सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ वजू

वजू तथा पवित्रता प्राप्त गर्नु सर्वोत्कृष्ट तथा महत्वपूर्ण सत्कर्म हो। यस पाठमा हामीले वजूको तरिका र त्यसको महत्वबारे जानकारी हासिल गर्नेछौं।

  • वजूको महत्वबारे जानकारी
  • वजूको तरिकाबारे जानकारी

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

वजूको महत्व तथा श्रेष्ठता

वजू अथवा पवित्रता प्राप्त गर्नु सर्वोत्कृष्ट तथा महत्वपूर्ण सत्कर्म हो जसले मुस्लिमको दर्जालाई बढाइ दिन्छ। यदि कुनै मुस्लिमले स्वच्छ र शुद्ध मनले वजू गर्छ भने अल्लाहले उसका सम्पूर्ण पाप तथा गल्तीहरूलाई पखालि दिनुहुन्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जुन बेला एउटा मुस्लिमले वजू गर्छ, अनि जब अनुहार धुन्छ त उसको अनुहारमा रहेका सम्पूर्ण पापहरू जसलाई उसले आँखाले हेरेको हुन्छ, पानीको थोपाको साथमा झरेर जान्छ, जब हात धुन्छ त हातले गरेका सम्पूर्ण पापहरू पानीको थोपाको साथमा झरेर जान्छ, जब खुट्टा धुन्छ त खुट्टाले गरेका सम्पूर्ण पापहरू पानीको थोपाको साथमा झरेर जान्छ। यहाँसम्म कि ऊ पूर्ण निश्चल र पवित्र हुन्छ।” (मुस्लिम : २४४)

म कसरी वजू गरुँ र सानो अपवित्रतालाई कसरी हटाउँ?

नीयत (संकल्प)

जब कुनै मुस्लिमले वजू गर्न चाहन्छ तब सर्वप्रथम उसले वजूको लागि हृदयदेखि नीयत (संकल्प) गर्नुपर्दछ अथवा म आफ्नो अपवित्रतालाई हटाउन गइरहेको छु भन्ने मनसाय हुनुपर्छ। किनभने नीयत नगरुन्जेल कुनै पनि सत्कर्म स्वीकृत हुँदैन। रसूल सल्लल्लाहु अलैहि वसल्लमले नीयतको सम्बन्धमा भन्नुभएको छः “सम्पूर्ण कर्महरूका प्रतिफल नीयतमा निर्भर छन्”। (बुखारीः १, मुस्लिमः १९०७) त्यसपछि निम्न तरिका अनुसार क्रमशः एकपछि अर्को अङ्गलाई लगातार पानीले धुनु पर्दछ।

'बिस्मिल्लाह' भनेर सुरु गर्नुपर्छ।

हातहरूलाई नाडीसम्म गर्नुपर्छ ।

दुबै हातहरूलाई नाडीसम्म तीन-तीन चोटि धुनु सुन्नत तथा उत्तम हो।

मुख कुल्ला गर्नुपर्छ ।

मुखमा पानी हालेर राम्रोसँग कुल्ला गरेर थुक्नु पर्दछ। यसरी एक चोटि अनिवार्य हो र तीन चोटि गर्नु उत्तम हो।

नाकमा पानी हालेर सफा गर्नुपर्छ।

नाकमा पानी हालेर माथि तान्नु र जोडले सफा गर्नु, नाकमा कुनै समस्या छैन वा रोजाको हालतमा छैन भने हावाद्वारा पानी भित्र तान्नु मुस्तहब (उत्तम) हो र नाकलाई पूर्ण रुपमा सफा गर्नु पर्दछ। एक चोटि अनिवार्य हो र तीन चोटि गर्नु उत्तम हो।

पूरै अनुहार धुनुपर्छ।

निधार समेत पूरै अनुहार धुनुपर्छ; कपालदेखि चिउँडोसम्म अनि एक कानदेखि अर्को कानसम्म, तर कान अनुहारमा पर्दैन। यसरी एक चोटि धुनु अनिवार्य हो र तीन चोटि धुनु उत्तम हो।

दुबै हातहरू कहिनासम्म धुनुपर्छ।

दुबै हातहरू औंलादेखि कुहिनासम्म धुनुपर्दछ, पहिले दायाँ अनि बायाँ। कुहिनाहरू वजूमा सामेल छन्। एक चोटि धुनु अनिवार्य हो र तीन चोटि धुनु उत्तम हो।

टाउकोलाई मसह गर्नुपर्छ (भिजेको हातले पुछ्नुपर्छ)।

टाउकोलाई मसह गर्नु (पुछ्नु); दुबै हातका औंलाहरूलाई पानीमा भिजाएर निधारबाट सुरु गरेर पछाडि गर्धनसम्म लैजानुपर्छ, फेरि पछाडिदेखि निधारसम्म फिर्ता ल्याउनुपर्छ। टाउको र कानको मसह मात्र एक पटक गर्नुपर्दछ। टाउकाको मसह माथि उल्लेखित झैं तीन पटक गर्नुपर्दैन।

दुबै कानलाई मसह गर्नु (पुछ्नु)।

टाउकाको मसह गरिसकेपछि दुबै कानलाई मसह गर्नु (पुछ्नु), दुबै चोर औंलाहरूले दुबै कानको भित्रपट्टि र बूढी औंलाले कानको बाहिर पट्टि पुछ्नुपर्छ।

दुबै खुट्टालाई गोलीगाँठोसम्म धुनुपर्छ।

दुबै खुट्टालाई गोलीगाँठो सम्म धुनु, पहिले दायाँ अनि बायाँ। खुट्टाहरू पनि एक चोटि धुनु अनिवार्य हो र तीन चोटि धुनु उत्तम हो। वजू गरेर मोजा लगाएको छ भने स्थानीय बासीले २४ घन्टा र यात्रीले ७२ घन्टासम्म मसह गर्नु जायज छ।

वजूको पूर्ण तरिका भिडियोमा

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्