सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ दुआ र अजकारहरू

रोग तथा महामारी रोकथाम गर्न वा त्यसबाट बच्नको लागि अन्य मानिसहरू जस्तै मुस्लिमले पनि उपचारका भौतिक श्रोत तथा साधनहरू जस्तै औषधि, औषधीय खोप आदि जस्ता चीजहरूको प्रयो गर्छन् । यस पाठामा हामीले यसै विषयसँग सम्बन्धित कुराहरू सिक्नेछौं ।

रोग र महामारीबाट शरई (इस्लामिक तरिका अनुसार) सुरक्षाको बारेमा जानकारी ।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

दुआ र अजकारहरू

रोग र महामारीको बारेमा मानिसहरूमा डर त्रासको लहर बढ्दै गर्दा उचित खोप र औषधि उपचारसँगै दुआ र अजकारले आफूलाई बलियो र सुरक्षित राख्नुपर्छ ।

१. अल्लाहतिर फर्किने

सर्वप्रथम र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको संकट र विपत्तिको समयमा सर्वशक्तिमान अल्लाहप्रति समर्पित हुनुपर्छ र उहाँको सहारा लिनुपर्छ । जब अजीज को श्रीमतीले यूसुफ अलैहिस्सलामलाई व्यभिचारको लागि भनिन्, तब उनले भने, "मआजल्लाह (ओ पापबाट अल्लाहको शरण चाहन्छु) ।" (यूसुफ: 23) त्यसैगरी मर्यम अलैहस्सलामले जिब्रीललाई पुरुषको भेषमा देख्ने बित्तिकै भनिन्, "म तपाईंबाट परम दयालु अल्लाहको शरण चाहन्छु" (मर्यम: 18)

2. धेरै दुआ गर्ने:

संकट र विपत्तिलाई दुर गर्न सर्वशक्तिमान अल्लाहप्रति समर्पित हुनुपर्छ र उहाँसँग बारम्बार बिन्ति गर्दै दुआ माग्नुपर्छ । किनभने दुआ मुस्लिमको किल्ला र ठूलो हतियार हो । जब भाग्यले गर्दा दु:ख हुन्छ तब त्यसलाई केवल दुआले टाल्न सक्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "भाग्यलाई केवल दुआले परिवर्तन गर्न सक्छ ।" (तिर्मिजी: 2139)

३. कुर्आनलाई दिनचर्या बनाउनु:

धेरै भन्दा धेरै दुआ गर्नु, किनभने दुआ नै वाह्य तथा आन्तरिक रोगहरूका असल औषधी हुन् । अल्लाहले भन्नु भएको छः ﴿وَنُنـزلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِلْمُؤْمِنِينَ﴾ (الإسراء: 82). अर्थः "हामी कुर्आनमा यस्तो चिज अवतरण गरिरहेका छौं जुन आस्थावानहरूका लागि औषधी र दया हुन् ।" (इस्रा: 82) विश्वास र इमानदारी छ भने निको पार्ने कारणहरू बढ्दै जान्छ, अल्लाहले भन्नुभएको छ: ﴿ قُلْ هُوَ لِلَّذِينَ آمَنُوا هُدًى وَشِفَاءٌ ﴾ (فصلت: 44). अर्थः "भन्नुहोस्: यो आस्थावानहरूका लागि मार्गदर्शन र उपचार हो ।" (फुसिलत: 44)

हुनत सिंगो कुर्आन नै शिफा (उपचार) हो, तर केही सुरह र आयातहरूको प्रभाव अरू भन्दा धेरै छन्, जस्तै सूरत अल-फातिहा, फलक, नास र आयतुल-कुर्सी आदि । इब्नुल-कैयिम (रहिमहुल्लाह) ले भन्नुभएको छ: "यदि कुनै व्यक्तिले अल-फातिहाद्वारा उपचार गर्छ भने, उसले निको पार्नमा यसको अद्भुत र चमत्कारी प्रभाव हेर्न सक्छ । म मक्कामा केही समयसम्म बसें, रोगहरूले पीडित थिए र मैले डाक्टर वा औषधि पाउन सकिन । त्यसैले मैले आफूलाई अल-फातिहाद्वारा उपचार गर्न थालें र मैले यसको अचम्मको प्रभाव पाएँ । त्यसपछि मैले त अरू बिरामीहरूलाई फातिहा द्वारा उपचार गर्न सल्लाह दिन थालें र तिनीहरू चाँडै निको हुन्थे ।"

