सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ हज्जको अर्थ र त्यसका श्रेष्ठताहरू

हज्जः हज्ज अल्लाहको इबादत गर्नको लागि निश्चित समयमा मक्कामा गई हज्जसँग सम्बन्धित कार्यहरू गर्नु हो। यो इस्लामको पाँचौं अर्कान (आधार) हो। यस पाठमा तपाईंले हज्जको अर्थ र यसका श्रेष्ठताहरूबारे जानकारी हासिल गर्नु हुनेछ।

  • हज्जको अर्थको जानकारी।
  • हज्ज अनिवार्य हुने सर्तहरूबारे जानकारी।
  • हज्जको श्रेष्ठताबारे जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

हज्जको अर्थ-

हज्ज भनेको एक विशेष समयमा हज्ज उपासनाका कार्यहरू गर्नको लागि अल्लाहको उपासनाको लागि बनाइएको पवित्र घरको लागि यात्रा गर्नु। यी रसूल सल्लल्लाहु अलैहि व सल्लमबाट प्राप्त विशेष क्रियाकलाप र केही भनाईहरू हुन्, जस्तै- एहाराम लगाउनु, काबाको सात पटक तवाफ (परिक्रमा) गर्नु, सफा र मर्वा पहाडी बीच सात चक्कर सई गर्नु, अर्फातको मैदानमा बस्नु तथा मिनामा जमरातहरूलाई ढुङ्गा (कंकरी) हान्नु इत्यादि। यसमा भक्तजनहरूका लागि महान उपलब्धिहरू छन्, अल्लाहको तौहीद (एकत्व) को सार्वजनिक घोषणा, हाजीहरूका लागि महान क्षमादान, विश्वकै मुस्लिमहरू बीच चिनजान, भाइचारा स्थापित गर्ने अवसर र इस्लामका विधि-विधानहरू सिक्ने स्वर्ण अवसर इत्यादि।

हज्जको अनिवार्यता-

हज्ज इस्लामको पाँचौं अर्कान (आधार) हो। प्रत्येक वयस्क तथा सक्षम मुस्लिम पुरुष र महिलामाथि जीवनमा एक पटक हज्ज गर्नु अनिवार्य छ। अल्लाहले भन्नुभएको छः ﴿ وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إِلَيْهِ سَبِيلًا وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِينَ﴾ [آل عمران: 97]. अर्थः “जुन मानिससँग अल्लाहको घरसम्म पुग्ने क्षमता छ, उसले हज्ज गर्नु अनिवार्य छ र जसले अवज्ञा गर्छ, जानि राख अल्लाह सम्पूर्ण संसारबासीसित निरपेक्ष हुनुहुन्छ।” (कुरआन : ३/९७)

अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णन गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “ए मानिसहरू अल्लाहले तिमीहरूमाथि हज्ज अनिवार्य गर्नुभएको छ, त्यसैले हज्ज गर।” एक जनाले प्रश्न गर्यो- “ए अल्लाहको नबी ! के प्रत्येक वर्ष? उहाँ चुपचाप रहनुभयो । तर त्यस व्यक्तिले यही प्रश्न तिन पटक सोध्यो, तब उहाँले भन्नुभयोः “यदि मैले अँ भन्थे भने प्रत्येक वर्ष अनिवार्य हुन्थ्यो र तिमीहरूमा प्रत्येक वर्ष हज्ज गर्ने सामर्थ्य छैन। (मुस्लिमः १३३७)

यदि कुनै मुस्लिममा हज्ज गर्ने शारीरिक र आर्थिक क्षमता छ भने हज्ज गरिहाल्नु पर्दछ।

हज्जको समय-

हज्जको समय र स्थानहरूः

हज्जको समय-

हज्जको समय निर्धारित छ, यसको निर्धारित समय बाहेक अन्य समयमा हज्ज गर्दा मान्य हुँदैन। हज्जका महिनाहरू शव्वाल, जुल्-कअदा र जुल्-हिज्जा हुन्। यी तीन महिनामा मात्र हज्जको लागि यात्रा गर्न सकिन्छ र यसका कार्यहरू हिजरी (इस्लामिक) पात्रो अनुसार जुल्-हिज्जा महिनाको आठ तारिखदेखि तेह्र तारिखसम्म हुन्छन्।

