सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ जाडो मौसममा ईमानको साथ रहनु

मुस्लिमहरूले ब्रह्माण्डका निशानी एवम् नीतिनियम अनुसार चल्नु पर्दछ, तिनको बारेमा सोचविचार गर्नुपर्दछ र अन्जान मानिसहरू जस्तो हुनुहुँदैन । यस पाठमा हामीले जाडो मौसमसँग सम्बन्धित केही इस्लामिक कुराहरूबारे चर्चा गर्नेछौं ।

  • जाडो र वर्षको मौसमको परिवर्तनमा सर्वशक्तिमान अल्लाहको बुद्धि र हिक्मतको पहिचान ।
  • जाडो मौसमको बारेमा मनन गर्दा ईमान (आस्था) बढ्छ ।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

जाडो, वर्षका मौसमहरूमध्ये एक हो, अल्लाहले महान उद्देश्यका लागि उक्त मौसम बनाउनु भएको छ ।

कुर्आनमा जाडो (शिता) शब्द

जाडो (शिता) शब्द पवित्र कुर्आनमा एक पटक मात्र उल्लेख गरिएको छ, त्यो सूरत कुरैशमा हो । अल्लाहले भन्नुभएको छ: {لإِيلافِ قُرَيْشٍ، إِيلافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ}[ قريش:1-2]، अर्थः "कुरैशलाई परिचित गर्नको लागि । उनीहरूलाई जाडो र गर्मीको यात्रासँग परिचित गराउनको लागि ।" (कुरैश : १-२) हो, जाडो मौसममा उनीहरू यमनतर्फ र गर्मी मौसममा सिरियातर्फ व्यापारको लागि भ्रमण गर्थे अनि त्यहाँबाट आवश्यक समानहरू किनेर ल्याउने गर्थे ।

गर्मीको विपरीत जाडो हुन्छ । वसन्त र शरद ऋतु यी दुवै मौसम बीचको विभाजक जस्तै छन् । त्यसैले केही विद्वानहरूले भनेका छन्- वर्षका दुई ऋतुहरू छन्; गर्मी र जाडो ।

जाडो, अल्लाहको शक्तिको एक अभिव्यक्ति, उहाँको तत्वदर्शिता र दया हो:

जाडो, सर्वशक्तिमान अल्लाहको शक्तिको एक अभिव्यक्ति हो । रात र दिन तथा गर्मी र जाडो मौसमलाई उहाँले नै परिवर्तन गर्नुहुन्छ । अल्लाहले भन्नुभएको छ: {إنَّ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافِ اللَّيْلِ وَالنَّهَارِ لَآيَاتٍ لِّأُولِي الأَلْبَابِ} (آل عمران: 190)، अर्थः "निस्सन्देह आकाशहरू र पृथ्वीको सृष्टि तथा रात र दिनको परिवर्तनमा बुद्धिमान मानिसहरूका लागि निशानीहरू छन् ।" (१९०) यो भिन्नता प्राकृतिक कारणहरूले गर्दा भएता पनि, यी कारणहरू सृष्टि गर्ने अल्लाह नै हुनुहुन्छ र यसमा पनि उहाँको बुद्धि र दयाको अभिव्यक्ति छन् ।

जाडो, समयको सदुपयोग गर्ने र वरदानहरू सम्झने अवसर हो

जाडो मौसम र समयको परिवर्तन भनेको हाम्रो जीवन बित्दै गएको र समयको सदुपयोग नगरेको कुरालाई सम्झिने अवसर हो । यसरी मानवले गत वर्षको जाडो कसरी चाँडो बितेको सम्झन्छ अनि भएका कमी-कमजोरीलाई पूर्ति गर्ने अवसरको रुपमा लिन्छ ।

अल्लाहले भन्नुभएको छ: {وَهُوَ الَّذِي جَعَلَ اللَّيْلَ وَالنَّهَارَ خِلْفَةً لِّمَنْ أَرَادَ أَن يَذَّكَّرَ أَوْ أَرَادَ شُكُورًا } (الفرقان:62)، अर्थः "उहाँले नै दिन र रातलाई एकपछि अर्को आउनेगरी बनाउनुभयो । त्यस व्यक्तिको लागि उपदेश हो जो सीधा मार्ग प्राप्त गर्न चाहन्छ वा उहाँप्रति आभार व्यक्त गर्न चाहन्छ ।" (अल्-फुर्कान : ६२) उमर बिन खत्ताब रजियल्लाहु अन्हुले भन्नु भएको छः "रातमा गर्न नसकेको सत्कर्म दिनमा गर, किनभने अल्लाहले सीधा मार्ग प्राप्त गर्ने वा उहाँप्रति आभार व्यक्त गर्ने व्यक्तिका लागि दिन र रातलाई एकपछि अर्को आउने गरि बनाउनु भएको छ ।"