४. दैनिक पाँच नमाजहरू कायम राख्ने:

विशेष गरी बिहानको सलाह, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "जसले बिहानको सलाह पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ ।" (मुस्लिम: ६५७)

५. संक्रमितहरूलाई देखेर दुआ गर्नेः

रोगी र दुःखमा परेका मानिसहरूलाई देख्दा उनको लागि दुआ गर्नु एक महत्त्वपूर्ण खोप हो । हदीस मा छ: "जसले कुनै रोगीलाई देख्छ र भन्छ: «الحمدُ لله الذي عافَانِي ممَّا ابتلاكَ به، وفَضَّلَني على كثيرٍ ممن خلقَ تفضِيلاً، لم يُصِبْهُ ذلكَ البلاءُ». (الترمذي 3432). 'अल हम्दु लिल्ला हिल्लजी आफानी मिम्मब्तला क बिहि व फज्ज लनी अला कसी रिम् मिम्मन खलक तफ्जीला' पढ्छ भने उसलाई त्यो रोग लाग्ने छैन ।" (तिर्मिजी: ३४३२)

६. बिहान र बेलुकाका दुआहरू पढ्ने:

सर्वशक्तिमान अल्लाहको प्रशंसा, (जिक्र) र सम्झनाले यस जीवनमा धेरै राम्रो हुन्छ र मृत्युपछि त झन् ठूलो इनाम छ । विशेषगरि बिहान र बेलुकाका दुआहरू, स्तुति र सम्झनाहरूमा धेरै लाभहरू छन्, जस्तैः यो पढ्दा टेन्शन हुँदैन, हृदयमा शान्ति नै शान्ति हुन्छ, सर्वशक्तिमान अल्लाहको मद्दत पाप्त हुन्छ र अल्लाहले उसको प्रशंसा फरिश्ताहरूमा गर्नुहुन्छ ।

दुआ, अजकार र वैध खोपहरूः

सुत्नु अघि आयतुल-कुर्सी पढ्ने:

अबू-हुरैरह रजियल्लाहु अन्हुको हदीसमा छ, एक जनाले उनलाई भन्यो, जब तिमी ओछ्यानमा जान्छौ भने ‘आयतुल्-कुर्सी’ पढ्नु, किनभने यो पढिसकेपछि बिहान हुन्जेलसम्म अल्लाहको फरिश्ताले तिमीलाई सुरक्षा दिनेछन् र शैतानले दु:ख दिन सक्दैनन् । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: हुनत ऊ एक नम्बरको झूठो हो तर, उसले तिमीलाई सही कुरा भनेको छ, त्यो शैतान थियो ।" (बुखारी: ३२७५)

सूरतुल्- बकरहका अन्तिम दुई आयतहरू पढ्ने:

अबू-मस्ऊद अल्-अन्सारी रजियल्लाहु अन्हुको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "जसले रातमा सूरह बकरहको अन्तिम २ आयत पढ्छ उसको लागि यो पर्याप्त हुन्छ ।" (बुखारी: ५००८), (मुस्लिम: ८०८)

अल्लाहको धेरै प्रशंसा र क्षमायाचना गर्ने:

यदि भक्तले अल्लाहको प्रशंसा, महिमा र क्षमायाचना गरिरहन्छ भने, उहाँले सम्पूर्ण दु:ख र पीडाबाट मुक्ति दिनुहुन्छ । सर्वशक्तिमानले भन्नुभयो: ﴿ وَمَا كَانَ اللَّهُ لِيُعَذِّبَهُمْ وَأَنتَ فِيهِمْ ۚ وَمَا كَانَ اللَّهُ مُعَذِّبَهُمْ وَهُمْ يَسْتَغْفِرُونَ ﴾ (الأنفال: 33). अर्थः "हे नबी! तपाईं तिनीहरू बीच रहुन्जेल वा उनीहरूले क्षमायाचना गरिरहुन्जेल अल्लाहले तिनीहरूलाई यातना दिनुहुने छैन ।" (अल्-अन्फाल: 33)

अन्य वैध खोपहरू:

١
उसमान बिन अफ्फान रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुने- कसैले यो पढ्छः «بِسْمِ اللهِ الذي لا يَضُرُّ مَعَ اسْمِهِ شَيْءٌ فِي الأَرْضِ ولا فِي السَّماءِ وهُوَ السَّميعُ العَلِيمُ». उच्चारणः “बिस्मिल्लाहि-ल्लजी ला यजुर्रु मअ-अस्मिहि शैउन् फिल्अर्जि वला फिस्समाइ वहुवस्-समीउल् अलीम” [अर्थः अल्लाहको नामबाट, जसको नामको साथ धरती र आकाशमा कुनै पनि चीजले हानी पुर्याउन सक्दैन अनि उहाँ सर्वश्रोता एवं सर्वज्ञाता हुनुहुन्छ ।] " बिहान तीन पटक पढ्छ भने साँझसम्म र साँझ पढ्छ भने उसलाई बिहानसम्म कुनै रोगले एक्कासी समात्ने छैन ।" (अबू दाउद: ५०८८)
٢
अबू-हुरैरह रजियल्लाहु अन्हुको हदीसमा छ, एक जना रसूल सल्लल्लाहु अलैहि वसल्लमको दरबारमा आयो र भन्यो: हे रसूल ! हिजो राती मलाई बिच्छीले टोक्यो, उहाँले भन्नुभयो: यदि तिमीले साँझ उच्चारणः “अऊजु बि-कलिमा-तिल्लाहित्-ताम्माति मिन् शर्रि मा खलक” [अर्थः म अल्लाहका सम्पूर्ण कलिमात (वाणी) हरूको माध्यमले उहाँले सृष्टि गर्नु भएका सम्पूर्ण उपद्रव तथा षडयन्त्रबाट उहाँको शरण माग्छु ।] पढ्छौ भने तिमीलाई कुनैपनि वस्तुले हनी पुर्याउने छैन ।" (मुस्लिम : २७०९)
٣
अब्दुल्लाह बिन खुबैब रजियल्लाहु अन्हुको हदीसमा छ, उनले भने: हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई वर्षा र अन्धकार रातमा खोज्दै बाहिर निस्कियौं, ताकि उहाँले हाम्रो लागि दुआ गर्नुहुनेछ । उनले भने: मैले उहाँलाई भेटे, उहाँले भन्नुभयो: भन, मैले केही भनिन, उहाँले फेरी भन्नुभयो: भन, मैले केही भनिन, उहाँले फेरी भन्नुभयो: भन, मैले भने: म के भनूँ? उहाँले भन्नुभयो: "कुल-हुवल्लाहू अहद, फलक र नास साँझ र बिहान तीन पटक भन । यो सबै कुराबाट सुरक्षाको निम्ति तिम्रो लागि पर्याप्त हुनेछन् ।" (तिर्मिजी: 3575)
٤
अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुमाको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले यो दुआ भन्नु हुन्थ्यो: «اللهُمَّ إنِّي أعوذُ بِكَ من زَوَالِ نِعْمَتِك، وتَحَوُّلِ عافِيَتِك، وفُجَاءَةِ نِقْمَتِك، وجَمِيعِ سَخَطِك» उच्चारणः “अल्लाहुम्म इन्नी अऊजो बिक मिन् जवालि निअमतिक, व तहव्वुलि आफियतिक, व फुजाअति निक्मतिक, व जमीइ सखतिक” अर्थः "हे अल्लाह ! म तपाईंले प्रदान गर्नुभएको अनुग्रह खतम हुनबाट, तपाईंले प्रदान गर्नुभएको सुख शान्ति परिवर्तन हुनबाट, तपाईंको अचानक यातनाबाट र तपाईंको सबै रिसबाट तपाईंको शरण लिन्छु ।" (मुस्लिम: 2739)
٥
अनस रजियल्लाहु अन्हुको हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले यो दुआ भन्नु हुन्थ्यो: «اللهمَّ إنِّي أَعُوذُ بِكَ منَ البَرَصِ والجُنُونِ والجُذَام، ومِنْ سَيِّئِ الأَسْقَام» उच्चारणः “अल्लाहुम्म इन्नी अऊजो बिक मिनल् बरसि वल्-जुनूनि वल्-जुजामि, व मिन् सय्यिल् अस्काम” अर्थः "हे अल्लाह, सेतो रोग, पागलपन, कुष्ठ रोग र खतर्नाक ज्वरोबाट तिम्रो शरण लिन्छु ।" (अबू दाउद: 1554)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्