सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ जुवा-तास

यस पाठमा जुवा-तासको अर्थ, इस्लाममा यसको आदेशबारे व्याख्या र यसबाट हुने व्यक्तिगत तथा सामाजिक हानि नोक्सानीको बारेमा बयान गरिएको छ।

  • जुवा-तासको परिभाषा।
  • इस्लामिक विधान (शरिअत) मा यसको आदेशबारे जानकारी।
  • जुवा-तासका किसिमहरू र यसबाट हुने हानिहरूको बयान।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

जुवा-तास भनेको के हो?

जुवा: प्रत्येक ती खेलहरू हुन्, जसमा एक वा एकभन्दा धेरै पक्षहरूले जित्छन् र अरू बाँकीले हार्छन् । यसरी प्रत्येक सहभागी त्यहाँ पैसा वा अन्य केही हासिल गर्ने वा गुमाउने अन्तर्गत पर्दछ। त्यसैले या उसले त्यहाँबाट केही कमाउँछ या गुमाउँछ। यदि गुमाउँछ भने ऊ बाट अर्कोले कमाउँछ।

जुवा-तासको हुकुमः

जुवा-तास खेल्नु कुर्आन, सुन्नत र पुरै मुस्लिम समुदायको दृष्टिकोणले हराम छ।

जुवा-तासबाट जित्ने व्यक्तिले त केही फाइदा हासिल गर्छ तर अल्लाहले भन्नु भएको छ यसबाट फाइदा भन्दा धेरै हानि हुन्छ। अल्लाहले भन्नु भएको छः {يَسْأَلُونَكَ عَنِ الْخَمْرِ وَالْمَيْسِرِ قُلْ فِيهِمَا إِثْمٌ كَبِيرٌ وَمَنَافِعُ لِلنَّاسِ وَإِثْمُهُمَا أَكْبَرُ مِنْ نَفْعِهِمَا} [البقرة: 219]. अर्थः “यिनीहरू रक्सी र जुवाको बारेमा सोधिरहेका छन्। भनिदेऊ, “यसमा ठूलो पाप छ र मानिसहरूका लागि केही फाइदा पनि छ, तर यसका पाप फाइदा भन्दा धेरै छ।” (सूरह अल्-बकरह: २/२१९)

अर्को ठाउँमा अल्लाहले भन्नु भएको छः {يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِنَّمَا الْخَمْرُ وَالْمَيْسِرُ وَالْأَنْصَابُ وَالْأَزْلَامُ رِجْسٌ مِنْ عَمَلِ الشَّيْطَانِ فَاجْتَنِبُوهُ لَعَلَّكُمْ تُفْلِحُونَ} [المائدة: 90]. अर्थः “हे आस्थावानहरू हो ! मदिरा सेवन गर्नु, जुवा खेल्नु, अल्लाह बाहेकको नाममा बलि दिनु तथा पासा खेल्नु अपवित्र र शैतानी कार्यहरू हुन्। त्यसैले यी कुराहरूबाट टाढा बस, यसरी तिमीहरू सफल हुनेछौ।" (सूरतुल्-माइदा : ५/९०)

जुवा-तासबाट व्यक्ति र समाजमा पर्ने प्रभावहरू:

