सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत

इस्लाम धर्म दुई महत्त्वपूर्ण श्रोतमा आधारित छ, ती हुन्- पवित्र ग्रन्थ कुर्आन र नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत । यस पाठमा तपाईंले इस्लाममा धर्ममा नबी सल्लल्लाहु अलैहि वसल्लमका सुन्नतको वास्तविकता र महत्त्व तथा स्थानबारे जानकारी हासिल गर्नु हुनेछ ।

  • नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतको महत्त्वबारे जानकारी ।
  • नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतको स्थानबारे जानकारी ।
  • सुन्नत इस्लामिक कानुन भएको कुरा हृदयदेखि नै स्वीकार गर्नु । 

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

नबीको सुन्नत

रसूल सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत (तरिका) अल्लाहको वह्यी (वाणी) हो, जसलाई अल्लाहले आफ्नो नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण गर्नु भएको हो । नबीको सुन्न्त इस्लामको महत्त्वपूर्ण श्रोत हुनुको साथै अल्लाहको किताब कुर्आनसँग जोडिएको छ । जसरी कलिमा शहादत “ला इलाह इल्लल्लाह, मुहम्मदुर्-रसूलुल्लाह” एक आपसमा अविभाज्य छन्, त्यसरी नै कुर्आन र सुन्नत पनि आपसमा अविभाज्य छन् । त्यसैले जसले सुन्नतमाथि आस्था राख्दैन उसले कुर्आनमाथि आस्था राख्दैन ।

सुन्नतको परिभाषा

नबीको सुन्नत भनेको उहाँ सल्लल्लाहु अलैहि वसल्लमका भनाइ, कर्म, आदेश, उहाँका शारीरिक विशेषता, उहाँको आचरण तथा शैली र ती कामहरू जो उहाँका सहाबाले उहाँको सामु गरे अनि त्यस कामलाई उहाँले मनाही गर्नु भएन ।

नबीको सुन्नतको स्थान

इस्लाममा नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतको ठूलो महत्त्व र स्थान छ; जसलाई निम्नलिखित कुराहरूले प्रमाणित गर्छन्:

१- यो इस्लामिक शरीयत (विधान) को दोस्रो श्रोत हो ।

सुन्नत कुर्आन पछिको दोस्रो इस्लामिक श्रोत हो । मुकद्दम इब्ने मअदी कर्ब किन्दीले बयान गरेका छन्, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः सुन ! मलाई किताब दिइएको छ र त्यो जस्तै यसको साथ अरू (सुन्नत) पनि दिइएको छ, निःसन्देह, मलाई कुर्आन यसको साथ यस्तै अर्को चीज (सुन्नत) पनि दिइएको छ । निकट भविष्यमा एक तृप्त मानिसले आफ्नो कुर्सीमा अडेस लागेर भन्नेछः “कुर्आनलाई अवश्य समात (थामेर राख), जो कुरा तिमीहरूले यसमा वैध पाउँछौ त्यसलाई वैध सम्झ र जुन कुरा यसमा अवैध पाउँछौ त्यसलाई अवैध सम्झ” । (मुस्नद अहमदः १७१७४)

२- यो अल्लाहको तर्फबाट वह्यी हो ।

नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत अल्लाहको तर्फबाट आफ्नो नबीको लागि वह्यी हो । अल्ल्लाहले भन्नु भएको छः ﴿ وَمَا يَنْطِقُ عَنِ الْهَوَى، إِنْ هُوَ إِلَّا وَحْيٌ يُوحَى، عَلَّمَهُ شَدِيدُ الْقُوَى﴾ [النجم:3-5]. अर्थः “*उनले आफ्नो इच्छाले केही भन्दैनन् । * त्यो त मात्र वह्यी हो जुन (उनीमाथि) पठाइँदै छ । * उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले आएर बताउँछन् ।” (सूरतुन्-नज्मः ५३/३-५)

