Model: हालको खण्ड
पाठ नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनी (१)
मुस्लिमहरूलाई नबी सल्लल्लाहु अलैहि वसल्लमको जीवनीबारे विस्तृत रूपमा जानकारी हुनु पर्दछ, ताकि जीवनका प्रत्येक पाइलामा उहाँ सल्लल्लाहु अलैहि वसल्लमको अनुसरण गर्न सकियोस्। किनभने उहाँका जीवनका प्रत्येक कर्महरू इस्लामका कानुन र विधि-विधानका प्रयोगात्मक उदाहरण थिए। अल्लाहले भन्नु भएको छः ﴿لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ أُسْوَةٌ حَسَنَةٌ لِمَنْ كَانَ يَرْجُو اللَّهَ وَالْيَوْمَ الْآخِرَ﴾ [الأحزاب: 21]. अर्थः “निःसन्देह तिमीहरूको निम्ति अल्लाहको रसूलमा एउटा उत्तम नमुना छ, प्रत्येक त्यस व्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ। (सूरतुल्-अहजाबः ३३/ २१)
१- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको वंश
नबी सल्लल्लाहु अलैहि वसल्लम अरबको सबैभन्दा उत्तम र प्रतिष्ठित वंशबाट हुनुहुन्छ। उहाँको वशंको सिलिसला यस प्रकार छः मुहम्मद बिन अब्दुल्लाह बिन अब्दुल मुत्तलिब बिन हाशिम बिन अब्दे मुनाफ बिन कुसइ बिन किलाब बिन मुर्रा बिन कअब बिन लुई बिन गालिब बिन फहर बिन मालिक बिन नजर बिन किनाना बिन खुजैमा बिन मुदरका बिन इलयास बिन मजर बिन नज्जार बिन मअद बिन अदनान। अदनान इस्माईल अलैहिस्सलामका सन्तान मध्येबाट थिए।
२- उहाँ सल्लल्लाहु अलैहि वसल्लमका बुवा आमा
उहाँको बुवाः बुवाको नाम अब्दुल्लाह बिन अब्दुल मुत्तलिब बिन हाशिम हुनुहुन्थ्यो। उहाँ गर्भमा हुँदा नै बुवा (अब्दुल्लाह) को मृत्यु भएको थियो। आमाको नाम आमिना बिन्त वहब बिन अब्दुल् मनाफ बिन जहरा थियो।
३- उहाँ सल्ल्लाहु अलैहि वसल्लमको शुभ जन्म
उहाँको शुभ जन्म हात्तीको घटना भएको वर्ष सोमवारको दिन, रबिउल महिना, सन ५७१ इस्वीमा भएको थियो।
४- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको दुधे जीवन
आमाले बाहेक बाल्य कालमा उहाँलाई सबैभन्दा पहिले अबू लहबको दासीले केही दिन दुध खुवाएकी थिइन् त्यसपछि बनी सअदकी महिला हलीमा सादियाले उहाँलाई दुध खुवाएकी थिइन्। उहाँ लगभग चार वर्षसम्म बनी सअद (सअद खानदान) को साथमा रहनु भयो। त्यहीं भएको समयमा फरिश्ताहरूले उहाँको छातीलाई चिरेर मुटुलाई अपवित्रता र शैतानी विकारबाट सफा गरेका थिए। त्यसपछि हलिमाले उहाँलाई आमाको पासमा सुम्पिएकी थिइन्।
५- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको रेखदेख र युवा अवस्था
नबी चुनिनु भन्दा पहिले उहाँ सल्लल्लाहु अलैहि वसल्लमको काम
नबी चुनिनु भन्दा पहिले उहाँ सल्लल्लाहु अलेहि वसल्लमको जिन्दगी सच्चा र सम्मान जनक थियो। नत खराब आचरण न असभ्य बोली नै थियो। उहाँ सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको मार्गदर्शन र सुरक्षामा वयस्क हुनुभयो। अल्लाहले उहाँलाई अन्धकार र अज्ञानताको युगका हरेक किसिमका खराब कामहरूबाट सुरक्षा गर्नुभयो, यहाँसम्म कि उहाँ आफ्नो समुदायमा सबैभन्दा उच्च आचरण, सम्मानजनक वंश, राम्रो छिमेकी, सहनशील, विश्वासिलो, अनैतिक कार्यहरूबाट टाढा रहने, हुनुहुन्थ्यो। यहाँसम्म कि उहाँ इमानदार र विश्वासी व्यक्तिको रूपमा प्रसिद्ध हुनुभयो ।
६- नबी सल्लल्लाहु अलैहि वसल्लमका पत्नीहरू
खदीजा रजियल्लाहु अन्हासँग विवाह गर्दा उहाँ सल्लल्लाहु अलैहि वसल्लमको उमेर पच्चीस वर्ष थियो। जब खदीजा रजियल्लाहु अन्हाको माल लगेर व्यापारको लागि उहाँ खदीजाको गुलाम मैसरासँग सिरियातिर जानुभयो तब व्यापारको यात्राको क्रममा मैसराले उहाँमा उच्च आचरण, निष्ठा र अमानतदारी देखे अनि फर्केर आएपछि खदीजा रजियल्लाहु अन्हासँग उहाँको बारेमा चर्चा गरे त खदीजा रजियल्लाहु अन्हाले उहाँ सल्लल्लाहु अलैहि वसल्लमसँग विवाह गर्ने चाहना व्यक्त गर्नुभयो। उहाँ रसूल सल्लल्लाहु अलैहि वसल्लमका पत्नीहरू मध्येकी पहिलो पत्नी हुनुहुन्थ्यो, उहाँ जीवित हुँदासम्म अल्लाहको रसूलले अन्य कसैसँग विवाह गर्नु भएन। इब्राहीम बाहेक उहाँ सल्लल्लाहु अलैहि वसल्लमका सबै सन्तानहरू खदीजा रजियल्लाहु अन्हाबाटै थिए। उहाँको मृत्यु हिजरत भन्दा तीन वर्ष पहिले भएको थियो।
नबी सल्लल्लाहु अलैहि वसल्लमका पत्नीहरूको नाम
नबी सल्लल्लाहु अलैहि वसल्लमका छोरा-छोरीहरू
नबी सल्लल्लाहु अलैहि वसल्लमका तीन छोरा र चार छोरी गरी जम्मा सात छोरा-छोरी थिए।
उहाँका तीन छोराहरू थिए- पहिलो कासिम जसको नामबाट उहाँलाई अबूल कासिम भनिन्थ्यो, उनी केही दिनमात्र बाँचे, दोस्रो अब्दुल्लाह थिए, जसको उपनाम तैय्यब अथवा ताहिर थियो र तेस्रो इब्राहीम थिए।
उहाँ सल्लल्लाहु अलैहि वसल्लमका चार छोरीहरू थिए- सबैभन्दा ठूली छोरी जैनब त्यसपछि क्रमशः रूकैया, उम्मे कुलसूम र कान्छी फातिमा हुन्। सबै छोरी र छोरीहरू पत्नी खदीजा रजियल्लाहु अन्हाबाट जन्मेका थिए, छोरा इब्राहीम मात्र उहाँकी सेविका किब्तिया मारियाबाट जन्मेका थिए। मारिया रजियल्लाहु अन्हालाई मिश्रको नवाब मकूकसले उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई सेविकाको रूपमा उपहार स्वरूप दिएको थियो।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.