सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

दुआ र अजकारहरू

पाठ दुआ र अजकारहरू

पाठबारे जानकारी

रोग तथा महामारी रोकथाम गर्न वा त्यसबाट बच्नको लागि अन्य मानिसहरू जस्तै मुस्लिमले पनि उपचारका भौतिक श्रोत तथा साधनहरू जस्तै औषधि, औषधीय खोप आदि जस्ता चीजहरूको प्रयो गर्छन् । यस पाठामा हामीले यसै विषयसँग सम्बन्धित कुराहरू सिक्नेछौं ।

लक्ष्यहरू

रोग र महामारीबाट शरई (इस्लामिक तरिका अनुसार) सुरक्षाको बारेमा जानकारी ।

अन्य वैध खोपहरू:

١
उसमान बिन अफ्फान रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुने- कसैले यो पढ्छः «بِسْمِ اللهِ الذي لا يَضُرُّ مَعَ اسْمِهِ شَيْءٌ فِي الأَرْضِ ولا فِي السَّماءِ وهُوَ السَّميعُ العَلِيمُ». उच्चारणः “बिस्मिल्लाहि-ल्लजी ला यजुर्रु मअ-अस्मिहि शैउन् फिल्अर्जि वला फिस्समाइ वहुवस्-समीउल् अलीम” [अर्थः अल्लाहको नामबाट, जसको नामको साथ धरती र आकाशमा कुनै पनि चीजले हानी पुर्याउन सक्दैन अनि उहाँ सर्वश्रोता एवं सर्वज्ञाता हुनुहुन्छ ।] " बिहान तीन पटक पढ्छ भने साँझसम्म र साँझ पढ्छ भने उसलाई बिहानसम्म कुनै रोगले एक्कासी समात्ने छैन ।" (अबू दाउद: ५०८८)
٢
अबू-हुरैरह रजियल्लाहु अन्हुको हदीसमा छ, एक जना रसूल सल्लल्लाहु अलैहि वसल्लमको दरबारमा आयो र भन्यो: हे रसूल ! हिजो राती मलाई बिच्छीले टोक्यो, उहाँले भन्नुभयो: यदि तिमीले साँझ उच्चारणः “अऊजु बि-कलिमा-तिल्लाहित्-ताम्माति मिन् शर्रि मा खलक” [अर्थः म अल्लाहका सम्पूर्ण कलिमात (वाणी) हरूको माध्यमले उहाँले सृष्टि गर्नु भएका सम्पूर्ण उपद्रव तथा षडयन्त्रबाट उहाँको शरण माग्छु ।] पढ्छौ भने तिमीलाई कुनैपनि वस्तुले हनी पुर्याउने छैन ।" (मुस्लिम : २७०९)
٣
अब्दुल्लाह बिन खुबैब रजियल्लाहु अन्हुको हदीसमा छ, उनले भने: हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई वर्षा र अन्धकार रातमा खोज्दै बाहिर निस्कियौं, ताकि उहाँले हाम्रो लागि दुआ गर्नुहुनेछ । उनले भने: मैले उहाँलाई भेटे, उहाँले भन्नुभयो: भन, मैले केही भनिन, उहाँले फेरी भन्नुभयो: भन, मैले केही भनिन, उहाँले फेरी भन्नुभयो: भन, मैले भने: म के भनूँ? उहाँले भन्नुभयो: "कुल-हुवल्लाहू अहद, फलक र नास साँझ र बिहान तीन पटक भन । यो सबै कुराबाट सुरक्षाको निम्ति तिम्रो लागि पर्याप्त हुनेछन् ।" (तिर्मिजी: 3575)
٤
अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुमाको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले यो दुआ भन्नु हुन्थ्यो: «اللهُمَّ إنِّي أعوذُ بِكَ من زَوَالِ نِعْمَتِك، وتَحَوُّلِ عافِيَتِك، وفُجَاءَةِ نِقْمَتِك، وجَمِيعِ سَخَطِك» उच्चारणः “अल्लाहुम्म इन्नी अऊजो बिक मिन् जवालि निअमतिक, व तहव्वुलि आफियतिक, व फुजाअति निक्मतिक, व जमीइ सखतिक” अर्थः "हे अल्लाह ! म तपाईंले प्रदान गर्नुभएको अनुग्रह खतम हुनबाट, तपाईंले प्रदान गर्नुभएको सुख शान्ति परिवर्तन हुनबाट, तपाईंको अचानक यातनाबाट र तपाईंको सबै रिसबाट तपाईंको शरण लिन्छु ।" (मुस्लिम: 2739)
٥
अनस रजियल्लाहु अन्हुको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले यो दुआ भन्नु हुन्थ्यो: «اللهمَّ إنِّي أَعُوذُ بِكَ منَ البَرَصِ والجُنُونِ والجُذَام، ومِنْ سَيِّئِ الأَسْقَام» उच्चारणः “अल्लाहुम्म इन्नी अऊजो बिक मिनल् बरसि वल्-जुनूनि वल्-जुजामि, व मिन् सय्यिल् अस्काम” अर्थः "हे अल्लाह, सेतो रोग, पागलपन, कुष्ठ रोग र खतर्नाक ज्वरोबाट तिम्रो शरण लिन्छु ।" (अबू दाउद: 1554)

