सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ हज्जको तरिका

रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो उम्मत (अनुयायी) लाई हज गर्ने तरिका विस्तृतरुपमा सिकाउनु भएको छ । यस पाठमा, तपाईंले हज गर्ने तरिका सिक्नु हुनेछ, ताकि तपाईंको हज उहाँको सुन्नत अनुकूल हुन सकोस् ।

  • हजका तीन किसिमहरूको ज्ञान ।
  • हज गर्ने तरिकाको ज्ञान ।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

हज्जका किसिमहरू

हज तीन प्रकारका छन्: तमत्तो, किरान र इफ्राद । हज गर्ने व्यक्तिले हजका यी तीन किसिमहरूमध्ये कुनै एउटा किसिमलाई रोजेर हज गर्न सक्छ ।

आइशा (रजियल्लाहु अन्हा) को हदीसमा छ, हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग (हजको लागि मक्कातिर) लाग्यौं अनि उहाँले भन्नुभयो: "तिमीहरू मध्ये जसले हज र उमरहको नीयत गर्न चाहन्छ, उसले गरोस्, जो मात्र हजको नीयत गर्न चाहन्छ, उसले गरोस् र जसले उमरह को नीयत गर्न चाहन्छ, उसले गरोस् ।" (मुस्लिम: 1211)

तमत्तो

हज तमत्तो गर्ने तरिका: हजका महिना (शौव्वाल, जुल्-कादा र जुल्-हिज्जाका प्रथम १० दिन) मा पहिला उमरहको नीयत गर्नु, नीयत गर्दा ‘लब्बैक अल्लाहुम्म उमरतन् मोतमत्तिअन् बिहा इलल् हज’ भन्नु, उमरह गरिसकेपछि हलाल हुनु । अब उसको लागि एहरामले गर्दा निषेधित कुराहरू जायज हुन्छ । त्यसपछि जुल्-हिज्जाको आठौं दिन मक्कादेखि हजको एहराम लगाउनु अनि दशौं जिल्-हिज्जाको दिन ठूलो जमरातलाई ढुंगा नहानुन्जेल एहराममा रहनु अनि हजका सम्पूर्ण प्रक्रियाहरू पुरा गर्नु । तमत्तो हजमा एउटा खसी-बाख्रा वा गाई वा ऊँटको सातौं भागको कुर्बानी (हदय) दिनुपर्छ । अल्लाहले भन्नुभएको छ: ﴿فَمَنْ تَمَتَّعَ بِالْعُمْرَةِ إِلَى الْحَجِّ فَمَا اسْتَيْسَرَ مِنَ الْهَدْيِ﴾ [البقرة: 196]. अर्थः "जसले हज तमत्तो गरेको छ, उसले कुर्बानी (हदय) दिनुपर्छ ।" (अल्-बकरह: १९६)

किरान

हज किरान गर्ने तरिका: हज र उमरह दुबैको एकैसाथ नीयत गर्नु, नीयत गर्दा ‘लब्बैक अल्लाहुम्म उमरतन् व हज्जन्’ भन्नु । मक्का पुगेपछि तवाफुल्-कुदूम (प्रथम तवाफ) गर्नु । किरान हजमा मात्र एक पटक सई गर्नुपर्छ । चाहे अहिले गर्नुस् अथवा तवाफुल्-एफाजह पछि गर्नुहोस् । किरान हज गर्नेले अहिले कपाल नकटाइकन एहरामकै अवस्थामा बसिरहनु पर्छ यहाँसम्म कि दशौं जिल्-हिज्जाको दिन ठूलो जमरातलाई ढुंगा हानेर कपाल कटाउनु पर्छ अनि हजका सम्पूर्ण प्रक्रियाहरू पुरा गर्नुपर्छ । किरान हजमा पनि कुर्बानी (हदय) दिनुपर्छ ।

