Model: हालको खण्ड
पाठ महामारीसँग सम्बन्धित केही नियमहरू
रोग लाग्नु अघि रोगबाट जोगिन खोप लिनु जायज छ र यो अल्लाहमाथि भरोसा विपरित होइन । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "जसले बिहान सात अज्वा खजूर खान्छ उसलाई त्यो दिन विष वा जादुले हानि गर्ने छैन ।" (बुखारी: ५४५४ र मुस्लिम: 20४७) यो भनेको प्रकोप आउनु अघि सतर्कता अपनाउनु हो ।
शरियत (इस्लामिक धर्मविधान) ले संक्रमित व्यक्तिले स्वस्थ व्यक्तिहरूसँग सम्पर्क नगर्न प्रेरित गर्दछ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "रोगी ऊँटलाई स्वस्थ ऊँट भएको ठाउँमा कदापी लिएर नजानु ।" (बुखारी : 5770, मुस्लिम : 2221)
त्यसैले संक्रामक रोग लागेका बिरामीलाई भेट्नु हुँदैन, तर उनको परिवारलाई भेटेर उनको अवस्थाबारे सोधपुछ गर्न सकिन्छ । उनको लागि दुआ गर्नुपर्छ । उनको उपचारमा आफ्नो पैसा र प्रतिष्ठाले भएसम्म सहयोग गर्न सकिन्छ । संक्रमणबाट जोगिने मापदण्डको पालना गर्दै ।
जुन देशमा महामारी (प्लेग) फैलिएको छ त्यसतर्फ प्रस्थान गर्नु वा त्यहाँबाट अन्त जानु अनुमति छैन । यसको प्रमाण अब्दुल-रहमान बिन औफको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "यदि तिमीहरू कुनै भूमिमा महामारी (प्लेग) फैलिएको थाहा पाउछौ भने त्यसतर्फ नजाऊ र तिमीहरू जहाँ छौ त्यही भूमिमा महामारी (प्लेग) फैलियो भने त्यहाँबाट भागेर बाहिर नजाऊ ।" (बुखारी: 5729, मुस्लिम: 2219) अधिकांश विद्वानहरूको मान्यता के छ भने, महामारी फैलिएको देशतर्फ यात्रा गर्नु वा रोगबाट बच्नको लागि त्यो ठाउँ छाडेर अन्त जानु अनुमति छैन ।
जमातका सलाह पढ्न पुरुषहरूका लागि अनिवार्य गरिएको छ । विद्वानहरूले भनेका छन्: यदि इस्लामले तोकेको वैध कारण छ भने त्यो पनि वजिब छैन । यसको प्रमाण आइशा (रजियल्लाहु अन्हा) को हदीसमा छ, "जब नबी सल्लल्लाहु अलैहि वसल्लम बिरामी हुनुभयो तब उहाँ जमातका साथ मुस्लिमहरूसँग सलाह पढ्न सक्नु भएन अनि अबु बकरलाई मानिसहरूलाई सलाह पढाउन आदेश दिनुभयो ।" (बुखारी: ६६४, मुस्लिम: ४१८) यसले प्रमाणित गर्छ, यदि कुनै मुस्लिमलाई स्पष्ट रोग वा गाह्रो छ भने उसलाई मस्जिदमा नगएर एक्लै सलाह पढ्न अनुमति छ ।
यदि कुनै कारणले फर्ज सलाह (नमाज) छुट्यो भने घरमा फर्ज अदा गर्न नमाज पढ्ने ठाउँ बनाउनु मुस्तहब हो । तर जहाँसम्म नफिल (अतिरिक्त) सलाहको कुरा हो भने रसूल सल्लल्लाहु अलैहि वसल्लम प्रायजसो घरमा नै सलाह पढ्नुहुन्थ्यो । इत्बान बिन मलिकको हदीसमा छ, उनले आफ्नो दृष्टि कम्जोर भएको र पानी पर्दा उपत्यका (वादी) मा बाढीले गर्दा उनी आफ्नो समुदायहरूको मस्जिदमा जान नसक्ने कुरा रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई भने अनि मेरो घरमा आएर नमाज पढ्न आग्रह गरे ताकि उनी उहाँले नमाज पढ्नु भएको स्थानमा नमाज पढ्ने ठाउँ बनाउन सकुन् । अतः उहाँ आउनुभयो र त्यहाँ दुई रकात पढ्नुभयो ।" (मुस्लिम)
त्यस्तै मैमुना (रजियल्लाहु अन्हा) र अम्मार बिन यासिर (रजियल्लाहु अन्हु) को घरमा मस्जिद थियो । तसर्थ हामीले यी पनि विपत्तिहरूको बेलामा हाम्रो घरमा मस्जिदहरू हुनुपर्छ ।
मस्जिदमा जमातका साथ सलाह स्थापना गर्न सम्भव नभएको बेला घरहरूमा जमातका साथ सलाहको व्यवस्था गर्नु जायज छ र यस्तोमा जमातको पुण्य प्राप्त हुन्छ । इमामको साथ सलाह छुटेको समयमा घरमा जमातका साथ सलाह कायम गर्नु केही सहाबाहरू बाट प्रमाणित छ, जस्तैः इब्ने मस्उद र अनस (रजियल्लाहु अन्हुमा) ।