मीकातका स्थानहरू-

यी त्यसता ठाउँहरू हुन् जसको छेउछाउ वा बाहिरबाट हज्ज वा उम्रह गर्न आउने व्यक्तिहरूले त्यहाँबाट एहराम नबाँधी अथवा नियत नगरी मक्का आउने अनुमति छैन। जसमध्ये मदीना तिरबाट आउनेहरूका लागि मीकात जुल्-हुलैफा हो, सिरिया तिरबाट आउनेहरूका लागि मीकात अल्-जुहफा हो, नज्द तिरबाट आउनेहरूका लागि मीकात कर्नल्-मनाजिल हो, यमन तिरबाट आउनेहरूका लागि मीकात यलमलम हो र इराक तिरबाट आउनेहरूका लागि मीकात जाते इर्क हो। यी मीकातहरू उपरोक्त स्थान र ती मीकातको बाटो भएर हज्ज वा उम्रह गर्ने नियतले मक्का जाने मानिसहरूका लागि हुन्। यी स्थानहरूलाई अनुभवी मानिसहरू र आधुनिक मानचित्र (नक्सा) को माध्यमबाट चिन्न सकिन्छ।

निम्न अवस्थामा मुस्लिममाथि हज्ज अनिवार्य हुन्छ।

١
हज्ज गर्ने व्यक्ति मुस्लिम हुनुपर्दछ।
٢
बुद्धि भएको हुनु पर्दछ।
٣
वयस्क (बालिग) हुनु पर्दछ।
٤
स्वतन्त्र व्यक्ति हुनु पर्दछ।
٥
शारीरिक र आर्थिक रूपमा सक्षम हुनु पर्दछ।
٦
हज्ज गर्ने महिलाको लागि महरम साथमा हुनु पर्दछ।

पहिलो सर्त- इस्लाम (हज्ज गर्ने व्यक्ति मुस्लिम) हुनु पर्दछ।

हज्ज मुस्लिममाथि अनिवार्य छ काफिरमाथि अनिवार्य छैन। काफिरले गरेको हज्ज मान्य र स्वीकार्य पनि हुँदैन, किनभने कुनै पनि उपासना सही हुनको लागि इस्लाम हुनु आवश्यक छ।

दोस्रो सर्तः बुद्धि भएको व्यक्ति हुनु पर्दछ।

पागल व्यक्तिलाई लागि हज्ज गर्नु अनिवार्य छैन, नत उसले गरेको हज्य नै मान्य हुन्छ। त्यसैले हज्जको लागि बुद्धि विवेक सही हुनु पर्दछ। अली रजियल्लाहु अन्हुद्वारा वर्णित छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “तीन किसिमका मानिसहरूबाट कलम उठाइ सकिएको छ (उनीहरूको कुनै हिसाब किताब हुनेछैन) ती हुन्- निदाएको व्यक्ति, जबसम्म ऊ जाग्दैन, बच्चा जबसम्म ऊ वयस्क हुँदैन र पागल व्यक्ति जबसम्म उसको दिमाग (पागलपन) सही हुँदैन।” (अबू दाउदः ४४०३ सहीह अल्बानी)

तेस्रो सर्तः वयस्क हुनु पर्दछ।

बच्चाको लागि हज्ज गर्नु अनिवार्य छैन। किनभने अली रजियल्लाहु अन्हुद्वारा वर्णित हदीसमा छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः तीन किसिमका मानिसहरूबाट कलम उठाइ सकिएको छ (उनीहरूको कुनै हिसाब किताब हुनेछैन) ती हुन्- निदाएको व्यक्ति, जबसम्म ऊ जाग्दैन, बच्चा जबसम्म ऊ वयस्क हुँदैन र पागल व्यक्ति जबसम्म उसको दिमाग (पागलपन) सही हुँदैन। (अबू दाउदः ४४०३ सहीह अल्बानी)