इफ्राद

हज इफ्राद गर्ने तरिका: केवल हजको नीयत गर्नुपर्छ अर्थात मीकातमा नीयत गर्दा ‘लब्बैक हज्जन्’ भन्नुपर्छ । मक्का पुगेपछि तवाफुल्-कुदूम (प्रथम तवाफ) गर्नुपर्छ । इफ्राद हजमा मात्र एक पटक सई गर्नुपर्छ । चाहे अहिले गर्नुस् अथवा तवाफुल्-एफाजह पछि गर्नुहोस् । इफ्राद हज गर्नेले अहिले कपाल नकटाइकन एहरामकै अवस्थामा बसिरहनु पर्छ यहाँसम्म कि दशौं जिल्-हिज्जाको दिन ठूलो जमरातलाई ढुंगा हानेर कपाल कटाउनु अनि हजका सम्पूर्ण प्रक्रियाहरू पुरा गर्नुपर्छ । इफ्राद हजमा कुर्बानी दिनु पर्दैन ।

हज गर्ने तरिका

रसूल सल्लल्लाहु अलैहि वसल्लमले जसरी हज गर्नुभयो र उहाँले आफ्ना सहाबाहरूलाई तालिम दिनुभयो त्यसरी नै मुस्लिमले पनि हज गर्न कोसिस गर्नुपर्छ । जाबिर (रजियल्लाहु अन्हु) को हदीसमा छ, मैले कुर्बानीको दिन रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नै सवारीमा सवार भएर ढुंगा (कंकरी) हानेको देखे अनि उहाँले भन्नुभयो: “तिमीहरू हज र उमरह गर्ने तरिकाहरू मबाट सिक, मलाई थाहा छैन, सायद यो हज पछि म अर्को हज गर्न सक्दिनँ होला ।" (मुस्लिम : १२९७)

१- एहराम

जब हाजी मीकातमा आइपुग्छ र हजको लागि इहराम लगाउन चाहन्छ भने पहिला आफ्नो लुगा फुकाल्नु, नुहाउनु र आफ्नो टाउको र दार्हीमा अत्तर (सुगन्ध) दल्नु मुस्तहब (राम्रो) हो । त्यसपछि एहरामका कपडा तलमाथि गरि लगाउनु पर्छ । फर्ज सलाहको समय छ भने फर्ज सलाह पढ्नु, छैन भने वोजूको नीयतले दुई रकात सलाह पढ्नुहोस् ।

फर्ज सलाह पढिसकेपछि जुन हज गर्नु चाहनु हुन्छ त्यसको नीयत दिलमा गर्नु त्यसपछि:

١
हज तमत्तो गर्नेले ‘लब्बैक अल्लाहुम्म उमरह’ भन्नु ।
٢
हज इफ्राद (मात्र हज) गर्नेले ‘लब्बैक अल्लाहुम्म हज्जन्’ भन्नु ।
٣
हज किरान गर्नेले ‘लब्बैक अल्लाहुम्म हज्जन् व उमरतन्’ भन्नु ।

अत्यधिक तल्बीया पढ्नु: 'लब्बैक अल्लाहुम्म लब्बैक्, लब्बैक ला शरीक ल क लब्बैक्, इन्नल् हम्द वन्निअ म त लक वल् मुल्क्, ला शरीक लक् ।' पुरूषले चर्को स्वरमा र महिलाले आफ्नो छेउमा रहेका महिलाहरूलाई सुनाउने गरि मधुरो स्वरमा तल्बीया पढ्नुपर्छ । एहरामको अवस्थामा रहुन्जेल प्रतिबन्धित र निषेधित कुराहरूबाट जोगिनुपर्छ ।

२- मक्कामा प्रवेश

हज गर्ने व्यक्ति मक्कामा प्रवेश गर्दा पहिला नुहाउनु मुस्तहब (राम्रो) हो । हज तमत्तो गर्नेले पहिला उमरह र हज किरान र इफ्राद (मात्र हज) गर्नेले तवाफुल-कुदूम गर्न ‘मस्जिद-हराम’ तिर लाग्नु पर्छ ।

३- तवाफ

मस्जिद-हराममा प्रवेश गर्दा पहिला दायाँ खुट्टा भित्र राख्नुहोस् अनि मस्जिदमा प्रवेश गर्ने दुआ पढ्नुहोस् । काबा नजिक पुग्ने बित्तिकै तवाफ आरम्भ गर्नु भन्दा पहिला तल्बीया पढ्न बन्द गर्नुहोस् । तवाफ गर्दा पुरूषहरूले ‘इज्तिबा’ गर्नु सुन्नत हो । दायाँ काँधलाई खुला राख्नु र एहरामलाई दायाँ काखिमुनीबाट निकालेर बायाँ काँधमा राख्नुलाई इज्तिबा भनिन्छ ।

