सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ जकात (दान) को वास्तविकता र यसका उद्देश्यहरू

जकात इस्लामका आधारहरू मध्येको तेस्रो आधार हो। यस पाठमा हामीले यसका आदेशहरू, यसलाई निकाल्ने विधि-विधान र उद्देश्यको बारेमा जानकारी हासिल गर्ने छौं।

  • जकातको वास्तविकताबारे जानकारी।
  • जकात सही हुनुको उद्देश्यबारे जानकारी।
  • जकातका हकदार व्यक्तिहरू र यसबारे जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

जकात (दान)

जकात इस्लामका आधारहरू मध्येको तेस्रो आधार हो। यो मालदार व्यक्तिहरूका लागि अनिवार्य गरिएको आर्थिक दायित्व हो। जसलाई अल्लाहले मालदार व्यक्तिहरूको मालबाट निश्चित मात्रामा निकालेर गरिब, निमुखा र आवश्यकतामा परेकाहरूलाई दिई उनीहरूको दुःखमा मलहम लगाउन अनिवार्य गर्नुभएको छ।

जकात (दान) का उद्देश्यहरू

१) धन-सम्पत्तिको चाहना र माया मानिसको लागि स्वभाविक कुरा हो। यसलाई जोगाउन र राखि राख्न मानिसले कति प्रयत्न गर्दछ। त्यही लोभ, कन्जुस्याइँ र मालको मायाजालबाट पवित्र पार्न इस्लामले जकात (दान) लाई अनिवार्य गरेको छ। अल्लाहले भन्नु भएको छः (خُذْ مِنْ أَمْوَالِهِمْ صَدَقَةً تُطَهِّرُهُمْ وَتُزَكِّيهِمْ بِهَا) (التوبة: 103). अर्थः “हे सन्देष्टा ! तिनीहरूको धन-सम्पत्तिबाट दान लिदै गर र यसद्वारा तिनीहरूलाई शुद्धता र पवित्रता प्रदान गर।” (सूरह अत्-तौबा: ९/१०३)

२) जकात (दान) ले आपसी मेलमिलाप, माया र स्नेहको भावना उत्पन्न हुन्छ। किनभने मानिसले प्राकृतिक रूपमै परोपकारीसित सदभाव देखाउँछ र माया गर्छ। त्यसैले मुस्लिम समाजका हरेक व्यक्तिहरू एउटा बलियो पर्खाल जस्तै आपसमा मिलेर बसेका हुन्छन्। जसको कारण चोरी, डकैती र लुटपाटका घटनाहरू निकै कम हुन्छन्।

३) जकात (दान) ले उपासना, अल्लाहप्रति पूर्ण समर्पण र असल मुस्लिमको भूमिका निर्वाह हुन्छ। जुन बेला एउटा धनीले जकात निकाल्छ, उसले अल्लाहको हुकुमलाई कार्यान्वयन गर्छ। यसरी आफ्नो मालिक र दाताको कृतज्ञता ज्ञापन हुन्छ। अल्लाहले भन्नु भएको छः ، (لَئِنْ شَكَرْتُمْ لَأَزِيدَنَّكُمْ) (إبراهيم: 7). अर्थः “यदि तिमीहरू आभार व्यक्त गर्छौ भने म तिमीहरुलाई अझ बढी कृपापात्र बनाउने छु।” (सूरह इब्राहीम: १४/७)

४) जकात (दान) ले समाजमा रहेका व्यक्तिहरू बीच सामाजिक संरक्षण र सन्तुलनको भावना सुदृढ हुन्छ। जकात दिएपछि धन-सम्पत्ति धनवानहरूको मुठ्ठीमा मात्र सीमित रहदैन, बरु गरीबहरूले पनि फाइदा प्राप्त गर्दछन्। जकातको फाइदाको कारण बताउँदै अल्लाहले भन्नु भएको छः :(كَيْ لَا يَكُونَ دُولَةً بَيْنَ الْأَغْنِيَاءِ مِنْكُمْ) (الحشر: 7). अर्थः “धन-सम्पत्ति केवल धनवानहरूको हातमा नघुमि रहोस्।” (सूरह अल्-हश्र: ५९/७)

जकात (दान) कसलाई दिने?

