Model: हालको खण्ड
पाठ उधारो लेनदेन
उधारोको परिभाषा
उधारो लेनदेन सम्बन्धी इस्लामिक हुकुम
उधारो लेनदेन वैध हुनुको रहस्य (हिक्मत)
उधारो लेनदेनलाई अनुमति दिनु सर्वशक्तिमान् अल्लाहको कृपा हो। उधारो लिने व्यक्तिको आवश्यकता पूरा गर्न यसलाई अनुमति दिनुभयो, उधारो दिनेलाई पुण्य प्राप्त गर्ने मध्यम बनाउनुभयो, किनभने दिनेले आफ्नो भाइको सामान प्रयोग गर्न दिएर लाभ पुर्यायो।
अल्लाहले भन्नुभएको छः قال الله تعالى: {وَتَعَاوَنُوا عَلَى الْبِرِّ وَالتَّقْوَى وَلَا تَعَاوَنُوا عَلَى الْإِثْمِ وَالْعُدْوَانِ} [المائدة: 2]. अर्थः “संयमता र भलाइका कामहरूमा एक अर्कालाई सहयो गर्ने गर र पाप तथा अत्याचारका कामहरूमा सहयोग नगर।” (सूरतुल्-मायदाः ५/ २)
अनस बिन मालिक रजियल्लाहु अन्हुले भन्नुभएको छः मदीनामा (शत्रुहरूद्वारा हमलाको) डर थियो, त्यसैले नबी सल्लल्लाहु अलैहि वसल्लमले अबू तलहा रजियल्लाहु अन्हुको मन्दूब नामको घोडा उधारो लिनुभयो। त्यसपछि उहाँ त्यसमा सवारीमा चढेर जानुभयो, साथमा (उहाँका सहाबाहरू पनि साथमा थिए)। जब उहाँ फर्केर आउनुभयो त भन्नुभयो हामीले त कुनै भयको कुनै चीज देखिएन। तर यो घोडा समुद्रको लहर जस्तै तेज पायौं। (बुखारीः २६२७, मुस्लिमः २३०७)
उधारो लेनदेन सही हुने सर्तहरू
उधारो लेनदेनका आधारहरू (अर्कान)
ऋणीले उधारो लिएको वस्तुलाई सुरक्षित राख्न त्यसको ख्याल राख्नुपर्छ, सही रूपमा प्रयोग गर्नुपर्छ र मालिकलाई यथास्थितिमा फिर्ता गर्नुपर्छ। उधारो लिएको वस्तुलाई उधारो लिने व्यक्तिले प्रयोग नगरी नै नष्ट गरेको खण्डमा निजले लापरवाही गरेको होस् वा नगरेको, त्यसको जिम्मेदारी लिई भर्पाई गर्नुपर्छ। सही तरिकाले प्रयोग गर्दा नष्ट भएको खण्डमा त्यसको कुनै जिम्मेदारी छैन। जबसम्म उधारकर्ताले उल्लङ्घन गरे वा नाघ्यो, उसलाई ग्यारेन्टी गरिन्छ। तर प्रयोग गर्दा बताएको निर्देशनलाई उल्लङ्घन गरको वा लापरवाही तरिकाले प्रयोग गरी नष्ट गरेमा ऊ जिम्मेदार हुनेछ।
उधारो लिने व्यक्तिले आफ्नो आवश्यकता पूरा गरिसकेपछि उधारो लिएको सामान फिर्ता गर्नुपर्छ। फिर्ता गर्दा आफूले गर्ने बेलामा जस्तै त्यसलाई सही अवस्थामा फिर्ता गर्नुपर्छ। यसलाई रोकेर राख्न वा फिर्ता दिन इन्कार गर्न उसलाई अनुमति छैन, यदि उसले यस्तो गर्छ भने ऊ पापी र धोकेबाज हो।
उधारो लग्ने व्यक्तिलाई कुनै हानी हुँदैन भने उधारो दिने व्यक्तिले आफूले चाहेको बेलामा दिएको सामान फिर्ता गर्न सक्छ, तर यदि लग्ने व्यक्तिलाई हानी हुन्छ भने हानी हुने अवस्था नहटेसम्म फिर्ता गर्न मिल्दैन। जस्तै- कसैले उधारोमा जमिन दिन्छ अनि जमिन लग्ने व्यक्तिले त्यसमा खेती गर्छ भने उधारो दिने व्यक्तिले त्यो जमिन तबसम्म फिर्ता लग्न मिल्दैन जबसम्म उधारोमा लगेको व्यक्तिले त्यो खेती काटेर लग्दैन।
قال الله تعالى: {إِنَّ اللَّهَ يَأْمُرُكُمْ أَنْ تُؤَدُّوا الْأَمَانَاتِ إِلَى أَهْلِهَا وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَنْ تَحْكُمُوا بِالْعَدْلِ إِنَّ اللَّهَ نِعِمَّا يَعِظُكُمْ بِهِ إِنَّ اللَّهَ كَانَ سَمِيعًا بَصِيرًا} [النساء: 58]. अर्थः अल्लाहले तिमीलाई आदेश दिनुहुन्छ, नासो दिएका व्यक्तिहरूसम्म तिनको नासो पुर्याऊ र मानिसहरूको कुरोमा फैसला गर्दा, न्यायपूर्ण तरिकाले फैसला गर। निःसन्देह त्यो राम्रो कुरा हो जसको उपदेश अल्लाहले तिमीलाई दिनुभएको छ। निःसन्देह अल्लाहले सबै कुराहरू सुन्नुहुन्छ र देख्नुहुन्छ।