जाडोमा ऊनी कपडा तथा विधुतीय उपकरणहरूबाट न्यानोपन प्राप्त गर्न सजिलो भएकोले अल्लाहको वरदानलाई सम्झने अवसर हो । अल्लाहले भन्नुभएको छ: ﴿وَالْأَنْعَامَ خَلَقَهَا لَكُمْ فِيهَا دِفْءٌ وَمَنَافِعُ وَمِنْهَا تَأْكُلُونَ﴾ (النحل:5)، अर्थः "उहाँले तिम्रा लागि सृष्टि गर्नुभएको गाईवस्तुमा न्यानोपन र लाभहरू छन् र तिमीहरू त्यसबाट खान्छौ ।" (अन्-नहल: ५) यी वरदानहरूप्रति उहाँको आभार व्यक्त गर्नु एकदमै जरुरी छ । अनि अर्को ठाउँमा अल्लाहले भन्नुभएको छ: {وَإِذْ تَأَذَّنَ رَبُّكُمْ لَئِنْ شَكَرْتُمْ لَأَزِيدَنَّكُمْ وَلَئِنْ كَفَرْتُمْ إِنَّ عَذَابِي لَشَدِيدٌ} (إبراهيم: 7). अर्थः "र जब तिम्रा पालनकर्ताले खबर दिनुभयो: "यदि तिमीहरूले कृतज्ञता व्यक्त गर्यौ भने म तिमीहरूलाई अझ बढी कृपापात्र बनाउने छु र यदि तिमीले इन्कार गर्यौ भने मेरो दण्ड कठोर छ ।" (इब्राहीम: ७)

जाडो भनेको मृत्युपछिको जीवन सम्झने अवसर हो:

निकै नै चिसो बढेको बेलामा निम्नलिखित हदीसबाट हामी पाठ र उपदेश लिन्छौं । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "नर्कले अल्लाहसँग गुनासो गर्दै भन्यो- हे रब, एकले अर्कालाई खायो, त्यसपछि अल्लाहले नर्कलाई दुई पटक सास लिने अनुमति दिनुभयो; एक चोटि गर्मीमा र एक चोटि जाडोमा । नर्कको सासले गर्दा गर्मीमा सार्है गर्मी र जाडोमा सार्है चिसो महसुस गर्दछौ ।" (बुखारी: ३२६०, मुस्लिम: ६१७)

नर्कबासीहरूलाई जसरी गर्मीद्वारा पीडा दिइनेछ त्यसरी नै चिसोद्वारा पनि पीडा दिइनेछ । अल्लाहले भन्नुभएको छ: {لاَ يَذُوقُونَ فِيهَا بَرْدًا وَلاَ شَرَابًا، إِلاَّ حَمِيمًا وَغَسَّاقًا، جَزَاءً وِفَاقًا} [النبأ:24-26]. अर्थः "तिनीहरूले नर्कमा चिसो र पेय पदार्थ पाउने छैनन् । मात्र एकदमै तातो र चिसो पानी पाउनेछन् ।" (अन्-नबा: २४-२६) उक्त श्लोकमा 'गस्साक' शब्द प्रयोग गरिएको छ, जसको अर्थ एकदमै चिसो हो, जसको चिसोपनले मानिसलाई जलाउने छ । नर्कबासीहरू गर्मीले गर्दा गुहार्ने छन् अनि तिनीहरूलाई नरकको गर्मी र चिसो हावाले प्रहार गरिनेछ, जसको चिसोले हड्डीहरू टुट्ने छन् । हामी अल्लाहसँग कल्याणको प्रार्थना गर्छौं ।

केही भक्तहरूले भनेका छन्: मैले जहिले पनि हिउँ परेको देख्दा कयामत र हिसाब किताबको दिनमा भक्तहरूका कर्म पत्र यसरी नै उडिरहेको सम्झन्थे ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्