बच्चाले हज्ज गरेमा उसको हज्ज त सही हुन्छ तर यो इस्लामको अनिवार्य हज्जको लागि पर्याप्त हुनेछैन। वयस्क भइसकेपछि उसले इस्लामको अनिवार्य हज्ज पुनः गर्नु पर्दछ। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः यदि सानो बच्चाले हज्ज गर्यो भने पनि वयस्क भइसकेपछि उसले आफूमाथि अनिवार्य इस्लामिक हज्ज फेरी गर्नु पर्दछ। (मुस्तदरक हाकिमः १७६९)

चौथो सर्तः स्वतन्त्र व्यक्ति हुनु

कसैको अधीनमा भएको दासमाथि हज्ज अनिवार्य छैन। ऊ आफ्नो मालिकको अधीन भएकोले आफ्नो मर्जीले कुनै कार्य गर्न सक्दैन। यदि उसले आफ्नो मालिकको अनुमतिले हज्ज गर्छ भने उसको हज्ज त मान्य हुन्छ तर इस्लामको अनिवार्य हज्जको लागि पर्याप्त हुँदैन। किनभने इब्ने अब्बास रजियल्लाहु अन्हुमाद्वारा वर्णित हदीसमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “.... अनि कुनै दासले हज्ज गर्छ र पछि स्वतन्त्र हुन्छ भने उसको लागि अर्को हज्ज (इस्लामको हज्ज) अनिवार्य छ।” (बैहकीको सुनन् अल्-कुबराः ८६१३)

पाँचौं सर्तः सक्षम हुनु

हज्ज त्यस सक्षम व्यक्तिमाथि अनिवार्य छ, जो स्वस्थ र यात्रा गर्नमा सक्षम छ, अनि उसको पासमा हज्ज गरेर फर्कन सक्ने यात्रा खर्च र सवारीको पनि व्यवस्था छ। महिलाहरूको लागि हज्जमा महरम हुनु जरुरी छ, यो उनको सक्षमता अन्तर्गत पर्दछ। किनभने महिलाले महरम बिना हज्जको लागि वा अन्य कुनै कामको लागि यात्रा गर्नु जायज छैन।

अल्लाहले भन्नु भएको छः ﴿ وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إِلَيْهِ سَبِيلًا ﴾ [آل عمران: 97]. अर्थः “जुन मानिससँग अल्लाहको घरसम्म पुग्ने क्षमता छ, उसले हज्ज गर्नु अनिवार्य छ।” (कुरआन : ३/९७)

कुनै व्यक्ति आर्थिक रूपले हज्ज गर्न सक्षम छ तर शारीरिक रूपले असक्षम छ अथवा रोग लागेको छ, रोग निको हुने सम्भावना पनि छैन अथवा वृद्ध अवस्थाको कारण असक्षम छ भने उसले आफ्नो तर्फबाट अन्य कसैलाई हज्ज गर्न पठाउन सक्छ। फज्ज बिन अब्बास रजियल्लाहु अन्हुमाद्वारा वर्णन गरिएको छ, एक जनाले नबी सल्लल्लाहु अलैहि वसल्लमसँग सोध्योः हे अल्लाहको रसूल ! मेरो बुवाले इस्लाम स्वीकार गर्नु भएको छ, उहाँ अति वृद्ध हुनुहुन्छ, आफ्नो ऊँटमा चढ्न तथा बस्न पनि सक्नु हुन्न, त के मैले उहाँको तर्फबाट हज्ज गर्नुपर्छ ? उहाँले भन्नु भयोः “तिमीलाई कस्तो लाग्छ, यदि उहाँमाथि कसैको ऋण हुन्थ्यो र तिमीले त्यो ऋण तिरी दिन्थ्यौ भने उहाँको तर्फबाट पर्याप्त हुन्थ्यो? उसले भन्योः अँ हुन्थ्यो । त उहाँले भन्नु भयोः त्यसो भए आफ्नो बुवाको तर्फबाट हज्ज गर।” (मुस्नद अहमदः १८१२)