३- सुन्नत कुर्आनको व्याख्या र खुलासा हो ।

नबीको सुन्नतमा कुर्आनको व्याख्या तथा खुलासा छ । अल्लाहले भन्नु भएको छः ﴿وَأَنزَلْنَا إِلَيْكَ الذِّكْرَ لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيْهِمْ وَلَعَلَّهُمْ يَتَفَكَّرُونَ﴾ [النحل:44]. अर्थः “हामीले तपाईलाई यो किताब अवतरण गरेका छौं, जसबाट मानिसहरूलाई जे प्रदान गरेका छौं तपाईले स्पष्ट गरी वर्णन गर्नुहोस्, सम्भव छ तिनिहरूले विचार गरुन् ।” (सूरतुन्-नहलः १६/ ४४)

पवित्र कुर्आनका कैयौँ आयतहरू विभिन्न मसाइल तथा मामिलाहरूमा छोटकरीमा आदेश मात्र आएका छन् । त्यसैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले ती आयतहरूको व्याख्या आफ्नो आदेश र कर्मद्वारा गरेर देखाउनु भएको छ । उदाहरणको लागि अल्लाहको यो आदेशः ﴿وَأَقِيمُوا الصَّلاةَ وَآتُوا الزَّكَاةَ وَأَطِيعُوا الرَّسُولَ لَعَلَّكُمْ تُرْحَمُونَ﴾ [النور: 56]. अर्थः “र नमाज कायम गर (पढ्दै गर) र जकात देऊ अनि रसूलको आदेशको अनुसरण गर्दैगर ताकि तिमीमाथि कृपा गरियोस् ।” (सूरतुन्-नूरः २४/ ५६) यस आयतमा नमाज कायम गर्ने र जकात दिने आदेश छोटकरीमा आएको छ, तर यसको पूर्ण तरिका सुन्नतमा आएको छ । दैनिक पाँच पटकको नमाज, नमाजको समय र त्यसको तरिका विस्तृत रूपमा सुन्नतले बयान गरेको छ । त्यसैगरी जकातको तरिका पनि विस्तृत रूपमा सुन्नतले नै बयान गरेको छ ।

नबीको सुन्नतको सुरक्षा अल्लाहले गर्नु भएको छ ।

नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत त्यस्तो जिक्र हो जसको सुरक्षाको जिम्मेदारी स्वयम् अल्लाहले लिनु भएको छ । अल्लाहले भन्नु भएको छः ﴿إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ﴾ [الحجر: 9]. अर्थः “(निःसन्देह) हामीले नै जिक्र (वह्यी) लाई उतारेका छौं र हामी नै यसको संरक्षक हौं ।” (सूरतुल्-हिज्रः १५/ ९) जिक्रः अल्लाहले आफ्नो नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण गरेका सम्पूर्ण कुराहरूलाई जिक्र भनिन्छ ।

नबीको सुन्नतलाई सुरक्षित गर्नको लागि अल्लाहले त्यसता धर्मविद्हरू पैदा गर्नुभयो जसले सुन्नतको संकलन तथा लेखनको लागि अत्याधिक मेहनत गरे । रिवायत (वर्णन) लाई जाँच्नको लागि एउटा विशेष सर्तहरू तथा विधि-विधान तयार गरे । जो त्यस सर्त अनुसार झूटा, शङ्कास्पद र सर्तका विपरीत थिए तिनलाई छानबिन गरेर अत्यन्तै सावधानी पूर्वक लेखे । तिनलाई हिफ्ज (कण्ठस्थ) गरे र सुन्नतलाई बयान गर्ने तथा तिनको माध्यमद्वारा नकल गर्नेहरूको जिन्दगी, चालचलन र आचरणलाई पनि राम्रोसँग जाँच पडताल गरे ।

अल्लाहको तर्फबाट रावीहरू (वर्णन कर्ताहरू) र धर्मविद्हरूको माध्यमले सुन्नतको सुरक्षा गरियो, जसलाई उहाँले आफ्नो नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतको सुरक्षा गर्नको लागि प्रयोग गर्नुभयो ।

