Model: हालको खण्ड
पाठ वजू
वजूको महत्व तथा श्रेष्ठता
म कसरी वजू गरुँ र सानो अपवित्रतालाई कसरी हटाउँ?
नीयत (संकल्प)
दुबै हातहरूलाई नाडीसम्म तीन-तीन चोटि धुनु सुन्नत तथा उत्तम हो।
मुखमा पानी हालेर राम्रोसँग कुल्ला गरेर थुक्नु पर्दछ। यसरी एक चोटि अनिवार्य हो र तीन चोटि गर्नु उत्तम हो।
नाकमा पानी हालेर माथि तान्नु र जोडले सफा गर्नु, नाकमा कुनै समस्या छैन वा रोजाको हालतमा छैन भने हावाद्वारा पानी भित्र तान्नु मुस्तहब (उत्तम) हो र नाकलाई पूर्ण रुपमा सफा गर्नु पर्दछ। एक चोटि अनिवार्य हो र तीन चोटि गर्नु उत्तम हो।
निधार समेत पूरै अनुहार धुनुपर्छ; कपालदेखि चिउँडोसम्म अनि एक कानदेखि अर्को कानसम्म, तर कान अनुहारमा पर्दैन। यसरी एक चोटि धुनु अनिवार्य हो र तीन चोटि धुनु उत्तम हो।
दुबै हातहरू औंलादेखि कुहिनासम्म धुनुपर्दछ, पहिले दायाँ अनि बायाँ। कुहिनाहरू वजूमा सामेल छन्। एक चोटि धुनु अनिवार्य हो र तीन चोटि धुनु उत्तम हो।
टाउकोलाई मसह गर्नु (पुछ्नु); दुबै हातका औंलाहरूलाई पानीमा भिजाएर निधारबाट सुरु गरेर पछाडि गर्धनसम्म लैजानुपर्छ, फेरि पछाडिदेखि निधारसम्म फिर्ता ल्याउनुपर्छ। टाउको र कानको मसह मात्र एक पटक गर्नुपर्दछ। टाउकाको मसह माथि उल्लेखित झैं तीन पटक गर्नुपर्दैन।
टाउकाको मसह गरिसकेपछि दुबै कानलाई मसह गर्नु (पुछ्नु), दुबै चोर औंलाहरूले दुबै कानको भित्रपट्टि र बूढी औंलाले कानको बाहिर पट्टि पुछ्नुपर्छ।
दुबै खुट्टालाई गोलीगाँठो सम्म धुनु, पहिले दायाँ अनि बायाँ। खुट्टाहरू पनि एक चोटि धुनु अनिवार्य हो र तीन चोटि धुनु उत्तम हो। वजू गरेर मोजा लगाएको छ भने स्थानीय बासीले २४ घन्टा र यात्रीले ७२ घन्टासम्म मसह गर्नु जायज छ।