मुस्लिमको लागि हज्ज गर्ने क्षमताका अवस्थाहरू

١
व्यक्तिगत रुपमा हज्ज गर्न सक्षम हुनु, भनाइको तात्पर्य- बिना अत्याधिक परिश्रम तथा कठिनाइ स्वयम् मक्कासम्म पुग्ने क्षमता र साथमा पर्याप्त बाटो खर्छ छ भने उसले व्यक्तिगत रुपमा हज्ज गर्नु अनिवार्य छ।
٢
अरुद्वारा हज्ज गराउन सक्षम हुनु, अर्थात रोग वा बुढेसकालले गर्दा शारीरिक रुपमा आफू जान सकदैन, तर ऊ माल खर्च गर्न सक्षम छ भने उसले सबै खर्च बेहोरेर अरुलाई पठाएर 'हज्ज बदल' गराउनु पर्छ।
٣
शारीरिक तथा आर्थिक रुपमा असमर्थ व्यक्तिमाथि हज्ज गर्नु अनिवार्य छैन। जस्तै- कुनै व्यक्तिसँग आफ्नो घर-परिवारको आवश्यक खर्च भन्दा बढी माल छैन भने ऊ माथि हज्ज फर्ज छैन। र हज्जको लागि माल जम्मा गरि राख्नु पर्दैन, तर जुन बेला सक्षम हुनेछ त्यस बेला हज्ज गर्नु पर्छ।

महिलाको हज्जको लागि महरम साथमा हुनु शर्त छ

आर्थिक र शारीरिक क्षमता भएपनि महिलाको हज्जको लागि साथमा महरमको उपस्थिति हुनु पनि अनिवार्य छ। महरम भनेको, श्रीमान वा जुन व्यक्तिसँग उसको कहिल्यै बिहे हुन सक्दैन, जस्तै- बुवा, हजुरबा, छोरा, नाती, भाइ, भतिजा र उनीहरूका सन्तानहरू, काका र मामा।

यदि महिलाले विश्वासिलो समूहको साथमा बिना महरम हज्ज गर्छिन् भने उनको फर्ज हज्ज मान्य हुनेछ, तर बिना महरम यात्रा गरेकोमा उनी गुनेहगार (गल्तीको भागिदार) हुने छिन्।

हज्जका विशेषताहरू

हज्जका धेरै विशेषता तथा श्रेष्ठताहरू छन्, तीमध्ये केही यस प्रकार छन्-

१- यो सर्वोत्कृष्ट सत्कर्म हो।

रसूल सल्लल्लाहु अलैहि व सल्लमसित सोधियो- सर्वोत्कृष्ट कर्म कुन हो ? उहाँले जवाफ दिनु भयोः “अल्लाह र उहाँको रसूलमाथि आस्था राख्नु” फेरी सोधियो- त्यसपछि कुन हो ? उहाँले जवाफ दिनु भयोः “अल्लाहको बाटोमा जिहाद गर्नु” फेरी सोधियो- त्यसपछि कुन हो ? उहाँले जवाफ दिनु भयोः “हज्ज मबरुर (स्वीकृत हज्ज)।” (बुखारी: १५१९, मुस्लिम: ८३)

२) क्षमायाचनाको स्वर्ण अवसर हो।

रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “जसले हज्ज गर्दा गलत काम र लडाई झगडा केही पनि गरेन त ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र भएर फर्कने छ।” (बुखारी: १५२१, मुस्लिम: १३५०)

३) नरकबाट मुक्ति पाउने ठूलो अवसर हो।

रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “अल्लाहले भक्तजनहरूलाई सबैभन्दा अत्याधिक मुक्ति अर्फातको दिन प्रदान गर्नुहुन्छ।” (मुस्लिम : १३४८)

४) यसको प्रतिफल स्वर्ग नै हो।

रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “हज्ज मबरुर (स्वीकृत हज्ज) को प्रतिफल स्वर्ग नै हो।” (बुखारी: १७७३, मुस्लिम: १३४९) यी र यस्ता अन्य विशेषता, प्रतिदान र नरकको मुक्ति पाउनको लागि सर्वप्रथम आफ्नो नियत र मनसायलाई शुद्ध र स्वच्छ पार्नु पर्दछ, भनाई र गराइमा एकरूपता हुनु पर्दछ तथा यी सबै कुराहरूमा पूर्ण रूपमा रसूल सल्लल्लाहु अलैहि व सल्लमको अनुसरण गर्नु पर्छ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्