सुन्नतको प्रामाणिकता

इस्लामिक शरियत (विधान) को लागि कुर्आन पछिको दोस्रो श्रोत नै नबीको सुन्नत हो । इस्लाम धर्म तबसम्म पूर्ण हुँदैन जबसम्म अल्लाहको किताब कुर्आन र नबीको सुन्नतलाई एकसाथ लिइँदैन ।

सुन्नत इस्लामिक शरियतका विधिविधान तय गर्ने आधारभूत माध्यम हो । धार्मिक क्रियाकलाप, आस्था र विभिन्न मामिलाहरूमा सुन्नत अनुसार कर्म गर्नु अनिवार्य छ ।

पवित्र कुर्आनका आदेशहरूको व्याख्या गर्नको लागि र इस्लामिक विधिविधानको बयान गर्न आएको हो; त्यसैले यसले पनि कुर्आनले झैँ हलाल र हराम (वैध र अवैध) को निर्णय गर्छ ।

पवित्र कुर्आन र नबी सल्लल्लाहु अलैहि वसल्लमका हदीसहरूले सुन्नतको सत्यता र शरियतमा सुन्नतको स्थान प्रमाणित गर्छन् । कैयौँ कुर्आनका आयत र हदीसहरू नबीको सुन्नतलाई मान्ने, व्यवहारमा लागू गर्ने, नबी सल्लल्लाहु अलैहि वसल्लमको अनुसरण गर्नु अनिवार्य भएको कुरा दर्साउँछन् । अल्लाहले भन्नु भएको छः ﴿ وَمَا آتَاكُمْ الرَّسُولُ فَخُذُوهُ وَمَا نَهَاكُمْ عَنْهُ فَانْتَهُوا ﴾ [الحشر: 7]. अर्थः “जो कुरा रसूलले तिमीलाई दिन्छन्, त्यो लेउ र जुन कुराबाट मनाही गर्छन्, त्यसबाट बच ।” (सूरतुल्-हश्रः ५९/ ७)

मिकदाम इब्ने मअदी करिब अल-किन्दीले रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “निकट भविष्यमा कुनै मानिस आफ्नो कुर्सीमा अडेस लागेर बसेको हुनेछ; अनि मेरो कुनै हदीस बयान गर्दै भन्नेछः हाम्रो र तिम्रो बीच अल्लाहको किताब (कुर्आन) नै पर्याप्त छ, हामीले यसमा जो चीज हलाल (वैध) पाउँछौं त्यसलाई हलाल मान्छौं र जो चीज हराम (अवैध) पाउँछौं त्यसलाई हराम मान्छौं ।” त सुन ! जुन कुरालाई अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले हराम भन्नु भयो त्यो अल्लाहले हराम भने झैँ हराम हो । (इब्ने माजाः १२, सहीह)

सुन्नतको अनुसरण

रसूल सल्लल्लाहु अलैहि वसल्लमका भनाइ, कर्म, आचरणलाई अनुसरण गर्न अल्लाहले आफ्नो भक्तहरूमाथि अनिवार्य गर्नु भएको छ । अल्लाहले भन्नु भएको छः ﴿قُلْ إِنْ كُنْتُمْ تُحِبُّونَ اللَّهَ فَاتَّبِعُونِي يُحْبِبْكُمُ اللَّهُ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَاللَّهُ غَفُورٌ رَحِيمٌ﴾ [آل عمران: ٣١]. अर्थः “(हे नबी !) भनि दिनुहोस्- यदि तिमी अल्लाहलाई माया गर्छौ भने मेरो अनुसरण गर, अल्लाहले तिमीलाई माया गर्नु हुनेछ र तिम्रा पापहरूलाई क्षमा गर्नुहुनेछ, तथा अल्लाह अत्यन्त क्षमादाता एवम् दयालु हुनुहुन्छ ।” (सूरह आले इमरानः ३/ ३१) अर्को ठाउँमा भन्नु भएको छः ﴿وَاتَّبِعُوهُ لَعَلَّكُمْ تَهْتَدُونَ﴾ [الأعراف :158 ]. अर्थः “उहाँको अनुसरण गर ताकि तिमी (सही) मार्ग पाउन सक ।” (सूरतुल्-आराफः ७/ १५८)