हज्रे-अस्वद देखि तवाफ (परिक्रमा) प्रारम्भ गर्नुहोस्, भीडभाड छैन भने ‘हज्रे-अस्वद’ (कालो ढुङ्गा) लाई आफ्नो दाहिने हातले छोएर र हातलाई चुम्बन गरेर तवाफ प्रारम्भ गर्नुहोस् । भीड छ भने अरूलाई धक्का दिनु हुँदैन, बरु टाढादेखि नै ‘हज्रे-अस्वद’ तिर इशारा गर्दै अल्लाहु अक्बर भन्दै तवाफ आरम्भ गर्नुहोस् । खाना काबालाई आफ्नो देब्रे पट्टि राखेर सात चोटि तवाफ (परिक्रमा) गर्नुहोस् । पहिला तीन चक्करमा पुरूषले रमल गर्नु सुन्नत हो । बिस्तारै-बिस्तारै दगुर्नलाई रमल भनिन्छ ।

तवाफ गर्दा ‘रुक्ने-यमानी’ लाई हातले छुनुहोस्, तर यसलाई ओठले चुम्नु जायज छैन । छुन सकिएन भने इशारा नगरिकन त्यत्तिकै अगाडी बढ्नुहोस् । ‘रुक्ने-यमानी’ र ‘हज्रे-अस्वद’ को बीचमा यो दुआ पढ्नुहोस्- ﴿ رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً وَفِي الْآخِرَةِ حَسَنَةً وَقِنَا عَذَابَ النَّارِ﴾. उच्चारणः ‘रब्बना आतिना फिद्दुन्या हसन: व फिल्-आखिरते हसन: व किना अजाबन्नार’ ।

हज्रे-अस्वद अथवा त्यसको बराबरीबाट अगाडि बढ्दै गर्दा अल्लाहु अक्बर भन्नुहोस् । तवाफ गर्दा आफूलाई याद भएको जुनसुकै दुआ र कुर्आनको तिलावत गर्न सकिन्छ ।

सात चोटि तवाफ गरिसकेपछि तवाफ गर्दा खुला राखिएको दायाँ काँधलाई छोप्नुहोस् अनि संभव छ भने मकामे-इब्राहीमको पछाडि वा भीडभाड छ भने पुरै हरममा जुनसुकै ठाउँमा भएपनि दुई रकात सलाह पढ्नु होस् । पहिलो रकातमा सूरह फातिहापछि ‘सूरह काफिरुन’ र दोस्रो रकातमा ‘सूरह एख्लास’ पढ्नुहोस् ।

४- सई

त्यसपछि सई गर्न सफा तिर लाग्नुहोस् । सफा पर्वत नजिक पुगेपछि ‘इन्नस्सफा वल्-मर्व त मिन् शआ ए रिल्लाह’ पढ्नुपर्छ । त्यसपछि 'अब दओ बिमा ब द अल्लाहु विही' पढ्नुहोस् ।

सफादेखि सई (सफा र मर्वा पहाडीको बीच ओहोर दोहोर गर्नु) को शुरुवात हुन्छ र मर्वामा पुगेर समाप्त हुन्छ । त्यसपछि ‘सफा पर्वत’ माथि चढ्नुहोस् अनि ‘काबा’ तिर अनुहार फर्काएर उभिएर दुवै हात उठाई अल्लाहु अक्बर भन्नुहोस् र दुआ पढ्नुहोस्: "لا إله إلا الله وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير، لا إله إلا الله وحده، أنجز وعده، ونصر عبده، وهزم الأحزاب وحده"، उच्चारणः ‘ला इलाह इल्लल्लाहु वहदहू ला शरीक लह, लहुल्मुल्कु व लहुल् हम्दु व हुव अला कुल्लि शैइन कदीर, ला इलाह इल्लल्लाहु वहदह, अन्ज ज वाअ्दह, व नसर अब्दह, व ह ज मल् अह्जाब वहदह’ । त्यसपछि आफूले चाहेको अन्य दुआहरू पढ्नुहोस्, उक्त दुआलाई तीन पटक पढ्नुहोस् ।

