Model: हालको खण्ड
पाठ नफ्ली (ऐच्छिक) व्रत
अल्लाहले वर्षमा एक महिनाको व्रत (रोजा) मात्र अनिवार्य गर्नु भएको छ, तर अधि व्रत बस्न सक्षम व्यक्तिहरूलाई बढी पुण्यको लागि नफ्ली (ऐच्छिक) व्रत बस्ने प्रेरणा दिनु भएको छ। ती मध्ये केही नफ्ली व्रतहरू यस प्रकार छन्-
इस्लामी पात्रो अनुसार वर्षको पहिलो महिना (मुहर्रम) को दशौं तारिखलाई 'आशूरा' भनिन्छ। 'मूसा' नामी नबीको युगमा फिर्औन नाम गरेको ठूलो शोषक तथा अत्याचारी थियो। अल्लाहले उक्त अत्याचारी राजा र उसका फौजलाई 'आशूरा' को दिनमा नै नष्ट गर्नु भएको थियो। अनि बल्लतल्ल मूसा तथा उहाँका मुस्लिम साथीहरूले सुख र शान्तिका सास फेर्ने मौका पाएका थिए। त्यसैको खुशियालीमा अल्लाहको कृतज्ञता र रसूलको अनुसरण ब्रत बसेर व्यक्त गरिन्छ। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “आशूराको साथमा एक दिन अघि वा पछि पनि ब्रत बस।” (अहमद: ११६२) त्यसैले दुई दिनको ब्रत बस्नु पर्दछ। रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई यसको बारेमा सोधिदा भन्नु भयोः विगत एक वर्षका पापहरू पखालिन्छ।” (मुस्लिम: ११६२)
इस्लामी पात्रो अनुसार वर्षको अन्तिम महिना (जुल-हिज्जा) को नवौं तारिखलाई 'अर्फा' भनिन्छ। यस दिन हाजीहरू अर्फातको मैदानमा भेला हुन्छन् र अल्लाहसित बिन्ति, प्रार्थना र प्रशंसा गर्छन्। यो वर्षको सर्वोत्तम दिन हो। हज्ज नगर्नेहरूले अर्फाको ब्रत बस्नु पर्दछ। रसूल सल्लल्लाहु अलैहि व सल्लमसित अर्फाको ब्रतको बारेमा सोधियो, त उहाँले भन्नु भयोः यसले एक वर्ष अगाडि र एक वर्ष पछाडिका पापहरू पखालिन्छन्।” (मुस्लिम: ११६२)
दशौं महिनालाई 'शौवाल' को महिना भनिन्छ। उक्त ब्रतको महत्व दर्शाउँदै रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “जसले रमजानको ब्रत बस्यो अनि त्यसपछि शौवाल महिनामा ६ दिन अझै नफ्ली ब्रत बस्यो, उसले पुरै वर्ष ब्रत बसे बराबर भयो।” (मुस्लिम: ११६४)
अबू हुरैरा रजियल्लाहु अन्हुले भन्नु भएको छः मेरो प्रिय मित्र सल्लल्लाहु अलैहि वसल्लमले मलाई तीन कुराको उपदेश दिनु भएको छ। ती हुन्- (१) प्रत्येक महिना तीन दिन (१३, १४ र १५ तारिखको) ब्रत बस्ने, चाश्तको दुई रकअत नमाज पढ्ने, सुत्नुभन्दा पहिले वित्रको नमाज पढ्ने । (बुखारीः ११७८, मुस्लिमः ७२१)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.