Model: हालको खण्ड
पाठ पवित्र ग्रन्थ कुर्आनको श्रेष्ठता तथा महत्व
पवित्र ग्रन्थ कुर्आनका धेरै श्रेष्ठता तथा महत्व छन्, ती मध्ये केही निम्नलिखित छन्-
उस्मान बिन् अफ्फान रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः तिमीहरू मध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जसले स्वयम् कुर्आन सिक्छ र अरूलाई पनि सिकाउँछ। (सही बुखारीः ५०२७)
अनस बिन् मालिक रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः अल्लाहको निकट दुई किसिमका मानिसहरू खास छन्। सोधियो, हे अल्लाहको रसूल ! ती को हुन् ? भन्नु भयोः कुर्आनवाले; यी अल्लाहका खास व्यक्तिहरू मध्येका हुन्।
अब्दुल्लाह बिन् मसऊद रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “कसैल कुर्आनको एउटा अक्षर पनि पढ्छ भने उसलाई त्यसको पुण्य मिल्छ, जुन दश गुणासम्म बढाइन्छ। म भन्दैन अलिफ-लाम्-मिम् एउटा अक्षर हो, बरु अलिफ एउटा अक्षर, लाम एउटा अक्षर र मिम एउटा अक्षर हो। (तिर्मिजीः २९१०)
कुर्आनको तेलावत गर्न (पढ्न), सिक्न र सिकाउन जम्मा भएकाहरूमाथि शान्ति अवतरण हुन्छ र फरिश्ताहरूले घेर्छन्।
५- कुर्आन कयामतको दिन आफ्ना पाठकहरूका लागि सिफारिसी बनेर आउने छ।
आईशा रजियल्लाहु अन्हाले वर्णन गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “कुर्आनको राम्रो जानकार (हाफिज) व्यक्ति सदाचारी र सम्माननीय यात्रुहरूको साथमा हुन्छ, जसले त्यसलाई पढ्यो उसले फाइदा उठायो, यदि उसलाई पढ्नमा अप्ठ्यारो भयो भने उसको लागि दोहोरो पुण्य छ।” (सहीह मुस्लिमः ७९८)
७- कुर्आनले आफ्ना साथीहरूलाई उच्च दर्जा प्रदान गर्छ।
अब्दुल्लाह बिन् उमर बिन् आस रजियल्लाहु अन्हुमाले बयान गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः कुर्आनका पाठकहरूलाई भनिने छ- पढ्दै जाऊ, रुकी-रुकी पढ, जसरी तिमीले संसारमा पढ्ने गर्थ्यौ त्यसरी नै पढ अनि चढ्दै जाऊ; तिम्रो स्थान त्यहीं हुनेछ जहाँ तिम्रो अन्तिम आयत समाप्त हुनेछ। (अबू दाऊदः १४६४)