सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ महामारीबारे मुस्लिमको धारणा

महामारी र विपत्तिहरूको अवस्थामा मुस्लिमको जीवनका मामिलाहरू र व्यवहार अरुभन्दा फरक हुन्छन् । ऊ आफ्नो अकीदा (आस्था) को कारण उनीहरू भन्दा उत्तम हुन्छ । यस अध्यायमा तपाईंले मुस्लिमहरू महामारी र विपत्तिहरूको कसरी सामना गर्छन् भन्ने बारेमा सिक्नु हुनेछ ।

मुस्लिमले महामारी र विपत्तिहरूको सामना र समाधान गर्न अपनाउनु पर्ने उत्तम तरिकाबारे जानकारी । 

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

भाग्यप्रति आस्था:

राम्रो-नराम्रो भाग्यमाथि आस्था राख्नु ईमानको एउटा आधार हो । महामारी, रोग, प्रकोप र विपत्ति यी सबै कुरा अल्लाहको आदेश र भाग्यले हुन्छ । हामी अल्लाहको न्यायमा सन्तुष्ट छौं, कदापि गुनासो गर्दैनौं र त्यसबाट आतंकित पनि हुँदैनौं । अल्लाहले भन्नुभएको छ: ﴿ مَا أَصَابَ مِن مُّصِيبَةٍ إِلَّا بِإِذْنِ اللَّهِ ۗ وَمَن يُؤْمِن بِاللَّهِ يَهْدِ قَلْبَهُ ۚ وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ ﴾ (التغابن: 11). अर्थः "अल्लाहको अनुमति बिना कुनै विपत्ति आइपर्दैन । जसले अल्लाहमाथि आस्था राख्छ, अल्लाहले उसको हृदयलाई निर्देशित गर्नुहुन्छ । अल्लाह सर्वशक्तिमान र सर्व ज्ञाता हुनुहुन्छ ।" (तगाबुन: 11)

रोगहरू आफैंमा संक्रामक छैनन्:

आस्थावानको आस्था के छ भने रोग आफैले अरूमा सर्दैन, बरु अल्लाहको आदेश र भाग्यले हुन्छ, तैपनि उहाँले रोग लाग्ने कारण र सङ्क्रमित ठाउँबाट टाढा रहन र बिरामीसँग नमिल्न अनि रोकथामका लागि सावधानी अपनाउन निर्देशन दिनुभएको छ । यसै सम्बन्धमा रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "कुनै रोग आफैले अरूमा सर्दैन, न चराहरू, न उल्लु, न सफरको महिना अभिशाप हो । तपाईं जसरी शेरबाट भाग्नु हुन्छ त्यसरी कुष्ठरोगबाट भाग्नुहोस् ।" (बुखारीः 57)

के रोग र महामारी सधैं प्रकोप नै हो ?

महामारी र संक्रामक रोगहरू काफिर, पाखण्डी र कपटीहरूका लागि प्रकोप हो तर आस्थावानहरूको दर्जा बढाउन र पापहरूको प्रायश्चित गर्न कृपा र दया हो । आइशा (रजियल्लाहु अन्हा) ले महामारी (पलेग) को बारेमा सोध्दा रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: "यो एक प्रकारको प्रकोप हो, अल्लाहले जहाँ चाहनु हुन्छ पठाउनु हुन्छ । तर आस्थावानहरूका लागि कृपा र दया हो । यदि कुनै ठाउँमा महामारी (ताउन) फैलिन्छ अनि अल्लाहले जे लेख्नु भएको छ त्यही हुन्छ भनेर अल्लाहमाथि भरोसा अनि धैर्य गर्दै कोही आफ्नो देशमा बस्छ भने उसलाई शहीदको पुण्य प्राप्त हुन्छ ।" (बुखारीः 3474)

सरकारी आधिकारिक उपदेशहरूलाई मान्ने:

यस्तो अवस्थामा मुस्लिमले आधिकारिक निकायको सुझावहरूलाई सहर्ष स्वीकार गर्नुपर्छ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सार्वजनिक हितलाई प्राथमिकता दिई जिम्मेवारी वहन गर्नुपर्छ, स्थिरता र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्नुपर्छ । अल्लाहले भन्नुभएको छ: ﴿ وَتَعَاوَنُوا عَلَى الْبِرِّ وَالتَّقْوَىٰ ۖ وَلَا تَعَاوَنُوا عَلَى الْإِثْمِ وَالْعُدْوَانِ ﴾ (المائدة: 2). अर्थः "पुण्य र तक्वा (परहेजगारी) को कार्यमा एकअर्कालाई सहयोग गर । पाप कर्म तथा अत्याचारको कार्यमा परस्पर सहयोग नगर ।" (माइदा: 2)

