Model: हालको खण्ड
पाठ उपहार (हिबा)
अल्लाह करीम (अति कृपालु तथा उदार) हुनुहुन्छ र उहाँले उदारतालाई मन पराउनु हुन्छ। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम मानिसहरूमा सबैभन्दा उदारवादी तथा दयालु हुनुहुन्थ्यो। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले उपहार स्वीकार गर्नुहुन्थ्यो, त्यसको बदला दिनुहुन्थ्यो, मानिसहरूलाई उपहारको दिन र स्वीकार गर्न प्रोत्साहन गर्नुहुन्थ्यो र उपहार दिनु उहाँलाई मनपर्ने कामहरू मध्येको थियो।
लागत अथवा क्षतिपूर्ति बिना तुरुन्तै कसैलाई कुनै चीजको मालिक बन्नु वा बनाउनु।
हाम्रो भनाइ: स्वामित्व (मालिक बन्नु); कसैलाई कुनै चीज उपहार दिएर त्यसको मालिक बनाउन गरिएको सम्झौता जस्तै हो।
कुनै चीजको तात्पर्य; कुनै निश्चित वस्तु, सामान हो। यसमा नगद पैसा र अन्य जुनसुकै वस्तुहरू पनि हुन सक्छन्।
“कुनै सम्पत्तिको मालिक बन्नु” यो शब्द दुई कारणहरूले “फाइदाको हिबा” लाई रद्द गरिदिन्छ।
"मालिक बन्नु" को प्रतिबन्धले ऋणबाट मुक्त भएर निस्किन्छ, चाहे त्यो हिबा शब्दबाट किन नहोस्, किनभने मुक्त गर्नुलाई माफ गरेको मानिन्छ।
“हिबा” लाई, कोसेली, सौगात, पुरस्कार पनि भनिन्छ, यी सबै धार्मिकता, भलाइ, पुण्य, सदभाव आदि सँग सम्बन्धित छन्।
हिबाको हुकुम (आदेश)
उपहार दिनु उत्तम कार्य हो, किनभने यसबाट मेलमिलाप र आपसमा सदभाव कायम हुनजान्छ। यसबाट पुण्य मिल्छ र आपसमा माया ममता पनि बढ्छ। कुर्आन, सुन्नत र उम्मतका सबै मानिसहरू यो मुस्तहब (उत्तम) कार्य भएको कुरामा सहमत छन्।
इस्लामिक शरिअतले हिबाको लागि प्रोत्साहन गरेको छ, किनभने यसबाट मानिसको आत्मा कन्जुसी, लोभ-लालच जस्ता दुर्गुणबाट शुद्ध हुन्छ। यसले आपसमा हृदयलाई जोड्छ अनि मानिसहरूको बीचको सम्बन्ध र मायालाई बलियो बनाउँछ। विशेषगरी आपसमा सम्बन्ध सुधारको राम्रो प्रतिफल त्यति बेला देखिन्छ जब नातेदार, छिमेकी र साथीहरूसँग आपसमा झगडा भएको हुन्छ, एक अर्कामा घृणा, तिक्तता बढेको हुन्छ, नाता सम्बन्ध टुटेको हुन्छ; त्यस्तो समयमा कुनै चीजको उपहार तथा कोसेलीले दुबै हृदयलाई सफा गर्न सहयोग गर्छ र मानिसहरूको बीच उत्पन्न हुने घृणालाई मायामा बदल्छ। त्यसैले यदि कुनै व्यक्तिले अल्लाहको प्रसन्नताको लागि कुनै चीज उपहार तथा कोसेलीको रूपमा दिन्छ भने अवश्य पनि उसलाई पुण्य मिल्छ।
आयशा रजियल्लाहु अन्हाले भन्नुभएको छः “अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले उपहार स्वीकार गर्नुहुन्थ्यो र त्यसको बदला पनि दिने गर्नुहुन्थ्यो।” (बुखारीः २५८५)
इब्ने अब्बास रजियल्लाहुमाले भन्नुभएको छः “अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम मानिसहरूमा सबैभन्दा दानी हुनुहुन्थ्यो, रमजानमा जब जिब्रील अलैहिस्सलाम उहाँसँग आएर भेट्नु हुन्थ्यो त्यसपछि त उहाँ अझ धेरै दानी बन्नु हुन्थ्यो। जिब्रील अलैहिस्सलाम रमजानका प्रत्येक रातमा उहाँ सल्लल्लाहु अलैहि वसल्लमको पासमा आएर कुर्आन सुन्नु हुन्थ्यो। जब रसूल सल्लल्लाहु अलैहि वसल्लम जिब्रील अलैहिस्सलामसँग भेट गर्नुहुन्थ्यो तब हावा भन्दा पनि अधिक दानशीलतामा तेज बन्नु हुन्थ्यो। (बुखारीः ६, मुस्लिमः २३०८)
