सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ सुन्नतको सङ्कलन तथा लेखन र त्यसका महत्त्वपूर्ण किताबहरू

इस्लामका विद्वानहरूले सुन्नतलाई सङ्कलन तथा लेखनको राम्रो व्यवस्था गरेका छन्, यसको संरक्षणको लगि उनीहरूले आफ्नो जीवन नै समर्पण गरे । सही र गलतलाई अलग गर्दै बयान कर्ताहरूको अवस्थालाई यसरी बयान गरेका छन् कि मानव इतिहासमा यस्तो उदाहरण कतै मिल्दैन । यस पाठमा तपाईंले सुन्नत लेखनको अर्थ, यसका चरणहरू र यस विषयमा लेखिएका महत्त्वपूर्ण वर्गीकृत किताबहरूको जानकारी हासिल गर्नु हुनेछ ।

  • नबी सल्लल्लाहु अलैकि वसल्लमका सुन्नतहरूको लेखनका चरणहरूबारे जानकारी। 
  • नबी सल्लल्लाहु अलैहि वसल्लमका सुन्नतका प्रमुख किताबहरूको बारेमा जानकारी। 
  • हदीसहरू सही वा जईफ (कमजोर) कस्ता छन्, भन्नेबारे जानकारी हासिल गर्ने तरिका। 

नबीको सुन्नतको सङ्कलन तथा लेखन

इस्लामका विद्वानहरूले सुन्नतलाई सङ्कलन तथा लेखनको राम्रो व्यवस्था गरेका छन्, यसको संरक्षणको लगि उनीहरूले आफ्नो जीवन नै समर्पण गरे । सही र गलतलाई अलग गर्दै बयान कर्ताहरूको अवस्थालाई यसरी बयान गरेका छन् कि मानव इतिहासमा यस्तो उदाहरण कतै मिल्दैन ।

नबीको सुन्नतको तदवीनको अर्थ

तदवीन भनेको नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको भनाइ, कर्म र आचरणको सम्बन्धमा जो पनि उहाँबाट भए तिनलाई लेख्नु वा रेकर्ड गर्नु अनि तिनलाई किताबहरूमा सङ्कलन गर्नु हो ।

हदीसहरूको लेखन र सङ्कलनका कार्यहरू विभिन्न चरणहरूमा भएका हुन्‌, जो यस प्रकार छन्:

١
पहिलो चरण: नबी सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथीहरूको युगमा लेखन ।
٢
दोस्रो चरण: ताबेईन (अनुयायीहरू) को युगको अन्त्यमा हदीसको संहिताकरण (लेखन) ।
٣
तेस्रो चरण: व्यवस्थित पुस्तकहरूको रूपमा सुन्नत लेखन ।
٤
चौथो चरणः नबी सल्लल्लाहु अलैहि वसल्लमका हदीसहरूलाई अन्य कुनै कुरासँग नमिसाइकन व्यवस्थित तरिकाले अलग सङ्कलन, लेखन र वर्गीकरण ।

पहिलो चरणः

यस चरणमा पहिलो शताब्दी हिजरीमा नबी सल्लल्लाहु अलैहि वसल्लम र उहाँका सहाबा (साथीहरू) को समयमा लेख्ने कार्य भएको थियो । इस्लामको सुरुवाती दिनहरूमा नबी सल्लल्लाहु अलैहि वसल्लमले हदीसहरूलाई लेख्न मनाही गर्नु भएको थियो किनभने हदीस र कुर्आनका आयतहरू एकसाथ मिसिने डर थियो ।

अबू सईद खुदरी रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “मेरो भनाइलाई नलेख र जसले पनि कुर्आन बाहेक मेरो भनाइलाई लेखेका छौ, त्यसलाई मेटाऊ । तर मेरा हदीसहरू बयान गर, यसमा कुनै आपत्ति छैन ।” (मुस्लिमः ३००४)

नबी सल्लल्लाहु अलैहि वसल्लमका हदीसहरू सुरुका दिनहरूमा हृदयमा सुरक्षित राखिन्थ्यो अनि मानिसहरू समक्ष बयान र नकल पनि गरिन्थ्यो । पछि उहाँले केही साथीहरूलाई लेख्न अनुमति दिनुभयो ।

अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुमाले बयान गर्नु भएको छः मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले बयान गरेका प्रत्येक कुरालाई याद गर्नको लागि लेख्ने गर्थे; त कुरैशका मानिसहरूले लेख्न मनही गर्दै भनेः के तिमीले रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट सुनेका प्रत्येक कुराहरू लेख्छौ ? जब कि उहाँ त मानिस हुनुहुन्छ, खुसी भएको र रिसाएको दुबै अवस्थामा कुराकानी गर्नु हुन्छ, तब मैले लेख्न छाडे । त्यसपछि रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग यस कुराको चर्चा गरे, त उहाँले आफ्नो औँलाले आफ्नो मुखतिर इसारा गर्दै भन्नु भयोः “लेख्ने गर । त्यस जातको कसम जसको हातमा मेरो प्राण छ, यसबाट सत्य कुरा बाहेक अरू केही पनि निस्कँदैन”। (अबू दउदः ३६४६ सहीह)

वलीद बिन मुस्लिमद्वारा वर्णित हदीसमा छ, उनले औजाईद्वारा सुनेको कुरा बयान गरेका छन्- अबू हुरैरा रजियल्लाहु अन्हुले भन्नु भयोः जब अल्लाहले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई मक्कामाथि विजय प्रदान गर्नुभयो तब उहाँ मानिसहरूको सामु उभिनु भयो अनि अल्लाहको प्रशंसा गरिसकेपछि भन्नु भयोः (अबू हुरैरा रजियल्लाहु अन्हुले उहाँको पुरै खुत्बा बयान गरिसकेपछि भन्नु भयोः) ......... त्यसपछि अबू शाह यमनको एकजना सहाबीले उभिएर भने- हे अल्लाहको रसूल ! मेरो लागि यो खुत्बा लेखाइ दिनुहोस्; त अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले सहाबाहरूलाई अबू शाहको लागि खुत्बा लेखिदिन आदेश दिनुभयो । मैले (वलीद बिन मुस्लिमले) इमाम औजाईसँग सोधे- “मेरो लागि लेखाइ दिनुहोस्” को तात्पर्य के हो ? तब उहाँले भन्नु भयोः त्यही खुत्बा हो जो उनले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमद्वारा (मक्कामा) सुनेका थिए । (बुखारीः २४३४, मुस्लिमः १३५५)

दोस्रो चरणः

ताबेईनको आखिरी जमाना दोस्रो शताब्दी हिजरीमा सुन्नतको सङ्कलन तथा संरक्षण काम भएको थियो । त्यस समयमा नबीको सुन्नतका किताबहरू अलग-अगल ठाउँमा फैलिएका र तितरबितर भएका थिए, व्यवस्थित रूपमा लेखेर राखिएको थिएन । त्यस जमानामा मोमिनहरूका अमीर (मुखिया) उमर बिन अब्दुल अजीज रहिमहुल्लाहले सबैभन्दा पहिले सुन्नत संरक्षणको व्यवस्था गर्नु भएको थियो । उहाँले दुई ईमामहरू- इब्ने शिहाब जहरी र अबू बकर बिन हजमलाई हदीसहरू जम्मा गर्ने आदेश दिनुभयो र मानिसहरूलाई पत्र लेख्नु भयो- “जहाँ पनि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमका हदीसहरू देखिन्छन् तिनलाई जम्मा गर र सुरक्षित गर । किनभने मलाई इल्म (ज्ञान) समाप्त हुने र आलिम (धर्मविद) हरू पनि सकिने खतरा महसुस भएको छ ।

उहाँको आदेशपछि सबैभन्दा पहिले हदीसहरू सङ्कलन गरेर लेख्ने व्यक्ति ईमाम जहरी रहिमहुल्लाह हुनुहुन्थ्यो । उहाँको समयदेखि नै सुन्नत र हदीसहरूलाई सङ्कलन गरी किताबको रूपमा तयार गर्ने कार्य सुरु भयो ।

तेस्रो चरणः

यस चरणमा सुन्नतलाई किताबको रूपमा सरल तथा वैज्ञानिक तरिकाले व्यवस्थापन गरिएको थियो । जस्तैः ईमान, इल्म (ज्ञान), तहारत (पवित्रता), सलाह (नमाज) आदिका अलग-अलग अध्यायहरू अथवा सनदको आधारमा जस्तैः मुस्नद अबू बकर, त्यसपछि उमर त्यसपछि .... आदि ।

यस चरणमा इमाम मालिक बिन अनस रहिमहुल्लाहको मुवत्ताको लेखन भयो । जसमा विशेषगरी रसूल सल्लल्लाहु अलैहि वसल्लमको भनाइलाई सहाबा र ताबेईनको भनाइ अनि फतावासँग दाँज्ने काम भयो ।