दुआ र अजकारहरू

रोग र महामारीको बारेमा मानिसहरूमा डर त्रासको लहर बढ्दै गर्दा उचित खोप र औषधि उपचारसँगै दुआ र अजकारले आफूलाई बलियो र सुरक्षित राख्नुपर्छ ।

रोग र महामारीको बारेमा मानिसहरूमा डर त्रासको लहर बढ्दै गर्दा उचित खोप र औषधि उपचारसँगै दुआ र अजकारले आफूलाई बलियो र सुरक्षित राख्नुपर्छ ।

१. अल्लाहतिर फर्किने

सर्वप्रथम र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको संकट र विपत्तिको समयमा सर्वशक्तिमान अल्लाहप्रति समर्पित हुनुपर्छ र उहाँको सहारा लिनुपर्छ । जब अजीज को श्रीमतीले यूसुफ अलैहिस्सलामलाई व्यभिचारको लागि भनिन्, तब उनले भने, "मआजल्लाह (ओ पापबाट अल्लाहको शरण चाहन्छु) ।" (यूसुफ: 23) त्यसैगरी मर्यम अलैहस्सलामले जिब्रीललाई पुरुषको भेषमा देख्ने बित्तिकै भनिन्, "म तपाईंबाट परम दयालु अल्लाहको शरण चाहन्छु" (मर्यम: 18)

सर्वप्रथम र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको संकट र विपत्तिको समयमा सर्वशक्तिमान अल्लाहप्रति समर्पित हुनुपर्छ र उहाँको सहारा लिनुपर्छ । जब अजीज को श्रीमतीले यूसुफ अलैहिस्सलामलाई व्यभिचारको लागि भनिन्, तब उनले भने, "मआजल्लाह (ओ पापबाट अल्लाहको शरण चाहन्छु) ।" (यूसुफ: 23) त्यसैगरी मर्यम अलैहस्सलामले जिब्रीललाई पुरुषको भेषमा देख्ने बित्तिकै भनिन्, "म तपाईंबाट परम दयालु अल्लाहको शरण चाहन्छु" (मर्यम: 18)

2. धेरै दुआ गर्ने:

संकट र विपत्तिलाई दुर गर्न सर्वशक्तिमान अल्लाहप्रति समर्पित हुनुपर्छ र उहाँसँग बारम्बार बिन्ति गर्दै दुआ माग्नुपर्छ । किनभने दुआ मुस्लिमको किल्ला र ठूलो हतियार हो । जब भाग्यले गर्दा दु:ख हुन्छ तब त्यसलाई केवल दुआले टाल्न सक्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "भाग्यलाई केवल दुआले परिवर्तन गर्न सक्छ ।" (तिर्मिजी: 2139)

संकट र विपत्तिलाई दुर गर्न सर्वशक्तिमान अल्लाहप्रति समर्पित हुनुपर्छ र उहाँसँग बारम्बार बिन्ति गर्दै दुआ माग्नुपर्छ । किनभने दुआ मुस्लिमको किल्ला र ठूलो हतियार हो । जब भाग्यले गर्दा दु:ख हुन्छ तब त्यसलाई केवल दुआले टाल्न सक्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "भाग्यलाई केवल दुआले परिवर्तन गर्न सक्छ ।" (तिर्मिजी: 2139)

३. कुर्आनलाई दिनचर्या बनाउनु:

धेरै भन्दा धेरै दुआ गर्नु, किनभने दुआ नै वाह्य तथा आन्तरिक रोगहरूका असल औषधी हुन् । अल्लाहले भन्नु भएको छः ﴿وَنُنـزلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِلْمُؤْمِنِينَ﴾ (الإسراء: 82). अर्थः "हामी कुर्आनमा यस्तो चिज अवतरण गरिरहेका छौं जुन आस्थावानहरूका लागि औषधी र दया हुन् ।" (इस्रा: 82) विश्वास र इमानदारी छ भने निको पार्ने कारणहरू बढ्दै जान्छ, अल्लाहले भन्नुभएको छ: ﴿ قُلْ هُوَ لِلَّذِينَ آمَنُوا هُدًى وَشِفَاءٌ ﴾ (فصلت: 44). अर्थः "भन्नुहोस्: यो आस्थावानहरूका लागि मार्गदर्शन र उपचार हो ।" (फुसिलत: 44)

धेरै भन्दा धेरै दुआ गर्नु, किनभने दुआ नै वाह्य तथा आन्तरिक रोगहरूका असल औषधी हुन् । अल्लाहले भन्नु भएको छः 
﴿وَنُنـزلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِلْمُؤْمِنِينَ﴾ (الإسراء: 82).
अर्थः "हामी कुर्आनमा यस्तो चिज अवतरण गरिरहेका छौं जुन आस्थावानहरूका लागि औषधी र दया हुन् ।" (इस्रा: 82) 
विश्वास र इमानदारी छ भने निको पार्ने कारणहरू बढ्दै जान्छ, अल्लाहले भन्नुभएको छ: 
﴿ قُلْ هُوَ لِلَّذِينَ آمَنُوا هُدًى وَشِفَاءٌ ﴾ (فصلت: 44).
अर्थः "भन्नुहोस्: यो आस्थावानहरूका लागि मार्गदर्शन र उपचार हो ।" (फुसिलत: 44)
हुनत सिंगो कुर्आन नै शिफा (उपचार) हो, तर केही सुरह र आयातहरूको प्रभाव अरू भन्दा धेरै छन्, जस्तै सूरत अल-फातिहा, फलक, नास र आयतुल-कुर्सी आदि । इब्नुल-कैयिम (रहिमहुल्लाह) ले भन्नुभएको छ: "यदि कुनै व्यक्तिले अल-फातिहाद्वारा उपचार गर्छ भने, उसले निको पार्नमा यसको अद्भुत र चमत्कारी प्रभाव हेर्न सक्छ । म मक्कामा केही समयसम्म बसें, रोगहरूले पीडित थिए र मैले डाक्टर वा औषधि पाउन सकिन । त्यसैले मैले आफूलाई अल-फातिहाद्वारा उपचार गर्न थालें र मैले यसको अचम्मको प्रभाव पाएँ । त्यसपछि मैले त अरू बिरामीहरूलाई फातिहा द्वारा उपचार गर्न सल्लाह दिन थालें र तिनीहरू चाँडै निको हुन्थे ।"

४. दैनिक पाँच नमाजहरू कायम राख्ने:

विशेष गरी बिहानको सलाह, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "जसले बिहानको सलाह पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ ।" (मुस्लिम: ६५७)

विशेष गरी बिहानको सलाह, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "जसले बिहानको सलाह पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ ।" (मुस्लिम: ६५७)

५. संक्रमितहरूलाई देखेर दुआ गर्नेः

रोगी र दुःखमा परेका मानिसहरूलाई देख्दा उनको लागि दुआ गर्नु एक महत्त्वपूर्ण खोप हो । हदीस मा छ: "जसले कुनै रोगीलाई देख्छ र भन्छ: «الحمدُ لله الذي عافَانِي ممَّا ابتلاكَ به، وفَضَّلَني على كثيرٍ ممن خلقَ تفضِيلاً، لم يُصِبْهُ ذلكَ البلاءُ». (الترمذي 3432). 'अल हम्दु लिल्ला हिल्लजी आफानी मिम्मब्तला क बिहि व फज्ज लनी अला कसी रिम् मिम्मन खलक तफ्जीला' पढ्छ भने उसलाई त्यो रोग लाग्ने छैन ।" (तिर्मिजी: ३४३२)