फेरि ‘सफा’ देखि तल झर्नुहोस् र ‘मर्वा’ तिर लाग्नुहोस्, ‘सफा’ देखि मर्वातर्फ जाँदा सामान्य गतिमा हिड्नुपर्छ । दुई हरियो बत्तीको बीचमा पुरूषले मात्र दौड्नु पर्छ । महिलाले भने दुई हरियो बत्तीको बीचमा दौडनु पर्दैन बरु पुरै सईमा सामान्य चालमा हिड्नुपर्छ ।

त्यसपछि मर्वा पर्वतमाथि चढ्नुपर्छ । ‘मर्वा पर्वत’ माथि चढेर ‘काबा’ तिर अनुहार फर्काएर उभिनु र दुवै हात उठाएर ‘सफा’ मा गरे झैं दुआ गर्नुहोस् । तर मर्वा मा कुर्आनको आयत ‘इन्नस्सफा वल्-मर्व त मिन् शआ ए रिल्लाह’ र 'अब दओ बिमा ब द अल्लाहु विही' पढ्नु पर्दैन ।

फेरि मर्वादेखि तल झर्नुहोस् र ‘सफा’ तिर सामान्य चालमा लाग्नुहोस् । यहाँ पनि दुई हरियो बत्तीको बीचमा पुरूषले मात्र दौड्नुपर्ने हुन्छ, हरियो बत्तिपछि पुनः सामान्य चालमा हिड्नुपर्छ र बिस्तारै-बिस्तारै ‘सफा’ माथि चढ्नुपर्छ, अनि प्रथम चोटि गरे झैं दुआ गर्नुपर्छ । ‘सफा’ देखि मर्वासम्म एक चक्कर पुरा हुन्छ र मर्वादेखि ‘सफा’ सम्म दोस्रो चक्कर पुरा हुन्छ । सई गर्दा दुआ, जिक्र, अल्लाहको प्रशंसा र कुर्आनको तिलावत गर्नु मुस्तहब हो । सकेसम्म वोजूको हालतमा सई गर्नु राम्रो हो ।

हज तमत्तो गर्नेले दुई पटक सई गर्नुपर्छ; एउटा उमरह को र अर्को हजको । तर किरान र इफ्राद हज गर्नेले एक पटक मात्र सई गर्नु पर्याप्त हुन्छ । त्यसलाई तवाफुल्-कुदूमको साथमा गर्नु वा विलम्ब गरी तवाफुल-एफाजह पछि गर्नु दुवै जायज छ ।

५- कपाल खौरनु वा छोटो गराउनु

हज तमत्तो गर्नेले सईपछि कपाल खौरनु वा छोटो गराउनु दुबै जायज छ, तर खौरनु उत्तम हो । तर हजमा धेरै दिन बाँकी छैन भने कपाल खौरनु भन्दा कटाउनु उत्तम हो । ताकि हजमा कपाल खौरन सकुन् । महिलाले आफ्नो कपाललाई जम्मा गरी एक इन्च बराबर मात्र काट्नु पर्छ । अब तपाईंको उमरह पुरा भयो र एहरामले गर्दा प्रतिबन्धित कुराहरू जायज भयो । तर किरान र इफ्राद हज गर्नेले अहिले कपाल नकटाइकन एहरामकै अवस्थामा बसिरहनु पर्छ ।

६- मिनाको दिन (यौम अत्तर्वीय)