अरबाज बिन सारिय रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “तिमीहरूले मेरो सुन्नत र मार्गदर्शित खुलफाए राशेदीनको तरिकालाई अवश्य समात्नु, तिमीहरू त्यससँग टाँसिएर रहनु र त्यसलाई दाँतले राम्री समातेर राख्नु, अनि मनगढन्त रूपमा धर्ममा थपिएका नयाँ कुराबाट बच्नु, किनभने धर्ममा थपिएका प्रत्येक नयाँ कुरा बिदअत हो र प्रत्येक बिदअत पथभ्रष्टता (गुमराही) हो ।” (अबू दाउदः ४६०७ सहीह)

जो कुरा रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो वा गर्नुभयो त्यसलाई राम्रोसँग थाम्नु अथवा पालना गर्नु नै इत्तेबा (अनुसरण) हो । भनाइको तात्पर्य नबी सल्लल्लाहु अलैहि वसल्लमको तरिका अनुसार चल्नु, उहाँले दिएका आदेशहरूको पालना गर्नु, मनाही गरेका कुराहरूबाट बच्नु र धर्मलाई व्यवहारिक रूपमा लागू गर्नु ।

सबै अनिवार्य कार्यहरूमा अनुसरण अनिवार्य छ र सबै उत्तम कार्यहरूमा अनुसरण उत्तम छ ।

सुन्नत अनुसरण गर्नुको श्रेष्ठता

सुन्नत अनुसरण गर्नुका कैयौँ श्रेष्ठता र फाइदाहरू छन्, जो यस प्रकार छन्-

सुन्नतको अनुसरण गर्नाले ती गुट तथा फिर्काको अनुसरणबाट मुक्ति मिल्छ, जसलाई अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले जहन्नमी (नर्कबासी) हुने दाबी गर्नु भएको छ । अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुमाद्वारा वर्णित हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “मेरो उम्मतमा पनि त्यस्तै अवस्था आउने छ जस्तो अवस्था इस्राईलका सन्तानमा आई सकेको छ । यहाँसम्म कि उनीहरू मध्ये कसैले आफ्नो आमासँग खुल्लमखुल्ला व्यभिचार गरेको छ भने मेरो उम्मतमा पनि त्यस्तो व्यक्ति हुनेछ । इस्राईलका सन्तान ७२ फिरका (गुट) मा बाँडिए मेरा अनुयायी (उम्मत) ७३ फिरकामा बाँडिने छ। ती मध्ये एउटा फिरका मात्रै जन्नतमा जानेछ बाँकी सबै जहन्नममा जानेछन् । सहाबाले सोधे- हे अल्लाहको रसूल ! त्यो कुन जमाअत (फिरका) हो ? उहाँले भन्नु भयोः त्यो त्यही फिरका हो जो मेरो सुन्नत र सहाबाको तरिका अनुसार चल्नेछ ।” (सुनन् तिर्मिजीः २६४१ सहीह)

सुन्नतको अनुसरण गर्नाले सही मार्गदर्शन र शान्ति मिल्छ अनि मार्ग विचलित हुनबाट बच्न सकिन्छ । अल्लाहले भन्नु भएको छः ﴿وَاتَّبِعُوهُ لَعَلَّكُمْ تَهْتَدُونَ﴾ अर्थः “उनको अनुसरण गर ताकि तिमी (सही) मार्ग पाउन सक ।” (सूरतुल्-आराफः ७/ १५८) अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “मैले तिमीहरूको बीचमा दुईवटा चीज छोडेको छु, ती दुई चीज हुँदाहुँदै तिमीहरू कहिल्यै मार्ग विचलित (गुमराह) हुनेछैनौ; ती हुन्‌- अल्लाहको किताब कुर्आन र मेरो सुन्नत ।” (मुस्तदरक हाकिम, सहीह जामेअः ३२३२)