चौथो चरणः

यस चरणमा सल्ल्ल्लाहु अलैहि वसल्लमका हदीसहरू किताबको रूपमा व्यवस्थित गरियो अनि सहाबा र ताबेईनको भनाइलाई नमिलाइकन व्यवस्थित गर्ने काम भयो । केही ठाउँमा मात्र अत्यावश्यक परेको खण्डमा उनीहरूको भनाइलाई चर्चा गरियो । यो कार्यको सुरुवात तेस्रो शताब्दी हिजरीमा भएको थियो, जसमा सबैभन्दा प्रसिद्ध किताब इमाम अहमद र इमाम हुमैदीका मुस्नद लगायत केही अन्य किताब पनि तयार गरिए ।

तेस्रो शताब्दी हिजरीमै हदीसहरूको लेखन तथा सङ्कलनको काम उच्च शिखरमा पुगेको थियो । जसमा इमाम बुखारीले सहीह बुखारी, इमाम मुस्लिमले सहीह मुस्लिम तयार गर्नुभयो । यसैगरी सुननका किताबहरूको पनि लेखन कार्य भयो, जस्तैः सुनन अबू दाउद, सुनन तिर्मिजी, सुनन नसाई, सुनन इब्ने माजा, सुनन दारमी लगायत अन्य प्रसिद्ध किताबहरू ।

नबीको सुन्नतको विषयमा लेखिएका महत्त्वपूर्ण किताबहरू

नबीको सुन्नतको विषयमा लेखिएका छ (६) वटा प्रसिद्ध किताबहरू छन्, ती हुन्- सहीह बुखारी, सहीह मुस्लिम, सुनन अबू दाउद, इब्ने माजा, नसाई र तिर्मिजी ।

सुन्नतका अन्य किताबहरू पनि निकै प्रसिद्ध छन्, जस्तैः सुनन दारमी, मुस्नद इमाम अहमद, मुवत्ता इमाम मालिक ।

“कुतुबे सित्त” (६ किताबहरू) को परिचय

“कुतुबे सित्त” नामले प्रसिद्ध ६ वटा सुन्नतका किताहरू जो मुस्लिम समुदायद्वारा सर्वसम्मत स्वीकार गरिएका छन्, ती हुन्-

१- सहीह बुखारी (मृत्यु- २५६ हिजरी)

यो जामेअ किताबहरू मध्येको हो, जसमा लेखकले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमका जुन पनि हदीसहरू पाउनु भयो तिनलाई सङ्कलन गरेर अकीदा, इबादत मामिलात, गजवात, तफ्सीर र फजाइल आदि अध्यायको रूपमा व्यवस्थित गर्नु भएको छ । प्रमाणित तथा विश्वसनीयको हिसाबले यो पवित्र कुर्आन पछिको सबैभन्दा सही किताब हो ।

२- सहीह मुस्लिम (मृत्यु- २६१ हिजरी)

यो पनि जामेअ किताहरू मध्येको एक हो, यसमा पनि लेखकले सही हदीसहरू नै लेख्नु भएको छ, तर हदीसहरूलाई सही पुष्टि गर्ने सर्तहरू इमाम बुखारीका सर्तहरूभन्दा केही हल्का छन् । यो किताब सहीह बुखारी पछिको दोस्रो सहीह एवम् महत्त्वपूर्ण किताब हो ।

३- सुनन अबू दाउद (मृत्यु- २७५ हिजरी)

यो सुननका त्यसता किताबहरू मध्येको एक हो, जसका लेखकहरूले हदीसहरूलाई फिक्ही बाब (अध्याय) को आधारमा तयार गरेका छन् । यस किताबमा लेखकले विशेषगरी सहीह र हसन दुई दर्जाका हदीसहरूलाई लेख्नु भएको छ भने केही मात्रामा जईफ (कमजोर) हदीसहरू छन् ।

४- सुनन तिर्मिजी (मृत्यु- २७९ हिजरी)

यो पनि जामेअ किताबहरू मध्येको एक हो, यसका लेखकले रसूल सल्लल्लाहु अलैहि वसल्लमका जो हदीसहरू पाउनु भयो तिनलाई अकीदा, इबादात, मामिलात, गजवात, तफ्सीर र फजाइलको आधारमा हदीसहरू लेख्नु भएको छ । यसमा हदीसहरूको विश्वसनीयतालाई ध्यानमा राखिएको छैन, त्यसैले सहीह, हसन र जईफ हदीसहरू पनि यसमा लेखिएका छन् ।

५- सुनन नसाई (मृत्यु- ३०३ हिजरी)

यो पनि फिक्ही अध्यायहरूको अन्दाजमा तयार गरिएको छ र यसमा पनि सहीह, हसन र जईफ हदीसहरू छन् ।

६- सुनन इब्ने माजा (मृत्यु- २७३ हिजरी)

यो पनि फिक्ही अध्यायहरूको अन्दाजमा तयार गरिएको छ र यसमा सहीह, हसन र जईफको साथसाथै जईफ मरदूद हदीसहरू छन् ।