रोगी र दुःखमा परेका मानिसहरूलाई देख्दा उनको लागि दुआ गर्नु एक महत्त्वपूर्ण खोप हो । हदीस मा छ: "जसले कुनै रोगीलाई देख्छ र भन्छ:
«الحمدُ لله الذي عافَانِي ممَّا ابتلاكَ به، وفَضَّلَني على كثيرٍ ممن خلقَ تفضِيلاً، لم يُصِبْهُ ذلكَ البلاءُ». (الترمذي 3432). 'अल हम्दु लिल्ला हिल्लजी आफानी मिम्मब्तला क बिहि व फज्ज लनी अला कसी रिम् मिम्मन खलक तफ्जीला' पढ्छ भने उसलाई त्यो रोग लाग्ने छैन ।" (तिर्मिजी: ३४३२)

६. बिहान र बेलुकाका दुआहरू पढ्ने:

सर्वशक्तिमान अल्लाहको प्रशंसा, (जिक्र) र सम्झनाले यस जीवनमा धेरै राम्रो हुन्छ र मृत्युपछि त झन् ठूलो इनाम छ । विशेषगरि बिहान र बेलुकाका दुआहरू, स्तुति र सम्झनाहरूमा धेरै लाभहरू छन्, जस्तैः यो पढ्दा टेन्शन हुँदैन, हृदयमा शान्ति नै शान्ति हुन्छ, सर्वशक्तिमान अल्लाहको मद्दत पाप्त हुन्छ र अल्लाहले उसको प्रशंसा फरिश्ताहरूमा गर्नुहुन्छ ।

सर्वशक्तिमान अल्लाहको प्रशंसा, (जिक्र) र सम्झनाले यस जीवनमा धेरै राम्रो हुन्छ र मृत्युपछि त झन् ठूलो इनाम छ । विशेषगरि बिहान र बेलुकाका दुआहरू, स्तुति र सम्झनाहरूमा धेरै लाभहरू छन्, जस्तैः यो पढ्दा टेन्शन हुँदैन, हृदयमा शान्ति नै शान्ति हुन्छ, सर्वशक्तिमान अल्लाहको मद्दत पाप्त हुन्छ र अल्लाहले उसको प्रशंसा फरिश्ताहरूमा गर्नुहुन्छ ।

दुआ, अजकार र वैध खोपहरूः

सुत्नु अघि आयतुल-कुर्सी पढ्ने:

अबू-हुरैरह रजियल्लाहु अन्हुको हदीसमा छ, एक जनाले उनलाई भन्यो, जब तिमी ओछ्यानमा जान्छौ भने ‘आयतुल्-कुर्सी’ पढ्नु, किनभने यो पढिसकेपछि बिहान हुन्जेलसम्म अल्लाहको फरिश्ताले तिमीलाई सुरक्षा दिनेछन् र शैतानले दु:ख दिन सक्दैनन् । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: हुनत ऊ एक नम्बरको झूठो हो तर, उसले तिमीलाई सही कुरा भनेको छ, त्यो शैतान थियो ।" (बुखारी: ३२७५)

सूरतुल्- बकरहका अन्तिम दुई आयतहरू पढ्ने:

अबू-मस्ऊद अल्-अन्सारी रजियल्लाहु अन्हुको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "जसले रातमा सूरह बकरहको अन्तिम २ आयत पढ्छ उसको लागि यो पर्याप्त हुन्छ ।" (बुखारी: ५००८), (मुस्लिम: ८०८)

अल्लाहको धेरै प्रशंसा र क्षमायाचना गर्ने:

यदि भक्तले अल्लाहको प्रशंसा, महिमा र क्षमायाचना गरिरहन्छ भने, उहाँले सम्पूर्ण दु:ख र पीडाबाट मुक्ति दिनुहुन्छ । सर्वशक्तिमानले भन्नुभयो: ﴿ وَمَا كَانَ اللَّهُ لِيُعَذِّبَهُمْ وَأَنتَ فِيهِمْ ۚ وَمَا كَانَ اللَّهُ مُعَذِّبَهُمْ وَهُمْ يَسْتَغْفِرُونَ ﴾ (الأنفال: 33). अर्थः "हे नबी! तपाईं तिनीहरू बीच रहुन्जेल वा उनीहरूले क्षमायाचना गरिरहुन्जेल अल्लाहले तिनीहरूलाई यातना दिनुहुने छैन ।" (अल्-अन्फाल: 33)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्