सुन्नत अनुसारको नभए कुनै पनि सत्कर्म स्वीकार हुँदैन, किनभने भक्तका कुनै पनि कर्म अल्लाहको समक्ष स्वीकार्य हुनको लागि सुन्नत अनुसार हुनु जरुरी छ । आइशा रजियल्लाहु अन्हाद्वारा वर्णन गरिएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “जसले इस्लाम धर्ममा कुनै नयाँ कामको सुरुवात गर्यो, जो हाम्रो धर्ममा थिएन त्यो अस्वीकार्य (रद्द) छ।” (मुस्लिमः १७१८)

सुन्नतको अनुसरण गर्नु नबी सल्लल्लाहु अलैहि वसल्लमसँग निकटता हुनु हो भने सुन्नतबाट टाढा रहनु उहाँसँग टाढा रहनु हो । अनस बिन मालिक रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, नबी सल्लल्लाहु अलैहि वसल्लमको इबादतको बारेमा सोध्न उहाँका पत्नीहरूको घरमा तीन जना मानिसहरू आए । जब उनीहरूसँग उहाँको इबादतको बारेमा बताइयो त उनीहरूले त्यसलाई कम सम्झे (आफूहरूको लागि अपर्याप्त सम्झे) अनि भनेः नबी सल्लल्लाहु अलैहि वसल्लमसँग हाम्रो तुलना कसरी हुनसक्छ ? उहाँका त अघिल्ला र पछिल्ला सबै पापहरू क्षमा गरिएका छन् । एक जनाले भन्योः मैले त पुरै रातभरि नमाज पढ्ने छु, दोस्रोले भन्योः मैले सधैँ रोजा राख्ने छु, तेस्रोले भन्योः मैले विवाह नै गर्नेछैन अथवा महिलादेखि अलग रहने छु । त्यत्तिकैमा नबी सल्लल्लाहु अलैहि वसल्लम आउनु भयो अनि भन्नु भयोः के तिमीहरूले यस्तो-यस्तो कुरा भनेका हौ ? सुन ! म तिमीहरू सबैभन्दा अधिक अल्लाहसँग डराउने तथा परहेजगार छु, तिमीहरू सबैभन्दा अधिक अल्लाहको हक-अधिकारहरूको बारेमा ध्यान दिन्छु, तर मैले कहिले रोजा राख्छु र कहिले छोड्छु पनि; रातमा नमाज पढ्छु र सुत्छु पनि; अनि महिलासँग विवाह पनि गर्छु । सावधान ! जसले मेरो तरिकालाई अपनाउँदैन ऊ मेरो अनुयायी होइन । (बुखारीः ५०६३)

सुन्नतको अनुसरण तथा नबीको आज्ञापालन गर्नाले विपत्ति र दुःखद यातनाबाट मुक्ति मिल्छ । अल्लाहले भन्नु भएको छः ﴿فَلْيَحْذَرِ الَّذِينَ يُخَالِفُونَ عَنْ أَمْرِهِ أَنْ تُصِيبَهُمْ فِتْنَةٌ أَوْ يُصِيبَهُمْ عَذَابٌ أَلِيمٌ﴾ [النور: 63]. अर्थः “जसले उहाँ (नबी) को आदेशको अवहेलना गर्छन् उनीहरू डरुन्; कहीँ उनीहरूमाथि कुनै ठूलो विपत्ति तथा कुनै दुःखद यातना आइ नलागोस् ।” (सूरतुन्-नूरः २४/ ६३)

सुन्नतको पालना तथा नबीको अनुसरण गर्नाले दुबै लोकमा शान्ति र सफलता मिल्छ । अल्लाहले भन्नु भएको छः ﴿وَمَنْ يُطِعِ اللهَ وَرَسُولَهُ وَيَخْشَ اللهَ وَيَتَّقْهِ فَأُولَئِكَ هُمُ الْفَائِزُونَ﴾ [النور: 52]. अर्थः “जसले अल्लाह र उहाँको रसूलको आज्ञापालन गर्छन् अनि अल्लाहसित डर मान्छन्, तिनै व्यक्तिहरू मुक्ति प्राप्त गर्नेहरू हुन् ।” (सूरतुन्-नूरः २४/ ५२)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्