने र खाँचोमा परेकाहरूलाई सान्त्वना दिन महत्त्वपूर्ण योगदान मिल्छ। यो सर्वशक्तिमान् अल्लाहको निकटताको प्राप्त गर्ने एउटा महत्त्वपूर्ण माध्यम पनि हो। त्यसैले जति गम्भीर आवश्यकता हुन्छ, ऋण दिएर सहयोग गरेबापत त्यति नै ठूलो इनाम मिल्छ।
ऋण सानो होस् वा ठूलो, लेनदेन गर्दा यसको तमसुक बनाई साक्षीहरू राखेर प्रमाणित गर्नु उत्तम हो। लिखित तमसुकमा यसको मात्रा र प्रकार पनि स्पष्ट रूपमा खुलाइएको हुनुपर्छ। ताकि ऋण दिने व्यक्तिको धनको सुरक्षा होस् र कारणवश ऋण लिने व्यक्तिको मृत्यु भएमा, उसले बिर्सेमा वा इन्कार गरेमा आफ्नो धन सुरक्षित हुन्छ भन्ने कुरामा ऋण दिने व्यक्ति सन्तुष्ट हुन सकोस्। अल्लाहले यस सम्बन्धमा भन्नुभएको छः {يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا تَدَايَنْتُمْ بِدَيْنٍ إِلَى أَجَلٍ مُسَمًّى فَاكْتُبُوهُ وَلْيَكْتُبْ بَيْنَكُمْ كَاتِبٌ بِالْعَدْلِ وَلَا يَأْبَ كَاتِبٌ أَنْ يَكْتُبَ كَمَا عَلَّمَهُ اللَّهُ فَلْيَكْتُبْ وَلْيُمْلِلِ الَّذِي عَلَيْهِ الْحَقُّ وَلْيَتَّقِ اللَّهَ رَبَّهُ وَلَا يَبْخَسْ مِنْهُ شَيْئًا} [البقرة: 282]. अर्थः “हे मोमिनहरू ! जब तिमीले आपसमा कुनै निश्चित अवधिको लागि ऋण लेनदेनको व्यवहार गर्दछौ त त्यसलाई लेखाएर राख। अनि लेख्नेले तिमीहरूमध्ये (कसैको अहित हुने गरी न लेखोस्; बरु) न्यायपूर्ण तरिकाले लेखोस् र लेख्न अस्वीकार पनि नगरोस् र दस्तावेज लेखि देओस्। किनभने उसलाई अल्लाहले लेख्न सिकाउनु भएको छ। अनि जुन मानिसले ऋण लिन्छ त्यसैले लिखत (तमसुक) को व्यहोरा भनेर लेखाओस्। तथा आफ्नो प्रभु अल्लाहसँग डरोस् र ऋणको रकमबाट केही घटाएर नलेखाओस्।” (सूरतुल्-बकरः २/ २८२) यसै आयतमा अगाडि भन्नुभएको छः {وَلَا تَسْأَمُوا أَنْ تَكْتُبُوهُ صَغِيرًا أَوْ كَبِيرًا إِلَى أَجَلِهِ ذَلِكُمْ أَقْسَطُ عِنْدَ اللَّهِ وَأَقْوَمُ لِلشَّهَادَةِ وَأَدْنَى أَلَّا تَرْتَابُوا} [البقرة: 282]. अर्थः ऋण थोरै होस् अथवा धेरै (त्यसको तमसुक लेख्न–लेखाउन अल्छी नगर)। यो कुरा अल्लाहको दृष्टिमा बडो न्यायपूर्ण छ र साक्षीहरूको निम्ति पनि धेरै राम्रो कुरा हो। यसबाट तिमीलाई कुनै प्रकारको सन्देह हुनेछैन। (सूरतुल्-बकरः २/ २८२)
ऋण सही तथा वैध हुने सर्तहरू
ऋण लिने व्यक्तिले आफूले लिएको ऋण तिर्ने प्रतिबद्धता गर्नु अनिवार्य छ। कसैसँग ऋण लिएर लिएको ऋण नतिर्ने नियत गर्नु हराम हो। जब ऋण तिर्ने समय आउँछ तब उसको लागि तिर्नु अनिवार्य हुनजान्छ। अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णित छ, नबी सल्लल्लाहु अलैहि वसल्लमको भन्नुभयोः “जसले कसैसँग ऋण लिन्छ र त्यसलाई चुक्ता गर्ने इरादा गर्छ अल्लाहले त्यसको ऋणलाई चुक्ता गरिदिनु हुनेछ; अनि जसले मानिसहरूको धन ऋण लिएर त्यसलाई नष्ट गर्ने इरादा गर्छ अल्लाहले उसलाई बर्बाद गर्नुहुनेछ।” (बुखारीः २३८७)
ऋण फिर्ता गर्ने म्याद आइसकेपछि ऋणीको अवस्था
बैंकमा पैसा जम्मा गर्ने सम्बन्धी हुकुम
ऋणीले समयमै तिर्न नसकी ढिलो गरेमा ऋणीलाई जरिमाना लगाइने भनी उल्लेख गर्न पाइँदैन किनभने यो व्याज हो। ऋण लिने व्यक्तिले जरिमाना तिर्नुपर्ने म्याद हुनु अगावै समयमै तिर्न सक्षम छु भनी सोचेको भए पनि यो सर्त राखेर ऋण लिन पाइँदैन, किनभने यो व्याजको प्रतिबद्धतामा सम्झौता भएको मानिन्छ।
लिएको ऋण फिर्ता गर्दा राम्रो दिनु
ऋण चुक्ता गर्दा राम्रो मामिला गर्नु- मानौं कसैले कसैलाई केही उधारो अथवा ऋण दिन्छ र लिनेले त्यो भन्दा राम्रो वा त्यो भन्दा ठूलो वा त्यो भन्दा बढी फर्काउनु राम्रो हो; तर लिने बेलामा कुनै सर्त राखेको हुनुहुँदैन। किनभने यो एक राम्रो निर्णय र सम्मान जनक नैतिकता पनि हो; तर यदि यो ससर्त छ भने व्याज मानिन्छ, ब्याज लिनु निषेध छ।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.