हिबाका अर्कान (आधारहरू)
“इजाब” (प्रस्ताव) हिबाका अर्कानहरू मध्येको एक हो भन्ने कुरामा धर्मविद्हरू एकमत छन्, तर यस बाहेक अन्य अर्कानको बारेमा भने उनीहरूमा मतभेद छ। हिबा दिने व्यक्तिको प्रस्तावले यो मान्य हुन्छ। (अथवा हिबा दिने व्यक्तिको तर्फबाट गरिने प्रस्तावले हिबा गरिएको सङ्केत हो।) तर हिबा गर्ने व्यक्तिले जबसम्म त्यसलाई स्वीकार गर्दैन वा आफ्नो स्वामित्वमा लिंदैन तबसम्म ऊ त्यस चीजको मालिक बन्दैन। स्वीकार र प्राप्ति प्रभावहरूको व्यवस्थाको लागि हो, सम्झौताको स्थापनाको लागि होइन।
हिबाका सर्तहरू
विद्वानहरूमा हिबा गरिने वस्तु ज्ञात हुनुपर्छ, अज्ञात हुनुहुँदैन भन्ने विषयमा यसको आवश्यकता अनुसार मतभेद छ, त्यसैगरी हिबा गरिने वस्तु विभाजित हुनुपर्छ, साझा हुनुहुँदैन भन्ने कुरामा पनि मतभेद छ।
जो व्यक्तिले कुनै अधिकारी, कर्मचारी, वा अन्य व्यक्तिलाई लाभ प्राप्त गर्नको लागि उपहार दिन्छ, जसमा उसको कुनै अधिकार नै छैन भने यस्तो उपहार दिने र लिने दुबै व्यक्तिमाथि अवैध छ। किनभने यो घुस अन्तर्गत आउँछ, यसको लेनदेन गर्ने दुबै जना धिक्कारका पात्र हुन्।
यदि दिने व्यक्तिले आफूमाथि आइपर्ने अन्याय रोक्न वा आफूले पाउनु पर्ने उचित हक अधिकार प्राप्त गर्नका लागि उपहार दिन्छ भने, यो उपहार लिनेको लागि त हराम छ, तर दिनेले आफ्नो अधिकारको रक्षा गर्न र लिने व्यक्तिबाट हुने खराबीबाट आफूलाई बचाउन उपहार दिनु अनुमति छ।
अबू हुमैद साएदी रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, बनी असदको इब्नुल् उत्बिय्या नामको एकजना व्यक्तिलाई सदका (दान) वसुली गर्नको लागि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले तहसिलदार बनाउनुभयो। जब उनी फर्केर आए त उनले भनेः “यो तपाईंहरूको लागि हो र यो मेरो लागि उपहारमा दिइएको हो।” त्यसपछि नबी सल्लल्लाहु अलैहि वसल्लम मिम्बरमा चढ्नुभयो, अनि अल्लाहको प्रशंसा र स्तुति बयान गरेपछि भन्नुभयोः “त्यो तहसिलदारको के होला जसलाई हामीले वसुल गर्न पठाउँछौं, त्यसपछि ऊ आएर भन्छः यो माल तिमीहरूको हो र यो मेरो हो। ऊ आफ्नो बुवा आमाको घरमा बसिरहोस् अनि हेरोस्, उसलाई उपहार मिल्छ कि मिल्दैन। त्यस जातको कसम जसको हातमा मेरो प्राण छ ! तहसिलदारले जुनसुकै चीज पनि (उपहारको रूपमा) लिनेछ, त्यसलाई कयामतको दिन आफ्नो गर्धनमा उठाएर आएको हुनेछ। यदि ऊँट रहेछ भने त्यसले आफ्नो आवाज निकाल्दै आउनेछ, गाई हुनेछ भने उसले आफ्नो आवाज निकाल्दै आउनेछ र बाख्रा हुनेछ भने त्यसले पनि आफ्नो आवाज निकाल्दै आउनेछ। त्यसपछि उहाँले आफ्नो हातलाई यति उठाउनुभयो कि हामीले उहाँको काखीको सेतो देख्यौं। त्यसपछि उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः के मैले तिमीहरू समक्ष कुरा पुर्याएँ ? तीन पटकसम्म यही कुरा भन्नुभयो। (बुखारीः ७१७४, मुस्लिमः १८३२)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.