सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ उधारो लेनदेन

यस पाठमा, हामीले उधारो लेनदेन सम्बन्धी इस्लामिक अवधारणा र यसका केही प्रावधानहरूको बारेमा सिक्नेछौं।

  • उधारो लेनदेन सम्बन्धी जानकारी।
  • उधारो लेनदेनसँग सम्बन्धित प्रावधानहरूको जानकारी।
  • उधारो र अमानत (नासो) बीच भिन्नताबारे जानकारी

उधारोको परिभाषा

क्षतिपूर्ति बिना कुनै चीजबाट लाभ उठाउने कारोबारलाई उधारो भनिन्छ र यसमा कसैलाई पनि घाटा हुँदैन।

उधारो लेनदेन सम्बन्धी इस्लामिक हुकुम

उधारो लेनदेन गर्नु भलाइ र पुण्यका कार्यमा सहयोग हो। यो कुर्आन र सुन्नत अनुसार पनि वैध छ। उधारो सम्झौता स्वीकार्य र अनिवार्य तिर्नुपर्ने लेनदेन हो। यो कुनै अनिवार्य गर्नु नै पर्ने काम भने होइन, त्यसैले प्रत्येक पक्षले यसलाई समाप्त गर्न सक्छ। उधारो आपसमा सद्भाव र निकटताको माध्यम पनि हो, किनभने यसबाट मानव परोपकार, आवश्यकताहरू पूर्ति गर्नको लागि सहयोग, आपसमा स्नेह र प्रेम बढ्छ। जब मालिकले दिन्छ र आवश्यकता भएको व्यक्तिले लिन्छ तब सम्झौतामा राखिएका सर्तहरू पालन गर्नु अनिवार्य हुनजान्छ।

उधारो लेनदेन वैध हुनुको रहस्य (हिक्मत)

मानिसलाई कुनै सामानको आवश्यकता हुन्छ, उसले त्यस सामानबाट लाभ उठाउन चाहन्छ तर त्यो सामान उसको स्वामित्वमा पनि हुँदैन र किन्न सक्ने वा भाडा दिन सक्ने आर्थिक क्षमता पनि हुँदैन। अर्कोतिर केही यस्ता मानिसहरू पनि हुन्छन् जसको पासमा ती सामान त हुन्छन् तर उपहार स्वरूप दिन वा दान दिन सक्षम हुँदैनन्। तैपनि उनीहरूले यो सामान आवश्यकता भएका मानिसले लगेर यसबाट लाभ उठाउन अनि पुनः फिर्ता गरुन् भन्ने चाहन्छन्। यस्तो अवस्थामा दुबै पक्षको चाहनालाई उधारो लेनदेनले पुरा गर्छ।

उधारो लेनदेनलाई अनुमति दिनु सर्वशक्तिमान् अल्लाहको कृपा हो। उधारो लिने व्यक्तिको आवश्यकता पूरा गर्न यसलाई अनुमति दिनुभयो, उधारो दिनेलाई पुण्य प्राप्त गर्ने मध्यम बनाउनुभयो, किनभने दिनेले आफ्नो भाइको सामान प्रयोग गर्न दिएर लाभ पुर्यायो।

अल्लाहले भन्नुभएको छः قال الله تعالى: {وَتَعَاوَنُوا عَلَى الْبِرِّ وَالتَّقْوَى وَلَا تَعَاوَنُوا عَلَى الْإِثْمِ وَالْعُدْوَانِ} [المائدة: 2]. अर्थः “संयमता र भलाइका कामहरूमा एक अर्कालाई सहयो गर्ने गर र पाप तथा अत्याचारका कामहरूमा सहयोग नगर।” (सूरतुल्-मायदाः ५/ २)

अनस बिन मालिक रजियल्लाहु अन्हुले भन्नुभएको छः मदीनामा (शत्रुहरूद्वारा हमलाको) डर थियो, त्यसैले नबी सल्लल्लाहु अलैहि वसल्लमले अबू तलहा रजियल्लाहु अन्हुको मन्दूब नामको घोडा उधारो लिनुभयो। त्यसपछि उहाँ त्यसमा सवारीमा चढेर जानुभयो, साथमा (उहाँका सहाबाहरू पनि साथमा थिए)। जब उहाँ फर्केर आउनुभयो त भन्नुभयो हामीले त कुनै भयको कुनै चीज देखिएन। तर यो घोडा समुद्रको लहर जस्तै तेज पायौं। (बुखारीः २६२७, मुस्लिमः २३०७)

उधारो लेनदेन सही हुने सर्तहरू

١
सामान आफ्नो स्थितिमा बाँकी हुनुको साथसाथै प्रयोग गर्न योग्य पनि होस्।
٢
उधारो दिइने सामानलाई अवैध कामहरूमा प्रयोग नगरियोस्। जस्तै- रक्सी बियर जस्ता अवैध वस्तुहरूको ढुवानी गर्न।
٣
उधारो दिइने सामान दिने व्यक्तिको स्वामित्वमा होस्। ऊ सामानको मालिक होस् वा उसलाई सामान उधारो दिने अनुमति मिलेको होस्।
٤
उधारो लिने व्यक्ति त्यस सामानलाई प्रयोग गर्न सक्षम होस्।

उधारो लेनदेनका आधारहरू (अर्कान)

