Model: हालको खण्ड
पाठ यात्रा र पवित्रता
यात्रा र सामान्य अवस्थामा धेरै फरक हुन्छ, घरमा सहजै पाइने कुराहरू यात्रामा पाउन धौधौ हुन्छ । अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "यात्रा एक किसिमको पीडा (अजाब) हो, मानिस यात्रामा नत राम्रोसँग खानपिन गर्न सक्छ नत सुन्त नै । तिमीहरू काम सकिने बित्तिकै आफ्नो घरपरिवारमा फर्किन छिटो गर ।" (बुखारी: 1804, 3001, 5429, र मुस्लिम: 1927) यात्रामा जानेहरूले पवित्रता लगायत अन्य धेरै कुराहरू जान्नुपर्छ, जस्तैः
सार्वजनिक ठाउँ, मानिसहरूले बारम्बार ओहोरदोहोर गर्ने स्थान, छायाँ, रूख वा चौतारी इत्यादिमा दिसा-पिसाब गर्न र प्रदूषित गर्न निषेध (हराम) गरिएको छ ।
विद्वानहरूले भनेका छन्: यदि कोही खुल्ला ठाउँमा दिसा-पिसाब गर्न चाहन्छ भने, उसले नरम ठाउँ खोज्नु राम्रो हो, ताकि पिसाबको छिंटाले लुगा र शरीर फोहोर (अपवित्र) नहोस् । अतः उसले कडा जमिन अनि तेज हावाबाट जोगिनु पर्छ ।
2. दिसा-पिसाब गर्दा गुप्ताङ्गहरूलाई छोप्ने
अब्दुल्लाह बिन जाफरको हदीसमा छ, "रसूल सल्लल्लाहु अलैहि वसल्लम खजुरको झारपात वा अग्लो ठाउँको मुनि लुकेर दिसा-पिसाब गर्नु हुन्थ्यो ।" (मुस्लिम: ३४२) अर्को हदीसमा छ, "उहाँ दिसा-पिसाबको लागि जाँदा तल जमिनमा बसेपछि मात्र आफ्नो लुगा माथि सार्नु हुन्थ्यो ।" (अबू दाउद : 14) किनभने यसमा बढी पर्दा छ ।
पानी नभएको वा पानीको प्रयोगबाट असमर्थ भएको अवस्थामा तयम्मुम गरेर पवित्रता प्राप्त गर्नु जायज गरिएको छ । तयम्मुम गर्ने तरिका : (बिस्मिल्लाह पढेर) दुबै हातलाई पवित्र माटोमाथि घस्नु त्यसपछि दुबै हातले अनुहारमा मसह गर्नु अथवा दल्नु, त्यसपछि आफ्नो दाहिने हत्केलाले देब्रेलाई फेरी देब्रे हत्केलाले दाहिने हत्केलालाई नाडीसम्म मल्नु ।
मोजामाथि मसह गर्नु : यदि कसैले दुवै खुट्टा छोप्ने खाले छालाको मोजा (खुफ) वा कपडा, उनी इत्यादिको मोजा सानो र ठूलो दुवै किसिमको अपवित्रताबाट पूर्ण शुद्ध भएर लगाएको छ भने उसले वोजु गर्दा टाउको र कानको मसह गरेपछि मोजा फुकालेर खुट्टा धुनु पर्दैन, बरु आफ्नो दुवै खुट्टाको बाहिरी भागमा मोजामाथि मसह गर्न अथवा हातको औंलाले फेर्नु जायज छ ।