महामारीको समयमा निषेध गरिएको छ

१. अफवाह फैलाउने र त्यसको प्रचार गर्ने

अफवाह फैलाउनु एक घृणित कार्य र ठूलो झूट हो भन्ने कुरामा कुनै शंका छैन । किनभने यसले मानिसहरूमा डर र त्रास सृजना हुन्छ । त्यसैले संबन्धित निकायबाट प्रमाणित नहुन्जेल कुनै पनि सूचनाहरू प्रसारण नगर्न सावधान रहनु आवश्यक छ । अल्लाहले पाखण्डी (मुनाफिक) हरूको गुणहरू उल्लेख गर्दै भन्नुभएको छ: ﴿ وَإِذَا جَاءَهُمْ أَمْرٌ مِنَ الْأَمْنِ أَوِ الْخَوْفِ أَذَاعُوا بِهِ ۖ وَلَوْ رَدُّوهُ إِلَى الرَّسُولِ وَإِلَىٰ أُولِي الْأَمْرِ مِنْهُمْ لَعَلِمَهُ الَّذِينَ يَسْتَنْبِطُونَهُ مِنْهُمْ ۗ ﴾ (النساء: 83). अर्थः "मुस्लिमहरूको शान्ति वा डर तथा चिन्ताको कुरालाई मुनाफिकहरूले जताततै फैलाई दिन्छन् । यदि तिनीहरूले यो मामिला अल्लाहका रसूल सल्लल्लाहु अलैहि व सल्लम तथा आधिकारिक व्यक्तिहरू समक्ष पुर्याएका भए मामिलाको तहसम्म पुग्नेहरूले सत्य तथ्य जान्ने थिए ।" (निसा: 83)

२. सामानमा एकाधिकार जमाउने

इस्लामले किनबेच गर्ने सामग्रीमा एकाधिकार जमाउने, धोखाधडी, मूल्यवृद्धि, र हेरफेरलाई निषेध गरेको छ । विशेष गरी संकटको समयमा कोही यस्तो गर्छ भने यो हराम तरिकाले पैसा खाने, विश्वासघात र एकदम घटिया कार्य हो । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ : "जसले मुस्लिमहरूमाथि मूल्यवृद्धिको उद्देश्यले आफ्नो मालसामान थुपारे राख्छ र पछि एकाधिकार जमाएर मनमानी गर्छ, त्यो पापी हो ।" (मुसनद: ८६१७)

३. जानाजानी अरूलाई संक्रमण गर्ने

जानाजानी बिरामी व्यक्तिबाट स्वस्थ व्यक्तिमा कुनै पनि तरिकाले सङ्क्रमण सार्नु भनेको वर्जित कार्य र ठूलो पाप हो र उसले दुनियाँमा आफ्नो गलत कर्तुतको दण्ड भोग्नै पर्छ । यो दण्ड कर्तुत अनुसार, व्यक्ति र समाजमा पर्न गएको असरको आधारमा फरक-फरक हुन्छ ।

जानाजानी अरूलाई संक्रमण सार्ने व्यक्तिको सजाय:

١
यदि उसको मनसाय समाजमा महामारी फैलाउने हो भने यो एक किसिमको शत्रुता र भ्रष्टाचार मानिन्छ र उसलाई भ्रष्टाचारको सजाय दिइनेछ । अल्लाहले भन्नुभएको छ: अर्थः "जो मानिसहरू अल्लाह तथा रसूल सल्लल्लाहु अलैहि व सल्लम विरुद्ध युद्ध गर्छन्, हत्या, हिंसा, लूट खसूट तथा डकेती गरेर धर्तीमा विध्वंस मच्चाउँ छन्, तिनीहरूलाई मृत्युदण्ड दिनुपर्छ वा शूलीमा चढाउनु पर्छ, वा तिनीहरूका हात खुट्टा विपरित दिशाबाट काट्नुपर्छ, वा तिनीहरूलाई देशनिकाला गर्नुपर्छ । यो तिनीहरूको लागि दुनियाँमा अपमानजनक यातना छ र परलोकमा पनि कठोर यातना छ ।" (माइदह: ३३)
٢
यदि उसको नियत नै संक्रमण फैलाएर कुनै विशेष व्यक्तिलाई संक्रमित गराउने हो र उनी बिरामी परे र मरे भने उक्त सङ्क्रमण फैलाउने वयक्तिलाई मृत्युदण्डको सजय दिइनेछ ।
٣
यदि उसको नियत नै संक्रमण फैलाएर कुनै विशेष व्यक्तिलाई संक्रमित गराउने हो, अनि उनी बिरामी परे तर मरेनन् भने, उक्त संक्रमण फैलाउने व्यक्तिलाई सजाय हप्काउनु र सम्झाउनु पर्छ ।

४. रोगलाई गाली गर्ने तथा सराप्नेः

रसूल सल्लल्लाहु अलैहि वसल्लमले ज्वरोलाई सराप्न वा गाली गर्न निषेध गर्नुभएको छ । जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल सल्लल्लाहु अलैहि वसल्लमले साइबकी आमालाई भन्नुभयो: "ज्वरोलाई श्राप नगर, किनकि यसले आदमका सन्तानका पापहरू हटाइ दिन्छ, जसरी आरन (आगोको भट्टी) ले फलामको फोहोर र खियालाई हटाउँछ" (मुस्लिम: 2575)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्