सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ पवित्र ग्रन्थ कुर्आनको श्रेष्ठता तथा महत्व

पवित्र ग्रन्थ कुर्आनका धेरै विशेषता र श्रेष्ठताहरू छन्, जसले यस ग्रन्थको मर्यादा र महत्त्वलाई दर्शाउँछन्। यस पाठमा तपाईंले यस सम्बन्धमा जानकारी हासिल गर्नुहुनेछ।

  • पवित्र कुर्आनका केही विशेषता र श्रेष्ठताहरूको बारेमा जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

पवित्र ग्रन्थ कुर्आनका श्रेष्ठता तथा महत्व

पवित्र ग्रन्थ कुर्आनका धेरै श्रेष्ठता तथा महत्व छन्, ती मध्ये केही निम्नलिखित छन्-

१- कुर्आन सिक्नु र सिकाउनुको श्रेष्ठता

उस्मान बिन् अफ्फान रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः तिमीहरू मध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जसले स्वयम् कुर्आन सिक्छ र अरूलाई पनि सिकाउँछ। (सही बुखारीः ५०२७)

२- कुर्आनवाला अल्लाहका खास मानिसहरू हुन्।

अनस बिन् मालिक रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः अल्लाहको निकट दुई किसिमका मानिसहरू खास छन्। सोधियो, हे अल्लाहको रसूल ! ती को हुन् ? भन्नु भयोः कुर्आनवाले; यी अल्लाहका खास व्यक्तिहरू मध्येका हुन्।

३- कुर्आनको एउटा अक्षर पढ्दा पनि त्यसको पुण्य धेरै गुणा बढाइन्छ।

अब्दुल्लाह बिन् मसऊद रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “कसैल कुर्आनको एउटा अक्षर पनि पढ्छ भने उसलाई त्यसको पुण्य मिल्छ, जुन दश गुणासम्म बढाइन्छ। म भन्दैन अलिफ-लाम्-मिम् एउटा अक्षर हो, बरु अलिफ एउटा अक्षर, लाम एउटा अक्षर र मिम एउटा अक्षर हो। (तिर्मिजीः २९१०)

कुर्आनको तेलावत गर्न (पढ्न), सिक्न र सिकाउन जम्मा भएकाहरूमाथि शान्ति अवतरण हुन्छ र फरिश्ताहरूले घेर्छन्।

अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “कोही पनि मानिसहरू जब अल्लाहका घरहरू मध्येका कुनै घरमा जम्मा भएर कुर्आन पढ्छन् (तेलावत गर्छन्) अनि आपसमा सिक्छन् र सिकाउँछन् तब उनीहरूमाथि शान्ति अवतरण हुन्छ, उनीहरूलाई दयाले ढाक्छ, फरिश्ताहरूले उनीहरूलाई घेर्छन् अनि अल्लाहले उनीहरूको चर्चा आफ्ना साथ भएकासँग गर्नुहुन्छ।” (सहीह मुस्लिमः २६९९)

५- कुर्आन कयामतको दिन आफ्ना पाठकहरूका लागि सिफारिसी बनेर आउने छ।

अबू उमामा बाहिली रजियल्लाहु अन्हुले भन्नु भएको छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भनेको सुनेको थिए, भन्दै हुनुहुन्थ्योः “कुर्आनलाई पढ, किनभने यसले कयामतको दिन आफ्ना पाठकहरूका लागि अल्लाहको समक्ष सिफारिश गर्नेछ।” (सहीह मुस्लिमः ८०४)

६- कुर्आनलाई फरिश्ताहरूको साथमा राम्रो तेलावत गर्ने र पढ्दा राम्रोसँग पढ्न नसक्ने व्यक्तिको लागि दोहोरो पुण्य मिल्नेछ।

आईशा रजियल्लाहु अन्हाले वर्णन गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “कुर्आनको राम्रो जानकार (हाफिज) व्यक्ति सदाचारी र सम्माननीय यात्रुहरूको साथमा हुन्छ, जसले त्यसलाई पढ्यो उसले फाइदा उठायो, यदि उसलाई पढ्नमा अप्ठ्यारो भयो भने उसको लागि दोहोरो पुण्य छ।” (सहीह मुस्लिमः ७९८)

७- कुर्आनले आफ्ना साथीहरूलाई उच्च दर्जा प्रदान गर्छ।

उमर बिन् खत्ताब रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “निःसन्देह, यस कुर्आनको माध्यमद्वारा अल्लाहले केही मानिसहरूलाई उच्च पार्नु हुन्छ र अन्यलाई नीच गराउनु हुन्छ।” (सहीह मुस्लिमः ८१७)

८. कुर्आन पढ्नेवाला (हाफिज) को दर्जा जन्नतमा त्यति नै उच्च हुनेछ जति उसको पास कुर्आन कण्ठस्थ हुनेछ।

अब्दुल्लाह बिन् उमर बिन् आस रजियल्लाहु अन्हुमाले बयान गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः कुर्आनका पाठकहरूलाई भनिने छ- पढ्दै जाऊ, रुकी-रुकी पढ, जसरी तिमीले संसारमा पढ्ने गर्थ्यौ त्यसरी नै पढ अनि चढ्दै जाऊ; तिम्रो स्थान त्यहीं हुनेछ जहाँ तिम्रो अन्तिम आयत समाप्त हुनेछ। (अबू दाऊदः १४६४)

९. कुर्आनको हाफिजले कयामतको दिन सम्मानको ताज (मुकुट) लगाउन पाउने छ।

अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णन गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः कयामतको दिन कुर्आनको पढ्ने (हाफिज) को लागि सिफारिसी बनेर कुर्आन आउने छ र भन्ने छः हे रब यसलाई सम्मानको ताज (मुकुट) लगाइदिने अनुमति दिनुहोस्, अनि सम्मानको ताज लगाई दिनेछ। त्यसपछि भन्नेछः हे रब यसलाई बढाइ दिनुहोस्, त्यसलाई पनि लगाई दिनेछ। अनि फेरि भन्नेछः हे रब यससँग प्रसन्न हुनुहोस्, अल्लाह उससँग प्रसन्न हुनु हुनेछ। अनि ऊ सँग भनिने छः पढ्दै गर र प्रत्येक आयतको बदलामा पुण्य पनि बढाइने छ। (तिर्मिजीः २९१५)

१०. अल्लाहले कयामतको दिन कुर्आनको हाफिजलाई उत्तम दर्जाद्वारा सम्मानित गर्नु हुनेछ।

मुआज रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः जसले कुर्आन पढ्यो र त्यसको शिक्षा अनुसार कर्म गर्यो उसका बुवा आमालाई कयामतको दिन त्यस्तो ताज (मुकुट) लगाइनेछ जसको चमक (उज्यालो) तिम्रा यी घरहरूमा हुने त्यस सूर्यको उज्यालो भन्दा पनि बढी हुनेछ। (उसका बुवा आमालाई लगाइने ताज यस्तो हुनेछ) भने विचार गर त ! स्वयम् कुर्आन अनुसार कर्म गर्ने व्यक्तिको दर्जा (ताज) कस्तो होला। (अबू दाऊदः १४५३)

बाँकी

बाँकी

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्