यदि घरमा जमातका साथ नमाज पढिन्छ भने घरबेटी नै इमामतको हकदार हो । तर उनी अगाडी बढ्दैनन् भने कुर्आनको बढी जानकार (हाफिज) इमामतको हकदार हुनेछ । यदि यसमा सबैजना बराबर छन् भने सलाहको बारेमा बढी जानकार व्यक्ति, त्यसमा पनि सबैजना बराबर छन् भने ती मध्ये सबैभन्दा उमेरमा ठूलो व्यक्ति इमामतको हकदार हुनेछ ।
यदि कुनै मुस्लिमले आफ्नो घरमा नमाज पढ्छ भने मुक्तदी पुरुष र एक्लै भएमा इमामको दायाँ पट्टि उभिनु सुन्नत हो र धेरै भएमा इमामको पछाडि पंक्तिबद्ध उभिनु सुन्नत हो । तर मुक्तदी महिला भएमा इमामको पछाडि उभिनु सुन्नत हो । यदि पुरुष र महिलाहरू भएमा पुरुषहरू इमामको पछाडि र महिलाहरू तिनीहरूको पछाडि उभिनेछन् ।
यी विपत्तिहरू भनेको आफ्नो हाम्रा लागि एक प्रकारको ठूलो अवसर हो । यसरी हामी आफ्ना घरपरिवार र अन्य सदस्य र बालबालिकाहरूलाई सलाह पढ्ने तरिका, यसका सर्तहरू, पवित्रताको नियम आदि इत्यादि सिकाउन सिक्छौं ।
महिलाहरूले घरहरूमा जमातका साथ सलाह पढ्नु सुन्नत हो, किनभने यो उम्मे वर्कह, आइशा र उम्म सलमह (रजियल्लाहु अन्हुन्न) बाट प्रमाणित छ । जमातका साथ सलाह पढ्दा अल्लाहले बढी पुण्य दिनुहुन्छ । तर महिला इमाम भनेको सफ को बीचमा नै उभिनुपर्ने हुन्छ ।
सरुवा रोग वा महामारीबाट संक्रमित व्यक्तिले मानिसहरूको समूह वा जमघटहरूमा उपस्थित हुन निषेध गरिएको छ, किनभने अल्लाहले भन्नुभएको छ: ﴿وَالَّذِينَ يُؤْذُونَ الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ بِغَيْرِ مَا اكْتَسَبُوا فَقَدِ احْتَمَلُوا بُهْتَانًا وَإِثْمًا مُّبِينًا﴾. (الأحزاب: 58). अर्थः "जुन मानिसहरू मोमिन पुरुष र महिलाहरूलाई कष्ट पुर्याउँछन् तिनीहरू झूठ र स्पष्ट पापको बोझ बोक्छन् ।" (अहजाब: 58)
इस्लामको एउटा स्थापित नियम के छ भने: नत अरूलाई कुनै हानि पुर्याउने न आफै हानिमा पर्ने, त्यसैले संक्रमित व्यक्तिले स्वस्थ व्यक्तिहरूसँग भेटघाट गर्नु अनुमति छैन । किनभने रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "ऊँटको मालिकले बिरामी वा संक्रमित ऊँटलाई स्वस्थ ऊँट भएको ठाउँमा कदापी लिएर नजानु ।" (बुखारी: 5770, मुस्लिम: 2221)
नमाजी (सलाह पढ्ने व्यक्ति) ले सलाह पढ्दा आफ्नो मुख छोप्न हुँदैन, किनभने रसूल सल्लल्लाहु अलैहि वसल्लमले निषेध गर्नुभएको छ, तर आवश्यक पर्दा वा संक्रमण सर्ने डरले गर्दा यस्तो मास्क लगाउन सकिन्छ ।
जमातका साथ सलाह पढ्न केही कारणवश मनाही भएको अवस्थामा, जुमाका नियमहरू बाँकी रहन्छन्, त्यसैले बिहानको सलाहमा सूरह सज्दा र अल-इन्सान पढ्नु, अस्रको एक घण्टापछि दुआ स्वीकार हुने घडीमा दुआ गर्नु, रसूलमाथि अत्यधिक दरुद पढ्नु, सूरह कहफ पढ्नु इत्यादि । यी प्रावधानहरू जमातको साथ अनिवार्य नभएकोले जस्ताको त्यस्तै बाँकी रहन्छ ।
हात मिलाएर मुसाफहा गर्नु सुन्नत हो । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "जब दुई मुस्लिमहरू एकअर्कालाई भेटघाट गर्दा मुसाफहा गर्छन् तिनीहरूलाई अलग हुनु अघि नै क्षमा गरिन्छ ।" (अबू दाउद: 5212) तर मुसाफहा गर्दा संक्रमण सर्ने डर लाग्छ भने, सलाम गर्नु नै परप्त हुन्छ । अल्लाहले मुसाफहा को पुण्य दिनुहुन्छ, इन् शा अल्लाह !
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.