इमाम हाफिज अबुल् हज्जाज अल्-मजी (मृत्यु- ७४२ हिजरी) ले भनेका छन्-

रहयो कुरा सुन्नतको त अल्लाहले जानकार हाफिज, दक्ष उलमा (धर्मविद्हरू), दक्ष शोध तथा अनुसन्धान कर्ताहरूलाई यस्तो क्षमता दिनुभयो कि जसले यसमा मिलावट गर्नेलाई स्वीकार गर्दैनथे, झूटा कुराहरूलाई मेटाउथे, अज्ञानीहरूका भनाइलाई हटाइ दिन्थे । यसै आधारमा विभिन्न अन्दाजमा किताबहरू लेखे र उपरोक्त कुराहरूलाई आधार बनाई हदीसहरूको अनुसन्धान र जाँचपडताल गरे । उनीहरूको मुख्य उद्देश्य सुन्नतको सुरक्षा र त्यसलाई हराउन नदिनु थियो । अनि लेखनको हिसाबले सबैभन्दा उत्तम, सबैभन्दा सही र विश्वसनीय, सबैभन्दा कम गल्ती भएको, फाइदा जनक, बरकतवाला, कम खर्च लाग्ने, विरोधीहरू र सहमतहरूको निकट राम्रो र स्वीकार योग्य, साधारण र विशेष मानिसहरूको समक्ष उच्च दर्जावाला छन् । ती हुन्- अबू अब्दुल्लाह मुहम्मद बिन इस्माइल अल-बुखारीको “सहीह”, त्यसपछि अबी अल-हुसैन मुस्लिम बिन हज्जाज अल-नयसाबुरीको “सहीह", ती दुबै पछि अबू दाउद सुलेमान बिन अल-अशथ अल-सिजिस्तानीको "अल-सुनन", त्यसपछि अबू इसा मुहम्मद बिन इसा अल-तिर्मिजीको “अल-जामेम, त्यसपछि अबू अब्दुल-रहमान अहमद इब्न शुएब अल-नसाईको "अल-सुनन", त्यसपछि अबू अब्दुल्ला मुहम्मद बिन यजीद काजविनी जो इब्ने माजाको नामले प्रसिद्ध छन्, उनको सुनन । तर यी ती सबैको बराबरी दर्जासम्म पुगेनन् ।

यी कुतुबे सित्त (छ किताबहरू) मध्ये प्रत्येकको आफ्नै विशेषता तथा महत्त्व छ जसलाई यस मैदानका दक्ष व्यक्तिहरूले सम्झन सक्छन् । यी किताबहरू धेरै प्रसिद्ध भई सकेका छन् र इस्लामिक राष्ट्रहरूमा फैलि सकेका छन् । यी किताबहरूबाट धेरै फाइदा पनि उठाइ सकिएको छ र ज्ञान हासिल गर्न चाहनेले यिनलाई पढ्न धेरै रुचाउँछन् । (तह्जीब अल्-कमालः १/१४७)

सहीह र जईफ हदीसहरूको बीच फरक

हदीसहरूलाई व्यवस्थित गर्ने र त्यस विषयमा गहिरो जानकारी भएका धर्मविद्हरूको माध्यमद्वारा सहीह, जईफ वा मरदूद कुन किसिमको हो भन्ने थाहा पाउन सजिलो भएको छ । धर्मविद्हरूले हदीसहरूलाई तिनको सनद र मतन, स्वीकार्य र अस्वीकार्य अवस्थाहरूलाई मध्यनजर गर्दै त्यसबारे स्पष्ट पारेका छन् ।

यस विषयमा धेरै लेख तथा किताबहरू पाइन्छन् र विभिन्न विश्वसनीय इलेक्ट्रोनिक एप्लिकेशन तथा शैक्षिक प्लेटफर्म पनि पाइन्छन् । जसबाट सहीह हदीसहरू र जईफ हदीसहरूको बारेमा जान्न मद्दत गर्छन् ।

कैयौँ एप्लिकेशन र इलेक्ट्रोनिक प्लेटफर्म छन् जसले तपाईंलाई हदीसहरूको दर्जा जान्न मद्दत गर्नेछन् ।

अल-दुरार अल्-सुन्न हदीस विश्वकोश वेबसाइटमा लाखौँ हदीसहरू समावेश छन् । तिनमा पहिलेका, त्यसपछिका र वर्तमान समयका मुहद्दिसीन तथा उलमा (धर्मविद्हरू) का आदेशहरू पनि छन् । यस लिङ्कद्वारा तपाईं त्यस वेबसाइटमा जानको जान सक्नु हुन्छ- https://dorar.net/hadith

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्