जिल्-हिज्जा महिनाको आठौं तारिखदेखि हज प्रक्रिया आरम्भ हुन्छ, यसलाई मिनाको दिन भनिन्छ । हज तमत्तो गर्ने हाजीले सूर्योदयपछि आफू बसेको ठाउँदेखि हजको एहराम लगाउनु पर्छ । उमरहमा गरे झैं नुहाउनु, शरीरमा अत्तर दल्नु मुस्तहब (राम्रो) हो । त्यसपछि एहराम लगाएर हजको नीयत गर्नु अर्थात 'लब्बैक अल्लाहम्म हज्जन' भन्नु अनि तल्बीया पढ्दै गर्नुपर्छ । किरान (हज उमरह दुबै) र इफ्राद (मात्र हज) गर्ने हाजी पहिलेदेखि नै एहराममै बसिरहेका हुन्छन् । त्यसपछि सम्पूर्ण हाजीहरूले जोहर भन्दा पहिला मिना प्रस्थान गर्नुपर्छ र अर्को दिन बिहानसम्म त्यहीं बस्नुपर्ने हुन्छ । जोहर देखि फज्रसम्मका सम्पूर्ण सलाह (नमाज) आ-आफ्ना समयमा मिना मै पढ्नु पर्छ । चार रकात भएको सलाह जस्तै; जोहर, अस्र, र ईशा कस्र (दुई-दुई) गरी पढ्नु पर्छ । आफ्नो समयलाई तल्बीया पढ्न, कुर्आनको तिलावत गर्न र अल्लाहको जिक्र (प्रशंसा) मा व्यस्त राख्नु पर्छ ।

7- अरफातको दिन

नवौं जुल्-हिज्जालाई अरफातको दिन भनिन्छ । यो दिन सम्पूर्ण हाजीहरूले सूर्योदयपश्चात मिना देखि ‘अरफात’ तिर शान्तिका साथ तल्बीया पढ्दै र अल्लाहको प्रशंसा गर्दै प्रस्थान गर्नुपर्छ । संभव छ भने जोहर भन्दा पहिला ‘नमिरह’ मा बस्नु मुस्तहब हो । ‘नमिरह’ मा बस्न सकिएन भने सीधा अरफातको मैदानतिर प्रस्थान गर्नुपर्छ । जोहर र अस्रको सलाह कस्र (दुई-दुई) गरी एकैसाथ अर्थात जोहरकै समयमा एक अजान र दुई इकामतले पढ्नु पर्छ । त्यसपछिको समय भनेको अल्लाहको प्रशंसा, कृतज्ञता, कुर्आनको तिलावत र दुआमा लगाउनु पर्ने हुन्छ । दुबै हात उठाएर किब्ला तर्फ मुख गरेर नम्रताका साथ रोएर खुब दुआ गर्नुपर्छ ।

आइशा (रजियल्लाहु अन्हा) को हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: “अराफातको दिन भन्दा अर्को कुनै दिन छैन जसमा अल्लाहले दासलाई नर्कबाट अत्यधिक मुक्त गर्नुहुन्छ । उहाँ नजिक आउनु हुन्छ र फरिश्ताहरूसँग गर्वकासाथ भक्तहरूको बारेमा सोध्नु हुन्छ: यिनीहरूले के चाहन्छन् ?" (मुस्लिम : १३४८)

अरफातको मैदानमा जोहरदेखि मग्रिब (सूर्यास्त) सम्म बस्नुपर्छ । सूर्यास्तपछि सम्पूर्ण हाजीहरू ‘मुज्दलिफह’ तिर प्रस्थान गर्नुपर्छ । यदि कोही सूर्यास्तसम्म अरफातको मैदानमा आउन सकेन भने ऊ दशौँ तारिखको फज्र भन्दा पहिला एक क्षणको लागि पनि त्यहाँ उभियो भने उसको हज्ज मान्य हुन्छ । तर जो फज्र भन्दा पहिला अरफातको मैदानमा प्रवेश गर्न सकेन उसको हज अपूर्ण रहनेछ ।

८- मुज्दलिफह

‘मुज्दलिफह’ पुगे लगत्तै सर्वप्रथम मग्रिबको ३ रकात र ईशाको २ रकात सलाह एक अजान र दुई इकामतले पढ्नु पर्छ अनि रात यहीं बसेर फज्रको सलाह पढ्नु पनि पढ्नु पर्छ । फज्रको सलाह पढिसकेपछि मिर्मिरे बिहानी नहुन्जेल ‘किब्ला’ तिर अनुहार फर्काएर दुबै हात उठाएर नम्रताका साथ अल्लाहको अत्याधिक प्रशंसा गर्नु, उहाँको कृतज्ञता व्यक्त गर्नु र दुआ गर्नु पर्दछ ।