١
यसले मानिसहरू बीच शत्रुता र इर्ष्या उत्पन्न गर्छ। यदि कुनै खेलाडी वा प्रतियोगीले खेलबाट अर्काको पैसा कमाएमा उसको छातीमा उसप्रति ईर्ष्या र प्रतिकारको भावना सृजना हुन्छ अनि विजेता पक्षलाई हानि पुर्याउने मौकाको पर्खाइमा यो वास्तविक कुरा हो जसलाई सबैले जानेका छन् र अल्लाहको भनाईको तात्पर्य पनि यही हो। अल्लाहले भन्नु भएको छः {إِنَّمَا يُرِيدُ الشَّيْطَانُ أَنْ يُوقِعَ بَيْنَكُمُ الْعَدَاوَةَ وَالْبَغْضَاءَ فِي الْخَمْرِ وَالْمَيْسِرِ} [المائدة: 91]. अर्थः “शैतानले मद्यपान र जुवामा लगाएर तिमीहरू बीच शत्रुता र घृणा उत्पन्न गर्न चाहन्छ।" त्यसैगरी यसले अल्लाहको स्मरण र नमाज (सलाह) बाट रोक्न चाहन्छ। (सूरह अल्-माइदा: ५/९१)
٢
अल्लाहको स्मरण, नमाज र उपासनाबाट आस्थावानहरूलाई रोक्नु शैतानको मुख्य उद्देश्य हो। यही कुरा उपरोक्त सूरह अल्-माइदाको आयतको अन्तिममा बताइएको छ। जो यस प्रकार छः {وَيَصُدَّكُمْ عَنْ ذِكْرِ اللَّهِ وَعَنِ الصَّلَاة}. अर्थः "यसले अनिवार्य नमाज (सलाह) र अल्लाहको स्मरणबाट टाढा राख्न चाहन्छ।" (सूरह अल्-माइदा : ५/९१)
٣
पैसाको बर्बादी र धन-सम्पत्तिको दुरुपयोग: जुवा-तास खेल्दा कति धनी तथा सम्पन्न मानिसहरू गरिब र भिखारी जस्ता भएका छन् ।
٤
खेल तथा जुवाको लत: विजेता जुवाबाट अरू धेरै कमाउने आशामा लोभी र लालची हुँदै जान्छ भने हार्नेले आफूले हारेको कुरा फिर्ता पाउने आशामा खेल्न जारी राख्छ।
٥
पारिवारिक झगडा तथा विखण्डन: जुवाको लतले जुवा खेल्नेले आफ्नो पारिवारिक मामिलामा बेवास्ता गर्छ र पैसा गुमाउँदा आर्थिक र मनोवैज्ञानिक समस्याहरू निम्त्याउँछ, जुन प्रायः पति-पत्नीको बीच सम्बन्ध विच्छेद र परिवारहरू विखण्डनको स्थितिसम्म पुग्छन्।

जुवाका किसिमहरूः

१- हरेक किसिमको खेलकूद र प्रतिस्पर्धा जसमा विजेता पक्षले पराजित पक्षबाट केही लिन्छ, जस्तै मानिसहरूको समूह (तास वा बालुट) कुनै खेल खेल्छन् अनि प्रत्येकले निश्चित रकम त्यहाँ जम्मा गर्छन् र जसले जित्छ उसले सबै रकम लैजान्छ।

२- टोली वा खेलाडीको जितमा बाजी लगाउने र यस्तै अन्य: बाजी लगाउनेहरूले पैसा राख्छन् र प्रत्येकले आफ्नो टोली वा खेलाडीको जितमा बाजी लगाउँछन्। यदि उसको टोलीले जित्यो भने उसले पैसा जित्छ र यदि उसको टोली हार्यो भने उसले पैसा गुमाउँछ। ।

३- लटरी र भाग्यशाली टिकटहरू: जस्तै कसैले केही डलर वा रुपैयाँमा टिकट किन्छ अनि कार्डहरूमा गोला-प्रथाद्वारा कुनै एउटा टिकट निकालिन्छ। यदि उसको टिकटको नम्बर पर्यो भने रकम पाउँछ, परेन भने पाउँदैन । पाउने रकम टिकटको मूल्य भन्दा बढी पनि हुनसक्छ, कम पनि हुनसक्छ।

४- टेलिफोन कलहरू वा मोबाइल सन्देशहरू आदि मार्फत प्रतिस्पर्धाहरूमा सहभागी हुनु। जसमा तिनीहरूको सामान्य लागत भन्दा बढी हुन्छ। साथै सबै मोटर, इलेक्ट्रिक र इलेक्ट्रोनिक खेलहरू, वा इन्टरनेट साइटहरू मार्फत खेलिने खेलहरू, जसमा खेलाडीसँग पैसा जित्न वा हार्ने दुईवटा सम्भावनाहरू हुन्छन्‌।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्