सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

सुन्नत तथा नफिल सलाहका निषेधित समयहरू

पाठ सुन्नत तथा नफिल सलाहका निषेधित समयहरू

पाठबारे जानकारी

केही यस्ता समय छन् जसमा सुन्नत तथा नफिल सलाहहरू पढ्न मनाही गरिएको छ। यस पाठमा तपाईंले तिनै निषेध गरिएका समयहरूको बारेमा जानकारी हासिल गर्नु हुनेछ।

लक्ष्यहरू

सलाह पढ्न निषेधित समयहरूको बारेमा जानकारी।

सुन्नत सलाहका निषेधित समयहरू-

सुन्नत तथा नफिल सलाहहरू तीन निषेधित समय बाहेक जहिले पनि पढ्न सकिन्छ, किनकि त्यो गैर-मुस्लिमहरूले पूजा गर्ने विशेष समय हो। निषेधित समयमा छुटेको अनिवार्य सलाहलाई मात्र कजा (पूरा) गर्न सकिन्छ र तहियतुल-मस्जिद पनि पढ्न सकिन्छ। स्मरण रहोस् ! यी निषेधित समय मात्र सलाहको लागि हो, दुआ जुनसुकै समयमा गर्न सकिन्छ।

पहिलो समयः

फज्रको सलाहपछि सूर्य उदाएर अलिमाथि आकाशमा पुगेसम्म, इस्लामि विधान अनुसार एक भालाको उँचाई जति हुनुपर्छ। अनुकूल वातावरण भएका मुलुकहरूमा सूर्य उदाएपछि २० मिनेटसम्मको अवधि निषेधित अवधि हो।

फज्रको सलाहपछि सूर्य उदाएर अलिमाथि आकाशमा पुगेसम्म, इस्लामि विधान अनुसार एक भालाको उँचाई जति हुनुपर्छ। अनुकूल वातावरण भएका मुलुकहरूमा सूर्य उदाएपछि २० मिनेटसम्मको अवधि निषेधित अवधि हो।

दोस्रो समयः

मध्यान्हमा आफ्नो शिरमाथि सूर्य पुगेको बेलामा। यो निषेधित समय जुहरको समय हुनु पूर्व केही क्षणको लागि मात्र हुन्छ।

मध्यान्हमा आफ्नो शिरमाथि सूर्य पुगेको बेलामा। यो निषेधित समय जुहरको समय हुनु पूर्व केही क्षणको लागि मात्र हुन्छ।

तेस्रो समयः

अस्रको सलाह पढिसकेपछि सुर्यास्त सम्मको समयमा पनि सुन्नत तथा नफिल सलाहरू पढ्न मनाही छ।

अस्रको सलाह पढिसकेपछि सुर्यास्त सम्मको समयमा पनि सुन्नत तथा नफिल सलाहरू पढ्न मनाही छ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्