सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ यात्राहरूमा ईमान (आस्था) को अवस्था

इस्लामले मुस्लिमहरूलाई अल्लाहद्वारा बनाएइको प्राकृतिक सुन्दरताबाट आनन्द लिन र घुमफिर तथा मनोरन्जन गर्नबाट रोक्दैन, तर जब कुनै मुस्लिम यात्रामा जान्छ त उसले इस्लामका विधिविधान तथा आदेशहरूलाई पालना गर्नुपर्छ । यस पाठमा तपाईंले यसै सम्बन्धी जानकारी हासिल गर्नु हुनेछ।

  • मुस्लिम व्यक्ति धर्म र जीवनका मामिलाहरूसँग जोडिएको छ।
  • सृष्टिको सम्बन्धमा अल्लाहको क्षमता र शक्तिबारे सोंचविचार गर्नुहोस्।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

यात्रा भनेको देशविदेशमा घुम्न जानु, प्रकृतिको सौन्दर्यले भरिएको ठाउँहरूमा मनोरन्जनको लागि यात्रा गर्नु इत्यादि ।

कुरआनमा "यात्रा" शब्द उल्लेख गरिएको छ, त्यो सूरत कुरैश मा हो । अल्लाहले भन्नुभएको छ: {لإِيلافِ قُرَيْشٍ، إِيلافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ}[ قريش:1-2]، अर्थः "कुरैशलाई परिचित गर्नको लागि । उनीहरूलाई जाडो र गर्मीको यात्रासँग परिचित गराउनको लागि ।" (कुरैश: १-२) हो, जाडोमा उनीहरू यमनतर्फ र गर्मीमा सिरियातर्फ भ्रमण गर्थे अनि त्यहाँबाट आवश्यक समानहरू किनेर ल्याउने गर्थे ।

यात्राले हाम्रो ईमानलाई कसरी बढाउन सक्छ ?

मुस्लिमको जीवन सबै परिस्थितिहरूमा सर्वशक्तिमान अल्लाह र उहाँको विधानसँग जोडिएको छ । यात्रासँग कैयौं इस्लामी नियमहरू गाँसिएका छन्, जुन अल्लाहले हाम्रो लागि पारित गर्नुभएको छ । किनभने त्यसमा यो संसार र परलोक दुवैको लागि फाइदा छ, तर मानिसले त्यसलाई राम्रोसँग निर्वाह गर्न जान्नु पर्छ ।

मुस्लिमले आफ्नो यात्रालाई उपासनाको कार्य बनाउन सक्छ, उपासना गर्न सकिने ठाउँमा गएर, जस्तै हज र उमरह वा ज्ञानको खोजी गर्न इत्यादि । त्यस्तै नियतले पनि आफ्नो यात्रालाई उपासनामा परिणत गर्न सकिन्छ जस्तैः नाता जोड्नु, आफ्नो घरपरिवारलाई घुम्न लानु, आफु र आफ्नो परिवारलाई छुट्टीमा बाहिर लगेर थकान मेटाउनु, जसले अल्लाहको उपासनामा मद्दत मिलोस् तथा अल्लाहले निषेध गरेको कुराबाट टाढा बस्नु ।

अल्लाहले भन्नुभएको छः {قُلْ إِنَّ صَلاَتِي وَنُسُكِي وَمَحْيَايَ وَمَمَاتِي لِلّهِ رَبِّ الْعَالَمِينَ} [الأنعام:162] हे रसूल ! "भनिदिनुहोस्- मेरो सलाह र मेरो बलिदान, मेरो जीवन तथा मेरो मरण सबै अल्लाहकै लागि हुन् ।" (अनआम: १६२)

यात्रा लाभदायक सोचको लागि अवसर हो

यो ब्रह्माण्डमा यस्ता कैयौं निशानीहरू छन्, जो उहाँको महिमा, अपार दया र हिक्मतलाई दर्शाउछ । अल्लाहले भन्नुभएको छ: {إِنَّ فِي خَلْقِ السَّمَاوَاتِ وَالأَرْضِ وَاخْتِلاَفِ اللَّيْلِ وَالنَّهَارِ لآيَاتٍ لِّأُوْلِي الألْبَابِ} [آل عمران:190]. अर्थः "निस्सन्देह आकाशहरू एवं पृथ्वीको सृष्टि, दिन र रातको भिन्नतामा बुद्धिमानहरूका लागि स्पष्ट निशानीहरू छन् ।" (आले-इमरान: १९०) त्यसैले अल्लाहले बारम्बार विचार गर्न आदेश दिनुभएको छ । उहाँले भन्नुभएको छ: {أَوَلَمْ يَنْظُرُوا فِي مَلَكُوتِ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا خَلَقَ اللَّهُ مِنْ شَيْءٍ} (الأعراف: 185). अर्थः "के उनीहरूले आकाशहरू तथा धर्तीको प्रबन्धमा र अल्लाहले सृष्टिमा विचार गरेनन् ?" (आराफ: १८५)

कहिलेकाहीँ एकान्त मानिसको लागि आफ्नो बारेमा सोच्न, जवाफदेही बनाउन र उसले भोलिको लागि के गरेको छ भनेर विचार गर्ने राम्रो अवसर हो, विशेष गरी एक्लै भएको बेलामा जबकि अल्लाह बाहेक कुनै निगरानी छैन ।

तपाईं आफ्नो यात्राको गन्तव्यमा पुग्नुभयो भने के गर्नुहुन्छ ?

जो आफ्नो यात्राको गन्तव्यमा पुग्छ चाहे मरुभूमिमा होस् वा अन्य ठाउँमा, उसले निम्नलिखित दुआ पढ्नु पर्छ ।

खौलह बिन्ते हकीम (रजियल्लाहु अन्हा) द्वारा वर्णन गरिएको हदीसमा छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुनें, जो कुनै ठाउँमा ओर्लिन्छ अनि पढ्छ- (أعوذ بكلمات الله التامات من شر ما خلق لم يضره شي حتى يرتحل من منزله ذلك ) "अ ऊ जु बिकलिमा-तिल्ला-हित्ताम्माति मिन् शर्रि मा खलक्, भने उसलाई कुनैपनि चिजले हानि पुर्याउने छैन ।" (मुस्लिम : २७०८) अर्थ: अल्लाहका उत्कृष्ट नाम एवं विशेषताहरूद्वारा प्रत्येक सृष्टिको दुष्टबाट अल्लाहको शरण चाहन्छु ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्