जकातको रकम कुन क्षेत्रमा र कसरी खर्च गर्नु पर्दछ भन्ने कुरालाई इस्लामले हदबन्दी गरेको छ। जकात एक हकदार वा अधिक हकदारहरूलाई दिन सकिन्छ। त्यसैगरी जकातको रकम मुस्लिम हकदारसम्म पुर्याउने संघ-संस्थाहरूलाई दिनु पनि जायज छ। आफ्नै गाउँमा रहेका हकदारहरूलाई जकात दिनु बेस हुन्छ, किनभने उनीहरू पहिला हकदार हुन्।

जकातका हकदार व्यक्तिहरू निम्न हुन्-

١
फुकराः फकिरको बहुवचन फुकरा हो। फकिर त्यस्तो व्यक्तिलाई भनिन्छ जसको पासमा केही पनि छैन वा त्यति थोरै मात्रामा माल हुन्छ जो आधा वर्षको लागि पनि खर्च पुग्दैन।
٢
मसाकीनः मिस्कीनको बहुवचन हो। मिस्कीन त्यस्तो व्यक्तिलाई भनिन्छ जसको पासमा आधा वर्ष वा त्योभन्दा धेरै खान पुग्ने खर्च हुन्छ, तर वर्षभरी खान पुग्दैन।
٣
जकातको लागि काम गर्नेहरूः त्यस्ता कर्मचारीहरू जो जकात उठाउने, सङ्कलन गर्ने, देखभाल गर्ने र वितरण गर्ने आदि, काममा खटाइएका हुन्छन्।
٤
हृदयलाई आकृष्ट गर्नः समुदायमा भएका त्यसता मानिसहरू जो स्वयम् वा उनका साथीहरूले इस्लाम स्वीकार गर्ने, ईमान बढाउने उम्मीद गरिन्छ। त्यसैगरी त्यसता गैर मुस्लिमहरू जसको खतराबाट बचाउन र रक्षा गर्न।
٥
दासहरू स्वतन्त्र गर्नः यसको तात्पर्य ती गुलाम तथा दासहरू हुन्, जसले आफ्नो माालिकहरूसँग यति माल दिएमा स्वतन्त्र हुन पाउनेछौ भन्ने सम्झौता गरेका हुन्छन्। जकातको मालबाट दासहरूलाई स्वतन्त्र गराउन र मुस्लिम कैदीहरूलाई रिहा गर्नु जायज छ।
٦
ऋणमा फसेकाहरूः यसको तात्पर्य ती ऋणीहरू हुन्, जसले आफ्नो लागि ऋण लिए। ऋण उचित कामको लागि लिइएको हुनुपर्छ, अनि फिर्ता गर्न असमर्थ भएका छन्, अथवा दुई समूहको बीच सम्झौता गराउनको लागि ऋण लिएका थिए भने जकातको माल तिनलाई दिन सकिन्छ।
٧
अल्लाहको मार्गमाः यसको तात्पर्य इस्लामको सुरक्षाको लागि, असत्यको विरूद्ध लड्ने योद्धाहरू हुन्, जसले यस कार्यको बदलामा कुनै पारिश्रमिक वा मुस्लिमहरूको मालबाट वेतन लिएका छैनन्।
٨
यात्री, पैसा सिद्धिएको बटुवाहरूको बाटो खर्च जुटाउन जकातको रकम खर्च गर्न सकिन्छ, चाहे त्यो आफ्नो मुलुकमा धनवान किन नहोस्। त्यसलाई आफ्नो घरसम्म पुग्ने खर्च दिन सकिन्छ तर उसको यात्रा गलत कार्यको लागि हुनुहुँदैन।

जकातका हकदार व्यक्तिहरूको वर्णन गर्दै अल्लाहले भन्नु भएको छः (إنَّمَا الصَّدَقَاتُ لِلْفُقَرَاءِ وَالْمَسَاكِينِ وَالْعَامِلِينَ عَلَيْهَا وَالْمُؤَلَّفَةِ قُلُوبُهُمْ وَفِي الرِّقَابِ وَالْغَارِمِينَ وَفِي سَبِيلِ اللهِ وَابْنِ السَّبِيلِ) (التوبة : 60 ). अर्थः “वास्तवमा जकात (दान) केवल फकिर (केही पनि नभएका व्यक्तिहरू), गरीबहरू, दान असुल्ने व्यक्तिहरू, तालिफे कल्ब (हृदयलाई जोड्न), दासहरूको मुक्ति, ऋणीहरूको ऋण भुक्तानी, अल्लाहको मार्गमा खर्च गर्न र यात्रुलाई दिनको लागि हो।” (सूरह अत्-तौबा: ९/६०)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्