١
उधारो दिने व्यक्तिः यो सामानको मालिक हो।
٢
उधारो लिने व्यक्तिः यो सामान लिएर लाभ उठाउने व्यक्ति हो।
٣
उधारोको सामानः त्यस्तो सामान हो जो उधारोमा लिइन्छ अथवा दिइन्छ; यो कुनै वस्तु वा जनावर जेसुकै पनि हुनसक्छ।
٤
सम्झौताको नियमः यो कुनै भनाइ वा सङ्केत वा प्रमाण हो जसले उधारो दिएको पुष्टि गर्छ।

ऋणीले उधारो लिएको वस्तुलाई सुरक्षित राख्न त्यसको ख्याल राख्नुपर्छ, सही रूपमा प्रयोग गर्नुपर्छ र मालिकलाई यथास्थितिमा फिर्ता गर्नुपर्छ। उधारो लिएको वस्तुलाई उधारो लिने व्यक्तिले प्रयोग नगरी नै नष्ट गरेको खण्डमा निजले लापरवाही गरेको होस् वा नगरेको, त्यसको जिम्मेदारी लिई भर्पाई गर्नुपर्छ। सही तरिकाले प्रयोग गर्दा नष्ट भएको खण्डमा त्यसको कुनै जिम्मेदारी छैन। जबसम्म उधारकर्ताले उल्लङ्घन गरे वा नाघ्यो, उसलाई ग्यारेन्टी गरिन्छ। तर प्रयोग गर्दा बताएको निर्देशनलाई उल्लङ्घन गरको वा लापरवाही तरिकाले प्रयोग गरी नष्ट गरेमा ऊ जिम्मेदार हुनेछ।

उधारो लिएको सामान फिर्ता सम्बन्धी हुकुम

उधारो लिने व्यक्तिले आफ्नो आवश्यकता पूरा गरिसकेपछि उधारो लिएको सामान फिर्ता गर्नुपर्छ। फिर्ता गर्दा आफूले गर्ने बेलामा जस्तै त्यसलाई सही अवस्थामा फिर्ता गर्नुपर्छ। यसलाई रोकेर राख्न वा फिर्ता दिन इन्कार गर्न उसलाई अनुमति छैन, यदि उसले यस्तो गर्छ भने ऊ पापी र धोकेबाज हो।

उधारो लग्ने व्यक्तिलाई कुनै हानी हुँदैन भने उधारो दिने व्यक्तिले आफूले चाहेको बेलामा दिएको सामान फिर्ता गर्न सक्छ, तर यदि लग्ने व्यक्तिलाई हानी हुन्छ भने हानी हुने अवस्था नहटेसम्म फिर्ता गर्न मिल्दैन। जस्तै- कसैले उधारोमा जमिन दिन्छ अनि जमिन लग्ने व्यक्तिले त्यसमा खेती गर्छ भने उधारो दिने व्यक्तिले त्यो जमिन तबसम्म फिर्ता लग्न मिल्दैन जबसम्म उधारोमा लगेको व्यक्तिले त्यो खेती काटेर लग्दैन।

قال الله تعالى: {إِنَّ اللَّهَ يَأْمُرُكُمْ أَنْ تُؤَدُّوا الْأَمَانَاتِ إِلَى أَهْلِهَا وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَنْ تَحْكُمُوا بِالْعَدْلِ إِنَّ اللَّهَ نِعِمَّا يَعِظُكُمْ بِهِ إِنَّ اللَّهَ كَانَ سَمِيعًا بَصِيرًا} [النساء: 58]. अर्थः अल्लाहले तिमीलाई आदेश दिनुहुन्छ, नासो दिएका व्यक्तिहरूसम्म तिनको नासो पुर्याऊ र मानिसहरूको कुरोमा फैसला गर्दा, न्यायपूर्ण तरिकाले फैसला गर। निःसन्देह त्यो राम्रो कुरा हो जसको उपदेश अल्लाहले तिमीलाई दिनुभएको छ। निःसन्देह अल्लाहले सबै कुराहरू सुन्नुहुन्छ र देख्नुहुन्छ।

उधारो लेनदेन र अमानत (नासो) मा फरक

١
उधारो लगेर इन्कार गर्ने व्यक्ति चोर सरह हो, यस्तो व्यक्तिको सजाय हात काट्नु पर्छ तर अमानत राखेर इन्कार गर्ने त्यो जस्तो होइन।
٢
उधारो सामान एक व्यक्तिले खाँचो परेको बेला आवश्यकताको पुरा गर्न लग्छ र उसले फिर्ता गर्ने ग्यारेन्टी दिन्छ, भने अमानत (नासो) राख्ने व्यक्तिले अल्लाहको खुसीको लागि अरूलाई सहयोग गर्न सामान लिन्छ। किनभने ऊ भरोसाको लायक छ, त्यसैले उसमाथि कुनै ग्यारेन्टी छैन जबसम्म उसले बेवास्ता वा उल्लङ्घन गर्दैन।

उधारो लेनदेन रद्द हुने अवस्थाः

١
उधारो लेनदेनमा तोकिएको समय समाप्त भएमा।
٢
उधारो दिनेले उधारो दिएको सामान फिर्ता गर्ने, जसका अवस्थाहरू हुन्-
٣
सम्झौता गर्ने दुई व्यक्तिहरूमध्ये कुनै एकजना पागल भएमा।
٤
आवश्यकता वा असमझदारीको कारण सम्झौता गर्ने दुई व्यक्तिहरूमध्ये कुनै एकले लेनदेनको लागि इन्कार गरेमा।
٥
सम्झौता गर्ने दुई व्यक्तिहरूमध्ये कुनै एकको मृत्यु भएमा।
٦
उधारो दिइएको सामान नष्ट भएमा।
٧
उधारो लिइएको सामानमा अन्य कसैको हक भएमा।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्