9- कुर्बानीको दिन

दशौं जिल्-हिज्जाको बिहान उज्यालो भएपछि हाजीले सूर्योदय हुनुभन्दा पहिला नै ‘मिना’ तिर प्रस्थान गर्नुपर्छ । अनि बाटोमा चनाको दाना भन्दा अलि ठूलो खाले सातवटा ढुङ्गा जम्मा गर्नुपर्छ र मिना’ पुगिसकेपछि मक्कादेखि नजिक रहेको ‘ठूलो जमरात’ (र यो अनिम जमरात हो) लाई एक-एक गरी सात चोटि ढुङ्गा हान्नु पर्छ । ढुङ्गा हान्दा हरेक पटक अल्लाहु अक्बर भन्नु पर्छ । आफ्नो कुर्बानी (हदय) गर्नु र त्यसपछि कपाल खौरनु वा छोटो पार्नु पर्छ । महिलाले कपाल जम्मा गरेर एक इन्च मात्र काट्नु पर्छ । त्यसपछि हाजीले अत्तर दल्नु मुस्तहब हो । त्यसपछि मक्का जानु र हजको तवाफ (तवाफुल-एफाजह) र सई गर्नुपर्छ । यो हजका अर्कान (आधार) हरूमध्ये एउटा ठूलो रुक्न हो । त्यसपछि पुनः ‘मिना’ फर्किएर र ११ (दशौं जिल्-हिज्जाको सूर्यास्तपछि) को रात त्यहीं मिनामा बिताउनु पर्छ ।

१०- ‘तशरीक’ का दिनहरू

हाजीले ११ र १२ जिल्-हिज्जाको रात ‘मिना’ कै मैदानमा बिताउनु अनिवार्य हो र जो ढिलो फर्कन चाहन्छ उसले १३ जिल्-हिज्जाको रात पनि बिताउनु पर्छ । अनि दिउँसो जवाल (सूर्य ढल्के) पछि तीनै जमरातलाई ढुङ्गा (कंकरी) हान्नु पर्छ ।

ढुङ्गा हान्ने तरिका

पहिला सानो जमरात (जुन मस्जिद खैफको छेउमा छ) लाई ७ चोटि ढुङ्गा (कंकरी) हान्नु र हरेक पटक अल्लाहु अक्बर भन्नु । त्यसपछि अलि अगाडी सरेर किब्लातिर अनुहार फर्काएर लामो दुआ गर्नु सुन्नत हो । त्यसपछि मध्यम जमरात लाई ७ चोटि ढुङ्गा हान्नु र हरेक पटक अल्लाहु अक्बर भन्नु । अनि देब्रेतिर गएर किब्लातिर अनुहार फर्काएर दुबै हात उठाएर दुआ गर्नु सुन्नत हो । त्यसपछि ठूलो जमरातलाई ७ चोटि ढुङ्गा हान्नु र हरेक पटक अल्लाहु अक्बर भन्नु तर यहाँ दुआ नगरी फर्किनु सुन्नत हो ।

१२ जिल्-हिज्जामा तीनै जमरातलाई कंकरी (ढुङ्गा) हानिसकेपछि यदि कोही ‘मिना’ बाट फर्कन चाहन्छ भने उसले सूर्यास्त हुनु भन्दा पहिला ‘मिना’ बाट निस्किनु पर्छ । यदि ढिलो गर्न चाहन्छ भने १३ जिल्-हिज्जाको रात बिताएर सूर्य ढल्केपछि तीनै जमरातलाई ढुङ्गा हान्नुपर्छ । ढिलो गर्नु नै अफजल (उत्तम) हो ।

तवाफुल्-वदा

हजका सम्पूर्ण वाजिब र अर्कानहरू पुरा गरिसकेपछि अन्तमा मक्का गएर तवाफुल्-वदा गर्नुपर्छ । त्यसैले स्वदेश फर्किनु भन्दा पहिला सबैभन्दा अन्तमा तवाफुल्-वदा गर्नु जरुरी छ । इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कोही पनि तवाफुल्-वदा नगरिकन स्वदेश कदापी नफर्किनु ।” (मुस्लिम : १३२७)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्